गत वर्ष अन्तर्राष्ट्रिय सीमा बन्द र हजारौँले काम गुमाउँदा स्यानलन फाउन्डेसनले गरेको सर्वेक्षणमा बहुसांस्कृतिक अस्ट्रेलियाका लागि अधिकांस मानिसले कढा समर्थन देखाएका छन् यद्यपि केहि व्यक्तिले विविध अस्ट्रेलियालाई सकारात्मक सोचेनन् ।
अस्ट्रेलिया आप्रवास र बृहत् सांस्कृतिक समुदाय प्रति सकारात्मक देखिएको छ , यद्यपि केहिले एसियाली,अफ्रिकन र मध्यपूर्वका पूष्ठभुमी भएमा मानिसहरू प्रति भने नकारात्मक धारणा राख्ने सर्वेक्षणले देखाएको छ ।
द स्क्यानलन फाउन्डेसनको सोसियल कोहिजन रिर्पोटले महामारीको सङ्कट सामना गदै गर्दा अस्ट्रेलियाली मनोवृत्ति कस्तो छ त भन्ने बारेमा अध्ययन गरेको थियो ।
गत वर्षको जुलाई र नोभेम्बरमा १ सय ४० वटा प्रश्नावली सहित गरिएको सर्वेक्षणमा सामुदायिक सद्भाव र जनमत नाप्ने उद्देश्य राखिएको थियो ।
उक्त सर्वेक्षण रिर्पोटका लेखक प्रोफेसर एन्ड्रीउ मार्कस भन्छन् “सर्वेक्षणले एक लचिलो,संसाधन अनुकलु समाजलाई दर्साउँछ जसको परिणामले धेरैलाई चकित तुल्याउन सक्छ ।”
उक्त फाउन्डेसनले अस्ट्रेलियाली मनोवृत्ति प्रति सन् २००७ देखि प्रत्येक वर्ष सर्वेक्षण गदै आइरहेको छ ।
सर्वेक्षणमा ५ हजार भन्दा बढी उत्तरदाताहरूको ठुलो बहुमतले खुला व्यापार र आप्रवासनको विविधतालाई समर्थन गरेको छ ।
उत्तरदाताहरूको ठुलो हिस्सा अर्थात् ८४ प्रतिशत मानिसहरूले आप्रवासन र बहुसास्कृतिक समुदाय अस्ट्रेलियाका लागि सकारात्मक रहेको बताएका छन् ।
अघिल्लो वर्ष करिब ८० प्रतिशतले यसमा समर्थन जनाएका थिए ।
एक प्रश्नमा जहाँ, के विदेशमा जन्मिएका अस्ट्रेलियन यहाँ जन्मिएका मानिस जत्तिकै राम्रा नागरिक बन्न सक्छन् त भन्ने प्रश्नमा बहुसङ्ख्यक उत्तरदाता अर्थात् ९० प्रतिशतले समर्थन जनाएका छन् ।
जातीय विभेदका कमिस्नर चीन ता भन्छन् “समग्रमा,बिस्तारै सही दिशामा चल्दै छ ।”
”विगत तीन वर्षमा आप्रवासन,विविधता र बहुसास्कृतिकताका लागि उच्च समर्थन देखिनु राम्रो हो ।”
अस्ट्रेलियाले निरन्तर रूपमा एकीकरणको खोजी गरिरहेको देखिन्छ ।
दुई तिहाइ उत्तरदाताले अल्पसङ्ख्यकहरूको सांस्कृतिक जर्गेनाका लागि आर्थिक सहयोग गर्नु पर्दछ त भन्ने बिचारलाई भने अस्वीकार गरेको पाइएको छ ।
केही समुदायका लागि नकारात्मक दृष्टिकोण
लगातारको सीमा बन्द र लकडाउन लगायतले समुदायको एकतामा खलल पार्ने सम्भावनाका बाबजुद पनि नयाँ व्यक्ति प्रतिको डर वा नकारात्मकता भने सर्वेक्षणले फेला पारेन ।
यद्यपि एसियाली,मध्य पूर्वी र अफ्रिकन मूलका अस्ट्रेलियालीहरूका लागि भने उच्च स्तरको नकारात्मकताको धारणा पाइएको छ ।
करिब ४९ प्रतिशत उत्तरदाताहरूले अस्ट्रेलियामा रहेका सुडानी र इराकी पुष्ठभुमीका मानिसहरू प्रति “अत्यन्त नकारात्मक” वा “केही नकारात्मक” रहेको बताएका छन् यसका अलावा ४७ प्रतिशतले चिनिया अस्ट्रेलियाली प्रति नकारात्मक धारणा राखेका छन् ।
अघिल्लो वर्ष धेरै उत्तरदाताले मुसलमान समुदाय प्रति पनि नकारात्मक रहेको धारणा राखेका थिए ।
एसियाली मुलुकमा जन्मिएका ५९ प्रतिशत उत्तरदाताहरूले अस्ट्रेलियामा जातीय भेदभावलाई “धेरै ठुलो समस्या” वा “एकदम ठुलो समस्या” भएको बताएका छन् ।
करिब ३९ प्रतिशत मानिसले आफूले जातीय भेदभावको अनुभव गरेको बताएका छन् ।
चिनिया अस्ट्रेलियनले भेदभावको सामना गरे
भाषागत सर्वेक्षणका क्रममा चिनिया अस्ट्रेलियनले 'तपाईँले नकारात्मक अनुभव गर्नु भएको छ' भन्ने प्रश्नमा जवाफ दिन अस्वीकार गरेका छन् ।
प्राध्यापक मार्कुस भन्छन् “चिनिया अस्ट्रेलियन आफू प्रति ध्यान आकर्षक भएको हेर्न चाहादैनन यस कारण पनि यसो भएको हुनसक्छ ।”
करिब २२ प्रतिशत अस्ट्रेलियनले कोभिड–१९ का क्रममा आफूले भेदभावको सामना गरेको बताएका छन् ।
“यो अप्रत्याशित छ तर यो अचम्मको कुरा होइन” भिक्टोरीयाली एसिया अस्ट्रेलिया संयोजक मोलिना अस्थना बताउँछिन् ।
एसियन अस्ट्रेलियन सङ्गठनले अनलाइनको पनि सञ्चालन गरेको छ जहाँ आफूले भोगेको जातीय विभेदका बारेमा घटनाहरू दर्ता गर्न सकिन्छ।