SKIP TO MAIN CONTENT

'I want to explore outside of romance writing' - Subin Bhattarai

Nepali Author Subin Bhattarai
Nepali author Subin Bhattarai speaking to SBS Nepali. Source: Smriti Dhungana

Subin Bhattarai has made his name by writing popular romantic fictions. But now, he wants to move beyond his original identity and explore other than romance. Talking with Smriti Dhungana, he has revealed that his current writing is focused more on inspiring the readers.


Published

Updated

By Smriti Dhungana

Source: SBS



Skip to podcast episode content

Subin Bhattarai has made his name by writing popular romantic fictions. But now, he wants to move beyond his original identity and explore other than romance. Talking with Smriti Dhungana, he has revealed that his current writing is focused more on inspiring the readers.


लभस्टोरीभन्दा पनि प्रेरणात्मक पुस्तक लेखिरहेको छु ः लेखक सुबिन

लभस्टोरी विधामा सफल मानिएका लेखक सुबिन भट्टराई अहिले प्रेरणात्मक पुस्तक लेखिरहेका छन् । उनको ‘कथाकी पात्र’, ‘समर लभ’, ‘साया’ र ‘मनसुन’ लगायत कृतिहरु सार्वजनिक भइसकेका छन् । उनले आफ्नो नयाँ पुस्तक र लेखन यात्राबारे एबिएस नेपालीसँग गरेको कुराकानी ः

१.रोमान्टिक लेखकको रुपमा युवाहरुमाझ चर्चित तपाईले आफ्नो मूल्यांकन कसरी गर्नुभएको छ ?

मैले लेखेका पुस्तकहरु पढ्ने पाठकहरुले मलाई रोमान्टिक लेखकको रुपमा स्थापित गरिदिनु भएको हो । मैले आफ्नो मूल्यांकन गर्नुभन्दा पाठकले मेरो पुस्तक पढेर मूल्यांकन गरिदिने गर्नुहुन्छ । राम्रा पुस्तकहरु लेखेको हुँदा धेरै पाठकहरु पाएको छु । मलाई रोमान्टिक विधाभन्दा बाहिरको विधामा पनि लेख्ने इच्छा छ । भविष्यमा अन्य विधामा पुस्तकहरु लेखेपनि लभस्टोरीलाई निरन्तरता दिनेछु ।

२.तपाई आफैंचाँहि कस्ता खालका पुस्तकहरु पढ्ने गर्नुभएको छ ?

कुनैपनि पुस्तकले पाठकको मनलाई छुनुसक्नु पर्छ जस्तो लाग्छ । भावनात्मक पुस्तकले मनलाई छुने गर्छन् । म हाँस्नभन्दा रुनु मनपराउने हुने हुँदा भावनात्मक पुस्तक धेरै पढ्ने गर्छ ।

३.एमएसीको सिध्याउनु भएको सफल लेखकको रुपमा स्थापित हुनुहुन्छ । करियरको सुरुवात कसरी गर्नुभएको थियो ?

मास्टर सिध्याएर जागिरको लागि विभिन्न अफिसमा आवेदन दिंदा छनोट हुन सकिरहेको थिइन् । त्यसैबेला मैले लेखेका कथाहरुलाई सकंलन गरेर ‘कथाकी पात्र’ नामक पुस्तक निकालेको थिए । त्यो पुस्तकले राम्रो प्रतिक्रिया पाएपछि मैले लेखन यात्रालाई निरन्तरता दिइरहेको छु । अहिले पाँचौ पुस्तक सार्वजनिक गर्ने तयारीमा लागि परेको छु ।

४.तपाईको चर्चित पुस्तक ‘समर लभ’माथि नेपाली फिल्म बन्दैछ । फिल्ममा आफूले लेखेका कथा र पात्रहरुले कत्तिको न्याय पाउलान जस्तो लाग्छ ?

