Better known by his hip hop name Laure, Ashish Rana is fast becoming a household name in Nepal. After starting his acting career with the film Tandav, his songs including "Sabai ho Lahure" and "Yo Pokhara Mero" are increasingly gaining popularity among hip hop lovers in Nepal. He might be seen as a tough guy among his music fans, he is completely different at home says Rana. He spoke to SBS Nepali.
१.नेपालमा र्याप संस्कृतिलाई बिस्तार गर्न लागिपर्नु भएको तपाई, अहिले के गरिरहनु भएको छ ?
नयाँ एल्बम भर्खरै सार्वजनिक गरेको छु । त्यसको प्रमोसनमा सक्रिय भइरहेको थिए । एमटिभीको नेपाली रियालिटी शो ‘हिमालय रोडिइज्’ मा निर्णयकको रुपमा आवद्ध भएको छु । त्यसबाहेक कन्सर्टहरुमा सक्रिय छु ।
२.हिपपप र र्याप कल्चरको अवस्था नेपालमा कस्तो रहेको छ ?
नेपालमा हिपपप र र्याप म्युजिक आलुजस्तो भइसकेको छ । सबै खालका इभेन्टहरुमा हिपपप र र्याप म्युजिकहरुअनिवार्य रुपमा समेटिएका छन् । कर्पोरेट पाटीदेखि कन्सर्टमा सहभागि दर्शक श्रोता हिपपप र र्याप म्युजिकमा रमाउन थालेका छन् । युवा पुस्तामा अझ चर्चा पाइरहेको छ ।
३. हिपपप र र्याप म्युजिकमा युवा पुस्ताहरुमात्र रमाउनुको कारण के होला ?
यसमा सबै खालका व्यक्तिहरु रमाउने गरेका छन् । यस विधामा वास्तविकता समेटिएको हुन्छ । हिपपपले रियालिटी प्रस्तुत गर्ने भएकाले कहिलेकाँही छाडा शब्दहरुपनि प्रयोग भइरहेका हुन्छन् । कारण हामी जीवनमा यस्ता शब्द बोल्छौं र त गीतमा प्रस्तुत भएक हुन्छन् । यो एउटा नांगो संस्कृति भएकाले सबैमा यसलाई पचाउन सक्ने क्षमता नहुन सक्छ ।
४.नेपालमा हिपपप र र्याप भन्ना साथ गालीगलौजमात्र भनेर बुझाइएको छ । किन ?
हिपपप र र्याप संस्कृति गाली गर्नको लागि जन्मिएको हो । कन्टोभसीबाट जन्मिएको हुँदा सामाजिक विकृतिमाथि यो हावी भएको हो ।
५. केही समयअघि नेपाली फिल्म ‘ताण्डव’मा देखिनुभएको थियो । रहर पुरा गर्न फिल्म खेल्नु भएको हो ?
म एक कलाकार हुँ । अभिनय र गीत भनेको एउटै परिवारजस्तो हो । फिल्ममा अभिनय गर्दा आफन्त भेट्न गएकोजस्तो महशुस गरेको थिएं । अभिनय र गीतले एक अर्कोलाई सहयोग गरेर परिपक्क बन्न सहयोग गर्छ ।
६. र्याप म्युजिकमा करियर बनाउँदा परिवारको साथ कतिको पाइयो ?
नेपालमा र्याप म्युजिकको करियर सुरु गर्ने ताका म कालो भेडाजस्तो थिए । केही कुरापनि घरपरिवारलाई नभन्ने स्वभाव थियो । आमा बुबाले पत्रिका पढेर मेराबारेमा थाहा पाउनु भएको थियो । सुरुमा गाली गनुभएको थियो । मैले उहाँहरुलाई भरोसा दिलाएकी म र्याप म्युजिकमा लागेर परिवार पाल्न सक्छु भने । त्यसपछि साथ दिनु भएको थियो ।
७. करियर यसमा बनाउँदा आम्दानीचाहि कस्तो हुने रहेछ ?
यसमा स्मार्ट इन्भेस्टमेन्टको चाहिन्छ । कमाएको पैसा बनाउन नसक्दा पुराना कलाकारहरु बिमारी हुँदा चन्दा उठाउनु पर्ने अवस्था छ । कलाकारहरुले यस क्षेत्रलाई व्यापारको हिसाबमा सोच्नु जरुरी छ । कमाई पैसाको सदुपयोग गरेर कुनै व्यापारमा लगाउन सकिन्छ ।
८.र्याप गीत गाउने कलाकारहरुलाई नेपाली समाजले ट्यापे भन्ने गरेको छ । किन ?
सुरुमा यसमा लाग्नेहरु त्यस्तै भएर होला । सबैलाई ट्यापे भनेपनि मलाईचाँहि ग्याङस्टारजस्तो भन्थे ।
९. आशिष राना लाहुर नगइकन कसरी लाहुरे भए ? लाहुरे उपनाम राख्नुको केही कारण छ ?
मलाई लाहुर पठाउने आमा बुबाको इच्छा थियो । लाहुर जान नपाएको कथा र हामीले बाँच्नका लागि हरेक दिन गरेको युद्धलाई तुलना गरेर लाहुरे उपनाम राखेको हुँ । सबै जना लाहुरेजस्तो लाग्छ । बाँच्नका लागि विभिन्न संघर्ष गरिरहेका छौं । त्यसैले हामी त्यसको विरुद्ध लडी रहेको हुँदा लाहुरे राखेको हुँ।
१०.आगामी योजना ?
र्याप म्युजिकलाई निरन्तरता दिनेछु । हिपपप र र्याप म्युजिकमा लाग्न चाहने युवाहरुलाई प्रोत्साहन गर्न रेकर्ड लेभल खोलेको छु । यसले र्यापरहरुलाई सहयोग गर्नेछ। त्यसबाहेक ब्याट कम्पनीमार्फत कपडा व्यापारमा हात हाल्ने तयारी गरिरहेको छु ।
Watch video for Laure's song Superraga!





