‘More to be done in mental health‘: Bharat Nepal becomes second-ever Nepali OAM winner

Bharat Nepal

Bharat Nepal is a mental health advocate based in Sydney. Credit: Supplied/Bharat Nepal

Bharat Nepal has been awarded the Medal of the Order of Australia (OAM) in the General Division for his service to the Nepali community of New South Wales and to mental health. Nepal, who migrated to Australia in 1997, is the second-ever Nepali OAM winner. He is a mental health researcher, advocate and a Mental Health First Aid Instructor. He is also the founding president of the not-for-profit organisation Australian Nepal Public Link (ANPL). SBS Nepali spoke with Nepal, who says a lot more is needed in the mental health space in the Nepali as well as the wider South Asian community.


Subscribe to the SBS Nepali podcast here.

Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves. The information provided in this segment is of general nature. Please contact your doctor or related health personnel for advice suitable to your circumstances.

Readers seeking support with mental health can contact:

Lifeline: 13 11 14

Beyond Blue: 1300 22 4636

Suicide Call Back Service: 1300 659 467

For children between the age of 5 to 25 Kids Helpline: 1800 55 1800.

For translating and interpreting services, contact 13 14 50 or visit the SBS Mind Your Health portal for content in various languages.

Embrace Multicultural Mental Health supports people from culturally and linguistically diverse backgrounds.

...SBS audio is supported by advertising.

When it's hot, you head to the beach, but this year there's a toxic algal bloom.

There's been dead fish along the coastline. No wonder people are worried.

In a crisis like this, you need the government to keep people safe and

informed. This election, Labor looks like they'll win in a landslide. We need

someone to hold them to account. You can do better with the Greens. Vote one

Greens. Authorised by A. Wheaton, Australian Greens, South Australia, 291

-Angus Street, Adelaide. -तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ?

एसबीएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा सेयर गर्नुहोस्।

र श्रोताबृन्द, ब्रेकअघि भनेझैँ अब भने पालो भएको छ अस्ट्रेलिया डे ट्वेन्टी ट्वेन्टी

सिक्स अनर्स लिस्टको अँ प्रसङ्गलाई जोड्ने र यसपालि चाहिँ मेडल अफ द अर्डर अफ

अस्ट्रेलियाको जेनरल डिभिजनमा सम्मानित व्यक्तिहरूमध्ये न्यू साउथ वेल्सका भरत

नेपाल पनि परेका छन्, जसले न्यू साउथ वेल्सको नेपाली समुदाय, त्यस्तै गरी व्यापक

नेपाली समुदायमा मानसिक स्वास्थ्यको क्षेत्रमा समुदायमा पुर्‍याउँदै आएको

योगदानका लागि उनी सम्मानित भएका हुन् र हरेक वर्ष अस्ट्रेलिया डे अर्थात् जनवरी

ट्वेन्टी सिक्सको दिनमा यो सम्मानहरू दिइने गरिन्छ र अब भने भरत नेपालसँगको

कुराकानी कार्यक्रममा सुन्नतर्फ लागौं।

-एसबीएस नेपाली, एसबीएस साउथ एशियनमा। -सुरुमा त यहाँलाई बधाई छ, भरतजी! मेडल अफ द

अर्डर अफ अस्ट्रेलिया जेनरल डिभिजनमा सम्मानित हुनुभएको छ, नेपाली समुदायप्रति

पुर्याउनु भएको योगदानका लागि, होइन? अँ, कस्तो लागिरहेको छ यहाँलाई यो सम्मान पाएपछि

र यो पदकको अर्थ चाहिँ तपाईंको लागि के हो? त्यहीबाट सुरु गरौँ न।

अब नितान्त व्यक्तिगत

रूपमा खुसी हुनु त आफ्नो ठाउँमा छँदै छ, मानविय स्वभावकै रूपले हेरौ यसलाई। अब म

अझ खुसी हुने, अझ सन्तुष्ट हुने ठाउँ चाहिँ यो विषयमा हाम्रो समुदायमा

खुलेर छलफल गर्ने र समस्या हुँदाखेरि सहयोग लिने वातावरण बनाउन

यो विषयले

सहयोग पुग्यो भने त्यसमा चाहिँ हाम्रो नेपाली समुदायको

लागि मिनिङ फुल कन्ट्रिब्युसन जति हुन्थ्यो जस्तो लाग्छ मलाई। अहिलेसम्म पनि धेरै

मान्छेहरू थाहा नभएर एउटा, अर्को चाहिँ स्टिग्माको कारणले, कलङ्कको कारणले

सहयोग लिन नसकेको अवस्था, दुवै अवस्थामा धेरै मान्छेहरू सफर गरिराख्नुभाको छ, एउटा

बाटो। अर्को बाटो, अहिले पनि

अँ वर्षमा अठार, बिस जना

नेपालीहरू नेपाल जानुहुन्छ धामी झाँक्री लाउनलाई, है? त्यसले सहयोग पुग्छ भने सहयोग

लिने कुरालाई अन्यथा लिने कुरा भएन, है! कल्चरल डिफ्रेन्सेस, बिलीफ, प्र्याक्टिसका

कुराहरूलाई मान्ने नै कुरा भइहाल्यो। तर

त्यो ना... सेवा लिने नाममा औषधी उपचारै नगर्ने कुराको एउटा जुन चुनौती

खडा भएको छ, त्यो बाहिर मिडियामा लिट्रेचरमा आइसकेको छैन, धेरै कुराहरू। कतिपय

प्राइवेसी कन्फिडेन्सिअलिटीको कारणले पनि मैले डिस्क्लोज गर्न सक्दिन,

इन्डिभिजुअल कुराहरू। तर, पैटर्न र हाम्रो ओरियन्टेसन के भइरहेछ भन्ने कुरा चाहिँ

क्विट कन्सरनिङ, है! अब मैले के भनिरहेको छु भने ठीक छ, त्यो कुराले तपाईँलाई सहयोग

पुग्छ भन्ने लाग्छ भने जानुस्, त्यो सुविधा, त्यो सेवा लिनुस्, तर औषधीको उपचार गर्न

