Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी

Abdullah Al Mutairi Source: RSS

वादविवाद, हार र जीतका बिच नेपालले साफ फुटबल च्याम्पियनसिपको उप-विजेता भएर यस हप्ता नयाँ कीर्तिमान कायम गरेको छ। काठमाण्डूबाट सेवा भट्टराईको रिपोर्ट।

शनिवार माल्दिभ्स्को राष्ट्रिय फुटबल रङ्गशालामा आयोजना भएको साफको फाइनलमा नेपाललाई शून्यको विरुद्ध ३ गोलले पराजित गर्दै भारत साफ च्याम्पियन बनेको छ।

नेपालका खेलाडीले सक्दो प्रयास गरेता पनि भारतले दोस्रो हाफमा लगातार तीन गोल गरेपछि उनीहरूको साफ कप उचाल्ने सपना अधुरो भएको छ।

यसमाथि नेपालका खेलाडीले आफ्नो कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई फाइनल खेलमा गुमाउनुपरेको थियो।

दुई पटक पहेंलो कार्ड देखाइएपछि उनलाई फाइनल खेलबाट प्रतिबन्धित गरिएको थियो।

शनिवार एउटा भर्चुअल विज्ञप्ति मार्फत साफको पदाधिकारीहरूले आफूलाई फाइनल खेलामा सहभागी हुन प्रतिबन्ध लगाएकोमा अलमुताइरीले असन्तुष्टि पनि जनाएका थिए।

“भारतको प्रशिक्षकलाई रातो कार्ड देखाएकोमा उनी रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन।”

दुई वटा फरक-फरक खेलमा देखाइएको पहेंलो कार्डको भरमा साफले आफ्नो नियमावलीमा नै नभएको नियम प्रयोग गरेर आफूलाई निषेध गरिएको उनले बताएका छन्।

भारतको क्रोएसियाली प्रशिक्षक ईगोर स्टिग्म्याकलाई रेड कार्ड देखाइएपछि उनी अन्तिम खेलमा सहभागी हुन नपाएका हुनाले भारतको पक्षमा झेल गरेर आफूलाई पनि प्रतिबन्ध लगाइएको भन्दै उनले साफको निर्णायक मण्डलीमाथि आरोप लगाएका छन्।

रिपोर्ट सुन्नुहोस: 
 
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

अलमुताइरी भन्छन्, “खेल भनेको मैदानभित्र समाप्त हुनुपर्छ। मैदानबाहिर यसलाई खेल्न केही जरुरी छैन।”

“यदि उनीहरूलाई भारतले स्वर्ण पदक जितोस् भन्ने लाग्छ भने खुरुक्क नेपाललाई बोलाएर उप-विजेता पदक दिएर पठाइदिए हुन्छ।”

हुन त अल्मुताइरीले यस भन्दा अगाडि नै नेपाल फुटबल सङ्घ एन्फासँगको विवादका कारण नेपालको प्रशिक्षकको पदबाट राजीनामा दिइसकेको बताएका थिए, तर यसबारेमा अन्तिम निर्णय भई नसकेको एन्फाले बताएको छ।

Nepal football team posing after securing  runner up position.
RSS

सोमबार बिहान मालदिभ्सबाट नेपाल फर्केका राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रका पदाधिकारी तथा फुटबल शुभचिन्तकहरूले सम्मानपूर्वक स्वागत गरे।

त्यसै दिन बसेको मन्त्रीपरिषद्को बैठकले उनीहरूलाई प्रति व्यक्ति ५ लाख रुपैयाँ सम्मान स्वरूप प्रदान गर्ने निर्णय गरेको छ।

यसका साथै प्रशिक्षकलाई ३ लाख रुपैयाँ सम्मान स्वरूप प्रदान गर्ने निर्णय पनि गरिएको छ।

साफ खेलको २८ वर्षको इतिहासमा नेपालले पहिलो पटक आफ्नो कीर्तिमान कायम गरेसँगै नेपाली फुटबल राष्ट्रिय क्रिकेट क्षेत्रको सफलतासँग दाँज्न सक्ने अवस्थामा आइपुगेको खेल विश्लेषकहरू बताउँछन्।

Coming up next

# TITLE RELEASED TIME MORE
“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी 21/10/2021 03:03 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार ७ डिसेम्बर २०२१ 07/12/2021 06:00 ...
न्यु साउथ वेल्स भित्रिएका २५० विद्यार्थीको स्वागत र क्वीन्सल्याण्डले १३ डिसेम्बरबाट पूर्ण खोप लगाएका मानिसलाई आफ्नो राज्यमा प्रवेश दिने 07/12/2021 04:24 ...
कुशल हेरचाह कामदार भित्र्याउन विशिष्ट आप्रवासी कार्यक्रम नै सञ्चालन हुनु पर्ने माग 07/12/2021 03:43 ...
अस्ट्रेलियामा तपाईँ काम गर्ने ठाँऊ र तपाईँको मानसिक स्वास्थ्य 07/12/2021 12:40 ...
आर्थिक कुराकानी: अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्ने पैसा कसरी जम्मा गर्ने? 06/12/2021 09:03 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ६ डिसेम्बर २०२१ 06/12/2021 06:46 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार ६ डिसेम्बर २०२१ 06/12/2021 55:05 ...
ओमिक्रन सङ्क्रमण पश्चात् अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अस्ट्रेलिया भन्दा अन्य देशहरू 05/12/2021 08:18 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ५ डिसेम्बर २०२१ 05/12/2021 13:55 ...
View More