The Musahar community village built by Dhurmus Suntali foundation has been inaugurated by President Bidhya Devi Bhandari in Rautahat and International cricket council has issued 50 day ultimatium to CAN to conduct election. These are some of the news that made headlines in Nepal in the last 7 days.
राष्ट्रिय सभा निर्वाचनको मतदान सम्पन्न
गत साता २ नम्बरबाहेकका प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सम्पन्न गरियो । २ नम्बरबाट चुनिने आठै सदस्य निर्विरोध भइसकेकाले उक्त प्रदेशमा निर्वाचन नगरिएको निर्वाचन आयोगले जनाएको थियो ।
सातै प्रदेशबाट छानिने ५६ मध्ये २४ सिटमा उम्मेदवारी मनोनयनकै बेला निर्विरोध भएको थियो। बाँकी सिटका लागि ६ वटा प्रदेशमा मतदान सम्पन्न गरिएको थियो । निर्वाचन आयोगका अनुसार ३२ सिटमा ५२ प्रतिस्पर्धीहरुले प्रतिस्प्रर्धा गरेका थिए। निर्वाचनको लागि ६ वटा प्रदेशमा स्थानीय तहका १ हजार २ सय ३४ तथा प्रदेशसभाका ४ सय ४३ जना गरी १ हजार ६ सय ७७ मतदाता छन्।
...
राष्ट्रिय सभा निर्वाचनमा वाम गठबन्धन विजयी
राष्ट्रिय सभा निर्वाचनमा वाम गठवन्धनले बहुमत प्राप्त गरेको छ। गत बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेले २६, माओवादीले १३, कांग्रेसले १३, संघीय समाजवादी फोरम २ र राजपाले २ स्थानमा विजयी भएका थिए ।
...
दरबारमार्ग बलात्कार प्रकरणमा इन्स्पेक्टर ठकुरी निलम्बित
दरबारमार्गमा भएको सामूहिक बलात्कार घटनालाई मिलापत्र गराई गुपचुप राख्न मुख्य भूमिका निर्वाह गरेका प्रहरी निरीक्षक लक्ष्मण ठकुरीको निलम्बन सिफारिस गृह मन्त्रालयले सदर गरेको छ । मिलापत्र गराउन संलग्न भएको भन्दै मुद्दा शाखाका सई चन्द्र भण्डारीलाई भने यसअघि नै निलम्बन गरिसकिएको छ । बलात्कारको घटना सार्वजनिक भएलगत्तै प्रहरी परिसर काठमाडौंले निलम्बनका लागि महानगरीय प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो।
त्यस्तै नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले सामूहिक बलात्कारको घटना ढाकछोप गरेर टुंग्याउन खोजेको भन्दै आपत्ति जनाएकी छन् । महिला सुरक्षा दबाब समूहले माइतीघर मण्डलामा आयोजना गरेको विरोध प्रदर्शनमा बोल्दै उनले बलात्कारको घटनालाई सामान्य रुपमा लिएर दोषीलाई उन्मुक्ति दिन नहुने बताएको थिइन् ।
...
राष्ट्रपतिद्धारा धुर्मुस सुन्तलीको मुसहर बस्ती उद्धाटन
धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको रौतहट सन्तपुरस्थित मुसहर बस्तीको उद्धाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन्। कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिकास्थित सन्तपुरमा बाढी प्रभावित मुसहर र दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर सहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएको थियो ।
उक्त बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, भ्यु टावर गरी ५० संरचना निर्माण गरिएका थिए । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको थियो । बस्ती करिब पाँच करोडको लागतमा निर्माण सम्पन्न भएको थियो ।
...
आईसीसीले दियो नेपाललाई ५० दिनको अल्टिमेटम
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले निर्वाचन गर्न नेपाल क्रिकेट संघलाई ५० दिनको अल्टिमेटम दिएको छ । गत साता नेपाल आएको आईसीसी टोलीले विधान संशोधन गरेर विवाद समाधान गरेर निर्वाचन गर्न समय तोकेको थियो । आईसीसीको बोर्ड बैठकले नेपाललाई विधान संशोधन गर्न मार्चसम्मको समय दिएको छ ।
तत्काल निर्वाचित क्यानले साधारणसभा बोलाएर क्रिकेट संघको विधान संशोधन गर्नु पर्नेछ । साधारण सभामा राखेपका ७ जना र क्यानका १७ जना सहभागि हुने व्यवस्था खारेज गरिएको छ ।
आईसीसीले विधान संशोधन भएर मार्च अन्तिमसम्ममा जिल्ला, प्रान्त र केन्द्रको निर्वाचन भइसक्ने अपेक्षा गरेको छ । आईसीसीको साधारणसभामा नेपालको सदस्यताबारे निर्णय गर्नका लागि यो प्रक्रिया मार्च अन्त्यसम्ममा पुरा हुने आशा राखेको छ ।
...
राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी
मन्त्रिपरिषद बैठकले राष्ट्रकवि मावधप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी दिएर सम्मान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई मानार्थ सहायक रथी बनाउने निर्णय गरेको थियो ।
नेपाली सेनाको जङ्गी अड्डाको सिफारिसमा शुक्रबारको मन्त्री परिषद्ले यस्तो निर्णय गरेको थियो। प्रधानसेनापति राजेन्द्र क्षेत्री का अनुसार सेना दिवसका अवसरमा राष्ट्रकवि घिमिरेलाई सहायकरथीको दज्र्यानी प्रदान गरिनेछ। सरकारले राष्ट्रलाई विशिष्ट योगदान दिने गैर–सैनिक व्यक्तिलाई सेनाको मानार्थ पदवी दिने निर्णय गरेको थियो ।
यसअघि प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई उपरथी, भूपालमानसिंह कार्की र विश्वबन्धु थापालाई सहायक रथीको दज्र्यानी दिइएको थियो । त्यस्तै राष्ट्रिय गानमा संगीत दिएका संगीतकार स्वर्गीय अम्बर गुरुङले सेनाको मानार्थ महासेनानीको पदवी पाएका थिए।