मैले फिल्मको पटकथा हेर्ने अवसर पाएको थिए । त्यसैले पुस्तकको कथाले न्याय पाउँछ भन्नेमा ढुक्क छु । फिल्म पुस्तकमा केन्द्रित भएर बनेको छ । पात्रहरु छनोटमा भने पुस्तक पढेका पाठकहरु खिन्न हुन सक्छन् । मैले सोचेर लेखेको पात्र र फिल्ममा देखिएका पात्रको तालमेल नमिलेको मैलेपनि महशुस गरेको छु । कल्पना गरेको कुरा वास्तविकतामा ठ्याक्कै मिल्छ भन्ने छैन् । फिल्म हेरुन्जेल पात्रहरुले कथालाई न्याय गर्छन् भन्नेमा आशावादी छु ।

५.तपाईले लेखेका पुस्तकहरु कलेज पढ्ने युवाहरुमाझ चर्चित हुने गर्छन् । अहिले त्यस्तो केही लेखिरहनु भएको छ कि ?

नयाँ पुस्तकको पाण्डुलिपि तयार भइसकेको छ । त्यसैले दसैंसम्ममा सार्वजनिक गर्ने तयारीमा लागेको छु । यसपटक लभस्टोरीमात्र नभएर प्रेरणात्मक फिक्सन लेखिरहेको छु ।

६.अहिलेको स्थितिमा लेखक भएर बाँच्न सकिन्छ कि सकिन्न् ? सफल लेखकको रुपमा स्थापित हुँदासम्म आर्थिक अभावबाट कत्तिको गुज्रिनुपर्यो ?

सुरुवाती दिनमा सबै पेशामा ग्राहो हुन्छ । पुस्तक बिक्री हुनथालेपनि राम्रै आम्दानी हुने गरेको छ । एमएसी सिध्याएर जागिर खोजिरहेको अवस्थामा आर्थिक अभावबाट गुज्रिएको थिए । अहिले पुस्तक बिक्रीबाट आएको रकमले बाँचिरहेको छु । 

७. ‘समर लभ’ र त्यसको सिक्वेल ‘साया’, तपाईको वास्तविक जीवनमा आधारित छन् भनिन्छ । यो कथाहरुको सृजना कसरी भयो ?

नेपाली समाजमा भेटिने कथालाई पुस्तकमा समावेश गरिरहेको हुन्छु । त्रिभुवन विश्वविद्यालय (टियु) पढ्दा साथीहरुको संगतले ‘समर लभ’ नामक पुस्तक सृजना गरेको थियो । आफ्ना अनुभव र केही सृजनशील सोचले नयाँ कथाहरु जन्मने गर्छन् ।

८. त्यस्तो कुनै कथा छन् कि जसमा लेख्ने इच्छा भएर पनि लेख्न पाउनु भएको छैन् ?

स्वभाविक रुपमा अरुले लेखेका कुनैपनि पुस्तक पढ्दा मैले किन लेख्न सकिन भनेर ईश्या लाग्छ ।

९. अधिकांश लेखकहरुले आफ्ना कथाहरुमार्फत पिडा पोख्ने गरेका छन् । तपाईको हकमा चाँहि केही फरक छ कि ?

मैलेपनि आफ्ना कथाहरुमार्फत पिडा पोख्ने गरेको छु । मेरो पुस्तकमा पात्रहरु फरक भएपनि उनीहरुमा प्रेमको भावहरु मेरो अनुभवले भर्ने गरेको हुन्छु ।

१०.तपाईले नेपाली साहित्यमा रुचि नराख्ने युवाहरुलाई पुस्तक किनेर पढ्न बाध्य बनाउनु भयो भनेर प्रतिक्रिया आउने गर्छन् । तपाईले चाहि नेपाली साहित्यको स्तर बृद्धिमा कत्तिको योगदान पुर्याउनु भयो जस्तो लाग्छ ?

त्यो मैलेभन्दा पनि पाठकले मूल्यांकन गर्ने कुरा हो । समग्रमा मेरो पुस्तक पढेर अरु साहित्यकारको पुस्तक पढ्ने धेरै पाठकहरु भेटेको छु । त्यसैले नेपाली साहित्यमा सिँडी थप्ने काम गरेंकीजस्तो लाग्छ ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now