Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

घर वा कार्यालय: मानिसहरूले आफ्नो कामको उत्कृष्ट प्रदर्शन कहाँ गर्छन्?

Source: Getty Images

कोरोनाको खोप लगाउने काम तीव्र रूपमा बढिरहँदा मानिसहरू आ-आफ्नो काममा फर्कने क्रम पनि बढ्दै गएको छ ।

यो परिवर्तित समयको मुल्याकंन गर्न र कामदारहरूले कुन अवस्थामा कामको उत्कृष्टता पेस गर्न सक्छन् भन्ने विषयमा मक्वारी विश्वविद्यालयले एक अध्ययन गरेको छ ।

भर्खरै गरिएको सो अध्ययनले कार्यालयबाट काम गर्ने समूहको उत्पादकत्व क्षमता समग्रमा बढी भएको देखाएको हो । 

यद्यपि घरबाट काम गर्ने अभिभावक त्यसमा पनि महिलाहरूले कामको  परिणाम धेरै दिने गरेको पनि पाईएको  छ ।

एडिको ग्रुपका व्यावसायिक निर्देशक एस्ली एलकोक पनि घरबाटै काम गर्ने मानिसहरू मध्येका एक हुन् ।

अध्ययनले पहिलेका वर्षहरूभन्दा सन् २०२० लाई कामको नतिजाको हिसाबले राम्रो देखाएपछि उनी त्यसबारे सोच्न बाध्य भए।

हाल मास्टर्स अफ बिजनेस स्टडीजको विद्यार्थी पनि रहेका एलकोकले आफ्नो पढाईका क्रममा घर वा कार्यालय कहाँबाट काम गर्दा राम्रो प्रतिफल प्राप्त हुन्छ भनेर जाने।

Macquarie University
Macquarie University
Supplied

मारोस सुरभात्ता मक्वरी बिजनेस स्कुलका प्राध्यापकसँगै एलककका सुपरभाइजर पनि हुन् ।

उनका अनुसार उक्त विषयको अध्ययन गर्दा बजार व्यवस्थापकहरूलाई दुई भागमा विभाजित गरी घर वा कार्यालयमा रहेर काम गर्नका लागि छुट्टाइएको थियो ।

अध्ययन परिणामले कार्यालयबाट काम गर्ने समूहको काममा प्रतिफल दिने क्षमता समग्रमा बढी देखाएको छ ।

यद्यपि घर वा कार्यालय दुवै ठाउँबाट मिश्रित काम गरेका भन्दा चाही घरबाटै काम गर्नेहरूले बढी परिणाम दिएका छन् ।

रिपोर्ट सुन्नुहोस:
 
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

काम गर्ने अभिभावक त्यसमा पनि महिलाहरूले काममा परिणाम धेरै दिने गरेको पनि पाईएको  छ ।

तर  नयाँ कामदारहरू जसले घरबाटै तालिम लिएर काम सुरु गरेका थिए उनीहरूको उत्पादकत्व चाही सबैभन्दा कम पाइएको छ ।

घर वा कार्यालयबाट तालिमका मोड्युलहरु सकेको भए पनि कार्यालयबाट काम गर्ने मानिसहरू चाही घरबाट काम गर्ने भन्दा ५० प्रतिशतले कामको परिणाम बढी दिएको भेटिएको छ ।

उनी यस्तो किन भएको होला भनी अध्ययन गदैछन् यद्यपि कार्यालयमा काम गर्दा आफू भन्दा अनुभवी कामदार सँग काम गर्दा उनीहरूले निरन्तर अवलोकन  गर्ने भएकाले यसो हुन सक्ने उनी बताउँछन् ।

australia in the philippines, 75 years australia philippines diplomatic relations, COVID-19, freelance, stay at home mums, funding
“By partnering with businesses, the Australian Gov't can help provide vital work, income opportunities & support economic recovery" Aus Amb-Phils SJ Robinson
Ketut Subiyanto from Pexels

प्राध्यापक सुरभात्ताका अनुसार बजारमा काम गर्ने मानिसहरूका बिचमा अध्ययन भएको भएता पनि यो अन्य व्यवसाय वा मुलुकमा पनि लागु गर्न सकिन्छ ।

हालै उत्पादकत्व आयोगले निकालेको एक रिर्पाटमा महामारी सुरु हुनु अघि करिब ८ प्रतिशत कर्मचारीले घरबाटै काम गरिरहेको देखाएको थियो ।

स्टे होम अर्डर जारी भएपछि भने यो सङ्ख्या ४० प्रतिशतको हाराहारीमा छ ।

प्राध्यापक सुरभात्ताका अनुसार आगामी दिन थुप्रै कम्पनीहरूले घर र कार्यालय बिच समायोजन गर्नेछन् ।

यद्यपि एलकक चाही कम्पनीहरूले स्थायी योजना बनाउँदा दीर्घकालीन फाइदाका बारेमा सोच्नुपर्ने सुझाव दिन्छन् ।

Coming up next

# TITLE RELEASED TIME MORE
घर वा कार्यालय: मानिसहरूले आफ्नो कामको उत्कृष्ट प्रदर्शन कहाँ गर्छन्? 27/10/2021 05:24 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार ७ डिसेम्बर २०२१ 07/12/2021 06:00 ...
न्यु साउथ वेल्स भित्रिएका २५० विद्यार्थीको स्वागत र क्वीन्सल्याण्डले १३ डिसेम्बरबाट पूर्ण खोप लगाएका मानिसलाई आफ्नो राज्यमा प्रवेश दिने 07/12/2021 04:24 ...
कुशल हेरचाह कामदार भित्र्याउन विशिष्ट आप्रवासी कार्यक्रम नै सञ्चालन हुनु पर्ने माग 07/12/2021 03:43 ...
अस्ट्रेलियामा तपाईँ काम गर्ने ठाँऊ र तपाईँको मानसिक स्वास्थ्य 07/12/2021 12:40 ...
आर्थिक कुराकानी: अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्ने पैसा कसरी जम्मा गर्ने? 06/12/2021 09:03 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ६ डिसेम्बर २०२१ 06/12/2021 06:46 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार ६ डिसेम्बर २०२१ 06/12/2021 55:05 ...
ओमिक्रन सङ्क्रमण पश्चात् अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अस्ट्रेलिया भन्दा अन्य देशहरू 05/12/2021 08:18 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ५ डिसेम्बर २०२१ 05/12/2021 13:55 ...
View More