सन् २०२१ - यो वर्ष धेरै जसो अस्ट्रेलियाहरूका लागि यस भन्दा अघिल्लो साल झैँ सुरु भएको थियो - लकडाउनमा। ढिला नै भए तापनि सुरु भएको खोप वितरणले डेल्टा भेरिएन्ट आउनु अघि केही सान्त्वना दिलाएको थियो। २०२१ मा धेरै उतार चढावहरू भोग्दै, आखिरमा वर्षको अन्त्यसम्म अस्ट्रेलियाले विश्वका लागि आफ्नो सीमा खोलेको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।