नछोड्दिनुहोस्, प्रोफेसनल ट्रिटमेन्टलाई कन्टिन्यु गर्दिनुहोस् भनेर भनिरहेको

हुन्छु। त्यसकारणले, अब यो किन भइरहेछ भन्ने लाग्छ मलाई भने, हामी खुलेर मानसिक

स्वास्थ्यसम्बन्धी कुराहरू गर्न सकिराखेको छैनौँ। हाम्रो सामाजिक र सांस्कृतिक बनावट र

संरचनाको कारणले, हाम्रो हुर्काएको कारणले त्यो भाको होला। त्यसकारणले त्यो कुरामा

परिवर्तन ल्याउन सकियो भने

एकजना भए पनि बढी मान्छेले समयमै उपचार लिने र आफ्नो सफरिङ

र पीडालाई चाहिँ कम गर्न सक्ने स्थिति बनाउन सकियो भने त्यो यो अवार्डको, यो

रिकग्निजनको मिनिङ आउटकम, पर्पसफुल आउटकम भनेको चाहिँ त्यो हुन्छ

-जस्तो लाग्छ मलाई। -उम्, हजुर, अनि अब मानसिक स्वास्थ्य अँ सँग

मानसिक स्वास्थ्यको क्षेत्रमा यहाँको काम, होइन, आफ्नो यात्रा चाहिँ कहिलेदेखि सुरु

भएको थियो, यसमा भनौँ न, तपाईंले अँ अब अस्ट्रेलिया बसाई पनि लामै छ यहाँको, होइन,

-त्यो अलिकति बताइदिनुहोस् न। -अलिकति ब्याकग्राउन्डमा जाँदाखेरि म पर्सनली

मेन्टल हेल्थमा इन्ट्रेस्टेड मान्छे होइन, मेरो आफ्नो फिल्ड चाहिँ पपुलेसन हेल्थ,

पब्लिक हेल्थ प्र्याक्टिस नै हो। तर, अब हिस्टोरिकल कुरा गर्यौँ भने हामी टु

थाउजेन्ड नाइन -टेनमा एउटा मेजर वान अफ द मेजर हस्पिटलमा तीन सय अन्ठाउन्न जना

नेपालीहरू मेन्टल हेल्थ इस्युजको कारणले हस्पिटलाइज थ्रु इमर्जेन्सी भाको थियो, त्यो

-पिरियडमा। -हजुर, यो टु थाउजेन्ड नाइनटीन भन्नुभयो कि

-नाइन टेन? -नाइन टेन।

-हजुर। -है, त्यो एक वर्षको पिरियडमा त्यत्रो धेरै

एड्मिसन थियो। इन्फ्लक्स पनि थियो नेपाली कम्युनिटीको त्यतिबेला। अनि त्यस पछाडि

मेन्टल हेल्थ इस्यु, सुसाइड हाइलाइट हुन थाल्यो। अनि

एकजना नेपाली बहिनीको सुसाइड एटेम्प्स भएर हस्पिटलाइज लामो समय हस्पिटलाइज हुनुभा थियो

र उहाँलाई सहयोग गर्ने क्रममा बिस्तारै मैले चाहिँ

मेन्टल हेल्थमा रुचि राख्न थालेँ। सानो कोर्सबाट आफ्नो अध्ययन सुरु गरेँ र

बेसिक

अवेयरनेस प्रोग्रामबाट दुई हजार एघारबाट

अन्डरस्ट्यान्डिङ मेन्टल इल्नेस भन्ने प्रोग्राम सुरु गरेर, त्यहाँबाट सुरु गरेको

हो। मसँग एक्सपर्टीज थिएन त्यतिबेला, लोकल हेल्थ डिस्ट्रिक्टको मेन्टल हेल्थ

प्रोफेसनलसँग मिलेर

त्यो प्रोग्रामहरू गरेँ। अनि टु थाउजेन्ड फिफ्टिन सिक्सटीनमा चाहिँ म आफै मेन्टल

हेल्थ फर्स्ट एडको इन्स्ट्रक्टर भएर...... टु थाउजेन्ड एण्ड सिक्सटिनदेखि मेन्टल हेल्थ

फर्स्ट एड ट्रेनिङ नेपाली कम्युनिटीको लागि सुरु गरेको हो मैले।

हजुर, भनेपछि मेन्टल हेल्थको क्षेत्रमा एउटा हुन्छ नि, अँ, रुचि देखाउँदै काम सुरु

गर्नुभएको लगभग तेह्र चौध वर्ष हैन पन्ध्र वर्ष जति र मेन्टल हेल्थ फर्स्ट एड

इन्स्ट्रक्टरको रूपमा काम गर्नुभएको दस वर्ष जति भएछ, हैन? अँ, भनेपछि यहाँले सुरु

गर्दा र अहिलेसम्म आउँदाखेरि भनौँ न एक हिसाबले अब समुदायको जनसङ्ख्या पनि बढिसकेको

छ, हैन? र त्यसका साथसाथै अब अष्ट्रेलियामा, अँ, अष्ट्रेलिया मात्रै नभएर

सबै ठाउँमा अब सोसल मिडिया टेक्नोलोजी पनि धेरै परिवर्तन भएको हिसाबमा मेन्टल हेल्थको

टपिकहरू, अँ, कुरा गरिन्छ पनि, तर एट द सेम टाइम अब यहाँले भन्- भन्नु भएको जस्तै अब

ट्याबुको रूपमा पनि पाइएका छन्, हैन? अँ, त्यो बेलादेखि अहिलेसम्म चैँ कस्तो

पाउनुभएको छ, त्यो, अँ, भिन्नता अझै

त्यस्तै नै छ कि केही परिवर्तनहरू छन् कि कस्तो छ?

