Watch FIFA World Cup 2026™ LIVE, FREE and EXCLUSIVE

Investigation over rape allegation and Indian foreign minister's visit: Last 7 days in Nepal

Nepal Communist Party UML's KP Sharma Oli meets India's foreign minister Sushma Swaraj in Kathmandu on February 2018.

Nepal Communist Party UML's KP Sharma Oli meets India's foreign minister Sushma Swaraj in Kathmandu on February 2018. Source: RSS

Nepal police have started investigation after an alleged rape of a women by four men including the victim's boyfriend and Indian foreign minister Sushma Swaraj's visit to Nepal - some of the news headlines from the last 7 days in Nepal.


भारतीय विदेश मन्त्री स्वराज विना निमन्त्रणा काठमाडौंमा

विना निमन्त्रणा नेपाल भम्रणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छिन् ।

बिहीबार नेपाल आइपुगेकी स्वराजले आफु नितान्त राजनीतिक भ्रमणमा काठमाडौं आएको बताएकी थिइन् । नेपाल आएलगत्तै राजधानीको सोल्टी होटल उनले विभिन्न राजनैतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता समेत गरेकी थिइन्।

निर्वाचन पछि सरकार बन्ने तयारीमा रहेको अवस्थामा बाम गठबन्धनसँग छलफल गर्नकै लागि भनिएको उनको भ्रमण राजनीतिक छलफलमा केन्द्रित रहेको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओली,उपेन्द्र यादव र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतलाई भेटेकी थिइन् ।

===

कांग्रेसद्वारा ह्वीप जारी

नेपाली कांग्रेसले सात वटा प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको चुनावमा सहभागी हुन सोमबारसम्म आ–आफ्नो मतदानस्थल पुगिसक्न पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गरेको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ मा सातै प्रदेशमा हुँदैछ ।

कांग्रेसले विज्ञप्तिमार्फत प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ ।

===

दरबारमार्ग बलात्कार काण्डमा ब्वाईफेन्डसहित चारविरुद्ध जाहेरी

गत साता दरबारमार्गको ल्यान्डमार्क होटलमा सामुहिक बलात्कारमा परेकी युवतीले ब्वाईफेन्ड सहित चार जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेकी छन् । उनले शुक्रबार महानगरीय प्रहरी परिसरमा जाहेरी दर्ता गराएकी हुन् ।

जाहेरी दर्तालगत्तै काठमाडौं परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले चारै जनाको खोजी तीव्र पारेको छ । काठमाडौं परिसरले बलात्कार घटना आर्थिक लेनदेनका आधारमा गुपचुप मिलाएको भन्दै अनुसन्धान थालेको थियो ।

===

आहा रारा गोल्डकपको उपाधि पुलिसलाई

नेपाल पुलिस क्लबले पाँचौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा आयोजित फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै पुलिसले १६ औं आहा रारा गोल्डकपको उपाधि जितेको थियो ।

पुलिसका राम वाजीको एकमात्र निर्णायक गोल गरेका थिए । फाइनल खेलमा उनी म्यानअफ दी म्याचसमेत घोषित भएका थिए । उपाधिसँगै पुलिसले ७ लाख १ हजार रुपैयाँ प्राप्त गरेको थियो । त्यस्तै उपविजेता थ्रीस्टारले ३ लाख ५१ हजार रुपैयाँ प्राप्त र्गयो । प्रतियोगितामा पुलिसका रवी पाश्वासनले उत्कृष्ट खेलाडी हुँदै स्कुटर हात पारेका थिए । उत्कृष्ट गोलकर्ताको उपाधि पनि थ्रीस्टारका विश्वास श्रेष्ठले जिते । फेयर प्ले टिमको उपाधि सुदूरपश्चिम ११ ले प्राप्त गर्यो । उनीहरुले उपाधिसहित १५ हजार रुपैयाँ जितेका थिए ।

===

आईपीएलमा सन्दिप दिल्लीबाट खेल्ने

गत साता नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको थियो । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियोे।

यससँगै उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन् । दिल्ली डेयरडेभिल्सले ट्वीट गर्दै सन्दीपलाई टिममा सामेल गर्न पाएकोमा खुशी भएको प्रतिक्रिया दिएको थिए।

===

दुर्लभ ब्युमुनसहितको चन्द्रग्रहण

हरेक २ वर्ष ८ महिनामा एकपटक हुने खग्रास चन्द्रग्रहण गत बुधबार साँझ ६ बजेर ३६ मिनेटमा सुरु भएको थियो । यसपटक खग्रास चन्द्रग्रहणसँगै ‘ब्लुमुन’ र ‘सुपरमुन’ समेतका दुर्लभ संयोग परेको थियो । यो परिक्रममा हरेक एक सय ५२ वर्षपछि दोहोरिने गरेको छ।

सूर्य,पृथ्वी र चन्द्रमा एउटै समानान्तर हुन आउँदा र पृथ्वीले चन्द्रामालाई पूर्णरुपमा ढाक्दा खग्रास वा पूर्ण चन्द्रग्रहण हुने गर्छ। त्यो बेला चन्द्रमा पृथ्वीसँग सबैभन्दा नजिक हुने आउँने गरेको छ । सामान्यतया एउटै महिनामा दुई पटक पूर्णिमा परेमा पछिल्लो पूर्णिमाको चन्द्रमालाई ‘व्लु मुन’ भन्ने गरिन्छ । यसपटक भने गत जनवरी २ र त्यसको २९ दिनपछि गत बुधबार पूर्णिमा परेकाले व्लु मुन देखिएको थियो । चन्द्रग्रहण ९ बजेर ५३ मिनेट सम्म रहेको थियो ।


Share

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now