Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो

Prime Minister Scott Morrison and Deputy Prime Minister Barnaby Joyce during Question Time in the House of Representatives at Parliament House in Canberra. Source: AAP Image/Mick Tsikas

प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलनका लागि ग्लासगो उड्न केही दिन मात्र बाँकी रहँदा यस हप्ताको अन्त्यसम्ममा जलवायु सम्बन्धी राष्ट्रिय नीति घोषणा गर्न उप-प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।

यतिखेर जैविक अवशेषबाट निर्मित इन्धन अर्थात् फोसिल फ्युअलबाट उत्पादन हुने ऊर्जाको भविष्य बारे गठबन्धन सरकारमा अहिले चर्काचर्की चलिरहेको छ ।

शून्य कार्बन उत्सर्जनको पक्षमा रहेका नेश्नल पार्टीका एन वेब्स्टर र ड्यारेन चेस्टर जस्ता केही सांसद यसलाई नजिकबाट नियाली रहेका छन् ।

तर यसको विपक्षमा उभिएकाहरू भने सम्झौता गरिहाल्न हतारिएका छैनन् जसमा सङ्घीय स्रोत संसाधन सम्बन्धी मन्त्री किथ पीट र सिनेटर म्याट कानाभ्यान जस्ता हस्तीहरूको उपस्थिति छ।

मङ्गलवार नेशनल्स र लिबरल पार्टीका नेताहरूको एक संयुक्त बैठकमा उपस्थित भए तर न त यस विषयमा प्रधानमन्त्री बोले न त उपप्रधानमन्त्री बार्नबी जोइसले नै ।

तर सरकारमा सामेल नरहेका सङ्घीय लिबरल पार्टीका जेर्रड रेनिक र नेशनल पार्टीका म्याट कानाभ्यानले भने आफ्नो मुख खोले।

कानाभ्यान त पार्टी कार्य समितिको बैठकमा आफूलाई महत्त्व नदिएको भनेर रुष्ट छन्।

हाम्रो रिपोर्ट सुन्नुहोस: 
 
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

Extinction Rebellion climate change protesters during a demonstration outside the World Bank offices in London, Britain, 15 October 2021.
Extinction Rebellion climate change protesters during a demonstration outside the World Bank offices in London, Britain, 15 October 2021.
EPA

उपप्रधानमन्त्री एवम् नेशनल पार्टीका सङ्घीय सांसद बार्नबी जोइसले यस विषयको उठान गर्नु आफ्नो कार्यक्षेत्रको कुरा नभएको बताउँछन्।

उनी यो प्रधानमन्त्रीको स्वविवेक र अधिकारको कुरा रहेको स्पष्ट पार्छन्।

निर्णयको घडी नजिकिँदै जाँदा प्रधानमन्त्री स्कट मोरिसनले भने अस्ट्रेलिया रिजनल क्षेत्रमा यसमा प्रभाव पार्ने कुराको महसुस गरेका छन् ।

Labor health spokesperson Chris Bowen.
Chris Bowen.
AAP

विपक्षी दलका ऊर्जा सम्बन्धी प्रवक्ता क्रिस बावनको भने निर्णय भए पश्चात् निर्णयमा प्रभाव पार्ने अन्तर्वस्तु बारे थाहा पाउनुपर्ने माग छ। 

अधिकांश गठबन्धन सदस्यहरू सन् २०५० सम्म शून्य उत्सर्जनको पक्षमा अघि बढिरहेका छन् ।

हातका औँलामा गन्न सकिने केही सांसदहरूका कारण सरकार हाल अनिर्णयको बन्दी भएको जस्तो देखिएता पनि प्रधानमन्त्री अर्को साता ग्लासगोका लागि प्रस्थान गर्नु अघि यस मुद्दाको छिनोफानो हुनै पर्ने बाध्यता छ।

सम्बन्धित सामाग्री:

Coming up next

# TITLE RELEASED TIME MORE
जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो 21/10/2021 03:05 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार ७ डिसेम्बर २०२१ 07/12/2021 06:00 ...
न्यु साउथ वेल्स भित्रिएका २५० विद्यार्थीको स्वागत र क्वीन्सल्याण्डले १३ डिसेम्बरबाट पूर्ण खोप लगाएका मानिसलाई आफ्नो राज्यमा प्रवेश दिने 07/12/2021 04:24 ...
कुशल हेरचाह कामदार भित्र्याउन विशिष्ट आप्रवासी कार्यक्रम नै सञ्चालन हुनु पर्ने माग 07/12/2021 03:43 ...
अस्ट्रेलियामा तपाईँ काम गर्ने ठाँऊ र तपाईँको मानसिक स्वास्थ्य 07/12/2021 12:40 ...
आर्थिक कुराकानी: अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्ने पैसा कसरी जम्मा गर्ने? 06/12/2021 09:03 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ६ डिसेम्बर २०२१ 06/12/2021 06:46 ...
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार ६ डिसेम्बर २०२१ 06/12/2021 55:05 ...
ओमिक्रन सङ्क्रमण पश्चात् अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अस्ट्रेलिया भन्दा अन्य देशहरू 05/12/2021 08:18 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार ५ डिसेम्बर २०२१ 05/12/2021 13:55 ...
View More