Coming Up Sun 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

“भारत मिडफिल्डमा निकै राम्रो छ, नेपालले पनि सर्ट बल खेलेर जाने रणनीति बनाउनु पर्छ”

Jubilant Nepali players Source: ANFA/ Facebook

बुधवार राति बङ्गलादेशसँगको खेलमा बराबरी खेलेपछि नेपाली राष्ट्रिय फुटबल टोली पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

माले स्थित फुटबल ग्राउन्डमा भएको खेलमा बङ्गलादेशसँग एक एक गोलको बराबरीसँगै १९९३ देखिको इतिहासमै पहिलो पटक नेपाल फाइनलमा प्रवेश गरेको हो ।

भारत चाहिँ मालदिभ्सलाई ३–१ ले हराउँदै फाइनलमा पुगेको हो ।

बङ्गलादेश भने चार अङ्कमै सीमित रहँदा प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।

यता अस्ट्रेलियन नेप्लीज फुटबल एसोसिएसनका वर्तमान अध्यक्ष बिजेन बटाजुले बुधवारको खेलमा बराबर खेलेर फाइनल पुग्नु निकै सुखद रहेको भन्दै टिमले अझै सुधार गर्नु पर्ने बताए ।

“बुधवारको खेल हेर्दा नेपालको टिमले अझै धेरै सुधार गर्नु पर्ने देखिन्छ,आगामी दिनमा डिफेन्सीभ खेल्दा राम्रो होला,” बटाजुले भने ।

नेपाली खेलाडीहरू पनि निकै राम्रा रहेकाले भारत सँगको खेलमा विश्वस्त भएर खेल्नु पर्ने उनले बताए ।

“भारत मिडफिल्डमा निकै राम्रो छ, स्ट्राइकर पनि राम्रो भएकाले नेपालले पनि सर्ट बल खेलेर जाने रणनीति बनाउनु पर्छ।”

नेपाली टोलीलाई फाइनलसम्म पुर्‍याएका नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फाइनल पछि आफू नेपाल नबस्ने बताएका छन् । 

आफ्नो निकै धेरै आलोचना भएकाले फाइनल खेल नै नेपाली टोलीका प्रशिक्षकका रूपमा आफ्नो अन्तिम खेल हुने उनको भनाई छ।

बटाजुसँगको हाम्रो कुराकानी सहितको रिपोर्ट सुन्नुहोस:  हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। 
 यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

यसैबिच नेपाली टोली फाइनलमा प्रवेश गरे सँगै प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विट गर्दै नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन्।

साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छा सहित प्रोत्साहन दिन चाहन्छु उनले लेखेका छन् ।

आगामी अक्टोबर १६ तारिख, शनिवार नेपाल र भारत बिच फाइनल प्रतिस्पर्धा हुने कार्यक्रम छ।

Coming up next

# TITLE RELEASED TIME MORE
“भारत मिडफिल्डमा निकै राम्रो छ, नेपालले पनि सर्ट बल खेलेर जाने रणनीति बनाउनु पर्छ” 14/10/2021 08:15 ...
अस्ट्रेलियाका भुटानी शरणार्थी पृष्ठभूमि भएका बालबालिकाहरू पढाई र जीवन प्रति बढि उत्प्रेरित 03/12/2021 11:21 ...
महामारीका कारण भिक्टोरियामा बसोबास गर्ने गुरुङ समुदायका ३३ प्रतिशत सदस्यहरू अति जोखिममा 03/12/2021 09:25 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार ३ डिसेम्बर २०२१ 03/12/2021 06:59 ...
के देश भरका संसदीय कार्यस्थलहरूमा यौन दुर्व्यवहार, धम्की र उत्पीडनको संस्कार मौलाएकै हो त? 03/12/2021 07:09 ...
न्यु साउथ वेल्सको 'लोकल इलेक्सन'मा उठेका नेपालीभाषी के भन्छन् त? 03/12/2021 06:01 ...
चर्चित आदिवासी कलाकार डेभिड डाल्थिङ्गु अब सम्झनामा मात्रै 03/12/2021 04:04 ...
“संसारलाई यो देखाउनु थियो कि कोही मान्छे कहाँबाट आएको हो, त्यसले केही फरक पर्दैन” 03/12/2021 04:11 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीवार २ डिसेम्बर २०२१ 03/12/2021 39:31 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २ डिसेम्बर २०२१ 02/12/2021 11:47 ...
View More