अस्ट्रेलियामा जुलाई महिनाको पहिलो हप्ता मनाइने नेईडोक सप्ताहमा यहाँका आदिवासी अथवा ऐबोरिजन्ल समुदायको इतिहास, संस्कृति र उपलब्धिको बारेमा चर्चा गरिने गरिन्छ।
परापूर्व काल देखिनै यहाँ रहँदै आएका - ऐबोरिजन्ल र टोरेस स्ट्रेट टापुमा रहेको समुदायको संस्कृति निकै धनी भए पनि, उक्त समुदायको बारेमा- मानिसहरूमा धेरै गलत धारणाहरू रहेको बताइन्छ।
यिनै चर्चाहरूको बिचमा, एक ऐबोरजिन्ल लेखक, ब्रुस पास्कोईले यहाँका धेरै मानिसहरूलाई स्थानीय आदिवासीबारे ज्ञान नभएको बताउँदै, थुप्रै पुस्तकहरूले – यहाँका एबोरिजन्ल समूहको चिनारी, मात्र जङ्गलका शिकारीको रूपमा चित्रित गरेको बताउँछन्।
यो गलत अर्थले यहाँको इतिहासमा मुख्य स्थान पाएको आरोप लगाउँदै उनले यो देशमा आई जमिन अतिक्रमण गर्नेको अपराध ढाकिएको बताउँछन्।
यहाँको एबोरिजन्लहरुले भूमिमा कुनै उब्जनि नै गरेका थिएनन्, त्यसको कुनै उपयोग नै थिएन, र त्यही भएर जग्गा लिँदा पनि कुनै फरक नपरेको कुरा बङ्गाएर प्रस्तुत गर्ने गरिएको उनको अनुभव रहेको छ।
पास्कोईले यहाँको पुरानो समुदायले यहाँका जमिनलाई कसरी उपयोग गरेका थिए र खेतीका लागि पानी कसरी सिंचित गर्थे भन्ने विषयलाई ध्यान दिन निकै आवश्यक रहेको बताउँछन्।
साथै, बितेको गर्मी याममा , यहाँको खोलाहरूमा निकै धेरै मात्रामा माछा मारिएको तथ्य प्रकाश पार्दै, उनले यहाँ गरिने उब्जनीहरू पानीमा थोरै भर पर्ने किसिमको हुनु पर्ने बताउँछन्।
त्यही भएर, पुराना समयमा यहाँ लगाइएका बिरुवाहरू थोरै पानी सोस्ने किसिमको रहेको उनको दाबी रहेको छ।
इतिहासको कुरा मात्र हैन, अहिले आएर पनि, धेरै मानिसहरू- एबोरिजन्ल समुदायले अन्यभन्दा बढी सुविधा पाउने गलत भ्रममा रहेको उनको भनाई छ।
तर तथ्य के हो भने, सरकारको नियम अनुसार- आफ्नो कमाइको तहका आधारमा- अन्यले पाउने झैँ, आफ्नो समुदायले राहत पाउने गर्उदछन्।
न बढी, न कम।
अरूले हाम्रो समुदायले बसी-बसी खान्छ भन्ने धारणा जुन राखेका छन्, त्यो निकै नै दु:खदायी रहेको उनले गुनासो गरे।
यी सबै कुराहरूले गर्दा, एबोरिजन्ल समुदायप्रति रहेको नकारात्मक धारणा, जस्तै यिनीहरू बेकम्मा हुन्, भूमिको उपयोग गर्न नसकेको जात हुन्, लगायतका कुराहरूले, हाम्रो जमिन अतिक्रमण भएको कुरा ढाकछोप गरेको गनको भनाई रहेको छ।
त्यही भएर- यससम्बन्धीमा, असल नियतका साथ सही छलफल हुन अत्यन्तै आवश्यक रहेको उनी बताउँछन्।