पूर्वी सिड्नीको एक कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भए पछि उक्त कलेजले अभिभावकहरूलाई आफ्नो बालबच्चालाई घर लैजान भनेको छ।
पूर्वी सिड्नीको वेभर्ली कलेजमा मङ्गलवार बिहान एक विद्यार्थीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भए पछि कलेजले विद्यार्थीहरूलाई घर फर्काउने भएको हो।
न्यु साउथ वेल्समा गत सोमबार देखि विद्यार्थीहरू फुल टाइम विद्यालय फर्कन थालेका थिए।
कलेजलाई राम्रो सँग सरसफाइ गर्नका लागी कलेज बन्द गराएर विद्यार्थीहरूलाई घर फर्काइएको उक्त कलेजकी प्रवक्ताले एसबीएस न्युजलाई बताइन।
दुई महिना लामो कोभिड -१९ सम्बन्धी प्रतिबन्धका कारण घरबाट नै पढ्न बाध्य ८ लाख विद्यार्थीहरू विद्यालय फर्किएको दुई दिनकै अवधिमा उक्त क्याथोलिक ब्वोइज स्कुलमा सङ्क्रमण देखिएको हो।
गत हप्ता मात्र सिड्नी कै एक निजी क्याथोलिक विद्यालयको एक विद्यार्थीमा पनि सङ्क्रमण पुष्टि हुँदा विद्यालय बन्द गराइएको थियो।