Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio

क्यान्सरका कारण ज्यान गुमाएका बालबालिका प्रति समर्पित अस्ट्रेलियाको नेपाली गणेश मन्दिर

The Ganesh temple in Myers Flat is dedicated to Brishti Shrestha amongst other children who died of brain cancer. Source: Facebook/The Great Stupa of Universal Compassion

नेपालबाट अस्ट्रेलिया बसाईँ सरेका एक दम्पतीले ब्रेन क्यान्सरबाट निधन भएकी आफ्नी छोरी तथा अन्य बालबालिका प्रति समर्पित गणेश मन्दिर भिक्टोरियाको बेन्डिगो शहर नजिकै निर्माण गरेका छन्।

भिक्टोरियामा नेपाली मौलिकता झल्कने पगोडा शैलीको पहिलो मन्दिर स्थापना भएको छ।

आफ्नी दिवङ्गत छोरीको सम्झनामा मेलबर्न निवासी उमेशलाल तथा उनकी श्रीमती जेस्मिन श्रेष्ठले गणेश स्थानको निर्माण गरेका हुन्।

सन् २०१८ मा श्रेष्ठ दम्पतीले आफ्नी कान्छी छोरी वृष्टि श्रेष्ठलाई ब्रेन क्यान्सरका कारण अल्पायुमै गुमाउन पुगेका थिए। 

Umesh Lal Shrestha and Jesmin Shrestha from Nepal built Ganesha temple in Bendigo
श्रेष्ठ दम्पती जेठी छोरी सुब्रिनाका साथ वृष्टि गणेश मन्दिरको प्राङ्गणमा।
Umesh Lal Shrestha
छोरीको सम्झनालाई जोगाइराख्न र उनीसँगको बिछोडका कारण मनमा परेको आघातलाई कम गर्न आफूहरूले वृष्टि गणेश मन्दिर बनाएको श्रेष्ठले बताए।

छोरीको मृत्यु पछि आफन्तजन तथा साथीभाइहरूले उक्त विषयमा कुराकानी गर्न खासै कुनै रुचि नदेखाएकोले, आफूहरूको मन शान्त पार्न छोरीको नाममा कुनै एक प्रभावकारी कार्य गर्न खोज्दै जाँदा मन्दिर निर्माण हुन पुगेको श्रेष्ठ दम्पतीको भनाई छ।

"कस्तो हुँदो रहेछ भने, छोरी बित्यो, हामीलाई चाहिँ छोरीको सम्झना आउने, उसको कुरा गर्न मन लाग्ने; अनि कसैसँग कुरा गर्‍यो, सबैले छोरीको कुरा सुन्ने बित्तिकै, नाम सुन्ने बित्तिकै मुन्टो बटार्दिने!," उमेशलाल श्रेष्ठले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा भने।

"सबैले हामीलाई गाह्रो हुन्छ भनेर कुरा गर्न नखोजेको पनि हुनसक्छ; तर कसैले पनि छोरीको नाम नै लिन चाहेनन्, नाम सुन्नै चाहेनन्, अब के गर्ने?"

यस्तै भाव मनमा खेल्दै गर्दा श्रेष्ठ दम्पतीलाई छोरीको नाम जोगाइराख्न थप अठोट मनमा आयो।

उनी भन्छन् कि छोरीको नामबाट के काम गर्न मिल्छ भनेर सोच्दा अगाडि धेरै विकल्पहरू थिए।

उनीहरूले थुप्रै सामाजिक सङ्घ-सँस्थाहरूलाई चन्दा पनि दिए, वृष्टिको उपचार भएको मेलबर्न स्थित रोयल चिल्ड्रेन अस्पतालमा शय्या दान गर्ने कि भनेर पनि सोचे। 

The government says the risk of exposure to coronavirus in Victoria is very low.
The Royal Children's Hospital in Melbourne.
Facebook/The Royal Children's Hospital, Melbourne
तर ती कुनै कुरा चिरकालसम्मका लागि नरहने र छोरीको नाम पनि कहीँ नआउने र भए गरेका दान पुण्यका कामले पनि मनमा शान्ति नदिएको बताउँछन् उमेशलाल श्रेष्ठ।

