Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

पन्ध्र लोगी र चार गोल्ड लोगीबाट सम्मानित बर्ट न्युटन अब सम्झनामा मात्रै

Patti Newton farewells her late husband Bert Newton following a State Funeral Service at St Patrick's Cathedral, in Melbourne, Friday, November 12, 2021. Source: AAP

त्रियासी वर्षको उमेरमा गत महिना निधन भएका अस्ट्रेलियाली सो बिजनेसका एक सम्मानित र लोकप्रिय व्यक्तित्व बर्ट न्युटनको आज मेलबर्नमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

लामो समय श्रब्य दृश्य क्षेत्रमा रहेको संलग्नता रहेको बर्ट न्युटनले सन् १९५० देखि रेडियोबाट आफ्नो मिडिया यात्रा सुरु गरेका थिए।

बितेको एक दशकमा उनी खुट्टामा गम्भीर सङ्क्रमण लगायत अन्य जटिल स्वास्थ्य समस्याहरूबाट गुज्रिरहेका थिए।

अस्ट्रेलियाली कलाकारिता उद्योगका चर्चित र लोकप्रिय व्यक्तित्व बर्ट न्युटनले आफ्नो ६० बर्ष भन्दा लामो व्यावसायिक जीवनमा धेरै लोकप्रियता कमाएका थिए। 

सन् १९५० मा मेलबर्न रेडियोबाट सुरु भएको उनको यात्रामा उनले देशका प्रमुख चार नेटवर्क सँगै, साङ्गीतिक थिएटरहरूमा पनि काम गरेका थिए। 

उनले अस्ट्रेलियाली टेलिभिजनमा प्रसारित कार्यक्रमद्वारा  चार पटक अत्यधिक चर्चित टेलिभिजन व्यक्तित्वलाई दिइने गोल्ड लगी अवार्ड पनि जितेका थिए।

अस्ट्रेलियाली मनोरञ्जन पत्रकार पीटर फोर्डले न्युटनलाई सम्झँदै उनको नैतिकता र सीपको प्रशंसा गरेका छन्। 

"लोगीज समारोहको आयोजना गर्दा स्क्रिप्ट त हुन्थ्यो, तर बर्टले [न्युटन] स्क्रिप्ट भन्दा बाहिर पनि परिस्थिति अनुसार बोल्दथे," उनले भने।   

न्युटनले अस्ट्रेलियाली टेलिभिजन क्षेत्रको वार्षिक पुरस्कार वितरण समारोहलाई कुल २० चोटि सञ्चालन गर्नुका साथ साथै, १५ वटा लोगी अवार्ड र चार वटा गोल्ड लोगी अवार्ड पनि पाएका थिए।      

न्युटन टेलिभिजन स्टुडियोमा उपस्थित हुँदा हरेक समय माहोल निकै रमाइलो हुन्थ्यो। 

सन् १९७४ मा पूर्व गायिका प्याटी मकग्राथसँग वैवाहिक जीवनमा बाँधिँदा, मेलबर्नको चर्च बाहिर उनीहरूका हजारौँ प्रशंसकहरू भेला भएका थिए। 

सन् १९९० को दशकको मा भने उनी जुवाको लतका कारण केही गम्भीर आर्थिक समस्यामा परेका थिए। तर बिहानको समयमा टिभीमा आउने कार्यक्रमहरूमा काम गर्न थाले पछि उनको काम राम्रो हुन मात्र नभएर, थुप्रै जवान प्रशंसकहरू पनि थपिँदै गए। 

Bert Newton in the Rocky Horror Show at Melbourne's Comedy Theatre on 12 June 2015.
Bert Newton in the Rocky Horror Show at Melbourne's Comedy Theatre on 12 June 2015.
AAP

उनी संलग्न भएका केही चर्चित कार्यक्रमहरू हुन् -  इन मेलबर्न टुनाइट, द ग्राहम केनेडी शो, द डन लेन शो, गुड मर्निङ्ग अस्ट्रेलिया, न्यु फेसेस, बर्ट्स फ्यामिली फ्युड र ट्वेन्टी टु वान। 

मनोरञ्जन पत्रकार फोर्ड भन्छन् कि, यसरी रेडियो र टेलिभिजनको साथ साथै न्युटनले नाटक, र विशेष गरी साङ्गीतिक थिएटरमा दुई दशक बिताएका थिए। 

न्युटनको सम्झनामा श्रद्धाञ्जली दिनेहरू मध्य प्रधान मन्त्री स्कट मोरिसन पनि रहेका छन्। 

मनोरञ्जन उद्योगमा पुराएको योगदानका कारण न्युटनलाई सन् २००६ मा अर्डर अफ अस्ट्रेलियाको सदस्यताले सम्मानित गरिएको थियो र सन् २००८ मा उनी भिक्टोरियन अफ द यर बनेका थिए। 

बितेको एक दशकमा न्युटन गम्भीर स्वास्थ्य समस्याहरूबाट गुज्रिरहेका थिए - जस मध्य खुट्टाको औँलामा सङ्क्रमण भएका कारण उनको एउटा खुट्टा काट्नु परेको थियो। 

उनका एक छोरा, एक छोरी र नाति नातिनातिनाहरू छन्। 

Coming up next

# TITLE RELEASED TIME MORE
पन्ध्र लोगी र चार गोल्ड लोगीबाट सम्मानित बर्ट न्युटन अब सम्झनामा मात्रै 03/11/2021 05:37 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १६ जनवरी २०२२ 16/01/2022 13:04 ...
एकीकरण दिवस या विभाजनको सूचक? राजनीतिक मुद्दामा रनभुल्ल पृथ्वी जयन्ति: साप्ताहिक नेपाल सन्दर्भ 16/01/2022 09:33 ...
सन् २००१ मा के भएको थियो भन्ने खुलासा गर्ने मन्त्रीपरिषद्का कागजात 15/01/2022 08:31 ...
देशभर कर्मचारी अभाव, सरकार समक्ष सहयोगको माग 15/01/2022 03:45 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १४ जनवरी २०२२ 14/01/2022 06:29 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीवार १३ ज्यानुअरी २०२२ 14/01/2022 39:23 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार १३ जनवरी २०२२ 13/01/2022 12:49 ...
नेपालमा किन हराउँदैछ 'चोरी विवाह'को चलन 13/01/2022 09:19 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १२ जनवरी २०२२ 12/01/2022 08:04 ...
View More