Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

मेन्टल हेल्थ फर्स्ट एड र यसबाट समुदायका सबैलाई पुग्ने फाइदा

Source: Supplied

यसैको सेरोफेरोमा मानसिक स्वास्थ्य सम्बन्धी तालिममा निकै लामो समयदेखि सक्रिय रहँदै सिड्नी लोकल पब्लिक हेल्थमा लामो अनुभव आर्जन गर्नु भएका भरत नेपालसँग, नेपालीहरूको पछिल्लो मानसिक अवस्था र उहाँले दिँदै आउनु भएको तालिमका सम्बन्धमा गरिएको कुराकानी।

मानसिक स्वास्थ्यका कारण आष्ट्रेलियामा थुप्रै मानिसको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष असर परिरहेको छ।

अझ कोरोना महामारीको आगमन पछि त यो झन् ठुलो समस्याको रूपमा देखा परेको छ।

आप्रवासीका रूपमा अस्ट्रेलिया आएका मानिसहरू वा विद्यार्थी भिसामा रहेकाहरू माझ कोभिड-१९ का कारण अझै बढी मानसिक तनाव वा असर परेको देखिन्छ।

विशेष गरी नयाँ देश र परिवेशमा घुलमिल हुन, काम खोज्न जस्ता सबै किसिमका जिम्मेवारी आफैले निर्वाह गर्नुपर्ने भएकाले मानिसमा तनाव बढ्दै जाने र मानसिक रोगले घर बसाउने अध्ययनहरूले देखाएका छन्।

Mental Health First Aid Training in Sydney Nepali Community
Bharat Nepal and participants at a Mental Health First Aid Training
Supplied

कतिपय विद्यार्थीहरुमा आर्थिक कारणले तनाव बढ्दै जाने र त्यसले मानसिक रोगकाे रूप लिने स्थिति समेत सिर्जना हुन सक्छ ।

यी र यस्तै कारणले नेपाली समुदायमा तनावले मानसिक रोगको विकास नहोस् भन्ने उद्देश्यले विभिन्न संस्थाहरुको पहलमा अस्ट्रेलियामा रहेका नेपाली आप्रवासी एवम् विद्यार्थीहरुलाई बेला बेलामा मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिँदै आइएको छ ।

यसैको सेरोफेरोमा मानसिक स्वास्थ्य सम्बन्धी तालिममा निकै लामो समयदेखि सक्रिय रहँदै सिड्नी लोकल पब्लिक हेल्थमा लामो अनुभव आर्जन गर्नु भएका भरत नेपालसँग, नेपालीहरूको पछिल्लो मानसिक अवस्था र उहाँले दिँदै आउनु भएको तालिमका सम्बन्धमा गरिएको कुराकानी।

 

नेपालसँग गरिएको कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको स्पिकर आइकन थिच्नुहोस्।

 

 

 

 

 

 
 

Coming up next

# TITLE RELEASED TIME MORE
मेन्टल हेल्थ फर्स्ट एड र यसबाट समुदायका सबैलाई पुग्ने फाइदा 16/07/2020 10:21 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ३ जुलाई २०२२ 03/07/2022 12:56 ...
धान रोपाइँका बिच देशका विभिन्न स्थानमा बाढी, पहिरो र हैजाको प्रकोप: साप्ताहिक नेपाल सन्दर्भ 03/07/2022 05:22 ...
अस्ट्रेलियामा बसोबास: 'वेलकम टु कन्ट्री' भनेको के हो? 02/07/2022 07:51 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १ जुलाई २०२२ 01/07/2022 07:20 ...
ट्याक्स टाइम: तपाईँले जान्नै पर्ने केही कुरा 01/07/2022 07:37 ...
सन् २०२२–२३ का लागि भिसा सम्बन्धी नियममा हुने फेरबदलले तपाईँलाई कस्तो प्रभाव पार्ला? 01/07/2022 17:10 ...
नेपालमा ‘गौरव महिना’: लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई चिन्ने र चिनाउने अवसर 30/06/2022 08:43 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार ३० जुन २०२२ 30/06/2022 11:27 ...
मेलबर्नका एम्बुलेन्स सेवामा अर्को कोड रेड लागु गरियो 30/06/2022 05:00 ...
View More