"अस्पतालमा बेड डोनेट गर्‍यो, बिग्रिए पछि त्यो स्क्राप मेटलमा जान्छ, त्यसपछि के गर्ने? फेरि बेडमा छोरीको नाम पनि राख्न नमिल्ने," उनले सुनाए।

अस्ट्रेलिया बसाइँ सरेदेखि नै बेन्डिगोमा समय बिताएको हुनाले उत्तरी भिक्टोरिया स्थित उक्त क्षेत्रीय सहर तथा त्यसका बासिन्दा प्रति विशेष लगाव रहेकै थियो, श्रेष्ठ दम्पतीको ध्यान उतै तिर मोडियो।

बेन्डिगो सहरभन्दा अलिक बाहिर मायर्स फ्ल्याट भन्ने ठाउँमा अवस्थित दि ग्रेट स्तुपा अफ युनिभर्सल कम्प्यासनको शान्ति बाटिकामामा वृष्टि श्रेष्ठको अस्तु राखिएको छ। 

Brishti Ganesha Temple in Greater Bendigo was inaugurated by Cr Jennifer Alden
ग्रेटर बेन्डिगो काउन्सिलकी मेयर जेनीफर एल्डेन मन्दिरको उद्घाटन गरेकी थिइन्।
Mayor of City of Greater Bendigo/ Facebook
उमेशलाल श्रेष्ठ भन्छन् कि एक दिन उनीहरूले उक्त संस्थाका प्रमुख इयन ग्रिनसँग छोरीको लागि के गर्न सकिन्छ भनेर आफ्नो कुरा राखे।

अस्ट्रेलियामा सबै धार्मिक आस्थाले समान अधिकारका लागि लामो समयदेखि वकालत गर्दै आएका ग्रीनले नेपाली शैलीको गणेश मन्दिर निर्माणको सुझाव दिए।

गणेश कै मन्दिर किन त भनेर एसबीएस नेपालीको प्रश्नको जवाफ दिने क्रममा आफ्नो कार्यका कारण "अडर अफ अस्ट्रेलिया" सम्मानित समेत भइसकेका इयन ग्रिनले एउटा रोचक किस्सा सुनाए।

बौद्ध धर्म अँगालेका इयन ग्रीनका गुरु रहेछन् - लामा जोल्पो रिन्पोछे। मूल रूपमा सनातन घर्म पृष्ठभूमिका नेपाली रहेका उनका गुरुका प्रभाव स्वरूप "गणपति"सँग ग्रीनको नाता गाँसिएको रहेछ।

"यसै हुनाले पनि मैले गणेश कै मन्दिर बनाउने कि भनेर वृष्ट्रिका बाबुआमा समक्ष प्रस्ताव राखेँ," उनले भने। 

Ian Green OAM of Great Stupa of Universal Compassion with his guru lama zopa
आफ्ना गुरु - लामा जोपाका साथ इयन ग्रीन।
Ian Green Facebook
इयन ग्रीन भन्छन् कि शान्ति पार्कमा गणेशको मन्दिर बन्ने कुरा आफ्नो गुरुलाई सुनाउँदा उनी निकै दङ्ग परेका थिए।

यता, ग्रीनको उक्त प्रस्ताव श्रेष्ठ दम्पतीका लागि पनि साँच्चिकै ढुङ्गा खोज्दा देउता मिले जत्ति कै नै भयो।

"अहो! हामीले गर्न खोजेको यही हो," ग्रिनको प्रस्तावले उनीहरूको मनमा उत्साहको सञ्चार भएको कुरा सुनाउँदै श्रेष्ठले भने।

तँ चिता, म पुर्‌याँछु भने जस्तै-जस्तै नै भयो श्रेष्ठ दम्पतीको हकमा पनि।

साथीभाइ इष्टमित्र सबैले मन्दिर निर्माणमा सघाउन इच्छा मात्र जाहेर गरेनन् थप हौसला समेत दिए।

Brishti Ganesha Temple in Greater Bendigo is a Nepali style architecture
मन्दिर निर्माण नोभेम्बर २०२० देखि सुरू भएको थियो।
The Great Stupa of Bendigo Facebook and Umesh Lal Shrestha
तर, अगाडीको बाटो चुनौतीपूर्ण थियो।

