मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाइने गरेको सन्दर्भमा सन् १९९५ को अन्त्यतिर अस्ट्रेलिया आएका राजेन्द्र पोख्रेलको परिवारका चार पुस्ता मेलबर्नमा नै बसोबास गरेको बारे कुराकानी गरिएको छ।
९० वर्ष माथिका आफ्ना बाबु आमा, आफ्ना दाजु तथा दिदी सबै अस्ट्रेलियामा नै रहेकाले उनले सानो पारिवारिक जमघटमा पनि २० देखि ५० जना सम्म भेला हुनु सामान्य हुने गरेको बताएका छन्।
यसरी नजिकका आफन्त प्राय अस्ट्रेलियामा नै रहँदा आफ्ना दुई छोराहरूलाई पनि यसको सकारात्मक प्रभाव परेको बताउने राजेन्द्र पोख्रेलसँग गरिएको यो कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।