Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

कोभिड-१९ का कारण नेपालमै रहेका अस्ट्रेलियालीहरू थप भिसा समस्यामा

A stranded Australian woman sits in a bus on her way to take a rescue flight from Tribhuvan International Airport in Kathmandu, Nepal, Wednesday, April 1, 2020. Source: AP

नेपालमा फसेका वा बस्न चाहेका विदेशी पर्यटकहरूको भिसा अवधि सेप्टेम्बरको ३० सम्मकोलागि सरकारले थप गरिदिएको छ। भिसाको म्याद सकिन लागेको तर आफ्नो देश फर्कन चाहनेहरूको लागि नेपाल सरकारको उक्त निर्णयका कारण पर्यटकहरू केही राहत त पाएका छन् केही अस्ट्रेलियालीहरू भने तनावमा रहेको बारे काठमान्डूबाट गिरिश सुवेदीको रिपोर्ट।

नेपालमा रहेका अस्ट्रेलियाका नागरिकहरूले नोभेम्बरपछि मात्र आफ्नो मुलुक फर्कने हवाई उडान रहेको हुनाले सरकारी निर्णयका कारण तनाव भएको बताएका छन्।
 
भारत र इस्तानबुल भएर घर फर्कने हो भने उनीहरूले टिकट त पाउँछन्, तर फेरि ती देशहरू प्रवेश गर्दा खोप लगाएको प्रमाणपत्र अनिवार्य देखाउन पर्नसक्ने सम्भावनाले उनीहरूलाई चिन्तित बनाएको हो।
 
नेपाल सरकारको अध्यागमन विभागका प्रवक्ता झङ्कनाथ ढकालले उनीहरूको भिसा अवधि सकिएपछि के हुन्छ त भनेर प्रश्न गर्दा भने, “सरकारले यसमा निर्णय लिएर थप अवधि बढाएको छ भने वहाँहरूले त्यही अनुसार गर्नुपर्ने हुन्छ।”

“नभए वहाँहरूले आफ्नो टिकट लिएर आउनुभएको खण्डमा अध्यागमन कानुन अनुसारको प्रक्रियाहरू पुरा गरेर वहाँहरूलाई पठाउँछौँ, जसमा जरिमाना पनि लागू हुन सक्छ।”

नेपालबाट अस्ट्रेलिया जाने हवाई टिकट अहिले प्रति व्यक्ती कम्तीमा पनि १०,००० अमेरिकी डलर रहेको छ। 
 
अस्ट्रेलिया आइपुगे पुगेपछि थप ३,००० अस्ट्रेलियन डलर तिरेर होटेलमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। 
 
More stranded Australians overseas able to return each fortnight.
More stranded Australians overseas able to return each fortnight.
AAP
 
नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले उनीहरूलाई आफ्नो देश फर्कनु परेमा ऋणको पनि सुविधा दिने भएको छ, तर त्यो चुक्ता नभएसम्म उनीहरूको पासपोर्ट सरकारसँगै रहने बताएको छ।
 
यसरी यात्रा तय गर्नका लागि ती अस्ट्रेलियालीहरूले कम्तीमा पनि १४,००० डलर ऋण लिनुपर्ने हुनसक्छ।
 
साथै उक्त ऋण ६ महिनाभित्र चुक्ता गरिसक्नुपर्ने बताइएको उनीहरूको भनाई छ।
 
ढकाल र अडामेकको भनाई सहितको रिपोर्ट सुन्नुहोस्: 
कोभिड-१९ का कारण नेपालमै रहेका अस्ट्रेलियालीहरू थप भिसा समस्यामा
00:00 00:00
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्
 
यता, नेपालमा रहेका केही अस्ट्रेलियन नागरिकहरू भने आफ्नो देशमा महामारी र लकडाउनको समस्या समाधान नभएसम्म त्यहाँ फर्कन चाहँदैनन्। 
 
यसै विषयमा नेपाल भ्रमण गरिसकेका र करिब ८,००० सदस्य रहेको नेपाली र विदेशीहरूलाई समेट्ने ‘पोखरा नोटिसबोर्ड’ नामको फेसबुक ग्रुप पनि सञ्चालन गर्ने अस्ट्रेलियाका ब्रेट अडामेकले एसबीएस नेपालीसँग कुरा गर्दै भने, “नेपालको सरकारले यदि त्यहाँ रहेका अस्ट्रेलियनहरूलाई अन्तर्राष्ट्रिय हवाई उडानको शुल्क कम नहुँदासम्म भिसाको सामान्य शुल्क मात्र लिएर सहुलियत दिन सक्ने हो भने एकदमै ठुलो सहयोग पुग्ने थियो।”
 
Brett Adamek runs "Pokhara Noticeboard"
ब्रेट एडमेक
Facebook/Brett Adamek
 
आफूलाई नेपालमै बस्न इच्छा रहेको कारण उनीहरूले स्थानीय सरकारलाई अन्य विदेशीसँग मिलेर केही समय अगाडी ज्ञापन पत्र समेत बुझाएका थिए।
 
गत वर्षको तथ्याङ्क अनुसार यसरी नेपालमा रहने अस्ट्रेलियनहरूको सङ्ख्या करिब १०० जना जति थियो। 
 
अहिले नेपालमा बस्ने पर्यटकलाई आफू बसेको कति दिन भएको छ, त्यसको आधारमा दैनिक३ देखि ८ डलरसम्म भिसा शुल्क बुझाउनुपर्ने हुन्छ।
 
कोरोना महामारीअघि नेपालमा आउने विदेशी पर्यटकले बढीमा १५० दिनसम्म बस्न पाउँथे र त्यसपछि उनीहरूले थप बसेको पाइएमा जरिमाना तिर्नुपर्ने हुन्थ्यो या सोही अनुसारको शुल्क लाग्ने गर्थ्यो।
 
तर, त्यस अवधिभित्र नेपाल छाडेर पनि जानुपर्ने हुन्थ्यो।
 
austrlalian returning from nepal after covid-19 lockdown
Krishna Pokhrel
 
अहिले कोरोना महामारीको कारण भने सरकारले यो अवधिलाई बढाएर २१० दिनसम्म पुर्‍याएको छ।
 
यसो गरेता पनि लकडाउनको कारण कतिपय अस्ट्रेलियन तथा अन्य मुलुकका व्यक्तिहरू बाध्यतावश गैर कानुनी रूपले नेपालमै बस्नुपर्‍यो।
 
त्यसपछि नेपाल सरकारले केही महिनायता उनीहरूको भिसा अवधि बारम्बार थप्दै आइरहेको छ।
 

Coming up next

# TITLE RELEASED TIME MORE
कोभिड-१९ का कारण नेपालमै रहेका अस्ट्रेलियालीहरू थप भिसा समस्यामा 26/08/2021 03:28 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २५ अक्टोबर २०२१ 25/10/2021 06:53 ...
चिनिया राजदूतको कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने भनाइ विवादित र भीषण वर्षाले ठुलो जन धनको क्षति: गत ७ दिन नेपालमा 24/10/2021 04:52 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २४ अक्टोबर २०२१ 24/10/2021 11:39 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार २२ अक्टोबर २०२१ 22/10/2021 05:25 ...
भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै 22/10/2021 10:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी 21/10/2021 03:03 ...
जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो 21/10/2021 03:05 ...
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सन् २०२१ को दशैं कस्तो रह्यो त? 20/10/2021 05:48 ...
View More