उनी भन्छन् कि थुप्रै मापदण्ड, प्रकिया पुर्‍याएर काम गर्नुपर्ने भएकाले चुनौतीहरू धेरै थिए।

काउन्सिलबाट स्वीकृति पाउन उति साह्रो मिहिनेत गर्नु नपरे पनि भवन स्वीकृति वा बिल्डिङ पर्मिटको लागि अलिक बढी नै सङ्घर्ष गर्नुपरेको उमेशलाल श्रेष्ठको अनुभव छ।

"मलाई मात्र होइन, सबैलाई अलि गाह्रो नै हुने रहिछ, अनि बिल्डिङ पर्मिट लिइसकेपछि पनि समय लाग्यो" मन्दिर निर्माणको गति ढिलो भएको बारे उनले भने।

Ian Green OAM of Great Stupa of Universal Compassion with Umeshlal Shrestha
उमेशलाल श्रेष्ठ तथा इयन ग्रीन मन्दिर निर्माणको क्रममा।
Ian Green Facebook
सबै कुरा ठिक हुँदै गर्दा महामारीका कारण पनि मन्दिर निर्माण आयोजना केही पर धकेलियो।

मन्दिरका लागि ३०० किलो सामान पाटनवासीको सौजन्यमा प्राप्त भएको पनि श्रेष्ठको भनाई छ।

"गजुर, टुँडाल, मूर्ति सबै उतैबाट आएको हो र त्यसको लागत पनि सबै पाटनमा रहेका परिवार, साथीभाइ तथा समुदायका मानिसहरूले व्यहोरेर ठुलो सहयोग गरिदिनुभयो," उनले भने।

Brishti Ganesha Temple in Greater Bendigo is a Nepali style architecture
Ian Green Facebook

क्यान्सरको चुनौती

"धेरै नै गाह्रो भयो," कान्छी छोरी वृष्ट्रिलाई ब्रेन क्यान्सर भएको थाहा पाउँदाको क्षण सम्झँदै उमेशलाल श्रेष्ठ भन्छन्।

विद्यालय प्राङ्गणमा लडेर सुरु भएको वृष्ट्रिको अस्वस्थता मृत्युशय्यासम्म पुग्न जम्मा केही महिनाको मात्र समय लाग्यो।

बेन्डिगो स्थित स्थानीय अस्पतालमा उपचार सुरु हुँदै गर्दा उनलाई मेलबर्नमा रहेको रोयल चिल्ड्रेन हस्पिटल लैजान भनियो।

"रातारात एम्बुलेन्समा राखेर यहाँ (मेलबर्न) ल्याइयो," श्रेष्ठले भने। 

The Royal Childrens Hospital in Melbourne, Tuesday, 28 July, 2020.
AAP
मेलबर्नको अस्पतालले वृष्ट्रिलाई विरलै हुने ब्रेन क्यान्सर भएको र त्यसको उपचार सम्भव नभएको समाचार सुनायो।

चिकित्सकीय रूपमा डिफ्युज इन्सट्रिन्सिक पोन्टाइन ग्लिओमा भनिने उक्त क्यान्सर - बाल्यावस्थामा हुने खतरनाक रोग मध्येको प्रमुख रहेको चिल्ड्रेन्स क्यान्सर काउन्सिलको भनाई छ।

मस्तिष्कको अति नै संवेदनशील स्थान उत्पन्न हुने उक्त ट्युमर हटाउन शल्यक्रिया प्राय सम्भव नहुने बताइएको छ।

उमेशलाल श्रेष्ठ भन्छन् कि अस्पतालले उनीहरूलाई अस्ट्रेलियामा जम्मा-जम्मी १३-१४ बालबालिकामा मात्र यस्तो प्रकारको रोग लाग्ने बतायो।

"देर इज नो ट्रिटमेन्ट भन्ने भएपछि त हामी छानाबाट खसे जस्तै भयौँ," उनले आफ्नो अनुभव सुनाए।

तैपनि, सास रहुन्जेल आस भने झैँ आफूहरू चारै जना लगभग पाँच महिला अस्पतालमै बसेको बताउँछन् उनी।

