Coming Up Thu 4:00 PM  AEST
Coming Up Live in 
Live
Nepali radio

अस्ट्रेलियाको कोभिड-१९ प्रतिबन्धहरु, हरेक राज्य तथा प्रदेश अनुसार

Police check permits and ID of drivers at a checkpoint in Little River for traffic coming from Melbourne into Geelong. Source: Asanka Ratnayake/Getty Images

कोरोनाभाइरस अन्तर्गतका प्रतिबन्धहरूलाई ३ चरणमा खुकुलो बनाउने आफ्नो योजना अस्ट्रेलियाली सरकारले सार्वजनिक गरेको छ। उक्त कदम अन्तर्गत अस्ट्रेलियाका राज्य र प्रादेशिक सरकारहरूले अहिलेसम्म निम्न नीतिहरू लागू गरेका छन्।

एसबीएस कोभिड-१९ राष्ट्रिय जानकारीका लागि यहाँ थिच्नुहोस्

यहाँ उल्लेखित जानकारीहरू निरन्तर अद्यावधिक हुन्छन् तर पनि हामी पुरा जानकारी र अपवादहरूबारे थाहा पाउन प्रत्येक राज्यको आधिकारिक लिङ्कमा जान सल्लाह दिन्छौँ।   

भिक्टोरिया (प्रतिबन्धहरू खुकुलो बनाइँदै)

पछिल्ला परिवर्तनहरू:

मेलबर्नको चौथो चरणको प्रतिबन्ध कम्तीमा सेप्टेम्बर महिनाको अन्त्यसम्म लम्बाइएको छ। 

भिक्टोरियाका प्रतिबन्धहरू मेलबर्न र रिजनल भिक्टोरियामा फरक तरिकाले सजिलो हुँदैछन्।
थप जानकारीका लागि सरकारको नयाँ 'रोडम्याप' हेर्न सक्नुहुन्छ:

 मेलबर्न

  • कर्फ्यु बेलुकी ९ बजे देखि सुरु गरिने छ (एक घण्टा ढिलो)
  • व्यायाम दिनको २ घण्टासम्म गर्न पाइने छ (एक घण्टा बढी)
  • एक्लै बस्दै मानिसहरूलाई एक जना मनोनीत व्यक्तिले भेट्न पाउने छन् (सामाजिक बबल)
  • सार्वजनिक स्थलहरूमा एकै घरका वा बढीमा दुई जनासम्म मात्र एकैसाथ भेला हुन सक्छन्

"कोभिड नर्मल" अर्थात् खुकुलो बनाइने प्रतिबन्धका नियमहरूको सारांश (सार्वजनिक स्वास्थ्य सल्लाहको अधीनमा)

पहिलो चरण (१३ सेप्टेम्बर)
पहिलो चरण मेलबर्न महानगरीय क्षेत्रमा मात्र लागु गरिने छ।
सामाजिक अन्तर्क्रिया बढ्ने (माथि पछिल्ला परिवर्तनहरूमा हेर्नुहोस्)

दोस्रो चरण
रिजनल भिक्टोरिया (१३ सेप्टेम्बर)
सामाजिक बबल, आगन्तुकहरू र विभिन्न चरण गर्दै शिक्षा सञ्चालन गरिने
मेलबर्न महानगरीय क्षेत्र (२८ सेप्टेम्बर)
सामाजिक बबल, र शिक्षा र केही कार्य बलहरूको चरणबद्ध सञ्चालन

तेस्रो चरण 
रिजनल भिक्टोरिया ( १६ सेप्टेम्बर )
खेल, मनोरञ्जन, समारोह र विशेष अवसरको पुनः थालनी

  • घर बाहिर जान  प्रतिबन्ध लगाइने छैन्। 
  • अरूसँग समय बिताउँदा, सम्भव भएसम्म बाहिरै बिताउनुहोस्।  
  • घर बाहिर हुने  सार्वजनिक जमघटमा  १० जना सम्म भेला हुन पाइनेछ ।
  • घरमा एकै  परिवारका ५ जना सम्म बोलाउने पाइने छ। 
  • स्कूलहरू ( टर्म ४ देखिका ) सुरक्षा उपायहरू सहित पठन पाठनमा फ़र्कनेछन। 
  • आतिथ्य सेवा प्रदान गर्ने व्यवसायहरु निश्चित  मापदण्ड अनुसार खुल्नेछ।
  • व्यक्तिगत हेरचाह बाहेक अन्य सबै व्यापार खुल्ला रहनेछ  (हेयरड्रेसर खुला रहनेछ ) ।
मेलबर्न महानगरीय क्षेत्र (२६ अक्टोवर )

प्रमुख उद्योगहरू, शिक्षा, खेल, मनोरञ्जन, समारोहहरू र विशेष अवसरहरूको पुनः थालनी .

अन्तिम चरण (२३ नोभेम्बर)
राज्य-व्यापी
सामाजिक भेलाका सङ्ख्या बढाइने

 

 

 

'कोभिड नर्मल' अर्थात् सामान्य अवस्था
भेला, आगन्तुक, आतिथ्य वा खेलका लागि कुनै प्रतिबन्ध नरहने

'कोभिड नर्मल' त्यस बेला हुन्छ जब:
- २८ दिनका लागि कुनै पनि नयाँ कोभिड-१९का मामिलाहरू हुँदैनन्
-राज्य व्यापी रूपमा कुनै पनि सक्रिय मामिलाहरू रहँदैनन्
-देशव्यापी रूपमा कतै पनि कोरोनाभाइरसको प्रकोप नरहेमा

दण्ड जरिवाना 

कोरोनाभाइरस सङ्क्रमित वा सङ्क्रमित सँग सँगै रहेका वा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूले क्वारीनटीनमा बस्नु आवश्यक हुन्छ । अधिक जानकारीका लागि यहाँ हेर्नुहोस् ।  

अस्पतालमा बिरामी भेट्ने सम्बन्धमा

अस्पतालका कर्मचारी वा स्वयंसेवक बाहेकका हकमा अस्पतालमा बिरामी भेट्नका लागि निश्चित उमेर र सङ्ख्या तोकिएको छ । अधिक जानकारीका लागि यहाँ हेर्नुहोस् ।

उचित कारण बिना मास्क वा नाक-मुख नढाकी घरबाट बाहिर निस्के २०० र सङ्क्रमित भएको प्रमाणित वा सङ्क्रमित व्यक्तिको नजिकको सम्बन्ध भएर आइसोलेसन सम्बन्धी नियम पालना नगरेको पाइएमा ४,९५७ डलर जरिवाना डलर जरिवाना हुनेछ।

जरिवाना सम्बन्धी मुद्दा अदालतसम्म पुगेमा २०,००० डलरसम्म तिर्नुपर्ने हुनसक्छ।

मास्कहरूको सम्बन्धमा 

भिक्टोरियालीहरूलाई घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन वा मुख ढाक्न भनिएको छ।

उचित कारण बिना मास्क वा नाक-मुख नढाकी घरबाट बाहिर निस्के २०० डलर जरिवाना हुनेछ तर, १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई भने मास्क लगाउन पर्दैन।

मास्क बारे थप जानकारीका लागि यहाँ जानुहोस्।अन्त्येष्टि समारोह:

नर्थ मेलबर्न र फ्लेमिङ्गटन स्थित नौ सार्वजनिक आवास भवनहरूमा हाल कायम रहेको “बाहिर ननिस्कनु” भन्ने निर्देशनमा परिमार्जन गरिएको छ।  राज्यका प्रमुख स्वास्थ्य अधिकारीले अर्को सल्लाह नदिएसम्म "घरमा नै बस्नु" भन्ने निर्देशन अब लागू भएको छ।

यस बारे थप जानकारीका लागि यहाँ जानुहोस्।

मेलबर्नका स्थानीय सरकार अन्तर्गतका क्षेत्रहरू (काउन्सिलहरू)

ब्यानयुल, ह्युम, मोर्ल्याण्ड, बेसाइड, किङ्ग्सटन, मर्निङ्गटन पेनिनसुला, बरूनडरा, नक्स, निलुमबिक, ब्रिमब्याङ्क, मन्निङ्गह्याम, पोर्ट फिलिप, कार्डेनिया, म्यारीबनङ, स्टननिङ्गटन, केसी, मरूनडाह, व्हाइटहर्स, डारेबिन, मेलबर्न, व्हिट्टलसी, फ्रांक्सटन, मेल्टन, विन्डह्याम, ग्लेन आइरा, मोन्याश, यार्रा, ग्रेटर ड्यानडेनङ्ग, मूनी भ्याली, यार्रा रेञ्जेस र हब्सन बे।

