Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

बुद्ध एयरको विमान दुर्घटनाबाट बच्यो र दोस्रो चिनियाँ कोभिड खोपको परीक्षण एवं वितरणको तयारी: गत ७ दिन नेपालमा

Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si

बुद्ध एअरको विमान दुर्घटना बाट बचेको छ। त्यस्तै नेपालमा दोस्रो चीनद्वारा निर्मित कोभिड खोपको परीक्षण र वितरणको तयारी भई रहेको छ। यी लगायत अन्य गत सात दिन नेपालमा प्रमुख समाचारहरू बनेका विषयहरू बारे सुन्नुहोस्।

कोरोनाः नेपालमा खोपको परीक्षण तथा वितरण

यस हप्ता कोरोनाको कारण नेपालमा दैनिक मृत्यु दर ९ को हाराहारीमा रहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजारभन्दा माथि रहेको छ।

कोरोना विरुद्धको खोप अभियानलाई सहयोग गर्नको लागि चीनले नेपाल सरकारलाई सिनोभ्याक कम्पनीको करिब १० लाख डोज खोप प्रदान गर्न सक्ने भनेको छ।

सरकारसँग यो सहमति भयो भने चीनमा उत्पादन गरिएको र नेपालमा प्रयोग गरिएको यो दोस्रो कोरोनाको खोप हुनेछ। यस्तै बनेपास्थित धुलिखेलअस्पतालले शुक्रवार देखी कोभिड-१९ विरुद्धको खोपको परीक्षण सुरु गरेको छ।

यो खोप सानोफी पास्टिउर नामको फ्रान्सेली अन्तर्राष्ट्रिय कम्पनीको बेलायती फार्मेसी ग्लयाक्सोस्मिथक्लाईन सँगको साझेदारीमा उत्पादन गरिएको हो।

यस्तै भारतले आगामी केहि दिनमा नेपाल सरकारलाई २० लाख डोज कोभिसिल्ड खोप पठाउने भएको छ। यसमा नेपाल सरकारले दश लाख डोज भने खरिद गर्नुपर्ने हुन्छ।

यस खोपको उत्पादन भारतको सेरुम् ईन्स्टिट्युटले गरेको हो।

Coronavirus vaccination in Nepal
RSS

अहिले नेपाल र भारतबिचको सिमानाहरू पनि खुकुलो पारिएको छ र आवतजावत गर्नेलाई स्वास्थ्य मापदण्डको पालना गर्न अनिवार्य गरिएको छ। यस्तै लामो दुरीको यातायात तथा सार्वजनिक सवारी साधन चढ्ने सबै यात्रुलाई मास्क लगाउन अनिवार्य गरिएको छ।

राष्ट्र सङ्घको सम्बोधन गरिराख्दा एमसीसीद्वारा छलफल

मङ्गलवार संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभामा परराष्ट्र मन्त्री नारायण खड्का न्यु योर्कमा सम्बोधन गरिराख्दा अमेरिकास्थित मिलेनियम च्यालेन्ज कर्पोरेसनले यस हप्ता एक कार्यक्रममा नेपाललाई दिन खोजिएको अनुदानको विषयमा छलफल भएको छ।

अन्तर्राष्ट्रिय स्तरको यस सभाको सम्पन्नता भइरहेको बेला अमेरिकाको एमसीसीको कार्यदलले नेपालको विषयमा छलफल गर्नु एक संयोग को विषय जस्तो देखिन्छ, तर यसको नेपालमा चलिरहेको बहस अझै पनि निष्कर्ष विहीन रहिआएको छ।

आफ्नो सम्बोधनको क्रममा परराष्ट्र मन्त्रीले अफगानिस्तानको पछिल्लो घटनाक्रम र लिबिया, सिरिया र यमनमा भई रहेका राजनैतिक र मानवीय समस्याहरूको विषयमा आफ्नो प्रतिक्रिया दिएका थिए।

तर यसै समयमा कम विकसित मुलुकहरूलाई दिइने एमसीसीको अनुदानको नेपालसँगको सम्झौताले निम्त्याएको प्रश्नहरूको जवाफ कुनै पनि राजनेताहरूले जनताहरूलाई राम्रोसँग दिन नसक्ने अवस्था रहिआएको छ। 

