Coming Up Sun 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

सगरमाथामा फोहोर बढ्दै, समस्या समाधान गर्न के गर्नु पर्ला त?

Source: SPCC

सगरमाथा आरोहणका लागी बर्सेनि दशौँ हजार मानिसहरू जाँदा जम्मा भएको फोहोरले सगरमाथाको पर्यावरणका साथै स्थानीयको स्वास्थ्यमा पनि असर पारेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।यसै सन्दर्भमा नेपाल संवाददाता सेवा भट्टराईले सगरमाथा पोलुशन कन्ट्रोल कमिटीका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पासँग गरेको कुराकानी सुन्नुहोस्।

नेपालको चिनारी मात्र नभएर पर्यटन अर्थतन्त्रको पनि महत्त्वपूर्ण अङ्ग भए तापनि सगरमाथा तथा सो हिमाल वरपरको क्षेत्रमा बढ्दो मानव सिर्जित फोहोरले समस्या पनि बढाइरहेको छ।

सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे न्यु जिल्याण्डका एडमण्ड हिलारीले सगरमाथाको पहिलो पटक आरोहण गरेको स्मृतिमा प्रत्येक वर्ष मे २९ मा अन्तर्राष्ट्रिय एभरेस्ट दिवस मनाइने गरिन्छ।

सगरमाथा दिवस मनाउँदै गर्दा सगरमाथा क्षेत्रको प्रदूषण सफा गर्न काम गर्ने संस्था सगरमाथा पोलुशन कन्ट्रोल कमिटीका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले सगरमाथा क्षेत्रमा दिगो विकासका लागि आर्थिक लाभ प्रकृतिको संरक्षणका बिचमा सन्तुलन कायम गर्नुपर्ने बताएका छन्।

शेर्पासँग गरिएको पुरा कुराकानी सुन्नुहोस्:
सगरमाथामा फोहोर बढ्दै, समस्या समाधान गर्न के गर्नु पर्ला त?
00:00 00:00
 
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

Coming up next

# TITLE RELEASED TIME MORE
सगरमाथामा फोहोर बढ्दै, समस्या समाधान गर्न के गर्नु पर्ला त? 01/06/2022 09:34 ...
नेपालमा ‘गौरव महिना’: लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई चिन्ने र चिनाउने अवसर 30/06/2022 08:43 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार ३० जुन २०२२ 30/06/2022 11:27 ...
मेलबर्नका एम्बुलेन्स सेवामा अर्को कोड रेड लागु गरियो 30/06/2022 05:00 ...
जनगणना: अस्ट्रेलियामा बस्ने नेपालीको सङ्ख्या पाँच वर्षमै दोब्बर बढी 30/06/2022 05:45 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २९ जुन २०२२ 29/06/2022 05:11 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २८ जुन २०२२ 28/06/2022 08:16 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २७ जुन २०२२ 27/06/2022 06:53 ...
विश्व स्तरीय प्रतियोगिताका प्रतिस्पर्धी शेफ भन्छन् नेपाली र भारतीय खाना एकै होइनन् 27/06/2022 14:48 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २६ जुन २०२२ 26/06/2022 10:21 ...
View More