घरबाट निस्कन पाइने कारणहरू:

  • अत्यावश्यक सामान खरिद गर्न वा सेवा लिन
  • रोजगारी र शिक्षा (घरैबाट सम्पादन गर्न नमिल्ने भए)
  • चिकित्सा सेवा वा प्रियजनलाई भेटी नहुने विशेष स्थितिमा
  • व्यायाम (माथि हेर्नुहोस्)भेला तथा भ्रमण
  • निजी: पाहुना आउन मिल्दैन
  • सार्वजनिक: एकै घरका वा बढीमा दुई जनासम्म मात्र एकैसाथ भेला हुन सक्छन् - १.५ मिटर दुरी कायम गर्दै
  • दोस्रो निवास: अपवाद बाहेक निषेधित क्षेत्र भन्दा बाहिर जान प्रतिबन्ध छ (आकस्मिक अवस्था, मर्मत सम्भार गर्न, शेर्ड कस्टडी भनिने हेरचाह गर्ने जिम्मा बहन गर्न वा तपाईँ आफूसँगै नबस्ने अति घनिष्ठ सम्बन्ध रहेको व्यक्तिसँग बस्न जान)

यस बारे थप जानकारी यहाँ छ! 

रोजगार

यदि कार्यस्थलसम्म नआईकन पनि कार्यसम्पादन गर्न मिल्छ भने रोजगारदाताले आफ्ना कर्मचारीलाई कार्यालय आएर काम गर्न दिनु हुँदैन।

कार्यस्थलमा आउनै पर्ने खण्डमा रोजगारदाताहरूले प्रत्येक कर्मचारीका लागि कार्य अनुमति पत्र जारी गर्नु पर्नेछ।  यस सम्बन्धी थप जानकारीका लागि यहाँ जानुहोस्।

स्कूल:

विद्यालयहरू चरणबद्ध रूपमा पुनः सञ्चालन गरिने छन् - रिजनल भिक्टोरियामा चौथो टर्म (५ अक्टोबर) देखि, र महानगरीय मेलबर्नमा २६ अक्टोबरदेखि (कक्षा ३ देखि कक्षा १० सम्मका लागि)।

राज्यभरका स्कूलहरू  हाल दूर शिक्षा प्रणाली अन्तर्गत सञ्चालित छन् र यो सँगै सम्पूर्ण भिक्टोरियाली विद्यार्थीहरूले घरैबाट पठन‍-पाठन गर्नेछन्।

विशेष विद्यालयहरू खुल्ला रहनेछन्।

कार्यस्थल पुगेर काम गर्नुपर्ने अवस्थाका अभिवावकहरूले भने आफ्ना बालबालिका स्कूल पठाउन सक्नेछन्। 

थप जानकारीका लागि यहाँ जानुहोस्।

बाल स्याहार केन्द्रहरू 

केवल जोखिममा रहेका र अत्यावश्यक कामदारका बालबालिकाहरुका लागि मात्र बाल स्याहार केन्द्रहरू खुल्ला रहने छन्। यो व्यवस्था हाललाई चौथौ चरणको प्रतिबन्ध लागू रहँदासम्म कायम हुनेछ।

अन्य मानिसहरुका हकमा भने बाल स्याहार उद्धार प्याकेज ल्याईएको छ र यसलाई "ट्रिपल ग्यारेन्टी" नामाकरण गरिएको छ किनकी सो प्याकेजले अभिभावक, बाल स्याहार केन्द्रहरू र त्याहाँका कर्मचारीहरूलाई प्रतिबन्ध पछि पनि स्थान, सुविधा र रोजगारी कायम रहने प्रत्याभुती प्रदान गरेको छ।

घरमै बालबालिका राख्न भनिएका परिवारका निम्ति सो प्याकेजले थप ३० दिन बालबालिका गयल हुँदा पनि उनीहरूको स्थान सुरक्षित नै रहने प्रत्याभुती दिएको छ।

त्यसै गरी बालबालिकाहरू लकडाउनका कारण बाल स्याहार केन्द्र नगएको बेला बिना कुनै शुल्क पनि आफ्नो भर्ना यथावतै राख्नेछन्।

बाल स्याहार केन्द्रका लागि भने सो प्याकेजले ग्याप पेमेन्ट उपलब्ध गराउने छ।

कोभिड-१९ भुक्तानी

कोरोनाको लक्षण भएर परीक्षण गराउन जान परे, उक्त परीक्षणको नतिजा कुर्दा पारिश्रमिक गुम्ने भए, राज्य सरकारले जनही ३०० डलर दिनेछ। 

यस अघि भिक्टोरिया सरकारले  दिदै आएको  १,५०० डलर बराबरको कामदार समर्थन कोविड-१९ भुक्तानलाई संघीय सरकारले दिने भुक्तानीले प्रतिस्थापन गर्नेछ ।

राज्य सरकारको भुक्तानी बरे थप बुझ्न यहाँ जानुहोस्। 

रिजनल भिक्टोरिया (मिचेल शायर काउन्सिल सहित्)

रिजनल भिक्टोरियामा कोरोनाभाइरस परिक्षण दर १८ जुलाईदेखि बढाइएको छ। हाललाई नयाँ सङ्क्रमण देखिएका स्थानहरूमा ती परिक्षण केन्द्रहरू स्थापना गरिएका छन् जसमा काम्पासे, बास कोस्ट, ग्रेटर बेन्डिगो, ग्रेटर शेप्पर्टन, कू वी रुप र मिल्दुरा रहेका छन्।

रिजनल भिक्टोरियामा मास्क

क्षेत्रीय भिक्टोरियाका सबैले आफ्नो घरबाट बाहिर निस्कँदा मास्क वा अनुहार ढाक्नुपर्नेछ। १२ वर्ष मुनिका बालबालिकालाई भने  मास्क अनिवार्य छैन ।

एकसाथ भेला हुन पाउने सङ्ख्या

जिलङ, कोल्याक र आसपासका क्षेत्रका मानिसहरूले बिहीबार राति ११:५९ बजे उप्रान्त आफ्ना साथीभाइका घर जान पाउने अधिकार हाललाई छैन।

बिहीबार राति ११:५९ बजे उप्रान्त साथीभाइका घर जान नपाइने स्थानहरू:
कोल्याक अट्वे
बृहत् जिलङ महानगरीय क्षेत्र 
सर्फ कोस्ट 
मुराबुल 
गोल्डन प्लेन्स र
बर्रो अफ क्विन्सक्लिफ
  • तपाईंको घरका सदस्य लगायात ५ जना सम्मको सङ्ख्यामा मानिसहरु तपाईंको घरमा एकसाथ जम्मा हुन पाउने छन् भने घर बाहिर उक्त सङ्ख्या १० तोकिएको छ। 

व्यवसाय र मनोरञ्जन

सम्भव भएसम्म रिजनल भिक्टोरियाका बासिन्दाहरुले घरबाटै काम गर्नु पर्दछ।

पारिश्रमिक सहितको बिरामी बिदासम्म पहुँच नभएका भिक्टोरियालीहरू यदि कोभिड-१९ सङ्क्रमित भए वा सङ्क्रमित पुष्टि भएका मानिसहरूसँग सम्पर्क रहेका कारण आइसोलेसनमा बस्नु परे सरकारले १,५०० डलर एकमुष्ट प्रदान गर्ने व्यवस्था गरेको छ।

यात्रा प्रतिबन्ध

भिक्टोरिया राज्य भित्र हाल यातायातमा कुनै प्रतिबन्ध रहेको छैन, लकडाउनमा परेका क्षेत्रहरू बाहेक।

लकडाउन भएका क्षेत्रमा बस्ने मानिसहरूले हेरचाह र दया सम्बन्धि विशेष कारणहरू बाहेक पाहुनाहरू डांक्न र घुम्न निस्कन हुँदैन। 

हटस्पट भनी प्रचार गरिएका यी अती कोरोनाभाइरस प्रभावित पोस्टकोड क्षेत्रहरू यस प्रकारले रहेका छन्:

