Coming Up Sun 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

“बच्चामा त, मलाई आर्मी ... एस्ट्रोनट के-के बन्ने मन थियो”

SPROUT is set in a post apocalyptic Australia. Shrivastav is one of the five characters in the play. Source: Supplied by Manav Shrivastav.

मानव श्रीवास्तव कुनै बेला अन्तरिक्ष यात्री भएर आकाश छुन चाहन्थे, तर समयको छालसँगै अब उनी अस्ट्रेलियाली मनोरञ्जन क्षेत्रमा उदाउने क्रममा छन्।

मेलबर्न स्थित आरएमआइटी विश्वविद्यालयमा हाल कम्प्युटर साइन्सको अध्ययन गर्दै गरेका २१ वर्षीय मानव श्रीवास्तव एक उदीयमान अभिनेता, मोडेल, उद्यमी, सङ्गीतकार र युवा राजनीतिकर्मी पनि हुन्।

एक दशक पहिले आफ्नो परिवारसँगै अस्ट्रेलिया बसाइँ सरेका बहुप्रतिभाशाली व्यक्तित्व धनी श्रीवास्तवले, एसबीएस नेपालीसँग कुरा गर्दै भने कि ,आफ्नो अस्ट्रेलियाली स्कूले जीवनका क्रममा उनले पहिलो पटक अभिनयबाट प्राप्त हुने आनन्द चाख्ने मौका पाए।

“स्कुलमा नाटक खेल्दा मलाई एक्टिङको किराले टोक्यो,” उनले भने।

विगत आठ वर्षदेखि विभिन्न नाटकहरूमा अभिनय गर्दै आएका उनी भन्छन्, “स्कूलका अल्लादिन, द विजर्ड अफ अज वा द लायन, द वीच एन्ड द वार्डरोब जस्ता नाटक हुन् वा स्थानीय प्रोडक्सनहरू, मेरो सबैमा मुख्य भूमिका छ।”

श्रीवास्तवसँग उनको हाल प्रदर्शनीमा रहेको नाटक स्प्राउट लगायत अभिनय यात्रा, शिक्षा र जीवनका अन्य पाटाहरू बारे गरिएको रोचक कुराकानी सुन्नुहोस्:
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

Manav Shrivastav Melbourne Nepali Indian DJ
SPROUT is set in a post apocalyptic Australia. Shrivastav is one of the five characters in the play.
Supplied by Manav Shrivastav.

बाल्यकालको सपना बारे मानव श्रीवास्तवले एसबीएस नेपालीलाई भने, “बच्चामा त, मलाई आर्मी ... एस्ट्रोनट के-के बन्ने मन थियो।”  

अब भने उनी मेथड एक्टिङको माध्यमबाट आफ्ना ती सबै सपनाहरू पुरा गर्ने मुडमा देखिन्छन्।

“म अभिनयको माध्यमबाट अन्तरिक्ष यात्री, सेना, डाक्टर वा वकिल जसको पनि जीवन कस्तो हुन्छ भनेर महसुस गर्न सक्छु नि भन्ने कुरा मनमा आएपछि त मलाई झनै एक्टर बन्न मन लाग्यो।”

श्रीवास्तव अगाडी भन्छन् कि मेलबर्न स्थित आफ्नो हाई स्कूलका नाट्य शिक्षकका अभिप्रेरणाका कारण नै उनी कलाकार बन्ने बाटो तर्फ उन्मुख भए।

हलिवूडमा काम गरेको अनुभव सँगालेका आफ्ना शिक्षकको प्रोत्साहन पछि यस क्षेत्रमा आफूले थप अवसरहरू पछ्याउन थालेको उनले बताए।

हाई स्कुलमा उनको अन्तिम वर्षको नाटक अल्लादिन निकै सफल भएको थियो जहाँ अमेरिकादेखि आएका उनका शिक्षकका साथीहरू पनि थिए।

श्रीवास्तव भन्छन्, "उनीहरू बिचमा छलफल भएछ, केटालाई केही एड्भाइस दिने कि नाइँ।”

“टिचरले त्यसपछि सोध्नुभयो कि म स्कुल सकिएपछि के गर्ने सोचिरहेको छु भनेर, जब मैले टिचरलाई भने कि म आर्मी तिर जान चाहन्छु, उहाँ त रुन नै थाल्नुभयो।”

यद्यपि, दक्षिण एसियाका धेरै आप्रवासीहरू जस्तै, अभिनयलाई करिअरकै रूपमा पछ्याउने उनको निर्णय, सहज भने थिएन।

आफू विश्वस्त भएपछि, श्रीवास्तवले कलाकार बन्ने बाटो लाग्नू पूर्व आमाबाबुलाई सहमत गराउनुपर्ने देखे।

उनी भन्छन् कि एक पटक शिक्षकबाट आफ्नो प्रतिभाका बारे सुनेपछि, अभिभावकहरू सकारात्मक थिए, तर उनीहरूसँग एउटा अनुरोध थियो, मानवले रचनात्मक क्षेत्रमा प्रवेश गर्नु अघि डिग्री पूरा गर्नुपर्छ।