छोरीले छाडेर गएपछि उनीहरू सपरिवार नै मेलबर्न सरे। 

मन्दिर बनेको शान्ति पार्क

बेन्डिगो नजिकै रहेको शान्ति पार्कमा रहेको भूमि इयन ग्रीनको बुबाले दान गरेका हुन्।

ग्रीन भन्छन् कि सन् १९८० को दशक ताका आफूहरू मेलबर्नमा बस्दा बौद्ध धर्ममा आधारित रहेर एक पर्यटकीय स्थल निर्माण गर्ने लालसा जाग्यो।

यसबारे घरमा कुरा हुँदा ग्रीनका बुबाले आफ्नो जग्गाको केही अंस लिएर काम सुरु गर्न भने।

सुरुमा ५० एकड जमिनमा सीमित उक्त पार्क, विगत ४ दशकको दौरानमा ४ गुणा ठुलो भइसकेको छ र हाल बहु धार्मिक आस्थाको केन्द्रका रूपमा आफ्नो पहिचान बनाउन लागि परेको छ।

यसै योजना अन्तर्गत रहेर हिन्दु आस्थाको प्रतिकका रूपमा वृष्टि गणेश मन्दिरको पनि निर्माण भएको हो।

Leaders of multiple faiths were present at the Brishti Ganesha Hindu Temple in Bendigo
मन्दिर उद्घाटनका बेला पनि दि ग्रेट स्तुपा अफ युनिभर्सल कम्प्यासनको बहु आस्थाको केन्द्र सम्बन्धी अवधारणालाई आत्मसात् गर्दै विभिन्न धर्मका प्रतिनिधीहरूले एकसाथ आशीर्वचन तथा शुभ-कामना व्यक्त गरेका थिए।
Ian Green Facebook

विशुद्ध दानमा आधारित रहेर निर्मित उक्त मन्दिरका लागि आवश्यक रकम वृष्ट्रिलाई अमेरिका स्थित डिज्नील्यान्ड घुमाउन उठेको चन्दा प्रमुख रूपमा प्रयोग भएको उमेशलाल श्रेष्ठ बताउँछन्।

"म काम गर्ने संस्था, रोटरी क्लब र साथीभाइहरूले वृष्ट्रिलाई घुमाउन लान रकम सङ्कलन गरिदिनुभएको थियो तर उनको स्थिति निकै नाजुक भइसकेकाले हामीले उनलाई लान सकेनौँ।"

यसका अतिरिक्त मन्दिर निर्माणमा स्वयंसेवकहरू लगायत श्रमदान गर्ने स्थानीयहरू लगायत अन्य नेपालीहरूको योगदान अविस्मरणीय रहेको पनि उनले बताए।

"चौध जना भोलेन्टियर ४० दिनसम्म बिहान आठ बजेदेखि साँझ ४ बजेसम्म सबै जना आएर काम गरिदिनुभयो। लगन मेरो हो, योजना सुरु गर्ने म भएँ तर कार्य सम्पन्न गर्नेमा सबै सहयोगीहरू हुनुहुन्छ।"

हाल मन्दिरमा स्थापित गणेश भगवान्को सनातन वैदिक विधि अनुसार प्राण प्रतिष्ठाको कार्य सम्पन्न भइसकेको हुनाले स्वयंसेवकहरू मार्फत प्रत्येक दिन नै पूजा आराधना हुने गरेको पनि श्रेष्ठको भनाई छ।

ती मध्ये तीन जना भारतीय पृष्ठभूमिका छन् भने, थप तीन जना नेपाली र एक थाई महिलाले मन्दिरको नित्यपुजामा सघाइराखेको पनि उनले बताए।

साथै, मन्दिरको रेखदेख गर्न आफू स्वयम् पनि प्रत्येक शनिवार मेलबर्नबाट करिब दुई घन्टाको दुरीमा रहेको मायर्स फ्लाट पुग्ने उमेशलाल श्रेष्ठको भनाई छ।

Brishti Ganesha Temple in Greater Bendigo is a Nepali style architecture
श्रेष्ठ भारतीय पृष्ठभूमिका पण्डितहरूसँग।
Bendigo Interfaith Council

 श्रेष्ठसँग हामीले गरेको कुराकानी सुन्न तलको लिङ्कमा जानुहोस्