दुई तिनटा लेयरबाट हेर्नुपर्छ होला यो कुरालाई। त्यति बेला टु थाउजेन्ड एण्ड

इलेभेनमा मलाई हाम्रो कम्युनिटी लिडरहरूले नै मेन्टल हेल्थ इश्युज नेपाली कम्युनिटीमा

छैन, यो जरुरी छैन। मलाई अगाडि नै आएर भन्नुहुन्थ्यो भने अहिले आएर त्यस्तो त मलाई

कसैले भन्नु भा छैन। तर पनि समस्या जहाँको तहाँ किन छ भने

टोटल नम्बर अफ नेपाली इन अष्ट्रेलिया त बढेछ, है, नेपाली समुदाय बढिरहेको छ। त्यसो

गर्दाखेरि तथ्यांकको आधारमा लगभग बीस प्रतिशत एडल्टहरूमा गिभन वान इयरमा मेन्टल

हेल्थ प्रब्लम हुन्छ भनेर डाटा छ। अष्ट्रेलियाको नेपालको प्रिटी मच सिमिलर छ।

अष्ट्रेलियामा वान इन फाइभ भनेको ट्वान्टी पर्सेन्ट, नेपालको एडल्ट पपुलेसन हेऱ्यो भने

ट्वान्टी टु पर्सेन्ट

प्रेभलेन्स देखिन्छ।

त्यो भएर

जम्मा टोटल नम्बरमा त अहिले बढेछ। अब पर्सेन्टेज वाइज नट सो मच, है!

अब अहिले आएर मान्छेहरूलाई एंजाइटी भनेको शब्द त सुनेको छ, डिप्रेसन शब्द सुनेको छ तर

त्यो त्यसको साँचो सफरिङ के हो त? त्यसको साइन एण्ड सिम्टम के हो? कसरी रेकगनाइज

गर्ने, कसरी सपोर्ट गर्ने, के भन्न हुन्छ र के भन्न हुँदैन भन्ने कुरामा चैँ फेरि सुधार

आको छैन। यङ जेनरेसनहरू

हेल्प सिकिङको लागि ओपन त

ओपन छु त भन्नुहुन्छ, है, सर्भिस युटिलाइजेसनमा खासै सुधार भएको देखिँदैन।

त्यसकारणले हामी

एउटा कुरै गर्न हुँदैन भन्ने ठाउँबाट कुरा गर्न हुन्छ सम्मन् चैँ आइपुगेछौं। तर त्यसको

लागि उपचार, प्र- प्रोफेसनल हेल्प लिने ठाउँमा चैँ हामी कन्भर्ट गर्न सक्ने ठाउँमा

-अझै पुगेको छैनौं। -उहु! अनि अब यत्रो लामो समय आफूले यो

क्षेत्रमा काम गर्दाका तपाईंका केही अनुभवहरू सुनाउनु हुन्छ, सक्नुहुन्छ?

जस्तै कि, अँ, तपाईंले आफूले गर्नुभएको कामले वा कुनै ट्रेनिङले हैन कसैको जीवनमा

परिवर्तन पुर्‍याएको वा कसैले, अँ, यसले गर्दा चैँ मेरो दृष्टिकोण परिवर्तन भयो वा

हुन्छ नि, अब सुसाइड प्रिवेनसनमा पनि काम गर्नुहुन्छ, त्यस्तो केही सुनाउन

-सक्नुहुन्छ? -अब अहिलेसम्मको रिसर्चमा अष्ट्रेलियाको

नेपाली कम्युनिटीभित्र भेटिएको डाटाले चैँ चौध जना, अँ, मान्छेहरू चैँ आत्महत्या

प्रयासबाट रोकिनुभको छ। त्यो चैँ मेन्टल हेल्थ फर्स्ट एड र सुसाइड प्रिवेनसन

ट्रेनिङको अँ,

एज अ रिजल्ट अफ डट ट्रेनिङ आई, आई एम एबल टु सेभ माइसेल्फ भनेर रिपोर्ट गर्ने संख्या

चैँ अहिलेसम्म चौध जना पुगको जानकारी हामीलाई छ, हैन?

यो चै तपाईंहरूले गर्नुभएको ट्रेनिङबाट हैन त?

हजुर, हजुर, अनि अब त्यो चैँ उहाँहरूले एट्रिब्युट गर्नुभएको हो। अब त्यो कुन, कुन

लेभलको सपोर्ट कसरी त्यो मेकानिज्मले काम गर्यो भन्ने कुरा चैँ हामीलाई थाहा छैन।

त्यो लेभलको हामीले रिसर्च गरेका छैनौं। तर उहाँहरूले अँ, यो लेभलको जान- जानकारी चैँ

दिनुभएको छ। अब त्यसमा

सन्तुष्टि त स्वाभाविक रूपले हुने भइहाले, खुसी लाग्ने नै भयो। अझ धेरै गर्न सकिन्थ्यो

होला, सायद त्यो रिच बढाउन सकेको छैनौं। मैले पनि भोलिन्टियरले गर्ने हो, अब जागिर

खानै पर्यो, परिवार पाल्नै पर्यो, हैन? बाँकी बसेको समयमा कति सकिन्छ त्यति गर्ने

हो। त्यसमा चैँ एज अ कम्युनिटी हामीले कोलाबोरेट गर्न सक्यौं भने अझ धेरै गर्न

सकिन्थ्यो। कतिपय अवस्थामा ट्रेनिङ अर्गनाइज गर्यो, मिनिमम रिक्वायर्ड पार्टिसिपेन्ट

नभएर ट्रेनिङ क्यान्सल गर्नुपर्ने स्थिति छ। त्यो हिसाबले हेर्दाखेरि अलिकति खल्लो त

-लागि नै हाल्छ। -मिनिमम चैँ कति, कति जना हुन्छ?