  • ३०१२: ब्रुकलिन्, किङ्ग्सभील, मेड्स्टोन, टोट्टेनह्याम, वेस्ट फूट्सक्रे
  • ३०२१: एल्बनभेल, कील्बा, किङ्ग्स पार्क, सेन्ट एल्बन्स
  • ३०३१: फ्लेमिंगटन, केन्सिङ्गटन 
  • ३०३२: एस्कट भेल, हाईपोइन्ट सिटी, मारिबनङ, त्राभानकोर
  • ३०३८: कीलर डाउन्स, कीलर लज, टेलर्स लेक्स, वाटरगार्डेन्स
  • ३०४२: एअरपोर्ट वेस्ट, कीलर पार्क, निड्री,
  • ३०४६: ग्लेनरोइ, ह्याडफिल्ड, ओक पार्क
  • ३०४७: ब्रोडमीडोज, ड्यालस, जाकना 
  • ३०५१: नर्थ मेलबर्न, होथम हील
  • ३०५५: ब्रन्स्विक साउथ, ब्रन्स्विक वेस्ट, मूनी भेल, मोर्ल्याण्ड वेस्ट 
  • ३०६०: फक्नर 
  • ३०६४: क्रेगीबर्न, डन्नीब्रुक, मिकेलह्याम, रक्स्बरा पार्क, कल्काल्लो 

यसै गरी, भिक्टोरियालीहरूले सिमा पार न्यु साउथ वेल्स जान नपाउने भएका छन्। भिक्टोरियाबाट न्यु साउथ वेल्स फर्कने मानिसहरूले दुई हप्ता अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु  पर्ने छ।  फर्कनेहरूको आर्थिक बोझ कम गर्नलाई एक महिनाको लागि (१२ अग्स्ट देखि ११ सेप्टेम्बर २०२० सम्म) होटेलको खर्च माफ गरिएको छ।

निषेधित क्षेत्रका भिक्टोरियालीहरू बाहेकलाई आफ्नो होलिडे होम जान र त्यहाँबाट आफ्नो निजि निवास फर्कन रोकटोक छैन। 

सामुदायिक रुपमा प्रयोग गर्नुपर्ने सुविधाहरू भएका ठाउँ बाहेकका पर्यटकीय आवास जस्तै क्याराभान पार्क वा क्याम्पिङ्ग स्थल जान अनुमति माथि उल्लेखित पोस्टकोडका मानिसहरू बाहेकलाई छ। 

स्कूलहरु

  • राज्यभरका स्कूलहरू हाल दूर शिक्षा प्रणाली अन्तर्गत सञ्चालित रहने छन् र यो सँगै सम्पूर्ण भिक्टोरियाली विद्यार्थीहरूले घरैबाट पठन‍-पाठन गर्नेछन्।

    बाल स्याहार केन्द्रहरू बन्द गरिएका छन्।

    विशेष विद्यालयहरू खुल्ला रहनेछन्।

    कार्यस्थल पुगेर काम गर्नुपर्ने अवस्थाका अभिवावकहरूले भने आफ्ना बालबालिका स्कूल पठाउन सक्नेछन्।

    थप जानकारीका लागि यहाँ जानुहोस्।

यी जानकारीहरू निरन्तर अध्यावधिक हुन्छन् तर पनि हामी पुरा जानकारी र अपवादहरूबारे थाहा पाउन प्रत्येक राज्यको आधिकारिक लिंकमा जान सुझाव दिन्छौँ। 

न्यु साउथ वेल्स 

न्यु साउथ वेल्समा सतर्क रहनुपर्ने स्थानहरू बारे अद्यावधिक रहन यो लिङ्कमा जानुहोस्: 

एकसाथ भेला हुन पाउने सङ्ख्या

  • घरका सदस्य बाहेक एकैपटकमा अधिकतम २० जनासम्म मानिसहरू भेला हुन सक्छन् तर स्वास्थ्य अधिकारीहरूले सम्भव भएसम्म १० जना मात्र भेला हुन आग्रह गरेका छन्।
  • धार्मिक स्थलहरूको भ्रमणमा कम्तीमा ४ मिटरको दुरी कायम गरी एकटकमा एक सय जना सम्मले  भ्रमण गर्न सक्नेछन् ।
  • अन्त्यष्टी वा स्मरण सभाहरुमा कम्तीमा ४ मिटरको दुरी कायम गरी एकै पटक एक सय जना सम्मले भाग लिन सक्ने छन् ।
  • विवाहमा चार मिटरका दुरी कायम गदै एक सय पचास भन्दा बढी सामेल हुन पाउने छैनन् ।

व्यवसाय र मनोरञ्जनात्मक क्रियाकलाप

पबहरूको लागि ल्याइएको कोभिड-१९ सम्बन्धि प्रतिबन्धहरू रेस्टुरेन्ट, बार, क्याफे र क्लबहरूको हकमा पनि कायम हुनेछन्, जस अनुसार बुकिङ्ग गरेर १० जनासम्म एकसाथ बस्न सक्नेछन् र आफू कहाँ आउने ग्राहकहरूको डिजिटल लगत २४ घन्टा भित्र राख्नुपर्नेछ।

थप जानकारीका लागि यहाँ जानुहोस्।

  • जुन १३ देखि व्यायामशाला र अन्य शारीरिक तन्दुरुस्तीका व्यावसायहरू संचालनमा आएका छन्।

    शनिवार अगस्ट १ देखि यी व्यवसायहरूसँग कोभिड सुरक्षा योजना हुनु जरूरी छ।

    यसका साथै यी व्यवसायहरू सञ्चालित हुने अवधीभर एकजना कर्मचारीलाई कोभिड-१९ सेफ हाईजिन मार्शल नियुक्त गरेर कोभिड सुरक्षा योजना लागू गर्ने गराउने जिम्मेवारी दिनुपर्छ।

    यस्ता मार्शलले तत्काल पहिचान हुने विशिष्ट पोशाक लगाएको हुनुपर्नेछ।

  • जुलाई १ देखि बालबालिका र वयस्क दुबैका सामुदायिक खेलकुदका कार्यक्रमहरु फेरी सुरु भएका छन् 
  • क्याफे र रेस्टुरेन्टहरुले कुनै एक समयमा ५० जना भन्दा बढी नहुने गरी ग्राहकहरुलाई बसाली सेवा दिन सक्नेछन्, तर त्यसो गर्दा प्रत्येक ४ वर्ग मिटरमा १ जना मात्र बस्न पाउने सामाजिक दुरीको नियम चाहिं लागू हुनेछ
  • परिसर प्रवेश गर्दा मानिसहरूले आफ्नो नाम र सम्पर्क विवरण बुझाउनु पर्छ 
  • व्यवसाय र मनोरञ्जनात्मक क्रियाकलाप संचालन गर्ने मानिसहरूले  कोभिड-१९ सुरक्षा योजना बनाएको हुनुपर्छ र आफ्नो परिसरमा आउने सबैजनाको लगत राख्नुपर्छ। 
  • भवन बाहिर रहेका स्विमिङ्ग पूलहरु चाहिं केही प्रतिबन्धहरुका साथ खुल्ने छन्
  • संग्राहलय, ग्यालरी र पुस्तकालयहरुलाई पनि खुल्न अनुमति प्रदान गरिएको छ, तर त्यसको लागि कोभिड-१९ अन्तर्गतका सुरक्षा नियमहरुको चाहिं पालना गर्नुपर्छ।
  • राज्यका सार्वजनिक यातायात सेवा माथिको चाप कम गर्न मानिसहरुले आफ्नो घरबाटै काम गर्न कार्यलाई निरन्तरता दिने अपेक्षा सरकारले गरेको छ।  
  • फुडकोर्ट संचालनमा आउन पाउनेछन्
  • सिनेमा लगायत नाटक घर एवं कन्सर्ट आयोजना स्थलहरू एक व्यक्ति - चार वर्ग मिटर नियम पालना गर्दै पुन: सुचारु हुन पाउने छन्। 
  • व्यावसाय तथा कार्यक्रम आयोजना गर्नेहरूले कोभिड-१९ सुरक्षा योजना बनाएको हुनुपर्नेछ र आफ्नो परिसर प्रवेश गर्ने सबैको लगत राखेको हुनुपर्नेछ। थप जानकारीका लागि यहाँ जानुहोस।
  • पबहरू: शनिवार, १८ जुलाई देखि लागू हुने गरी राज्यभरका पबहरूमा १० अधिकतम जनासम्मले टेबुल बुकिङ गर्न सक्नेछन् 

यात्रा

न्यु साउथ वेल्सले भिक्टोरियासँग साटिएको आफ्नो सिमा अस्थायी रुपमा बन्द गरेको छ। दक्षिणी राज्यमा पुन: देखिएको कोरोना प्रकोप आफ्नो राज्यमा आओस् भन्नका लागि न्यु साउथ वेल्सले सो कदम चालेको हो। 