सरकारद्वारा विधेयक खारेज गर्न प्रस्ताव

प्रधानमन्त्री शेर बहादुर देउवालाई मन्त्रीपरिषद् विस्तारको निम्ति आफ्नै कार्यदलले घोषणा गरेको पार्टी विभाजनको विधेयकले समस्या भएपछि सरकारले यसको खारेजीको निम्ति राष्ट्रपति विद्यादेवी भण्डारीलाई पहल गरेको छ।

यस्तै चुनावको सन्दर्भमा पनि देउवा नेकपाको अध्यक्ष केपी ओलीझैँ हतारमा देखिन्छ।

Sher Bahadur Deuba
(FILE) - Nepal's prime minister party Sher Bahadur Deuba waves to reporters) in Kathmandu, Nepal.
EPA

 

अहिलेसम्मको गतिविधिहरूले सङ्केत गरेअनुसार प्रधानमन्त्री मङ्सिर भित्र नेपाली काङ्ग्रेसको महाअधिवेशनमा विजयी भएर वैशाखमा नै निर्वाचन गराउने पक्षमा रहेको देखिन्छन्।

उनको यो रफ्तारको प्रतिस्पर्धामा नेकपा एमाले अध्यक्ष ओली पनि दिनहुँ लागिपरेका देखिन्छन्।

अहिले भइरहेको नेकपा एमालेको विधान महाअधिवेशन पनि यसको एक सङ्केतको रूपमा लिइएको छ।

यस अवधिमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो राजनैतिक प्रभावको सन्दर्भमा हच्किएको अनुमान गरिएको छ।

महाअधिवेशनमा सहभागीको घुइँचो

शुक्रवार देखी चलेको एमालेको विधान महाअधिवेशन आज आइतबार टुङ्गिँदै छ।

यो कार्यक्रमको निम्ति गरिएको प्रचारमा यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीको तस्बिर होर्डिङ बोर्ड, सवारी साधनका फ्लेक्सदेखि लिएर पानीको बोतलमा समेत देखियो।

कार्यक्रम आयोजना गएको स्थल गोदावरीको सनराज सम्मेलन केन्द्रमा पनि ओलीको एउटा ठुलो तस्बिर स्वरूपको फ्लेक्सलाई ठड्याइएको थियो भने हलको सजावट र यस कार्यक्रमको निम्ति उपस्थित भएका एमाले समर्थक तथा कार्यकर्ताको निकै घुइँचो देखिएको थियो।

Nepal's Prime Minister KP Sharma Oli looks on during a celebration of his 70th birthday at Bal Mandir, the nation's oldest non-profit orphanage home for children, in Kathmandu, Nepal, 23 February 2021.
Nepal's former Prime Minister KP Sharma Oli.
EPA/ Narendra Shrestha via AAP

अहिले सञ्चार माध्यमहरुले यसको विषयमा विभिन्न टिप्पणीमा यो अधिवेशन पार्टीभन्दा पनि व्यक्ती केन्द्रित रहेको कुरा गरेका छन्। तीन दिनसम्म चल्ने यो कार्यक्रमको पहिलो दिनमै ६ हजार ३ सय ४० जना प्रतिनिधिको उपस्थिति रहेको थियो।

आफ्नो भाषणको बीच नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले भने, “बाहिर शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत गर्न नदिई विस्थापित गर्ने योजनामा तिनै पात्रहरू क्रियाशील थिए जसले ७४ पछि मेरो नेतृत्वको सरकारलाई असफल बनाउन उसै गरि घेराउ, मोर्चा बन्दी र षड्यन्त्र गरे।”

यस कार्यक्रमको आयोजना शैलीलाई जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले के.पी. ओलीको नाममा निन्दा गरेर ट्विट गरेकोमा केही एमाले नेताहरूले कमेन्ट मार्फत प्रतिकार पनि गरेका छन्। 

आमाको नाममा नागरिकता

सर्वोच्च अदालतले जारी गरेको एक परमादेशको अनुसार नेपालमा रहेका कोही पनि व्यक्तिले आमाको वंशजको नामबाट नागरिकता लिन पाउने भएका छन्। यसले गर्दा एकल आमाका रूपमा रहेका महिलाहरूको सन्तानहरू नागरिकता विहीन हुन नपरेको अवस्था आएको छ।