मिनिमम छ जना, म्याक्सिमम बाइस जना हुन्छ, एउटा ट्रेनिङमा राख्न पाउने।

अनि छ जना नपुगेर कहिलेकाहीँ अप्ठ्यारो परेर लास्ट मिनेटमा क्यान्सल गर्नुपर्ने स्थिति

पनि बन्छ। त्यो हेर्दाखेरी चैँ हामी कहिले ओपन अप हुने होला? बाहिर पब्लिकली एभाइलेबल

कोर्स गर्न पर्यो भने चार सय पचास पान सय डलर तिर्नुपर्छ दुई दिनको मेन्टल हेल्थ

फर्स्ट एड ट्रेनिङको। हामीले नेपाली कम्युनिटी मेम्बरलाई फ्री अफ कस्ट

अझ

राम्रो लन्च खुवाउन नसके पनि मम भयो भने खुवाएर दुई दिनको ट्रेनिङ गर्छौं। त्यति

गर्दाखेरि पनि पार्टिसिपेसन चैँ एक्सट्रिमली लो

-देखिरहेको छ अहिले पछिल्लो चरणमा... -यो चैँ किन होला जस्तो लाग्छ तपाईंलाई? भनौँ

न, अब जनसङ्ख्या हेर्दाखेरि पछिल्लो सेन्ससका हिसाबले अब वान हन्ड्रेड थाउजेन्ड

भन्दा धेरै नेपालीहरू, अँ, थिए त्यति बेलाको टाइममा, हैन, अब टु थाउजेन्ड ट्वेन्टी

सिक्समा अर्को सेन्सस हुँदैछ। अब छ जना पनि पुर्‍याउन पुग्न गाह्रो भन्ने कारण चैँ किन

-होला जस्तो लाग्छ तपाईंलाई? -अब दुई तिनटा कुरा

फेरि पनि यसमा स्टिगमा जोडिएको छ। कतिपय मान्छेहरूले पहिला

मसँग कुरा गर्दाखेरि मैले कतिलाई इन्भाइट पनि गर्छु, उहाँलाई हेल्प हुन सक्छ भनेर

गर्दाखेरि "म, म मेन्टल हो र? मलाई पागल देखेर सम्बोधन गर्या, म पागल होइन",

भनेर चैँ जवाफ दिनुहुन्छ। हाम्रो बुझाइ त्यो छ कि। मेन्टल हेल्थ ट्रेनिङ पागलको लागि त

बनाको होइन। मेन्टल हेल्थ फर्स्ट एड ट्रेनिङ मानसिक रूपले सन्तुलन गुमाएको मान्छेले

त्यो ट्रेनिङ लिएर के पो फाइदा हुनी हो र फेरि? त्यो कुरा त बुझ्न सक्ने अवस्था छैन।

हाम्रो सोच

यो ट्रेनिङहरूमा मानसिक स्वास्थ्यको बारेमा, आत्महत्याको बारेमा छलफल गर्न हुँदैन भन्ने

सोचबाट गाइडेड छ। नेपाली मात्रै नभएर साउथ एशियन कम्युनिटीमै सुसाइड प्रिवेनसनको

अहिलेसम्मको एभिडेन्सले देखाको कुराहरूलाई उहाँहरू मान्न तयार हुनुहुन्न, है। सुसाइड

कुरा गर्यो भने यल्ले चैँ मान्छेलाई सुसाइड गर्न इन्करेज गर्छ भन्ने मान्यता व्याप्त छ

हाम्रो समाज...... कम्युनिटीमा साउथ एसियन कम्युनिटीमा, त्यसकारणले धेरै काम गर्न

बाँकी छ यो कुराहरूलाई परिवर्तन गर्नको लागि भन्ने कुरा

जिम्मेवारीबोध अनि कहिले काहीँ चैँ अलि अत्यास पनि लाग्दो रहेछ। कन्टिन्युअस यत्रो

समय गरिरहेको छ, चेन्ज, नोटिसेबल चेन्ज चाहिँ आको छैन

अनि त्यसको लागि के गर्न सकिन्छ होला भन्ने चुनौती त छँदै छ फेरि।

अम्, अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क एएनपीएलको पनि संस्थापक अध्यक्ष हुनुहुन्छ,

होइन? यो चाहिँ सुरु गर्ने योजना कसरी बनेको थियो?

यो चाहिँ दुई हजार एघारको स्ट्रगल, अघि जुन कुरा जोड्याथेँ, त्यतिबेला थुप्रै

च्यालेन्जेसहरू मैले फेस गरेँ। कि मैले गिब अप गर्नुपऱ्यो कि मैले आफ्नो बाटो

लिनुपऱ्यो। त्यो मात्रै चोइस बाँकी रह्यो मसँग।

अनि त्यस पछाडि इटस ओके, आई क्यान डु समथिङ, म अरूले केही गरेन भनेर चुप लागेर

बस्नुभन्दा मैले जति सक्छु त्यति गर्छु भनेर टु थाउजेन्ड टुवेल्भमा अस्ट्रेलिया नेपाल

पब्लिक लिङ्क भनेर सुरु गरेको हो। अँ, टु थाउजेन्ड फोरटिनमा मेलबर्नमा पनि भिक्टोरिया