भिक्टोरियाबाट न्यु साउथ वेल्स फर्कने मानिसहरूले दुई हप्ता अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु  पर्ने छ। न्यु साउथ वेल्सका बासिन्दाहरूले होटेल क्वारेन्टिनको खर्च तिर्न नपर्ने नियम ११ सेप्टेम्बर २०२० देखि रद्द गरिएको छ। 

विदेशबाट न्यु साउथ वेल्स हवाई मार्गबाट जाने मानिसहरूलाई दुई हप्ता होटेल क्वारेन्टिनमा बस्न आदेश दिइने छ र त्यसको शुल्क भने आइसोलेसनमा बस्नुपर्ने व्यक्ति स्वयम्ले तिर्नु पर्नेछ। (३,००० अस्ट्रेलियाली डलर ) 

 

थप जानकारीका लागि यहाँ थिच्नुहोस्।

न्यु साउथ वेल्सबाट भिक्टोरिया वा भिक्टोरियाबाट न्यु साउथ वेल्स आपत-जावत गर्नुपर्ने सिमा वरिपरी बस्ने मानिसहरुका लागि पासको व्यवस्था गरिएको छ र रोजगारी, शिक्षा वा चिकित्सा सेवाका लागि मात्र ओहोर-दोहोर गर्न पाउने नियम लागू छ। यसबारे थप जानकारी यहाँ उपलब्ध छ।

न्यू साउथ वेल्समा निम्न कुराका लागि मात्र भ्रमण गर्न अनुमति दिइने छ ।

काम,शिक्षा,स्वास्थ्य उपचार वा कमजोर मानिसहरूको हेरचाहका लागि मात्र ।
सीमा क्षेत्र भन्दा बाहिरका कुनै स्थानमा भ्रमण गर्न नपाईनै प्रावधान राखिएका छ ।
पछिल्लो १४ दिनमा भिक्टोरिया र न्यू साउथ वेल्सको सीमा क्षेत्र बाहेक भ्रमण भएको भए उत्त व्यक्तिले भ्रमण अनुमति पाउने छैन । जानकारीका लागि https://www.service.nsw.gov.au/border-zone-address-check
 
  • न्यु साउथ वेल्सका वासिन्दाहरुले राज्य भित्र रहेका कुनैपनि स्थानमा बिदा मनाउन सक्नेछन्।
  • भिक्टोरिया वासीका लागि न्यु साउथ वेल्स सिमा मङ्गल वार ७ जुलाई देखि बन्द गरिएको छ। 
  • अन्य राज्यका वासिन्दाहरु पनि बिदा मनाउन न्यु साउथ वेल्स प्रवेश गर्न सक्नेछन् तर फर्कने बारे चाहिं उनीहरुले आफ्नो राज्य अन्तर्गतको नियम पालना गर्नुपर्ने हुन्छ।
  • धेरै क्याराभ्यान पार्क र केम्पिङ्ग स्थलहरु चालू हुन थालिसकेका छन् । राष्ट्रिय निकुञ्ज भ्रमण गर्न चाहने यात्रुहरुले थप जानकारीका लागि www.nationalparks.nsw.gov.auमा हेर्नुपर्ने छ।

स्कूलहरु

  • कोविद १९ का लक्षण भएका कुनै पनि विद्यार्थीले परीक्षण नकारात्मक नआएसम्म सम्म बिद्यालय फिर्ता जाने अनुमति पाउने छैनन् ।
  • बिद्यालयले आयोजना गर्ने औपचारिक नृत्य र अन्य सामाजिक कार्यक्रम बन्द रहनेछन्।
  • बिद्यालयले आयोजना गर्ने १२ कक्ष्याको उपाधि कार्यक्रम अभिभावक विना गरिनेछ।
  • केवल पाठ्यक्रमको वितरणको लागि आवश्यक प्रदायकहरूले सेवा प्रदान गर्न जारी राख्ने छन् ।
  • अन्तर बिद्यालय गतिविधिहरू स्थानीय समुदाय वा क्षेत्र भित्र रहनु पर्नेछ ।
  • अभिभावक / हेरचाहकर्ता र अन्य अनावश्यक आगन्तुकहरूलाई बिद्यालय प्रवेश अनुमति दिइने छैन।
  • सबै समूह गायन वा अन्य गतिविधिहरू वा उपकरणको प्रयोगको लागि अनुमति छैन।
  • क्यान्टीन र पसलहरु प्रिन्सिपलको अनुमतिमा खोल्न सकिनेछ।
  • बाहिरी स्थानहरूमा गरिने शारीरिक दुरि आवश्यकता नपर्ने भ्रमणहरु गर्न सकिनेछ।

परिवारहरुका लागि थप जानकारीका यहाँ जानुहोस् 

राज्यमा के गर्न मिल्छ, के गर्न मिल्दैन भन्ने बारेमा आधिकारिक जानकारीका लागि यहाँ जानुहोस्।

क्विन्सल्याण्ड

स्कूलिस्  

स्कूलिस् भनिने १२ कक्षा सक्काएकाहरुका हकमा :
बिद्यालय कार्यक्रमहरू र वार्षिक गोल्ड कोस्ट उत्सवका कन्सर्टहरू रद्द गरिएका छन् ।
साना समूहहरूमा रहेका युवालाई उनीहरू बसोबास गर्ने स्थान नजिक आवास बुक गर्न अनुमति दिइनेछ, तर आधिकारिक स्कुलीज कार्यक्रम रद्द गरिएको छ।

एकसाथ भेला हुन पाउने सङ्ख्या

निजी वासस्थान वा सार्वजनिक स्थलमा केवल ३० जना सम्म भेला हुन सक्नेछन् ।

दक्षिण-पूर्वी क्विन्सल्याण्डमा २२ अगस्ट देखि एकै स्थानमा भेला हुनपाउने मानिसहरुको सङ्ख्या पुनः घटाउने निर्णय राज्य सरकारले गरेको छ।

घरधनी लगायत १० जना भन्दा बढी मानिसहरु एकसाथ् जम्मा हुन पाउने छैनन्।

साथै वृहत ब्रिसबेनका आठ स्थानिय सरकार अन्तर्गत रहेका ब्रिसबेन सिटी, इपस्विच, लोगन, द सीनिक रिम, सोमरसेट, लोकियर भ्याली, मोर्टन बे ,रेडल्याण्ड सिटी, चेरबर्ग शायर, गोल्ड कोस्ट शहर, गुंडीविंडी क्षेत्र, दक्षिण बुर्नेट क्षेत्र र दक्षिणी डाउन्स क्षेत्रमा लागु भएको उक्त नियमका साथ् घर बाहिर वा कुनै पार्कमा हुने निजि भेलामा पनि दस जना भन्दा बढीको समूहमा भेला हुन पाइनेछैन। बृद्धस्याहार केन्द्र, निजी तथा सरकारी अस्पतालहरूमा बिरामी भेट्न निषेध गरिएको छ ।

बृद्दा स्याहार केन्द्रको जानकारी को लागि यहाँ जानुहोस 

अस्पतालमा बिरामी भेट्ने जानकारीका लागि यहाँ जानुहोस 

मानिसहरुको भेला हुन पाउने संख्या को बारेमा जानकारीका लागि यहाँ जानुहोस्

अशक्त आवास सेवा  भ्रमणका बारेमा जानकारीका लागि यहाँ जानुहोस् 

क्विन्सल्याण्डका अन्य स्थानमा चाहिं घर भित्र र बाहिर एकसाथ् तीस जना भन्दा बढी भेला हुन पाउदैनन्।

व्यवसाय र मनोरञ्जन

जुनदेखि डिसेम्बर २०२० सम्म पारिश्रमिक सहितको बिरामी बिदासम्म पहुँच नभएका क्विन्सल्याण्ड बासिन्दाहरू यदि कोभिड-१९ सङ्क्रमित भए वा सङ्क्रमित पुष्टि भएका मानिसहरूसँग सम्पर्क रहेका कारण आइसोलेसनमा बस्नु परे सरकारले १,५०० डलर एकमुष्ट प्रदान गर्ने व्यवस्था गरेको छ। यसमा जबकीपर योजनाका लागि योग्य नठहरिएका मानिसहरू समेतको पहुँच रहनेछ।

निम्न स्थानहरुमा एक व्यक्ति प्रति चार वर्ग मिटर नियम लागू हुनेछ:

