Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै

Source: Didi Bahini Samaj Victoria

घरेलु हिंसा विरुद्ध काम गरिरहेको दिदी बहिनी समाज भिक्टोरियाले सन् २०१२ देखि हिंसा विहीन सप्ताह विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाउने गरेको छ। “जोडिनुहोस्, सुन्नुहोस्, विश्वास गर्नुहोस्: हाम्रो समुदायमा स्वस्थ, सुखी परिवारका लागि योगदान दिनुहोस्” भन्ने नाराकासाथ यस पटकको कार्यक्रम सञ्चालन भइरहेको बारे हामीले उक्त सामुदायिक सङ्गठनकी एक जना सदस्य रोशनी श्रेष्ठसँग गरेको कुराकानी।

हाम्रो कुराकानी सुन्नुहोस: 
 
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

 

दशैं र तिहारको मौका पारेर एसबीएसले तपाईँ र तपाईँका नानीहरूलाई केही उपहारहरू दिने जमर्को गरेको छ।

उपहार प्राप्त गर्न केही सामान्य नियम र शर्तहरूको पालना भने सहभागीहरूले गर्नुपर्नेछ र ती यस प्रकार छन्:

१. अस्ट्रेलियामा बसोबास गर्ने सबै नेपाली भाषी वयस्क तथा बालबालिकाहरू दुवैले यस प्रतियोगितामा भाग लिन सक्नेछन्। 
२. वयस्क तथा बालबालिकाहरूको छुट्टा-छुट्टै प्रतियोगिता हुनेछ।
३. वयस्कहरूको हकमा १०० डलर बराबरको दुई भाउचर एसबीएसको एक स्वतन्त्र समितिले उत्कृष्ट भनेर छानेको प्रस्तुतिहरूले पाउनेछन्।
४. बालबालिकाहरूको हकमा भने एसबीएसले उपयुक्त उपहारहरू प्रदान गर्नेछ। 
५. प्रतियोगितामा एकटकभन्दा बढी भाग लिन सकिनेछ।
६. प्रतियोगितामा भाग लिन वयस्कहरूले दशैं तथा तिहार मनाउँदाको फोटो, भिडियो वा अडियो पठाउन सक्नेछन् भने बालबालिकाहरूले दशैं वा तिहारको महत्त्व झल्कने चित्रकला, कविता भिडियो वा अडियो पठाउन सक्नेछन्।
७. यी सामाग्री हामीलाई फेसबुक वा ट्विटर मार्फत पठाउन सक्नुहुनेछ। 
८. सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्न भने हामीलाई nepali.program@sbs.com.au मा इमेल गर्न सक्नुहुनेछ।
९. हामीलाई सामाग्रीहरू ७ नोभेम्बर २०२१, आइतवारसम्ममा पठाइसक्नुपर्नेछ। 
१०. विजेताहरूको नाम हाम्रो १४ नोभेम्बरको रेडियो कार्यक्रममा सार्वजनिक गरिनेछ र विजयी प्रस्तुतिहरू हाम्रो वेबसाइट sbs.com.au/nepali मा १५ नोभेम्बरपछि राखिने छ।
११. यस प्रतियोगिता सम्बन्धी अन्तिम निर्णयको अधिकार एसबीएससँग हुनेछ।

थप जानकारी चाहिए, हामीलाई फेसबुकट्विटर वा यहाँ थिचेर सम्पर्क गर्न सक्नुहुनेछ।

 

Coming up next

# TITLE RELEASED TIME MORE
भर्खरै लकडाउन मुक्त भएको मेलबर्नमा घरेलु हिंसा विरुद्ध "रिभर वक" आयोजना हुँदै 22/10/2021 10:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार ७ डिसेम्बर २०२१ 07/12/2021 06:00 ...
न्यु साउथ वेल्स भित्रिएका २५० विद्यार्थीको स्वागत र क्वीन्सल्याण्डले १३ डिसेम्बरबाट पूर्ण खोप लगाएका मानिसलाई आफ्नो राज्यमा प्रवेश दिने 07/12/2021 04:24 ...
कुशल हेरचाह कामदार भित्र्याउन विशिष्ट आप्रवासी कार्यक्रम नै सञ्चालन हुनु पर्ने माग 07/12/2021 03:43 ...
अस्ट्रेलियामा तपाईँ काम गर्ने ठाँऊ र तपाईँको मानसिक स्वास्थ्य 07/12/2021 12:40 ...
आर्थिक कुराकानी: अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्ने पैसा कसरी जम्मा गर्ने? 06/12/2021 09:03 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ६ डिसेम्बर २०२१ 06/12/2021 06:46 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार ६ डिसेम्बर २०२१ 06/12/2021 55:05 ...
ओमिक्रन सङ्क्रमण पश्चात् अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अस्ट्रेलिया भन्दा अन्य देशहरू 05/12/2021 08:18 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ५ डिसेम्बर २०२१ 05/12/2021 13:55 ...
View More