पनि रजिस्टर गरेर

पेरालोली हामीले अँ

न्यु साउथ वेल्स र भिक्टोरियामा कन्टिन्युअसली काम गरिरहेका छौँ। अरू पनि

टोटल छ वटा स्टेटहरूमा अहिलेसम्म हामीले मेन्टल हेल्थ फर्स्ट एड सुसाइड प्रिवेन्सन

ट्रेनिङ रन गरिरहेका छौँ। वेस्टर्न अस्ट्रेलिया र नर्थन टेरिटरी चाहिँ पुग्न

सकेका छैनौँ। आशा गरौँ, यो वर्ष अथवा अर्को वर्ष त्यहाँ पुग्न सकिएला, त्यहाँ पनि एउटा

एउटा भए पनि प्रोग्राम गर्न सकियो भने

रिच बढाउन सकिन्थ्यो कि भन्ने एउटा... आशा छ भनौं न! अब यसको

पछाडि चैँ फेरि पनि च्यालेन्जेस, डिफिकल्टीस, हाम्रो नीडलाई मेनस्ट्रीम

कम्युनिटीले बुझ्न नसकेको, सर्भिस प्राइभेटहरूले बुझ्न नसकेको अवस्थामा केही

गर्नुपर्छ भनेर सुरु गरिएको स्थिति थियो भनौं न!

अनि सबै ट्रेनिङहरू चाहिँ एएनपीएलसँगको सहकार्यमा हुन्छ कि त्योभन्दा भिन्न पनि

-हुन्छ कि कस्तो हुन्छ? -अब नेपाली कम्युनिटीको लागि चाहिँ हामीले

एएनपीएल र जुन अर्गनाइजेसन मिलेर गर्ने हो, हामी मिलेर गर्छौँ, होइन। अब

मैले गर्ने एक्टिविटीहरू सबै एएनपीएलमार्फतै हुने हो। इन्डिभिजुअली मैले भन्दा पनि त्यो

अर्गनाइजेसनमा म इन्भल्भ छु। मैले सुरु पनि गरेको त्यो अर्गनाइजेसन हो

र यहाँ चाहिँ फन्डिङहरू अप्लाइ गर्नको लागि अनि काम गर्न सजिलो होस् भनेर हामीले

नट फोर प्रफिट कम्युनिटी अर्गनाइजेसन बनाएर काम गरिरहेका छौँ। अरू कम्युनिटी

अर्गनाइजेसनसँग कोलाबोरेट पनि गरेका छौँ तर जति

सिस्टेमेटिक कोलाबोरेसन हुनुपर्थ्यो त्यति हुन सकेका छैनौँ। ठुल्ठुला अर्गनाइजेसनहरू,

धेरै अर्गनाइजेसन, अब ओभर टु हन्ड्रेड नेपाली कम्युनिटी अर्गनाइजेसन छ

अस्ट्रेलियामा, तर हामीले पान सातवटा अर्गनाइजेसन बाहेक अरूसँग कोलाबोरेट गर्न

सकेका छैनौँ। धेरै ठाउँमा अप्रोच गर्दाखेरि पनि इन्ट्रेस्ट, यो गर्न सकिँदैन, गाह्रो छ,

दुई दिन कहाँ

टाइम दिन सकिन्छ

भन्ने एटीट्युड एकातिर छ

अनि अर्कोतिर सफरिङ देख्दाखेरि यो तुरुन्तै गरिहाल्न पऱ्यो, अहिलेसम्म किन नगरेँ भन्ने

पनि अर्को माइन्डसेट छ। उही हाम्रो नेपाली उखान छ नि, भोको पेट भको मान्छेले डाँडा

पारी खाउँ भन्छ अरे, अगाको मान्छेले डाँडा पारी खाउँ भन्छ अरे

भनेजस्तै छ। जसले सफर गरेका छन् उहाँहरू अहिलेसम्म किन नगरेँ भन्नुहुन्छ? अर्गनाइज

गर्दाखेरि यो हामीलाई, म पागल छु र म बोला छु र मलाई यो कुरा सोधेको भन्नुहुन्छ। हामी

-यस्तै चपेटमा छौँ। -उम्, हजुर, अनि अब आफ्नो परिवार, आफ्नो फुल

टाइम काम छँदै, छँदा पनि होइन, अब भोलिन्टियर रूपमा सिडनीमा बस्नुहुन्छ तर

न्यु साउथ वेल्स बाहिर पनि अन्य ठाउँहरूमा पनि ट्रेनिङ गरिरहनु भएको हुन्छ टाइम

टाइममा। त्यो समय चाहिँ कसरी मिलाउनु हुन्छ? समय भनौं, अब खर्चहरू हुन्छ, होइन, त्यो

-पनि अलिकति बताइदिनुहोस् न। -समय त मैले मेरो एनुअल लिभ खर्च गरेर ट्राभल

गर्ने हो, है! [हँस्ने आवाज] अब अस्ट्रेलियामा मन्डे टु फ्राइडे काम गर्ने

मान्छेको वर्षभरिमा बीस दिन त हुन्छ, एनुअल लिभ...

हजुर, फुल टाइम फुल टाइम जब चाहिँ के-के गर्नुहुन्छ त्यो, त्यो...