  • २०० वर्ग मिटर भन्दा कम क्षेत्रफल भएका व्यापार व्यवसायका (ग्राहक सङ्ख्या अधिकतम ५० हुनुपर्नेछ)
  • संग्रहालय, आर्ट ग्यालरी, पुस्तकालय, ऐतिहासिक एवं पुरातात्विक महत्त्वका स्थानहरू 
  • खेलकुद, मनोरञ्जन र शारीरिक तन्दुरुस्तीका केन्द्रहरू - कोभिड सेफ योजना पालना गर्दै 
  • भवन भित्र खेलकुद आयोजना हुने स्थान 
  • खेलकुद एवं मुख्य कार्यक्रम आयोजना स्थलमा २५,००० दर्शक क्षमता वा कुल दर्शक क्षमताको ५० प्रतिशत (जुन कम हुन्छ) - कोभिड सेफ योजना पालना गर्दै 

दुर्गम क्षेत्र

भवन भित्रै बसेर एकसाथ् खाना खान सकिने मानिसहरुको सङ्ख्या ५० रहने छ (कोभिड सेफ जानकारी सहित):

रेस्टुरेन्ट, क्याफे, पब, दर्ता भएका वा लाइसेन्स रहेका क्लब, आरएसएल क्लब, होटेल र क्यासिनो (कोभिड सेफ जानकारी सहित) तर बार र जुवा खेल्ने ठाउँ चाहिं यसमा रहेको छैन।

तर दुर्गम क्षेत्रमा यातायात गर्न खालि ती स्थानका वासिन्दाहरुका लागि मात्र अनुमति रहेको छ।

आदिवासी समुदाय - जैविक सुरक्षा क्षेत्र
राज्य सरकार र आदिवासी नेताहरू सङ्घीय सरकारले तोकेको जैविक सुरक्षा क्षेत्रमा प्रतिबन्ध तीन चरणमा खुकुलो पारिने योजनामा ​​सहमत भएका छन्।

तोकिएका केही समुदायहरू वर्तमान व्यवस्था अनुसार सङ्घीय आपत्कालीन जैविक सुरक्षा अन्तर्गतका प्रतिबन्धहरूबाट राज्यको कार्यक्षेत्रमा सारिने छन्:

दुर्गम आदिवासी समुदायहरूमा प्रवेशका लागि क्वारेनटाइन प्रतिबन्धहरू हटाइनेछ, बर्क र कुक शायर क्वीन्सल्याण्डका अन्य क्षेत्रहरूमा प्रतिबन्धका प्रावधानहरू कायम गरिने छ। थप जानकारी यहाँ छ: 

यात्रा प्रतिबन्ध

क्विन्सल्यान्डले न्यु साउथ वेल्सका बासिन्दाहरूका लागि, विशेष परिस्थिति बाहेक, प्रवेश निषेध गरेको छ।

सो समय सिमा पश्चात प्रवेश गरेका सबैले आफ्नै खर्चमा राज्य सरकारद्वारा तोकिएको होटेलमा क्वारेन्टिनमा बस्नुपर्नेछ र त्यसको खर्च क्वारेन्टिनमा बस्ने व्यक्ति स्वयम्ले उठाउनु पर्नेछ।

शुक्रबार २५ सेप्टेम्बरदेखि क्यानबेराका बासिन्दाहरू क्विन्सल्यान्ड प्रवेश गर्न पाउनेछन्।  

क्विन्सल्यान्डले आफ्नो सिमा सम्बन्धि नियमहरूमा हेरफेर गरेको छ। अन्य राज्यका मानिसले क्विन्सलयान्ड प्रवेस गर्नु परे बोर्डर पासका साथै परिचय पत्र देखाउनु पर्ने हुनसक्छ।

१० जुलाई यता क्विन्सलयान्ड प्रवेस गर्ने न्यु साउथ वेल्स, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, अस्ट्रेलियन क्यापिटल टेरोटेरी, तास्मानिया र नर्दन टेरोटेरीका बासिन्दाहरुले एक बोर्डर घोषणा पत्रमा सही गर्नुपर्ने व्यवस्था लागू छ र उनीहरूले कोभिड-१९ को लक्षण देखा परे जाँचका लागि उपस्थित हुनुपर्नेछ।

उक्त पासका लागि आवेदन हाल्ने बारे थप जानकारी यहाँ छ।

तर, भिक्टोरिया लगायत कोभिड-१९ हटस्पट भनि पहिचान गरिेेएका ठाउँका मानिसहरूले क्विन्सल्यान्ड प्रवेस गर्न हु्ँदैन।

क्विन्सल्याण्डमा नै बस्नुहुन्छ र माथि उल्लेखित स्थानहरूबाट घर फर्किनु हुँदैछ भने आफ्नै खर्चमा होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ।

असीमित यात्रा तथा राति बास बस्न मिल्ने सुविधा क्विन्सल्याण्ड भर कायम गरिएको छ र यो आउँदो स्कुल छुट्टीको समयका लागि पनि लागू हुनेछ।

  • ग्रामीण एवं दूर-दराज क्षेत्रका बासिन्दाहरू आफ्नो घरभन्दा ५०० किलोमिटर टाढासम्म जान सक्नेछन्

थप जानकारी यहाँ उपलब्ध छ: 

 

स्कूलहरु

  • सोमवार ११ मे २०२० देखि, किन्डी, प्रेप र कक्षा १ लगायत कक्षा ११ र १२ का विद्यार्थीहरु आफ्नो सरकारी स्कूल वा सामुदायिक किन्डरगार्टेन फर्किएका छन्। 
 

थप जानकारी:  https://www.qld.gov.au/covid-19/government-actions/roadmap-to-easing-queenslands-restrictions

साउथ अस्ट्रेलिया 

 

एकसाथ भेला हुनपाउने सङ्ख्या 

  • भौतिक दुरी १.५ मिटर कायम राख्न प्रोत्साहित गरिएको छ तर भवनहरू भित्र भेला हुने सिमा भने प्रति दुई वर्ग मिटर एक व्यक्ति कायम गरिएको छ। 
  • घरमा पाहुना बोलाउँदा निश्चित सङ्ख्यामा मात्र बोलाउन पाइने छ । एकटकमा ५० जना मात्र घरमा भेला हुन पाउँछन् ।
  • निजी घर भन्दा बाहिर कुनै पनि निजी स्थानमा भेला हुँदा एक सय जना सम्मको सीमा ताकिएको छ ।
  • पब, बार र रेस्टुरेन्टहरूले सिटमा बसेका ग्राहकहरूलाई मात्र मदिरा प्रदान गर्न पाउने छन्।

व्यवसाय र मनोरञ्जन

सार्वजनिक गतिविधिका लागि स्वीकृति प्राप्त व्यावसायहरूले नयाँ कोभिड तयारी योजना पुन: बुझाउनु पर्ने छैन भने सो कार्य पुरा नगरेका व्यावसायहरुका हकमा भने नयाँ योजना अधिकारीहरूलाई बुझाएपछि मात्रै नयाँ व्यवस्था अनुसार संचालित हुन पाउनेछन्। कोभिड सेफ प्लान बारे थप जानकारी यहाँ छ।

यात्रा प्रतिबन्ध

  • सीमा क्षेत्रमा रहेका मानिसहरूले ४० किलोमिटर सम्म यात्रा गर्न सक्नेछन् ।
  • वेस्टर्न सिड्नी, नदर्न टेरिटरी क्विन्सल्याण्ड र तास्मिेनिया बाट सिड्नी वा क्यानबेरा विमानस्थल हुँदै भ्रमण गर्ने मानिसहरूलाई १४ दिने क्वारेनटाइन आवश्यक पर्ने छैन ।
  • क्यानबेराका  बासिन्दाका लागि साउथ अस्ट्रेलिया आगमन  खुला छ, र भ्रमण गर्ने मानिसहरूलाई १४ दिने क्वारेनटाइन आवश्यक पर्ने छैन ।

अत्यावश्यक यात्रु बाहेक अन्य भिक्टोरियाबाट आउने जो-कोहीलाई पनि साउथ अस्ट्रेलिया प्रवेश निषेधित गरिएको छ। यस प्रतिबन्धमा साउथ अस्ट्रेलियाली बासिन्दा समेत पर्छन्।

  • साउथ अस्ट्रेलिया भर यात्रा खुल्ला गरिएको छ र हाल क्चिन्सल्यान्ड वेस्टर्न अस्ट्रेलिया, नर्दर्न टेरोटेरी एवं तास्मानियाका बासिन्दाहरू लागि मात्र राज्यको सीमा खुला गरिएको छ। यी राज्य एवं प्रदेशबाट साउथ अस्ट्रेलिया आउने यात्रुहरूले १४ दिने आइसोलेसनमा बस्नु पर्दैन।

