Coming Up Sun 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

युवा मानसिक स्वास्थ्य सहयोगका लागि बहु सांस्कृतिक अभियान

Subash Poudel Source: SBS

सांस्कृतिक तथा भाषिक रूपमा विविध पृष्ठभूमिबाट रहेका युवाहरूलाई मानसिक स्वास्थ्यको बारेमा खुलेर कुरा गर्न मद्दतका लागि एक नयाँ अभियान सुरु गरिएको छ। यसै सन्दर्भमा हामीले न्यु साउथ वेल्स हेल्थकी शर्वानी उपाध्याय र सुभास पौडेलसँग गरेको कुराकानी सुन्नुहोस्!

नेपालका सुवास पौडेल कोरोनाभाइरस महामारी सुरु हुनु भन्दा केही समय अगाडि मात्र सिड्नी आइपुगेका थिए।  

लकडाउनले उनको मानसिक स्वास्थ्यमा कुन हद सम्मको प्रभाव पार्छ भन्ने कुरामा उनी पहिला कुनै हालतमा तयार थिएनन्।   

“अस्ट्रेलिया आएर सेटल हुन मलाई निकै गाह्रो भएको थियो,” उनले एसबीएससँगको कुराकानीमा बताए।  

“पढाइ र पढाइको शुल्क देखि लिएर धेरै कुराहरू एकै चोटि भइरहेका थिए। मैले आफ्नो काम गुमाएको थिएँ।”  

सुवास भन्छन् कि, मानसिक स्वास्थ्यलाई अझै पनि एक वर्जित विषयको रूपमा लिइने भएकाले आफू जस्ता थुप्रै मानिसहरूले खुलेर मद्दत माग्न नसकेको अवस्था रहेको छ।   

हामी अन्तराष्ट्रिय विद्यार्थी या शरणार्थी भिसामा रहेका हुनाले भिसामा कुनै समस्या नआओस् भनेर हामी मानसिक स्वास्थ्यको बारेमा कुरा गर्न या मद्दत माग्नबाट पछि हट्छौँ।

न्यु साउथ वेल्स हेल्थले सेटलमेन्ट सर्भिसेस इन्टरनेशनल लगायत अन्य आप्रवासन सेवा प्रदायकहरूसँग मिलेर एक बहु भाषी भिडियो अभियान सञ्चालन गरेको छ।   

यस मल्टीकल्चरल कम्युनिटी वेलबीइङ्ग क्याम्पेन अर्थात् बहु सांस्कृतिक कल्याण अभियानले विशेष गरी युवाहरूलाई केन्द्रित गरी मानसिक स्वास्थ्य सहयोग सेवाको पहुँचलाई सजिलो बनाएको न्यु साउथ वेल्स हेल्थकी शर्वानी उपाध्याय भन्छिन्।   

नेपाली समुदायमा अझ पनि मानसिक स्वास्थ्य सम्बन्धी कुरा गर्न हिचकिचाउने प्रवृत्ति रहेको, ट्रान्स कल्चरल मानसिक स्वास्थ्य केन्द्रमा क्लिनिकल सल्लाहकारको रूपमा कार्यरत रहेकी उपाध्यायले बताइन्।  

जो कोही हिचकिचाउनु भएको छ, वहाँलाई परामर्शकर्तासँग प्रत्यक्ष भेट्न अप्ठेरो लागिरहेको छ भने पनि, यो सेवा एक सुरुवातको बिन्दु बन्न पुग्छ।

न्यु साउथ वेल्स, भिक्टोरियाका, अस्ट्रेलियन क्यापिटल टेरिटरी लगायत विभिन्न स्थानहरूमा हेड टु हेल्थले बहु भाषी सहयोग सेवा प्रदान गरिरहेको छ। 

संघीय सरकारद्वारा लगानी गरिएको यो सेवा, केही प्रयोगकर्ताहरूको लागि निःशुल्क छ।   

कोरोनाभाइरस महामारी यता २४ घन्टे मानसिक स्वास्थ्य सहयोग सेवा लाइफलाइनमा मद्दतको लागि सम्पर्क गर्ने मानिसहरूको सङ्ख्या ह्वात्तै बढेको थियो।   

दैनिक रूपमा फोन गर्ने मानिसहरूको सङ्ख्या गत दुई वर्ष २,५०० जना देखि ३,५०० सम्म ४० प्रतिशत बढेको थियो। १९ सेप्टेम्बर पछिको चार हप्ताको अवधिमा मात्र ९६,००० कलहरू आएका थिए।   

