Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

"खुन बगाएको सम्झनामा यो दिवस मनाइन्छ": रिमेम्ब्रेन्स डे बारे एक पूर्व गोर्खा सैनिकका किस्सा

Source: Man Bahadur Limbu

अस्ट्रेलिया लगायत कमनवेल्थ राष्ट्रहरूभर पहिलो विश्वयुद्धमा मारिएका सैनिकहरूको सम्झनामा हजारौँ मानिसहरू भेला भएर 'रिमेम्ब्रेन्स डे' मनाइएको छ र यसै सन्दर्भमा हामीले १६ वर्ष बेलायती सेनामा बिताएका पूर्व गोर्खा सैनिक मानबहादुर लिम्बुसँग गरेको कुराकानी ।

नोभेम्बर ११ तारिख ११ बजेर ११ मिनेट जाँदा अस्ट्रेलियाका हजारौँ मानिसहरू एकटक उभिए र मौन धारणा गरे ।

बर्सेनि यही दिन र यही समयमा यसै गरी, युद्धका क्रममा आफ्नो ज्यान गुमाएका १ लाख २ हजार सेनाको स्मृति स्वरूप मानिसहरू भेला भएर श्रद्धा सुमन प्रकट गर्दछन्।

कोभिड –१९ महामारीका कारण विगत दुई वर्ष यता 'रिमेम्ब्रेन्स डे' मा मानबहादुर लिम्बु आफ्ना पूर्व सहकर्मीहरूसँग भेला भएर यो दिवस मनाउन पाएका छैनन् यद्यपि घरबाटै भए पनि विश्वयुद्धमा मारिएका सबै सैनिक प्रति उनले श्रद्धा सुमन प्रकट गरे।

विश्वयुद्धमा सरिक भएको अनुभव नभएता पनि १६ वर्ष बेलायती सेनामा बिताएका पूर्व गोर्खा सैनिक लिम्बुलाई आफ्ना बाबु-बराजुले सुनाएका किस्साहरू अझै पनि याद छ।

Man Bahadur Limbu
Man Bahadur Limbu

“विश्वयुद्धमा संसार मै बितेका सबै देशका मानिसहरू जो लडाइँमा थिए उनीहरूको सम्झना, उनीहरूको यादमा आज पपि डे मनाएको हो,” उनले भने।

“चिहानमा पपि फुल फुलिरहेको थियो, त्यो फुल लगाएर उहाँहरूले खुन बगाएको सम्झनामा यो दिवस मनाइन्छ।”

बेलायतीहरूले राखिदिएको गोर्खा नाम कसरी संसारभर परिचित बन्यो भन्ने सम्झँदै उनी भन्छन्, "आयो गोर्खाली, चार्ज, भनेर खुकुरी निकाले पछि संसारलाई डर हुन्थ्यो।"

यद्यपि १९९७ भन्दा अघि भर्ती भएका गोर्खाहरूलाई तलब सुविधामा गरिएको भेदभाव प्रति भने उनी दुखेसो पोख्छन्।

“१९९७ अघि र पछि भर्ती भएकाहरू बिचको सुविधा तीन गुणाले फरक छ,” उनले भने।

यद्यपि अहिले पनि बेलायती सेनामा गोर्खा भने पछि छुट्टै सान मान र इज्जत भएकोमा चाही मान बहादुर खुसी व्यक्त गर्छन्।

लिम्बुसँग गरिएको कुराकानी सुन्नुहोस्:
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

Sydney Opera House
Poppies to be projected on the Sydney Opera House to commemorate Remembrance Day
The Electric Canvas

यसैबिच रिमेम्ब्रेन्स डेमा भएको एक कार्यक्रममा क्यानबेरा स्थित वार मेमोरीयलका निर्देशक म्याट एन्डरसनले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सेवाका लागि ज्यान गुमाएकाहरू प्रतिको सम्झना कहिल्यै व्यर्थ नजाने बताएका छन् ।

पहिलो विश्वयुद्धको अन्त्य गर्ने सम्झौता भएको एक सय तिन वर्ष पुगेको भए पनि तत्कालीन समयको युद्धलाई भने सबैले सम्झिएका छन् ।

उक्त दिनको सम्झनामा युवा र मनबाट युवा रहेका मानिसहरूलाई एक साथ भेला गराएको छ ।

एक सय एक बर्सिया डेनिस डेभिसले दोस्रो विश्वयुद्धमा सेवा गर्ने मौका पाए ।

उनी त्यति बेलाको सम्झना गदै भन्छन्, “हामी त्यहाँ थियौ, हाम्रो आवश्यकता पर्‍यो हामीले त्यसलाई स्वीकार गर्‍यौँ, यस्ता धेरै मानिसहरूको सेवाले आज अस्ट्रेलिया स्वतन्त्र छ।”

Poppies are projected onto the Sydney Opera House sails during a Remembrance Day 2021 dawn service
Poppies are projected onto the Sydney Opera House sails during a Remembrance Day 2021 dawn service
AAP

अस्ट्रेलियन नौसेनाका हालका कमान्डर पेनीलोप टुइम्लो भन्छन् कि स्वतन्त्रताका लागि लड्नु भावनात्मक हुन्छ ।

अफगानिस्तानबाट अस्ट्रेलियाली सेना फिर्ता भए पछिको यो नै पहिलो स्मृति दिवस हो ।

यद्यपि पूर्व सैनिक पिट रुढल्याण्ड भन्छन् त्यहाँ तैनाथ भएकाहरूको बलिदान अहिले महसुस हुन्छ ।

उता मेलबर्न पुगेका प्रधानमन्त्री स्कट मोरिसनले पनि 'रिमेम्ब्रेन्स डे'का अवसरमा लडाइँमा भाग लिएका पूर्व सैनिकहरूसँग भेटघाट गरे थिए।

Coming up next

# TITLE RELEASED TIME MORE
"खुन बगाएको सम्झनामा यो दिवस मनाइन्छ": रिमेम्ब्रेन्स डे बारे एक पूर्व गोर्खा सैनिकका किस्सा 12/11/2021 07:01 ...
स्वास्थ्य बीमा: छोराछोरीले पैसाको मुख हेर्दा आमाबुवालाई सास्ती 24/01/2022 17:35 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २४ जनवरी २०२२ 24/01/2022 07:38 ...
"जुवाको लत लागेकालाई काउन्सीलिङ्ग गर्ने गरेका छौ" 24/01/2022 07:35 ...
बहुसांस्कृतिक समुदायमा जुवाको लत र यसले पार्ने असरसँग जुध्न स्रोत साधनको बिस्तार 24/01/2022 06:41 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतबार २३ जनवरी २०२२ 24/01/2022 36:40 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २३ जनवरी २०२२ 23/01/2022 13:17 ...
अस्ट्रेलियामा सिकेका ज्ञान नेपालको कोभिड विरुद्धको लडाइमा प्रयोग गर्ने एक वैज्ञानिक: साप्ताहिक नेपाल सन्दर्भ 23/01/2022 32:36 ...
सरकारको पछिल्ला निर्णयबाट अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी दङ्ग! 21/01/2022 11:44 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २१ जनवरी २०२२ 21/01/2022 07:59 ...
View More