यदि तपाईँ साउथ अस्ट्रेलिया जाने सोचमा हुनुहु्न्छ भने, तपाईँले सो राज्य प्रवेश गर्नु भन्दा कम्तिमा पनि तीन दिन अघि क्रस बोर्डर ट्राभल रेजिस्ट्रेसन फाराम भरेको हुनुपर्छ, तपाईं जुनसुकै ठउँबाट उक्त राज्यका लागि प्रस्थान गर्नुभएको छ भने पनि। 

साउथ अस्ट्रेलियामा कोभिड-१९ विरुद्ध चालिएका कामहरु बारे थप जानकारीका लागि https://www.covid-19.sa.gov.au/ जानूहोस्।

थप जानकारी: 

  • १९ जुन देखि घनत्व सम्बन्धी नियमहरू परिवर्तन भएका छन् - कुनै एक समारोह वा उत्सव आयोजना स्थलमा अब अधिकतम ३०० जना मानिसहरूसम्म जम्मा हुन सक्नेछन्। कुनै एक कोठामा भने बढीमा ७५ जनासम्म मानिसहरू एकै साथ भेला हुन सक्नेछन्, प्रति चार वर्ग मिटरमा एक व्यक्ति हुनुपर्ने नियम भित्र रहेर।

स्कूलहरु

साउथ अस्ट्रेलियाका स्कूलहरु दोस्रो टर्मका लागि खुलीसकेका छन् र विद्यार्थीहरुलाई स्कूल जान प्रोत्साहित गरिएको छ ।

थप जानकारी: https://www.covid-19.sa.gov.au/recovery 

वेस्टर्न अस्ट्रेलिया

वेस्टर्न अस्ट्रेलियाको मार्ग चित्र चौथो चरणमा प्रवेश गरेको छ।  पाचौ चरणमा प्रवेश गर्ने पुर्व-निर्धारित कार्यक्रम २४ अक्टोबर लागि सारिएको छ। यसबारे थप जानकारी यहाँ छ: https://www.wa.gov.au/government/publications/covid-19-roadmap 

कोभिड-१९ भुक्तानी

कोभिड-१९ का कारण काम गर्न नपाउने वेस्टर्न अस्ट्रेलियालीहरूका लागि संघीय सरकारले १६ सेप्टेम्बरदेखि १,५०० डलर प्रदान गर्ने व्यवस्था गरेको छ।
यस भुक्तानीका लागि योग्य हुनेहरूले आइसोलेसनमा बस्नु परेको प्रत्येक १४ दिनमा १,५०० डलर एकमुष्ट प्राप्त गर्ने छन्। यदि स्वास्थ्य अधिकारीहरूको निर्देशन बमोजिम १४ भन्दा बढी या एक पटक भन्दा बढी क्वारेन्टिनमा बस्नु परेमा उक्त भुक्तानी त्यही अनुसार एक पटक भन्दा बढी प्राप्त गर्न सकिने छ। 
 
यस बारे थप जानकारीका लागि यहाँ जानुहोस्। 

एकसाथ भेला हुन पाउने सङ्ख्या 

  • मानिसहरू एकैसाथ भेला हुन पाउने सङ्ख्यामा लागू प्रतिबन्ध हटाइएको छ। अब केवल दुई वर्ग मिटरमा एक जना हुनुपर्ने नियम अनुसार अधिकतम सङ्ख्यामा मानिसहरू एकसाथ भेला हुन पाउनेछन्। ५०० जना ग्राहक भन्दा बढी मानिसहरू भेला हुन सक्ने स्थानहरूको हकमा भने उक्त प्रति दुई वर्ग मिटर एक व्यक्ति नियममा त्यहाँ काम गर्ने कर्मचारीहरू पनि पर्नेछन्। 

  • सिटमा नै बसेर मात्र खाना खान पाइने नियम खारेज गरिएको छ। 
  • खाना तथा मदिरा जन्य पदार्थहरू बेच बिखन गर्न अनुमती प्राप्त पसल तथा सेवा प्रदायकहरूले अब उप्रान्त आफूकहाँ आउने ग्राहकहरुको लगत राख्नु नपर्ने व्यवस्था गरिएको छ। 
  • रेस्टुरेन्ट र क्याफे लगायतका तयारी खानेकुरा बेचबिखन गर्ने एवं अनुमति प्राप्त परिसरहरू सञ्चालित हुन सक्नेछन्

  • खानेकुरा बिना पनि मदिरा बेच्न पाइने छ

  • फुड कोर्टहरू पुनः सञ्चालन गर्न पाइने छ

  • खेलकुदका गतिविधि, शारीरिक तन्दुरुस्तीका कक्षाहरू एवं सार्वजनिक पौडी पोखरीहरू सबै १००/३०० नियम अन्तर्गत संचालित हुन सक्नेछन् 
  • वेस्टर्न अस्ट्रेलियाका व्यवसायहरुले कोभिड सुरक्षा नियमहरुको पालना गर्नुपर्ने छ र आफ्नो व्यवसाय खोल्नु अगाडी आफ्नो कर्मचारी र ग्राहकहरुको सुरक्षाका लागि कोभिड सुरक्षा योजना पनि तयार पार्नुपर्ने छ।
  • धार्मिक स्थल, सामुदायिक सेवा र पुस्तकालयहरु खोल्न अनुमति दिइएको छ।
  • व्यायामशालामा हर बखत कर्मचारी उपस्थित रहनुपर्ने छ र नियमित रुपमा सरसफाइ गरिनुपर्नेछ 
  • पर्थ चिडियाघर प्रवेसमा कुनै प्रतिबन्ध रहने छैन
  • रटनेस्ट टापु सर्वसाधारणका लागि फेरी खुल्ला गरिएको छ 
  • टीएबी र उसका पबहरुमा सट्टेबाजी तथा खेलकुद हेर्न पाइने छ 
  • क्राउन क्यासिनोको जुवाघर अस्थायी प्रतिबन्धहरूका साथ पुन: संचालनमा आएको छ। 

वेस्टर्न अस्ट्रेलियाका प्रमुख खेलकुद तथा मनोरञ्जन आयोजना स्थलहरूका हकमा भने ५० प्रतिशत क्षमता सम्बन्धि नियम लागू हुनेछ। तसर्थ, चौथो चरणभर अप्टस स्टेडियममा अधिकतम ३०,६३३ खेलकुद प्रतियोगिता आयोजना हुँदा र ३५,००० मानिसहरू बढीमा साङ्गितिक प्रस्तुतिहरू आयोजना हुँदा भेला हुनसक्नेछन्। 

एचबीएफ पार्कमा १०,१५० जनासम्म खेलकुद हेर्न र १६,५०० जनासम्म कन्सर्ट हेर्न जम्मा हुन सक्नेछन् 

आरएसी अरिनामा: ७,१५० जनासम्म खेलकुद हेर्न र ८,२५० जनासम्म कन्सर्ट हेर्न जम्मा हुन सक्नेछन्  

थप जानकारीका लागि यहाँ जानुहोस् 

जुलाई १७ देखि भिक्टोरिया भएर वेस्टर्न अस्ट्रेलिया प्रवेस गर्ने जो कोहीले पनि आफू स्वयमको खर्चमा नै १४ दिन क्वारेन्टिनमा विताउनु पर्नेछ।

यात्रा प्रतिबन्ध:

  • तपाइले यदि पछिल्लो १४ दिनमा भिक्टोरिया वा न्यू साउथ वेल्सको भ्रमण गर्नु भएको छ भने तपाई वेस्टर्न अस्ट्रेलिया जान पाउनु हुन्न तर केही तर अत्यावश्यक कामका लागि भने छुट दिइने छ ।
  • किम्बर्ली सहित् वेस्टर्न अस्ट्रेलियाभर भ्रमण गर्न छुट छ तर दूर दराजका आदिवासी समुदायहरु बस्ने इलाकामा प्रवेश निषेध कायमै छ 
  • छुट्टी मनाउन जाँदै हुनुहुन्छ भने सामाजिक दूरीका नियमहरू कायम राख्नुहोस र सन्चो नभए घरमै आराम गरेर बस्नुहोस् 

स्कूलहरु

  • आफ्ना बालिकालाई विद्यालय पठाउन चाहने अभिभावकहरूका लागि वेस्टर्न अस्ट्रेलियाका स्कूलहरु दोस्रो शैक्षिक सत्रका लागि खुलिसकेका छन् 
  • घरैबाट शिक्षा लिने विद्यार्थीहरूलाई दूर शिक्षा प्याकेज तथा स्रोतसाधनहरू उपलब्ध गराईदैछ
  • अभिभावकहरू स्कूल परिसर भित्रै प्रवेश गरेर आफ्ना बालबालिकालाई छोड्न वा लिन सक्नेछन् 