यस विषयमा विवेकशील साझा पार्टीकी युवा नेता रञ्जु दर्शना आफ्नो ईन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै यस्तो भन्छिन्, “अब कोही एकल आमाको सन्तानले आफ्नो बुवा कुनै ठाउँमा रहेको, तर आफ्नो परिवारसँग नबस्ने भएको अथवा आमा-बुवा बिच घरेलु हिंसाको कारण सम्बन्ध टुटेको छ भने आफ्नो आमाको वंशजको नाममा नागरिकता प्राप्त गर्न सक्नेछन्।”

नेपालको संविधानले कुनै पनि व्यक्ती लाई आमाको नाममा नागरिकता लिन त मिल्ने, तर बाबु भने नेपाली नै रहेको ठहर हुनुपर्ने र पहिचान खुलेको हुनुपर्ने प्रावधान रहिआएको छ।

यस्तै सन्दर्भमा केही समय अगाडी, तत्कालीन केपी शर्मा ओली सरकारले अङ्गीकृत नागरिकहरूको नागरिकताको अधिकार सुनिश्चित गराउने उद्देश्यले पारित गरेको अध्यादेशलाई सर्वोच्चले खारेज गरेको थियो।

बुद्ध एयर प्रकरण

सोमबार काठमाडौँबाट विराटनगर कोलागि उडेको बुद्ध एयरको विमान एटीआर-७२ अवतरण नगरीकन फेरि काठमाडौँ फर्किएको थियो। यस विमानका चालकले आफूले ल्यान्डिङ गियरको ईन्डिकेटर नबलेको देखेपछि विमानको चक्का अवतरणको बेलामा नखुलेको आशङ्का गरेपछि, काठमाडौँ फर्किएका थिए।

तर अहिले झन्डै करिब १ हप्ताको अनुसन्धान पछि यस घटनाको छानबिन समितिले विमानका चालकहरू यसमा ‘झुक्किएको’ निष्कर्ष निकालेको छ। हवाई जहाज अवतरण गर्ने क्रममा ईन्डिकेटरले अन्यथा देखाएपछि विमानका चालकले विराटनगर को टावरलाई आफ्नो जहाजको चक्का हेर्ने आग्रह गरेको थिए।

टावरले दुई वटा चक्का मध्य एउटा पुरै तरिकाले बाहिर ननिस्किसकेको प्रतिक्रिया दिइसकेपछि उनीहरूले त्यस जहाजलाई काठमाडौँ फर्काएका थिए। हाल यी चालक दलका सदस्यहरूलाई केही समयकोलागि हवाई उडान गर्न नदिइने भएको छ।

Coming up next

# TITLE RELEASED TIME MORE
बुद्ध एयरको विमान दुर्घटनाबाट बच्यो र दोस्रो चिनियाँ कोभिड खोपको परीक्षण एवं वितरणको तयारी: गत ७ दिन नेपालमा 03/10/2021 06:53 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार ७ डिसेम्बर २०२१ 07/12/2021 06:00 ...
न्यु साउथ वेल्स भित्रिएका २५० विद्यार्थीको स्वागत र क्वीन्सल्याण्डले १३ डिसेम्बरबाट पूर्ण खोप लगाएका मानिसलाई आफ्नो राज्यमा प्रवेश दिने 07/12/2021 04:24 ...
कुशल हेरचाह कामदार भित्र्याउन विशिष्ट आप्रवासी कार्यक्रम नै सञ्चालन हुनु पर्ने माग 07/12/2021 03:43 ...
अस्ट्रेलियामा तपाईँ काम गर्ने ठाँऊ र तपाईँको मानसिक स्वास्थ्य 07/12/2021 12:40 ...
आर्थिक कुराकानी: अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्ने पैसा कसरी जम्मा गर्ने? 06/12/2021 09:03 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ६ डिसेम्बर २०२१ 06/12/2021 06:46 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार ६ डिसेम्बर २०२१ 06/12/2021 55:05 ...
ओमिक्रन सङ्क्रमण पश्चात् अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अस्ट्रेलिया भन्दा अन्य देशहरू 05/12/2021 08:18 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ५ डिसेम्बर २०२१ 05/12/2021 13:55 ...
View More