SKIP TO MAIN CONTENT

"Sade 7 is not a political film": Director Samten Bhutia

After the success of his last film Tandro, director Samten Bhutia is back with "Sade 7". However, this film is not about politics says Bhutia speaking to SBS Nepali.

Samten Bhutia
Film director Samten Bhutia Source: Facebook

3 min read

Published

Updated

By Smriti Dhungana



Skip to article content

१.फिल्म निर्देशनको करियर कसरी सुरु गर्नुभएको थियो ?

भारतको नेशनल फिल्म डेभ्लोप्मेन्ट कर्पोरेसनले सिकिममा फिल्म निर्माणसम्बन्धी प्रशिक्षणको आयोजना गरेको थियो । त्यसबेला मलाई भने अभियनमा रुचि थियो । त्यस प्रशिक्षणको दौरान फिल्मको कथाहरुलाई सृजनात्मक शैलीमा प्रस्तुत गर्न सिकाइएको थियो । प्रशिक्षणपछि मैले सृजनात्मक कथाहरु लेख्नतर्फ केन्द्रित भएं । आफैले लेखेका कथाहरु कसरी फिल्मआवद्ध मानिससम्म पुर्याउने भन्ने थाहा थिएन् । मैले लेखेका कथाहरुले प्ल्याटफर्म नपाउँदा आफैले सर्ट फिल्म खिच्ने र सम्पादन गर्न लागें । सन् २००९ मा भने 'लेटर’ निर्देशनबाट फिल्म निर्माणमा हात हालेको थिए ।

२. 'लेटर’ फिल्मको अवसर कसरी पाउनु भएको थियो ?

मैले अध्ययन गरेर लेखेका सात वटा कथाहरु तयार थिए । कथा बुझ्ने फिल्म निर्माण टोलीको खोजीमा जुटेको थिए । त्यसताका साइबर क्याफेमा म सधैंजसो जाने गर्थें । एकदिन त्यहाँका साहूले स्टूडियोमा लगेका थिए । बिस्तारै स्टूडियोमा आउने फिल्म आवद्ध मानिसहरुसँग चिनजान हुन थालेको थियो । त्यहीमा सम्पादक कविर शाक्यले 'लेटर’ फिल्म निर्माण गर्नको लागि फिल्मका निर्माता भेटाएपछि काम गर्ने सहमति भएको थियो ।

३.विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा पुगेको तपाईद्धारा निर्देशित 'तान्द्रो’ कस्तो खालको फिल्म हो ?

 'तान्द्रो’ नेपालमा भएको १० वर्षे जनयुद्धको घटनामा आधारित फिल्म हो । मैले 'स्मृतिका डोब’ नामक पुस्तक पढेको थिए । त्यसबाट फिल्म बनाउन प्रोत्साहन गरेको थियो । २०६० साल चैतमा तत्कालिन माओवादी युद्धकालका बेला लमजुङको छैलुङ गाउँमा तत्कालिन माआवादीको साँस्कृतिक टोलीलाई सुरक्षा फौजले आक्रमण गरेको थियो । 

उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिश, सुरक्षा फौजको गोली घुँडा लागेपछि थलिएको घटना फिल्ममा समावेश भएको थियो।

४.तपाईले निर्माण गर्ने अधिकांश फिल्महरु कमर्सियल भन्दा आर्ट विधाका हुन्छन् । कहिलेकाँही फिल्मका निर्माताहरु पाउन अफ्ठ्यारो हुन्न ?

आर्ट विधामा फिल्म निर्देशन गर्दा निर्माताको अभाव हुने गरेपनि मेरो अनुभव फरक छ । निर्माताहरु मलाई खोज्दै फिल्म निर्माण गरौं भनेर आइरहेका छन् । अहिले मैले निर्देशन गर्ने दुई वटा फिल्म पाइपलाइनमा रहेको छ । दुवै फिल्मका निर्माताहरु फिल्म बनाउन इच्छुक भएर मसम्म आइपुग्नुभएको हो ।

५.तपाईले निर्देशन गर्नुभएको साढे ७’ कस्तो खालको फिल्म हो ?

भारतले नेपालमाथि गरेको नाकाबन्दीको परिवेशमा फिल्म तयार भएको छ । त्यो भन्दैमा यसलाई राजनैतिक फिल्म भने भन्न मिल्दैन् । फोटो पत्रकारले नाकाबन्दीको अवधीमा ३ तीनभित्र भोगेको कथा यस फिल्ममा समावेश भएको छ ।

६. तपाईलाई निर्देशन गर्न मनलागेको कथा कुनै छन् ?

अहिले मैले लेखेका चार वटा कथामाथि फिल्म बनाउने मन छ । तत्काल जापानको परिवेशमा लेखेएको कथामाथि फिल्म बनाउन रहर छ ।


Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now