वेस्टर्न अस्ट्रेलियाका स्कूलहरू बारे जानकारी यहाँ छ।

थप जानकारी: http://www.wa.gov.au/covid19roadmap

तास्मानिया

एकसाथ भेला हुन पाउने सङ्ख्या 

  • घरका सदस्य बाहेक २० जनासम्मले एकसाथ घर भित्र भेला हुन पाउनेछन्
  • एकैसाथ भेला हुन पाउने अधिकतम संख्यामा स्टाफ, स्वयम्सेवक, बच्चाहरू र बच्चाहरू सामेल छन्।

व्यवसाय र मनोरञ्जन

  • कुनै पनि क्षेत्रको घनत्वको आधारमा निर्धारण घर भित्र २५० जनासम्म र घर बाहिर (शुक्रबार २५ सेप्टेम्बरदेखि) १००० जनासम्म भेला हुन पाउनेछन्। 
  • प्रत्येक २ वर्ग मीटरमा एक जना व्यक्ति मात्र रहनुपर्ने छ: https://www.coronavirus.tas.gov.au/families-community/gatherings-density-and-physical-distancing
  • कुनै स्थलमा माथि तोकिएको भन्दा कम सङ्ख्याका मानिसहरूलाई मात्र प्रवेश अनुमति प्रदान गरिएको छ भने, त्यही कम सङ्ख्या लागू हुनेछ। 
  • इजाजत पत्र भएका स्थलमा गरिने कार्यक्रमहरूमा सहभागीहरूले स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउनेछन्, तर मद्यपान गर्दा भने बस्नु पर्ने छ।
  • जिमहरू अब खुला छन् - सबै जिमहरूमा कोभिड-१९ सुरक्षा योजना अन्तर्गत घनत्व, शारीरिक दूरी, सम्पर्क ट्रेसिंग, सफाई र स्वच्छतामा ध्यान दिइनेछ।

व्यवसाय र मनोरञ्जनबारे थप जानकारीका लागि यहाँ जानुहोस्।

यात्रा प्रतिबन्ध

  • तास्मानियाको सङ्कटकालको अवधी  २६ अक्टोबरसम्म लम्बाइएको छ। 
  • तास्मानियाका बोर्डरमा लागू गरिएका प्रतिबन्धहरू १ डिसेम्बरमा खुकुलो बनाइने योजना बनाइएको छ।

  • जमघट र घर भ्रमणका प्रतिबन्धहरूको पालना गर्दै तास्मानियाभर जहाँ पनि यात्रा तथा बसोबास गर्न पाइन्छ। 

यात्राबारे अद्यावधिक जानकारीका लागि यहाँ जानुहोस्।

सीमा प्रतिबन्धहरू खुकुलो गर्नका लागि तीन-चरणको प्रक्रिया:
 
     पहिलो चरण 
    -आइतबार २० सेप्टेम्बरदेखि: भिक्टोरिया या अन्य कोभिड-१९ हटस्पटबाहेक कम जोखिमयुक्त ठाउँहरूमा लामो समयसम्म कार्यरत रहेका फीफो (फ्लाई इन फ्लाई आउट) कामदारहरू क्वारेन्टिनमा नबसी आफ्नो घर फर्कन पाउने भएका छन्। 
    -मौसमी कामदारहरूलाई कोभिड-१९ सुरक्षित अवस्थामा आउँदो मौसमको लागि तास्मेनिया फर्कने दिइएको छ।  
 
     दोस्रो चरण 
     अक्टोबर २०२० को अन्त्यसम्म - तास्मेनियाका नियन्त्रकले कोभिड-१९ सुरक्षित र कम जोखिम क्षेत्रहरू जस्तै साउथ अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया, नर्दन टेरिटोरी, क्विन्सल्याण्ड, अस्ट्रेलियन क्यापिटल टेरिटोरी   र सम्भवतः न्यु साउथ वेल्सका साथ सीमा प्रतिबन्ध सहज बनाउनको लागि मिति तोक्ने तयारी गर्नेछन्।  
 
     तेस्रो चरण 
     सार्वजनिक स्वास्थ्य कार्यालयले १ डिसेम्बरमा भिक्टोरिया लगायत अन्य हटस्पट क्षेत्रहरूका लागि तास्मेनियाको सीमा प्रतिबन्ध खोल्ने या नखोल्ने विषयमा जानकारी दिनेछ।  

भिक्टोरियावासी तथा तास्मानिया प्रवेस गर्नु भन्दा १४ दिन अघिको समय भिक्टोरियामा बिताएका अन्यत्रका मानिसहरुलाई प्रवेश निषेध गरिएको छ तर तास्मानियालीका हकमा भने, अनिवार्य रुपमा सरकारले तोकेको क्वारेन्टिनमा १४ दिन बस्नुपर्नेछ।

यात्राका लागि अनलाइन दर्ता

तास्मानिया प्रवेश गर्न चहाने मानिसहरूले तलको लिङ्कमा गएर दर्ता गर्नु पर्नेछ: https://www.g2gpass.com.au

सो "गुड टु गो" सेवामा सहि जानकारी नभरे मानिसहरुले १६,८०० डलरसम्मको जरिवाना वा ६ महिनासम्मको जेल सजाय पाउनेछन्।

महामारी बिदा भुक्तानी
 
कोभिड १९ का कारण काममा जान नसक्नेहरूका हकमा क्वारेनटिन वा सेल्फ आइसोलेसनमा बस्नु पर्ने अवस्थामा सरकारले एक मुष्ट १५ सय डलर भुक्तानी दिने छ ।

स्कूलहरू

  • सम्पूर्ण कक्षाहरू पुनः सुरु भएका छन् र सबै विद्यार्थीहरू स्कुल फर्केका छन्।

थप जानकारी:  https://www.coronavirus.tas.gov.au/  

नर्दन टेरोटेरी

एकसाथ भेला हुन पाउने सङ्ख्या 

  • नर्दन टेरोटेरीमा मानिसहरू भेला हुन पाउने सङ्ख्याको सीमा छैन तर १.५ मिटरको भौतिक दुरी भने पालना गरेको हुनुपर्नेछ
  • विवाह एवं अन्त्येष्टि समारोहहरू गर्न रोकटोक छैन

व्यवसाय र मनोरञ्जन 

सबै व्यवसायहरू एवंम खेलहरू खुल्ला छन् , साथै
सामुदायिक र खेलकुद प्रतियोगिताहरूमा दर्शक संख्याका  आधारमा यदि ५०० भन्दा माथि भएमा कोविद १९ सुरक्षा योजना अपनाउन आवश्यक छ। कार्यक्रमहरु अबस्था  हेरी स्वीकृत हुनेछन्। 

५ जुन देखि निम्न नियमहरु खुकुलो बनाइएका छन्:

  • टीएबी लगायत जुवाका सम्पूर्ण लाइसेन्स प्राप्त व्यवसायहरु संचालन हुने
  • फुटबल, बास्केटबल, सकर र नेटबल लगायतका सामुहिक खेलकुद संचालन हुने
  • सिनेमा वा थिएटर, कन्सर्ट हल, सांगीतिक र नाच गृह, नाइटक्लबहरु संचालन हुने
  • खाना नकिनी बार बाट मदिरा किन्न पाइने
  • ब्युटी थेरापी वा कस्मेटिक सेवाहरुका बन्द भएय्का व्यवसायहरु खोल्ने पाइने
  • ट्याटु, शारीरिक कला लगायतका सेवाहरु पनि संचालन हुने
  • मनोरञ्जन स्थल, सामुदायिक केन्द्र वा खेलकुद स्थलहौर जान पाइने
  • अनुमति प्राप्त सीट योजना रहेको सामुदायिक र खेलकुद प्रतियोगिता आयोजना हुने स्थल जान पाइने। ५०० जना भन्दा बढीको संख्यामा दर्शक रहने स्थानमा चाहिं कोभिड-१९ सुरक्षा योजना अन्तर्गत छुट्टै अनुमति लिनुपर्ने हुन्छ।
  • बन्द हुन बाध्य भएका सबै व्यवसाय, संरचना र सेवाहरु पुनः खुल्ने छन् तर केही मुख्य नियमहरुको चाहिं पालना गर्नुपर्ने हुन्छ।
  • प्रत्येक ठुला कार्यक्रम आयोजना गर्न चाहिं अनुमति लिनुपर्ने हुन्छ।

