Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

अस्ट्रेलियालाई कोभिड-१९ पूर्वको सामान्य स्थितिमा पुर्‍याउने चार चरणको योजना घोषणा

Australian Prime Minister Scott Morrison speaks following a national cabinet meeting, at Parliament House in Canberra, Friday, July 2, 2021. Source: AAP

राष्ट्रिय मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय आगमनलाई आधा सङ्ख्यामा झार्ने निर्णय सहित चार चरणको नयाँ योजनामा सहमति गरेको छ।

कोरोनाभाइरसको अति नै सङ्क्रमणकारी मानिएको डेल्टा भेरिएन्टबाट उत्पन्न हुनसक्ने थप जोखिमलाई ध्यानमा राख्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रुहरुको आगमन कम्तिमा पनि अर्को सालसम्मका लागि सिमित गरेको छ।

आज बिहान बसेको राष्ट्रिय मन्त्रिपरिषद्को बैठकले एक निर्णय गर्दै प्रति सप्ताह अस्ट्रेलिया भित्रने यात्रुहरुको सङ्ख्या ६,००० बाट घटाएर झन्डै ३,००० कायम गरेको हो।

कति जना मानिसहरूलाई कोभिड-१९ का अल्फा तथा डेल्टा दुवै भेरिएन्ट विरुद्ध खोप लगाउनुपर्छ भन्ने कुरामा आधारित रहेर मेलबर्न स्थित डोहर्टी इन्सटिट्युटले गरेको अन्वेषणमा टेकेर राष्ट्रिय मन्त्रिपरिषद्ले पछिल्लो निर्णय गरेको बताइएको छ।

विशेषज्ञ स्वास्थ्य प्रमाण तथा शोध कार्यमा आधारित रहेर आफू तथा राज्य एवं प्रादेशिक सरकार प्रमुखहरूले सो योजनामा सहमति गरेको बैठकको अध्यक्षता गरेका प्रधानमन्त्री स्कट मोरिसनले बताएका हुन्।

उनका अनुसार पहिलो चरणमा भाइरसलाई दमन गर्ने रणनीति कायमै रहने छ र मानिसहरूले खोप लगाएको सङ्ख्याको आधारमा योजना नयाँ अवस्था तर्फ अभिमुख हुनेछ।

यसका साथै लकडाउनहरूलाई अन्तिम अस्त्रका रूपमा प्रयोग गर्ने बारे पनि राष्ट्रिय मन्त्रिपरिषद् सहमत भएको प्रधानमन्त्रीको भनाई छ।

"यदि तपाईँले खोप लगाउनुभयो भने, एक राष्ट्रका रूपमा हामी कसरी जीवनयापन गर्छौं भनेर तपाईँले परिवर्तन ल्याउन सक्नुहुनेछ," क्यानबेरामा पत्रकारहरू माझ उनले देशवासीलाई सम्बोधन गर्दै भने।

तर विदेशमा फसेका अस्ट्रेलियालीहरुलाई यथाशिघ्र घर फिर्ता ल्याउन थप पहल गरिने वाचा प्रधानमन्त्री स्कट मोरिसनको छ।

चार चरणको नयाँ योजनामा के छ त?

फेज वान (पहिलो चरण) - खोप अगाडी

मोरिसनका अनुसार अस्ट्रेलिया अहिले यस चरणमा छ।

राष्ट्रिय खोप कार्यक्रमको कार्यान्वयन पनि यही चरण भित्र पर्छ।

यस चरण अन्तर्गत लकडाउनलाई अन्तिम उपायका रूपमा लागू गर्ने सहमति पनि भएको छ भने परीक्षणका रूपमा क्वारेन्टिन सम्बन्धी अन्य विकल्पहरू सुरु हुनेछन्।

Federal government announces digital and paper certificates for those who take COVID-19 vaccine
AAP

हाल मेडिकेयर मार्फत जारी हुने खोप सम्बन्धी प्रमाणपत्र मोबाइल फोन जस्ता विद्युतीय उपकरणहरूबाट पनि 'एक्सेस' गर्न मिल्नेछ।

राष्ट्रिय होटेल क्वारेन्टिन सञ्जाल माथि थप समीक्षा हुनेछ र सङ्घीय सरकारले हावर्ड स्प्रिङ्ग्स क्वारेन्टिन केन्द्रमा थप मानिसहरूका लागि स्थान उपलब्ध गराउने छ।

फेज टु (दोस्रो चरण) - खोप पछि

प्रधानमन्त्रीका अनुसार दोस्रो चरणमा गम्भीर प्रकृतिका बिरामी हुनुपर्ने, अस्पताल भर्ना गरिनुपर्ने र मृत्यु जस्ता परिणामहरूलाई न्यूनीकरण गरिनेछ।

यसका साथै थप प्रतिबन्धहरू खुकुलो हुने, अति चरम परिस्थितिमा मात्रै लकडाउन गरिने पनि मोरिसनले बताएका छन्।

दोस्रो चरण लागू भएपछि देश भित्रने यात्रुहरूको सङ्ख्यालाई पनि पुन बढाइने छ जस अन्तर्गत खोप लगाएका मानिसहरूले थप प्राथमिकता पाउनेछन्।

Travell outside Australia
AAP Image/James Gourley

पहिलो चरणमा गरिएको परीक्षणका नतिजा हेरेर खोप लगाइसकेका अस्ट्रेलियालीहरूका निमित्त क्वारेन्टिन सम्बन्धी नयाँ व्यवस्था जारी हुनेछ।

दोस्रो चरणमा अन्तर्राष्ट्रिय विद्यार्थी तथा आर्थिक भिसामा अस्ट्रेलिया आउन खोज्ने मानिसहरूलाई तोकिएको सङ्ख्यामा सीमित पारिनेछ।

फेज थ्री (तेस्रो चरण) - स्थायित्व

स्कट मोरिसनका अनुसार फेज थ्रीको लक्ष्य कोभिड-१९ लाई पनि फ्लु जस्तै सरूवा रोग झैँ मानेर सार्वजनिक प्रतिक्रिया जनाइने छ जसको मतलब लकडाउनहरू हुने छैनन्।

यसै गरी, कोरोनाभाइरसका कारण अस्पताल भर्ना र मृत्युको दर पनि अन्य नियन्त्रित सङ्क्रमण कै स्तरमा हुनेछ।

तेस्रो चरणमा अस्ट्रेलियाको प्रवेशसँगै देश बाहिर जान चाहने खोप लगाइसकेका मानिसहरू माथि कुनै बन्देज हुनेछैन भने विद्यार्थी, आर्थिक तथा मानवीय भिसा धारकहरूको थप सङ्ख्यालाई ढोका खुल्ने पनि उनले बताएका छन्।

international students
Getty Images

फेज फो (चौथौँ चरण) - सामान्य स्थितिमा फिर्ता

चौथौँ चरणमा देशलाई पहिले कै सामान्य स्थितिमा फर्काउने मोरिसनको भनाइ छ।

उनी भन्छन् कि खोप नलगाएका मानिसहरूलाई पनि अस्ट्रेलिया प्रवेश गर्न दिइनेछ तर त्यो उडान पूर्व र पछिको कोभिड-१९ परीक्षण नतिजामा निर्भर रहने छ।

"हामीले यो गर्न सक्यौँ भने अस्ट्रेलिया, तपाईँले यसको अर्को छेउमा के छ त्यसको लाभ उठाउन सक्नुहुन्छ," मोरिसनले भने।

Prime Minister Scott Morrison holds up a novelty 'Ticket to Recovery' boarding pass during an announcement at Sydney Airport in March
'Ticket to Recovery'
AAP