SKIP TO MAIN CONTENT

From sexual harassment to citizenship: Word Warriors tackling taboos head on!

Yukta Bajracharya
Word Warriors' co-founder Yukta Bajracharya. Source: Supplied

Members of the Nepal's spoken word poetry group Word Warriors aren't shy about speaking on any issues affecting themselves and the society they live in. From sexual harassment to women's rights to citizenship, no topic of off-limit for them. Yukta Bajracharya is one of the co-founders of the group and she spoke to SBS Nepali about how Word Warriors started.


Published

Updated

By Smriti Dhungana

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

Members of the Nepal's spoken word poetry group Word Warriors aren't shy about speaking on any issues affecting themselves and the society they live in. From sexual harassment to women's rights to citizenship, no topic of off-limit for them. Yukta Bajracharya is one of the co-founders of the group and she spoke to SBS Nepali about how Word Warriors started.


पछिल्लो समय नेपालमा हाउभाउसहित शब्दहरुको भावमार्फत कविता भन्ने भिन्न शैली स्थापित हुँदैछ । ‘स्पोकन वर्ड’ नामक यस कविता भन्ने शैलीले युट्युबदेखि विभिन्न स्टेजहरुमा चर्चा कमाइरहेको छ ।

सन् १९८४ मा अमेरिकी कवि मार्क स्मिथले सिकागोबाट सुरु गरेको यस अभियानमा नेपाली युवाहरु आकर्षित भएका छन् । क्युसी र वर्ड वारियर्सले संयुक्त रुपमा नेपालका विभिन्न स्थानमा पुगेर ‘स्पोकन वर्ड’ बारे प्रशिक्षण दिइरहेको छ ।

यसै सन्दर्भमा रहेर एसबिएस नेपालीले वर्ड वारियर्सकी युक्ता बज्रचार्यसँग गरेको कुराकानी :

१. स्लाम पोयट्रीको टेन्ड नेपालमा कसरी र कहिले सुरु भएको थियो ? हाल यसको स्थिति कस्तो रहेको छ ?

नेपालमा परम्परागत कविता वाचन गर्ने शैलीभन्दा केही भिन्न भएर स्टेजमा हाउभाउसहित शब्दहरुको भावलाईमार्फत कविता भन्ने कलाले चर्चा पाइरहेको छ ।

सन् २०१० मा ललितपुरमा रहेको क्विजोट्स कोभ (क्युसी) र अमेरिकन दूतावासले आयोजना गरेको स्लाम पोयट्री प्रतियोगितासँग यसको टेन्ड नेपालमा सुरु भएको हो ।

वर्ड वरियर्सको देशभर विभिन्न कार्यशालाहरुको आयोजना गरेर नौलो अनुभवलाई स्टेजमार्फत प्रस्तुत शैलीलाई स्थापित गर्न जुटेका छौं । लेखन र प्रस्तुतीको महत्वपूर्ण भूमिका रहने स्पोकन वर्ड हाल देशका विभिन्न क्षेत्रमा बिस्तार भएको छ ।

कवितामा रुचि राख्ने युवाहरुमाझ यो लोकप्रिय भइरहेको छ । 

२. पत्रकारिता गरिरहनुभएको तपाईचाँहि कसरी यसमा सहभागि हुनभएको थियो ?

कविता लेखनमा सानैदेखि रुचि थियो । सन् २०१० मा स्लाम पोयट्रीको कार्यशालामा सहभागि भएको थिए । कार्यशालामा यसबारे अझ बिस्तारमा बुझ्ने अवसर पाए । विगत ३ वर्षदेखि भने वर्ड वरियर्समार्फत विभिन्न गतिविधिहरुमा सहभागि भइरहेको छु । 

३. कविता लेखनमा खासै युवा पुस्ताले रुचि राखेको पाइँदैन् । यसमा युवाहरुको सहभागिता धेरै हुनुको कारणचाँहि के होला ?

यो कविता वाचनको नौलो शैली भएकाले युवाहरुलाई प्रोत्साहित गरेको हुनुपर्छ । फेरि यसको नीति नियम र प्रस्तुति दिने शैली दमदार छ ।

हाम्रो लागि साझा विषयमाथि कविता तयार पारेर हाउभाउसहित वाचन गर्ने शैली नयाँ हो । यो कविता भन्ने आधुनिक विधा भएकाले कविहरुले आफ्नो रचनालाई आफ्नै स्टाइलमा प्रस्तुत गर्न पाउँछन् ।

४. युवाहरुलाई केन्द्रित गरेर देश विभिन्न भागमा आयोजना हुने कार्यशालामा के – के गतिविधिहरु संञ्चालन गरिन्छन् ?

हामीले आयोजना गर्ने कार्यशालामा विषय छनोटलाई महत्व दिएका हुन्छौं । त्यसबाहेक स्टेजमार्फत प्रस्तुती दिन युवाहरुलाई आत्मविश्वास बढाउनको लागि सामान्य प्रशिक्षण दिने गरेका छौं ।

त्यसबाहेक रचनात्मक लेखन, सशक्त आवाज र दमदार शैलीमार्फत प्रस्तुती दिन प्रोत्साहित गर्ने गरेका छौं ।

५. यसका चुनौतीहरु के–के हुन् । यसमा करियर बनाउन चाहनेहरुलाई कस्ता सुझाव दिन चाहनुहुन्छ ?

राजनैतिक अस्थिरताले निम्याएको परिस्थितिले हाम्रो कामहरु प्रत्यक्ष रुपमा असर गर्ने गरेको छ । जसले गर्दा देशका विभिन्न भागमा संञ्चालन गरिरहेको कार्यशाला र प्रतियोगिताहरु कहिलेकाँही स्थगित गर्न बाध्य हुने गरेका छौं ।

त्यसबाहेक आर्थिक रुपमा यसमा लागेर बाँच्ने स्थिति आइसकेको छैन् । परिवारले चिन्ता लिनु र आर्थिक अभावले गर्दा निराश हुनुपर्ने वातावरण अझसम्म पनि रहेको छ ।

हामीले यसमा लागेका युवाहरुलाई बाँच्न सक्ने बनाउनको लागि विभिन्न गतिविधिलाई प्राथमिकता दिइरहेका छौं ।

६. आगामी योजनाहरु केही छन् ?

हरेक वर्ष कार्यशाला र प्रतियोगिताहरु आयोजना गर्ने योजना बनाएका छौं । त्यसबाहेक कविता मनपराउनेहरुलाई प्रोत्साहित गर्न युट्युव च्यानल र पुस्तकमार्फत कविताहरु सार्वजनिक गर्दैछौं ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now