म मानसिक स्वास्थ्यमै अनुसन्धान अँ... र

एडवोकेसी गर्ने, सपोर्ट गर्ने, थेरापीहरू प्रोभाइड गर्ने गर्छु।

त्यो चाहिँ मेरो पेशागत जिम्मेवारीको कुरा भो, त्यो मेरो रोजगारीको कुरा भयो। नेपाली

कम्युनिटीको कुरा गर्दाखेरि त ट्राभल गर्दाखेरि मेरो रिक्वेस्ट आउट अफ पकेट खर्च

नगराइदिनुस् भन्ने रिक्वेस्ट हो। अलिअलि त खर्च भइहाल्छ, अब त्यो माइनर कुरा भो,

त्यसमा म आफू खुसी पनि छु, मैले त्यति चैँ टोलेरेट गर्न सक्छु, कोप गर्न सक्छु भनेर

गर्ने कुराहरू हो। मोस्टली मेरो आउट अफ पकेट एक्सपेंस भाको हुँदैन तर समय, मेरो

परिवार, भर्खरको सानो छोरीहरू छोडेर हिँड्दाखेरि

अब च्यालेन्जेसहरू त छ नै, तर पनि अब कम्युनिटीको लागि यो नीडड छ। कसैले पनि यो

बारेमा कुरा गर्न सक्दैन, कुरा गर्न चाहँदैन अनि सफरिङ धेरै नजिकबाट देखेको छु मैले।

त्यो कारणले गर्दाखेरि आई डु गेट एनर्जी एण्ड मोटिवेशन टु डु मोर,

सिम्पली बिकज आई हभ सीन हाउ लो पिपल क्यान बी वेन दे आर सफरिङ, होइन! सुसाइड एटेम्प

गरेर लाइफ एण्ड डेथको

कन्डिसनमा भाको मान्छेहरू हेरेर उनारलाई सपोर्ट गर्दाखेरि आखिर के रहेछ त भन्ने

कोइसन चाहिँ आउँछ के। अनि त्यो हिसाबले मैले गर्न सक्ने, अब सक्ने मेरो च्याउँदा

अन्ताभन्दा बाहिर त

गर्न सक्ने कुरा भएन। जति सक्छु त्यति चैँ आई विल डु मा बेस्ट। अब त्यसमा अझ धेरै गर्न

सकिन्थ्यो होला। अलिकति यो बारेमा ओपन अप हुने, हामी सबैले नलेज गेन गर्न, स्किल्स

गेन गर्न, विलिंगनेस राख्यौँ भने अझ धेरै गर्न सकिन्छ। अहिलेसम्म सात सय उनान्नब्बे

जना नेपालीहरूले मेन्टल हेल्थ फर्स्ट एड सुसाइड प्रिवेनसन ट्रेनिङ लिसक्नु भाको छ।

कतिपयले दश वर्ष अगाडि लिनुभएको छ, उहाँले बिर्सि पनि सक्नुभयो होला। त्यसको लागि

रिफ्रेसर ट्रेनिङ फेरि एटेन्ड गर्ने, नयाँ नयाँ मान्छे आइराख्नुभाको छ, उहाँहरूको लागि

रिच आउट गर्न सकियो भने राम्रो हुन्थ्यो।... मेरो लिमिटेसन भनेको अहिले आको

यङ जेनरेसनसँग रिच मेरो छैन। म मिडिया स्याबी मान्छे छैन। त्यले गर्दाखेरि पनि

हामीले एउटा ठूलो कोहोर्टसँग

डिसकनेक्टेड भइरहेका छौँ भन्ने पनि चिन्ता लाग्छ। अब त्यसको लागि सोलुसन के? मलाई थाहा

छैन। कसैलाई थाहा छ र सम्पर्कमा हुनुहुन्छ, यङ कोहोर्टसँग रिलेटेड हुनुहुन्छ भने प्लिज

रिच आउट, वी आर ह्याप्पी टु वर्क विथ वेभर इज ह्याप्पी टु सपोर्ट।

अम्, अर्को एउटा पनि सोध्न चाहें है, अनि अब यो सबै भन्दै गर्दा यहाँले आफ्नो मेन्टल

हेल्थको चै कसरी ख्याल राख्नुहुन्छ? किनकि चुनौतीपूर्ण नै हुन्छ होला, हैन, अब... अब

नजिकैबाट अरूको समस्याहरू देख्दाखेरि अब यही क्षेत्रमा दिनदिनै काम गर्दाखेरि त्यो चै

कसरी हेर्नुहुन्छ आफ्नो चै?

मैले महिनामा दुईटा प्रोफेसनल सुपरभिजन लिन्छु। एउटा साइकोलोजिस्टसँग, अर्को

साइकियाट्रिस्टसँग। यो अनगोइङ सपोर्ट सुपरभिजन भएन भने

सायद

मैले जति अहिले कोअप गरिरहेको छु, जति अहिले कन्ट्रिब्युसन गरिरहेको छु, त्यति गर्न

सक्ने अवस्था नहुन सक्छ। त्यसकारणले हेल्प सिकिङ फरक फरक तरिकाले हुन सक्छ। अनवेल भएर

हेल्प लिने एउटा पाटो हुन सक्छ, प्रोफेसनल

स्यानिटी मेन्टेन गर्न पनि अर्को एभिनिङ हुन सक्छ। त्यसकारणले हेल्प लिने कुरा

चाहिँ इम्पोर्टेन्ट हो। त्यसले हामीलाई सानो र कमजोर बनाउँदैन। यो कुरा चै

वाइडर कम्युनिटीमा पनि पु- पुर्याउन सक्यो भने फाइदा नै हुन्छ होला। त्यसकारणले म

आफ्नो अनगोइङ प्रोफेसनल सुपरभिजन लिराहेको हुन्छु। त्यसले नै मलाई यो फिल्डमा

कन्टिन्युअसली काम गर्न सक्ने बनाइराखेको छ।

अनि अब यो क्षेत्रमा भनौँ न, लाग्न चाहने र यदि कोही परिवर्तन ल्याउन खोज्नु भएको छ भने

चै यहाँले अब आफ्नो अनुभवबाट पनि अँ केही सल्लाह सुझाव केही बताउन चाहनुहुन्छ?