यात्रा प्रतिबन्ध 

  • हटस्पट बाहेकका आन्तरिक तथा अन्तर-राज्य यात्रीहरूले क्वारेन्टिनमा बस्नुपर्दैन। हटस्पट रहेका क्षेत्रहरूको सूचीका लागि यहाँ जानुहोस्। 
  • न्यु साउथ वेल्सको दैनिक नयाँ कोभिड -१९ मामिलाको सङ्ख्या घट्दै गएमा शुक्रबार ९ अक्टोबरदेखि नर्दन टेरिटोरीले सिड्नी क्षेत्रलाई हटस्पटको सूचीबाट हटाउने छ।  
  • पछिल्लो १४ दिनमा हटस्पट तोकिएका क्षेत्रहरूबाट या त्यहाँको बाटो हुँदै आउनेहरूले अनिवार्य १४ दिनको पर्यवेक्षित क्वारेन्टिनमा बस्नुपर्नेछ। थप जानकारीका लागि यहाँ जानुहोस्।  
  • अन्य राज्य तथा प्रदेशबाट नर्दन टेरोटेरी प्रवेश गर्नेले सो राज्य सिमा भित्रिएको ७२ घण्टा अगाडीसम्म बोर्डर प्रवेश फारम भरिसकेको हुनुपर्छ।

नर्दन टेरिटोरीले यही अगस्ट महिनादेखि कमसेकम १८ महिनाका लागि कोरोनाभाइरस प्रभावित राज्यहरूका लागि आफ्नो सीमा बन्द राख्ने भएको छ। ती राज्यबाट नर्दन टेरिटोरी आउन चाहनेहरूले प्रवेश पश्चात् आफैले खर्च बेहोरेर अनिवार्य १४-दिने होटेल क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ।  

विदेशबाट नर्दन टेरोटरी आउने जोकोहीले पनि आफ्नै खर्चमा १४ दिन हावर्ड स्प्रिङ्गस स्थित क्वारेन्टिनमा बिताउनुका साथै उनीहरूले सो बापतको शुल्क - २,५०० डलर बुझाउनुपर्नेछ।

स्कूलहरू

  • नर्दन टेरोटेरीका सम्पूर्ण विद्यार्थीहरू स्कूल फर्केका छन्
  • अभिभावकहरूले आफ्नो बालबालिकालाई स्कूल पठाउन नचाहे, उनीहरु घरैबाट पढ्न सक्नेछन् 

नर्दन टेरोटेरीका स्कूलहरू बारे थप जानकारी:  

नर्दन टेरोटेरी मार्ग चित्र: https://coronavirus.nt.gov.au/steps-to-restart/roadmap-new-normal

अस्ट्रेलियन क्यापिटल टेरिटोरी 

एकसाथ भेला हुन पाउने सङ्ख्या 

  • घरेलु रुपमा आयोजना हुने भेलाका निम्ति सङ्ख्या तोकिएको छैन
  • सार्वजनिक भेलाको हकमा भने प्रति चार वर्ग मिटर १ जनाको नियम पालना गदै अधिकतम १०० जनासम्म मानिसहरू जम्मा हुन सक्नेछन्। 
  • क्यानबेराका होटल,रेस्टुरेन्ट,बार र क्याफेले एकैपटक २५ जना सम्मलाई सेवा दिन सक्ने छन्।

थप जानकारी 

व्यवसाय र मनोरञ्जन

  • एक-अर्कालाई छोएर खेल्न मिल्ने खेल तथा नाचगान जस्ता गतिविधि पुन: सुचारु भएका छन्। यस्ता क्रियाकलाप सन्चालन गर्नेहरूसँग कोभिड सेफ इन्भारन्मेन्ट प्लान वा कोभिड सेफ्टी प्लान हुनु जरूरी छ।
  • पाैडी प्रतियोगिता पुन: सुरु हुन सक्नेछन् - पानी भित्र सामाजिक दुरीका नियम लागू नभए पनि पाैडी पोखरीमा भने चार वर्ग मिटर १ जनाको नियम पालना गदै अधिकतम १०० जनासम्म मानिसहरू जम्मा हुन सक्नेछन्
  • क्यानबेरा लगायत अस्ट्रेलियन क्यापिटल टेरीटोरीमा रहेका व्यापार तथा व्यावसायका लागि जारी गरिएको दिशानिर्देश: https://www.covid19.act.gov.au/business-and-work
  • भवन बाहिर हुने तन्दुरुस्तीका कक्षाहरू, घर किन्नु अघि हुने निरीक्षणहरू १००  जनामा सीमित हुनुका साथै चार वर्ग मिटरमा एक जनाका दरले तोकिएको छ 
  • भवन भित्र आयोजना हुने खेल, जिम, व्यायाम केन्द्र र ब्युटी पार्लरहरु माथि हाल रहेका प्रतिबन्धहरु खुकुलो बनाइएका छन्, तर त्यसको लागि ती व्यवसायहरुले कोभिड सुरक्षा योजना पूरा गर्नुपर्ने हुन्छ।
  • ग्यालरी, संग्राहालय, क्याम्पिङ्ग मैदान लगायतका सार्वजनिक स्थलहरु पुनः खुलेका छन् र खेलकुदमा सामाजिक हिसाबले संलग्न रहेकाहरु चाहिं १०० जनासम्म (कर्मचारी सहित)को समुहमा भेला हुन पाउनेछन्।

स्वास्थ्य सेवा

स्वास्थ्य सेवा उपलब्ध हुने स्थान जस्तै डाक्टरको क्लिनिक वा अस्पताल आउने जोकोहीले पनि केही छोटा प्रश्नहरूको जवाफ दिनुपर्ने हुन्छ। डिजिटल माध्यमबाट हुने यस्तो प्रशनोत्तरको समापनमा हरियो सहि चिनो लागे प्रवेश पाइनेछ भने, रातो र गलत जनाउने चिन्ह लागे प्रवेश पाइने छैन। थप जानकारी: https://screening.covid19.act.gov.au/ 

यस बाहेक स्वास्थय सेवा प्रदायक संस्थामा एक दिनमा एक बिरामी भेट्न एक जना मानिस मात्र जान पाउनेछन् भने अस्पतालमा भर्ना भएका बालबालिकाको हकमा एकजना कुरुवा मात्र बस्न पाउने छन्।

यात्रा

क्यापिटल टेरिटोरीबाट अन्य राज्य र टेरिटोरी भ्रमणको सम्बन्धमा 

  • अस्ट्रेलियन क्यापिटल टेरिटोरीको राज्य सरकारले मानिसहरूलाई कोभिड-१९ को प्रकोप फैलिएका क्षेत्रहरूमा यात्रा नगर्न आग्रह गरेको छ।  यस अन्तर्गत भिक्टोरियाका सबै क्षेत्रहरू र सिड्नी पर्दछ। 
 
न्यू साउथ वेल्स र क्विन्सल्याण्ड बाट क्यापिटल टेरिटरी भ्रमणका सम्बन्धमा
 
  • सिड्नीका कोरोना प्रभावित केही क्षेत्र भ्रमण गरेकाहरूलाई वृद्ध सह्यार केन्द्र,अस्पताल लगायतका जोखिम हुने क्षेत्रमा भ्रमण नगर्न अनुरोध गरिएको छ ।
  • भिक्टोरियाबाट ए सी टी भ्रमण गर्नका लागि विशेष अनुमति लिएकाहरू र ए सी टी निवासीहरू बाहेकलाई बन्देज गरिएको छ । भिक्टोरियाबाट एसिटी प्रवेश गर्नका लागि हवाई मार्ग एक मात्र विकल्प रहेको छ ।
  • भिक्टोरियामा रहेका एसिटी निवासीहरू घर फर्कन चाहे यात्रा पूर्व ७२ घण्टा अघि जानकारी गराउनु पर्नेछ र १४ दिने क्वारेनटाइन अनिवार्य गरिएको छ ।

थप जानकारी: https://www.covid19.act.gov.au/community/travel/nsw 

भिक्टोरियाबाट एसीटी आउने जोकोहीलाई पनि प्रवेश निषेध गरिेएको छ, विशेष छुट प्राप्त व्यक्तिका हकमा बाहेक।

भिक्टोरियाबाट घर फर्किने एसीटीका बासिन्दाका हकमा भने उनीहरूले आफू फर्किनु अगाडी https://actredcap.act.gov.au/redcap/surveys/?s=JJHXMHH3KX मा गएर एसीटी हेल्थका प्रमुखलाई जानकारी दिनुपर्छ।

शिक्षा 

  • सार्वजनिक विद्यालयहरूमा प्रत्यक्ष पठन पाठन फेरी चालु भएका छन्  

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।