Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

तिहार र छठ दुवै कृषक जीवनशैलीसँग अभिन्न रूपले जोडिएका पर्वहरू हुन्: संस्कृतिविद् वीणा पौडेल

Source: Nepal Tourism Board

यस हप्ता हिन्दु धर्मावलम्बीका घरघरमा तिहार मनाइँदै छ भने अर्को हप्ता मधेसी समुदायमाझ छठ मनाइँदै छ। काठमाण्डूबाट सेवा भट्टराईको रिपोर्ट।

तिहारको पहिलो दिन कागलाई, दोस्रो दिन कुकुरलाई, तेस्रो दिन गाईलाई, चौथो दिन गोवर्द्धन पहाडलाई, र पाँचौँ दिन दाजुभाइ दिदीबहिनीले एक अर्कालाई पूजा गरेर तिहार मनाउने गरिन्छ भने नेवार समुदायमाझ चौथो दिनमा म्ह पूजा अर्थात् आफैँलाई पूजा गरेर तिहार मनाउने गरिन्छ।

अस्ताउँदो सूर्यलाई पानीबाट अर्घ दिने र भोलिपल्ट उदाउँदो सूर्यको पूजा अर्चना गरेर छठ पर्व मनाइन्छ।

यी दुवै पर्वले धार्मिक र सांस्कृतिक महत्त्व बोक्नुका साथसाथै कृषक जीवनशैलीसँग पनि अभिन्न रूपले जोडिएको बताउँछिन् संस्कृतिविद् डा. वीणा पौडेल।

Beena Poudyal
डा. वीणा पौडेल
Facebook/Beena Poudyal

"हामी नेपालमा जति पनि चाडपर्व मनाउँछौँ, ती सबैको पृष्ठभूमि हाम्रा भएका शास्त्रहरू र धार्मिक ग्रन्थहरू रहेछन्। धार्मिक ग्रन्थमा सबै विस्तृत रूपमा चाहिँ छैन," उनले भनिन्।

"तर धार्मिक ग्रन्थमा जुन देवी देवता, जुन परिस्थितिको व्याख्या गरिएको छ नि, त्यही कुरालाई समाजलाई सुचारु रूपले सञ्चालन गर्न, समाजलाई मनोरञ्जन पनि दिन, कृतज्ञता पनि ज्ञापन गर्न यी विभिन्न पर्वहरू मनाएको देखिन्छ। दोस्रो चाहिँ कृषि रहेछ।"

रिपोर्ट सुन्नुहोस्: 
 हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

नेपालमा विभिन्न समुदायमाझ प्रमुख बाली उठाइसकेपछि ईश्वरलाई कृतज्ञता दिनका लागि विभिन्न चाडपर्व मनाइने डा. पौडेल बताउँछिन्।

नेपालमा धान बालीलाई प्रमुख मानिने हुनाले धान बाली उठाइसकेपछि खुसीयाली मनाउनका लागि त्यसबाट बनेका विभिन्न परिकार ईश्वरलाई अर्पण गरेर तिहार मनाउने गरिन्छ।

त्यस्तै, तिहारसँग पर्यावरण पनि सम्बन्धित रहेको छ।

धार्मिक रूपले तिहारलाई यम पञ्चक पनि भनिन्छ, र मृत्युका देवता यमराज र उनका दूतहरूको पूजा गरिन्छ।

Dog Puja Kukkur Tihar
Jessica Crisp/Instagram

मृत शरीरका नजिक पाइने चरा काग र जनावर कुकुरको पूजा गरेर पर्यावरणका लागि सबै किसिमका जीवजन्तु महत्त्वपूर्ण छन् भन्ने सन्देश तिहारले दिएको छ।

दूध दिने हुनाले गाईको पूजा गरिन्छ भने गोवर्द्धन पूजाले पर्यावरण सम्बन्धी झन् ठुलो सन्देश दिएको डा. पौडेल बताउँछिन्।

पहाडको पूजा गर्नुको अर्थ पहाडसँग सम्बन्धित धरती, रुख बिरुवा, चराचुरुङ्गी सबैलाई जोगाउने सन्देश गोवर्द्धन पूजाले दिएको छ।

Chhath Festival 2017, Melbourne
Madeshi Community of Victoria

छठ पर्व पनि त्यसै गरी धर्म, दर्शन र कृषिसँग जोडिएको पाइन्छ। वैदिक देवता सूर्यको पूजा अर्चना धेरै किसिमका पूर्वीय संस्कृतिमा पाइन्छ।

उज्यालोका लागि र कृषिका लागि प्राचीन कालदेखि सूर्यको पूजा अर्चना हुँदै आएको छ र लामो समयदेखि चलिआएको र नबदलिएको चाड मध्ये छठ पर्व पर्दछ।

चाडपर्वले जीवन जिउने कला पनि सिकाउँछन्।

तिहारको अन्तिम दिनमा दाजुभाइ दिदीबहिनीले एक अर्काको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै एक अर्कामा स्नेहको सम्बन्ध बढाउने गर्दछन्।

यसरी नेपालका विभिन्न चाडपर्वले मानिसहरूलाई धार्मिक र दार्शनिक सन्देश दिनुका साथसाथै जीवन कसरी बाँच्ने भनेर सिकाइरहेका छन्।

Coming up next

# TITLE RELEASED TIME MORE
तिहार र छठ दुवै कृषक जीवनशैलीसँग अभिन्न रूपले जोडिएका पर्वहरू हुन्: संस्कृतिविद् वीणा पौडेल 04/11/2021 03:14 ...
स्वास्थ्य बीमा: छोराछोरीले पैसाको मुख हेर्दा आमाबुवालाई सास्ती 24/01/2022 17:35 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २४ जनवरी २०२२ 24/01/2022 07:38 ...
"जुवाको लत लागेकालाई काउन्सीलिङ्ग गर्ने गरेका छौ" 24/01/2022 07:35 ...
बहुसांस्कृतिक समुदायमा जुवाको लत र यसले पार्ने असरसँग जुध्न स्रोत साधनको बिस्तार 24/01/2022 06:41 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतबार २३ जनवरी २०२२ 24/01/2022 36:40 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २३ जनवरी २०२२ 23/01/2022 13:17 ...
अस्ट्रेलियामा सिकेका ज्ञान नेपालको कोभिड विरुद्धको लडाइमा प्रयोग गर्ने एक वैज्ञानिक: साप्ताहिक नेपाल सन्दर्भ 23/01/2022 32:36 ...
सरकारको पछिल्ला निर्णयबाट अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी दङ्ग! 21/01/2022 11:44 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २१ जनवरी २०२२ 21/01/2022 07:59 ...
View More