सबैजनालाई इन्करेज गर्न चाहन्छु। मैले गर्न सक्ने सपोर्ट गाइडेन्स जे गर्न सक्छु, आई एम

अलवेज ओपन टु इट। जस्तो अब कतिपय सोसियल वर्क

स्टडी गरिराख्नुभएको चै भाइ बहिनीहरूले भोलुन्टियर गर्नुहुन्छ, उहाँहरूलाई मेन्टल

हेल्थसँग रिलेटेड रिसर्च, नेपाली कम्युनिटीको रिसर्चको कुरा होस्, ट्रेनिङ

होस्, फलोअप होस्, जे गर्नु छ, वेलकम! किनभने हाम्रो कम्युनिटीको फ्युचर त उहाँहरू

हो। उहाँहरूलाई गाइड गरेर हँ ग्रुम गर्न सक्यो भने भोलि उहाँहरूले लिड गरेर

धेरै ठूलो एक्सपर्टीज जेनरेट गर्ने, नलेज एड गर्न सक्ने ठाउँ हुन्छ। म जहिले पनि ओपन

छु। त्यसको लागि

फिल फ्री टु रिच आउट। अँ, एउटा मेरो लिमिटेसन चै के भने मेरो फुल टाइम जब छ,

परिवार छ। त्यो सबैबाट जति मैले समय दिन सक्छु, आई विल बी मोर देन ह्याप्पी टु

सपोर्ट, वेभर इज इन्ट्रेस्टेड। धेरै नै काम गर्नुपर्ने छ नेपाली समुदाय अष्ट्रेलियामा,

मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम सम्बन्धमा। एकजनाले दुईजनाले गरेर हैन, धेरै

मान्छे चाहिन्छ, धेरै अर्गनाइजेसन मिलेर काम गर्नुपर्नेछ। आशा गरौँ, यो रेकग्निसनले

यो अवार्डले अलिकति मेन्टल हेल्थ सुसाइडको बारेमा फेरि पनि छलफल गर्ने, सहकार्य गर्ने

वातावरण बनाओस् र जो इन्ट्रेस्टेड हुनुहुन्छ रिच आउट टु मि, अँ, एनपीएल मार्फत रिच

आउट गर्दा सजिलो होला।

-ह्याप्पी टु सपोर्ट। -अनि अन्तिम प्रश्न, अब तत्कालका योजनाहरू चै

-के छन्, भरतजी? -अहिले तत्काल

हाम्रो योजना के छ भने यो मानसिक स्वास्थ्यको लागि एनपीएल र वेस्टर्न सिडनी

युनिभर्सिटीको हामीले एमओयू गरेको थियौँ। यो डिसेम्बर टु थाउजेन्ड एंड ट्वेन्टी फाइभमा

ठ्याक्कै पाँच वर्ष पुरा भयो त्यो एमओयूको

अब

यो फेब्रुअरी सेकेन हाफ अफ फेब्रुअरीमा हामी रिभ्यू मिटिङ गर्दैछौँ र फेरि अर्को

पाँच वर्षको कार्ययोजनासहित एमओयू लाई एक्सटेन्ड गर्दैछौँ, वेस्टर्न सिडनी

युनिभर्सिटीसँग र त्यसरी नै कोलेबोरेट गर्दै यो एकेडेमिक आउटपुट रिसर्चहरूलाई सिस्टममा

टाइज गर्दै जाने

एउटा लाइन अफ

वर्क, अर्को चै कन्टिन्यु गर्ने मेन्टल हेल्थ फर्स्ट एड सुसाइड प्रिवेनसन

ट्रेनिङलाई कन्टिन्यु गर्ने। यो नै दुईटा कार्ययोजना हो, अहिलेको लागि। अब

ड्रिमको कुरा गर्दाखेरि चै हँ नेपाल मेन्टल हेल्थ स्टडी सेन्टर अथवा रिसर्च सेन्टर

-बनाउने भन्ने एउटा सपना छ। -अष्ट्रेलियामा?

अष्ट्रेलियामा। अँ, एउटा फिडब्याक चै मलाई के आइराखेको छ,

युनिभर्सिटीको लिडरशिपबाट भने नेपाली कम्युनिटी इज टु स्मॉल फोर युनिभर्सिटी टु

कन्सिडर, यू मे ह्याभ टु कन्सिडर थिङ्किङ वाइडर भन्ने खालको कुरा आउँछ। हामी अहिले चै

साउथ एशियन मेन्टल हेल्थ रिसर्च सेन्टरको कन्सेप्टमा काम गरिरहेका छौँ, बिहाइंड द

सिन।

अँ, केही वर्ष लाग्न सक्छ यलाई मेट्रियललाइज गर्नलाई चै

-सपना देख्न चै छोड्या छैन। -तपाईंको समुदाय तपाईंको कुराकानी, एसबिएस

नेपाली।

र श्रोताबृन्द यो कुराकानी सुन्नुभयो, भरत नेपालसँगको। उनी यसपालिको अष्ट्रेलिया डे

ट्वेन्टी ट्वेन्टी सिक्स अनर्स लिस्टमा मेडल अफ द अस्ट.. अर्डर अफ अष्ट्रेलियाको जेनरल

डिभिजनमा सम्मानित भएका छन्। नेपाली समुदायमा विशेष गरी मानसिक स्वास्थ्यमा अँ

पुर्‍याए, मानसिक स्वास्थ्यको क्षेत्रमा पुर्‍याएका योगदानका लागि र यो कुराकानी

सुन्नुभयो एसबिएसको नेपालीको रेडियो कार्यक्रममा र पूरा कुराकानी भने केही समयमा

तपाईंले हाम्रो पोडकास्टमा सुन्न सक्नुहुन्छ। पोडकास्ट पनि आउँछ हाम्रो

वेबसाइटमा, ठेगाना हो एसबिएस डट कम डट एयू स्लैश नेपाली वा एसबिएस अडियो एपमा पनि गएर

सुन्न सक्नुहुन्छ। र यो सँगै श्रोताहरू, हामी तपाईंहरूलाई जानकारी गराउन चाहन्छौँ कि

यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति

एसबिएसको समर्थन वा विरोध छैन र त्यस्तै गरी मानसिक स्वास्थ्यको विषयमा भन्नु पर्दाखेरि

चै यदि तपाईं वा तपाईंले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्यसम्बन्धी सहायता

चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। लाइफ लाइन एक तीन एक एक चार,

बियन्ड ब्लु एक तीन शून्य शून्य दुई दुई चार छ तीन छ, सुसाइड कल ब्याक सर्भिस एक

तीन शून्य शून्य छ पाँच नौ चार छ सात र पाँच देखि पच्चीस वर्ष उमेर समूहका लागि

किड्ज हेल्पलाइन पनि रहेको छ, नम्बर हो एक आठ शून्य शून्य पाँच पाँच एक आठ शून्य

शून्य। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् शून्य शून्य शून्यमा फोन गर्नुहोस्

र दोभाषे सेवाका लागि भने एक तीन एक चार पाँच शून्यमा तपाईंले सम्पर्क गर्न

सक्नुहुन्छ। र श्रोताबृन्द, नेपालसँगको कुराकानीमा जुन सुन्यो मानसिक

स्वास्थ्यसम्बन्धी अँ के कस्तो छ त समुदायमा वर्तमान अवस्था भन्ने विषयमा। यसमा पनि

तपाईंले पनि यस क्षेत्रमा काम गर्दै हुनुहुन्छ कि वा यो विषयमा आफ्ना केही अनुभव

वा आफूले देखेका, भोगेका कुराहरू बताउन चाहनुहुन्छ भने अवश्य पनि कार्यक्रममा मेसेज

पठाउनुहोस्। तपाईंको मेसेज हामी श्रोताहरूसम्म पुर्‍याउने छौँ। नम्बर भन्न

गइरहेकी छु, नोट गर्नुहोस् है त!... शून्य चार तीन नौ सात नौ नौ सात छ सात नम्बर फेरि

पनि एकपटक शून्य चार तीन नौ सात नौ नौ सात छ सात जिरो फोर थ्री नाइन सेभन नाइन

नाइन सेभन सिक्स सेभन, जिरो फोर थ्री नाइन सेभन नाइन नाइन सेभन सिक्स सेभन वा यहाँले

हामीलाई सोसल मिडियामा पनि मेसेज गर्न सक्नुहुन्छ। हामी फेसबुक, एक्स र

इन्स्टाग्राममा एसबीएस नेपालीको नाममा रहेका छौं। र यो सँगै श्रोताबृन्द अब भने

कार्यक्रममा पालो भएको छ तेस्रो र अन्तिम ब्रेकको। त्यसपछि हामीले आज लिएर आएका छौं

तपाईंहरूकै लागि केही रमाइला गीत, संगीतहरू, अँ गीत पनि सुनाउँला। अहिलेको लागि भने

ब्रेकको

पालो।

...

मोमेन्टम एनर्जी इज वन हन्ड्रेड पर्सेन्ट ओन्ड बाइ हाइड्रो टास्मेनिया हु इन अ सिंगल

आवर मेक इनफ रिन्युएबल एनर्जी टु फिल फोर हन्ड्रेड थाउजन बाथ टब्स विथ फ्रेशली पोप्ड

पॉपकॉर्न, ओर स्पिन टु हन्ड्रेड मिलियन डिस्को बॉल्स अल एट वन्स ओर पावर एन आर्मी

अफ टेन मिलियन रोबोट भ्याक्यूम्स रेडी टु टेक ओवर द वर्ल्ड!

ओर जस्ट हेल्प कीप योर लेफ्ट ओवर्स कोल्ड, इदर ओर फोर अ पावर कम्पनी बैकड बाई समवन हु

कैन डू अल दट स्विच टु मोमेन्टम एनर्जी वन हन्ड्रेड पर्सेन्ट।

हॉट टेक्स, हार्ट एक्स एण्ड साउथ एशियन स्टोरीज दट हिट होम फोर ऑस्ट्रेलियन्स दिस

-इज एसपीएस स्पाइस। -एण्ड वाइल जेन्डर वायलेंस इज अलसो अ

यूनिवर्सल प्रॉब्लम, इट अफेक्ट साउथ एशियन कम्युनिटीज इन अ वेरी, वेरी पर्टिकुलर वे।

एण्ड इफ वी कैन नॉट टीज आउट द कल्चरली स्पेसिफिक वेज दट आर कॉज एण्ड इफेक्ट फोर

दिस टाइप ऑफ वायलेंस, देन देर इज लिटिल होप टु अंडरस्टैंड रेसिस्टेन्स्स ओर टु काउंटर

-इट। -क्युरियस टु हियर मोर? ट्यून इन टु एसपीएस

स्पाइस ऑन द एसपीएस वेबसाइट ओर वेरएभर यू गेट योर पोडकास्ट्स।

अनलाइन र सोसलमा थप सामग्रीहरू पाउनुहोस्, sbs.com.au/nepali मा जानुहोस्

वा फेसबुकमा एसबीएस नेपालीलाई फलो गर्नुहोस्।

लाइक, सेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ

दिनुहोस्।

दिज हॉट डेज, हैप्पीनेस इज बीइंग एबल टु वक

इन्टु अ कूल होम। विथ पैनासोनिक कम्फर्ट क्लाउड एप, स्विच ऑन योर एयर फ्रॉम एनीवेयर,

सेट द परफेक्ट टेम्परेचर एण्ड ओपन योर फ्रन्ट डोर टु फ्रेश कूल एयर। हैप्पीनेस इज

पैनासोनिक एयर कन्डिशनिंग, सर्च पैनासोनिक एयर।

END OF TRANSCRIPT

Share

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now