The Photo Studio Fitzroy; Fashion; Adina Van Der Plaat, Manav Shrivastav
Manav Shrivastav is also doing modelling though one of the top agencies in Melbourne.
The Photo Studio Fitzroy

आफ्ना आमाबुवाले भविष्यको लागि ठोस शैक्षिक जग बसाएको हेर्न चाहेको कुरालाई आफूले पनि राम्रै रूपमा ग्रहण गरेको बताउँछन् श्रीवास्तव।

अतिरिक्त क्रियाकलापमा व्यस्त रहँदै पढाइलाई पनि अगाडी बढाउन आफ्नी हजुरआमाको ठुलो देन रहेको पनि उनी बताउँछन्।

"मेरी नानी यहाँ केही वर्षअघि आएकी थिइन्, र नानीले भन्नु भयो कि अब तिम्रो टाइम आएको छ, गधाको जस्तो काम गर्ने।”

अहिले मिहिनेत गर्‍यौ भने मात्र भविष्यमा सफल हुन्छौ भन्ने आफ्नी हजुरआमाको उक्तिले आफूलाई ठुलै ऊर्जा दिइरहेको पनि श्रीवास्तवको भनाई छ।

अभिनयको अलावा, श्रीवास्तवले देशको एक शीर्ष मोडलिङ एजेन्सीसँग पनि अनुबन्धित छन्।

The Photo Studio Fitzroy; Fashion; Adina Van Der Plaat, Manav Shrivastav
Shrivastav hopes to make it big in Australian entertainment industry.
The Photo Studio Fitzroy

उनी भन्छन् कि देश पहिलेको भन्दा धेरै समावेशी भइरहेको छ, समकालीन अस्ट्रेलियाको प्रतिनिधित्व गर्न सेतो छाला बाहेकका मोडेलहरूका लागि प्रशस्त अवसरहरू उपलब्ध छन्।

"आजको अस्ट्रेलियाको प्रतिनिधित्व गर्न (विविध) पृष्ठभूमिका मानिसहरूको ठुलो माग छ।”

एक घरेलु विद्यार्थी भएता पनि, उनले महामारीको समयमा सङ्घर्ष गरिरहेका धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्घर्षलाई नजिकबाट नियाल्ने मौका पाएका छन्।

आफू आबद्ध एक नेपाली पसलमा आउने थुप्रै अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँगको पहिचानका कारण श्रीवास्तवले उनीहरूको पिर मर्का आत्मसात् गर्न सकेको बताएका हुन्।

आफ्ना आमाबाबुसँगै नरहेका उनीहरूका लागि श्रीवास्तवको सानो सन्देश छ, “जतिसुकै कठिन भए पनि, हार नमान्नुहोस्।”  

“साथीभाइ वा चिने जानेको जोकोहीसँग मद्दत माग्न नहिचकिचाउनुहोस्।”

आफै पनि विश्वविद्यालय लगायत अन्य क्रियाकलापका लागि खर्च धान्न जागिर र व्यवसाय दुवैमा हात हालेको बताउँदै उनी अगाडी भन्छन् कि मेहनतको फल मिठो हुन्छ।

“थुप्रै नेपाली इन्डियन कम्युनिटी (कार्यक्रमहरू)मा  मैले (गाना) बजाएको पनि छु,” आफ्नो थप प्रतिभाको परिचय दिँदै  उनले भने।

मानव श्रीवास्तव मेलबर्नमा रहेको स्थानीय थिएटर प्रोडक्सन – स्प्राउटमा मुख्य पात्रहरू मध्ये एकको भूमिका निर्वाह गरिरहेका छन्।
आगामी नोभेम्बर २७ तारिखसम्म चल्ने स्प्राउटले विनाशपछिको अस्ट्रेलियामा जीवित केही मानिसहरूको सम्बन्ध र जीवन कसरी फेरी अगाडी बढ्छ भनेर देखाउन प्रयत्न गरेको छ।

 

Coming up next

# TITLE RELEASED TIME MORE
“बच्चामा त, मलाई आर्मी ... एस्ट्रोनट के-के बन्ने मन थियो” 23/11/2021 19:45 ...
सरकारको पछिल्ला निर्णयबाट अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी दङ्ग! 21/01/2022 11:44 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २१ जनवरी २०२२ 21/01/2022 07:59 ...
नेपालमा चरा बचाउन अस्ट्रेलियाले कसरी सहयोग गरिरहेको छ त? 21/01/2022 08:59 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीबार २० जनवरी २०२२ 20/01/2022 35:59 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २० जनवरी २०२२ 20/01/2022 14:51 ...
गएका दुई वर्षमा आफ्नो सम्पति 'डबल' बनाएका ४७ अस्ट्रेलियाली अर्बपतिहरू 20/01/2022 03:14 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार १९ जनवरी २०२२ 19/01/2022 09:37 ...
कोभिड-१९ बाबजुद भिक्टोरियाको न्याभ क्रिकेट कप सफल हुने दाबी 19/01/2022 08:59 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार १८ जनवरी २०२२ 18/01/2022 07:50 ...
View More