धेरै मानिसहरूले मद्दत माग्नु एक खुसीको कुरा रहेको, न्यु साउथ वेल्स हेल्थका प्रमुख मनोचिकित्सक डाक्टर मरे राइटले बताए।    

कुराकानी सहितको हाम्रो पुरा रिपोर्ट सुन्नुहोस्:
 हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

अहिले एक सामाजिक कार्यकर्ता रहेका सुवास आशा गर्छन् कि उनको यो सन्देशले सांस्कृतिक रूपमा विविध समुदायका धेरै मानिसहरूलाई मद्दत माग्न सजिलो बनाओस्।  

“शारीरिक क्रियाकलापहरू गर्नुहोस्, नयाँ शोकहरू सिक्नुहोस्। मैले खाना पकाउन थालेँ, र अहिले मेरा साथी र सहकर्मीहरूले मेरो खानाको प्रशंसा गरिरहेका छन्,” आफ्नो अनुभव बाँड्दै उनले भने।  

“विशेषज्ञबाट सहयोग लिनुहोस्। र मिडियाका कुराहरू देखेर नडराउनुहोस्। परिवार र साथीभाइसँग सम्बन्ध कायम राख्नुहोस् - यसले तपाईँलाई मद्दत गर्छ।”  

न्यु साउथ वेल्स हेल्थकी उपाध्याय भन्छिन् कि कतिपय मानिसहरूले सही सेवाको जानकारी नभएका हुनाले कुनै गलत सेवामा सम्पर्क गरेको अनुभव पछि यस्ता मानसिक स्वास्थ्य सेवाहरू लिन अप्ठेरो मान्ने गरेको देखिएको छ।   

“हेड टु हेल्थमा चाहिँ अनुभवी परामर्शकर्ताहरूले तपाईँलाई सुहाउँदो सेवासँग सम्पर्क गराइदिने हुनाले तपाईँलाई चाहिएको सही सर्भिस ठ्याक्क उपभोग गर्न सक्नु हुन्छ," उनले बताइन्।  

यस बहु सांस्कृतिक अभियान बारे थप जानकारीका लागि न्यु साउथ वेल्स हेल्थको वेबसाइट र Head to Health (हेड टु हेल्थ) सेवाका प्रत्यक्ष पप-अप क्लिनिकहरू तथा अनलाइन सहयोग सामाग्रीहरूको जानकारीका लागि हेड टु हेल्थको वेबसाइटमा जानुहोस्।  

यदि तपाईँ कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline (लाइफलाइन): १३ ११ १४, Suicide Call Back Service (सुसाइड कल ब्याक सर्भिस) १३०० ६५९ ४६७ र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline (किड्स हेल्पलाइन) : १८०० ५५ १८००। 

थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्।

Embrace Multicultural Mental Health (इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थ)ले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।

Coming up next

# TITLE RELEASED TIME MORE
युवा मानसिक स्वास्थ्य सहयोगका लागि बहु सांस्कृतिक अभियान 17/01/2022 07:49 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २० मे २०२२ 20/05/2022 06:37 ...
सङ्घीय निर्वाचन २०२२: लिबरल निकट नेपाली भाषीद्वारा मेलबर्नमा चुनावी भेलाको आयोजना 20/05/2022 04:42 ...
मेलबर्न र सिड्नीका नेपाली पृष्ठभूमिका मतदाताका प्राथमिकता आप्रवासनदेखि महँगीसम्म 19/05/2022 28:03 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार १९ मे २०२२ 19/05/2022 11:23 ...
फ्याक्टचेक: के चुनावी अभियानका दौरान नेताहरूले गरेका सबै दाबी सही छन्? 19/05/2022 06:38 ...
दोस्रो नेपाली अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा: के काठमाण्डू जानैपर्ने वाध्यता हट्ला त? 19/05/2022 07:18 ...
अस्ट्रेलियामा बसोबास: तपाईँका सन्तानका लागि कुन विद्यालय ठिक? 19/05/2022 08:02 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १८ मे २०२२ 18/05/2022 07:11 ...
“बहु सांस्कृतिक कार्यक्रमले कसरी काम गर्छ भन्नेमा अस्ट्रेलिया विश्वकै लागि एक नमुना,” प्रधानमन्त्री स्कट मोरिसन 18/05/2022 15:35 ...
View More