जलवायु परिवर्तनको असर पर्ने क्षेत्रहरू मध्ये वाइन उद्योग अग्रपंतिमा रहेको छ।
जलवायु परिवर्तनका कारणले गर्दा देशभरका वाइन उत्पादकहरू यसको उत्पादन तरिकामा परिवर्तन ल्याउन बाध्य भएका छन्।
वैज्ञानिकहरूले अङ्गुर खेतीमा चुनौतीहरू बढ्दै गएको भनेर सचेत गराई रहँदा सम्पूर्ण कृषि उद्योग नै कत्तिको जोखिममा रहेको छन् भन्ने प्रस्ट्याउँछ।
त्यसैले त राष्ट्रिय स्तरमा नै यसका सम्बन्धमा नीति र योजनाहरू बनाइनु पर्नेबारे आवाज उठ्न थालेको छ।
अस्ट्रेलियाको प्रमुख वाइन उत्पादन हुने क्षेत्रहरू मध्ये पर्ने न्यु साउथ वेल्सको हन्टर भ्यालीमा त्यहाँको माटो हड्डी भन्दा सुख्खा रहेको बताइन्छ।

अर्को चर्को खडेरीको झेल्नुपर्ने पाँचौँ पुस्ताका वाइन निर्माता एलिस्डेयर टलक अर्को चुनौती पूर्ण मौसमका लागी आफूलाई तयार राख्दै छन्।
उनी भन्छन्, "मेरो प्रमुख चिन्ता भनेको तातो हावा हो, जसले गर्दा निकै सुख्खा जाडो याम देखि वसन्त याम पनि धेरै नै सुख्खा हुने पूर्वानुमान गरिएको छ।"
गर्मी याममा तातो हावा चल्नु त सामान्य जस्तो बनी सकेको बताउँदै उनले भने यसका कारण अङ्गुर फस्टाउन असर पर्छ त्यो पनि चिन्ता जनक रूपमा।
र यही समस्या दक्षिण अस्ट्रेलियाका अङ्गुर उत्पादकहरूको पनि रहेको छ, जसमध्ये एक हुन् डेभिड ब्रुअर, उनका अनुसार बालीनाली लगाउने समयतालिकामा नाटकीय परिवर्तन हुँदा उनको व्यवसायमा निकै ठुलो असर परेको छ।
कमनवेल्थ विज्ञान तथा औधोगिक सङ्गठन (साइरो) का प्रमुख अनुसन्धान वैज्ञानिक डा. क्रिस्टोफर डेभिस भन्छन् कि यी परिवर्तनहरू बारे अङ्गुर उत्पादकहरूले राखेको अभिलेखले जलवायु परिवर्तनको गति र गाम्भीर्यता दुवैलाई प्रस्ट्याउँछ।

र त्यसले बृहत् रूपमा सम्पूर्ण कृषि क्षेत्रमा यसको जोखिम र पार्ने प्रभावलाई चित्रित गर्ने बताएका छन्।
जलवायु परिवर्तनले थप चुनौतीहरू प्रस्तुत गरिरहँदा, अस्ट्रेलियाभर का वाइन उत्पादकहरूले यो चुनौतीको सामना गर्न नयाँ उपायहरू अवलम्बन गर्न बाध्य रहेका छन्।
केही उत्पादकहरू तास्मेनिया जस्तै अलि चिसो मौसम हुने स्थानहरूमा सर्दै छन्। त्यसै गरी डेभिड ब्रुअर जस्ताहरू भने भिन्न प्रकारका अङ्गुर उत्पादनको प्रयास गर्दै छन्।
"त्यस्ता प्रकार जसलाई कम पानीले पुगोस् अथवा कम पानी र उच्च तापक्रममा पनि बाच्न सकोस्।"
कार्बन उत्सर्जनमा तटस्थ रहनु पनि त्यस्ता चुनौतीहरूलाई कम गर्ने एक सहयोगी उपाय हो।
डेभिड ब्रुअरले अङ्गुरका प्रकारहरूमा परिवर्तन गरे भने, एलिस्डेयर टलकको पारिवारिक रूपमा सञ्चालित वाइन उत्पादनले औपचारिक प्रमाणीकरण पाएको छ।

अन्तर सरकारी जलवायु परिवर्तन सँग सम्बन्धित एक टोलीले बुझाएको एक प्रतिवेदनले संसारभर खाद्य पदार्थ उत्पानमा अवलम्बन गरिने तरिकाबारे पुनर्विचार गर्न जरुरी रहेको बताएको थियो।
र टलकका अनुसार यो अत्यन्त महत्त्व पूर्ण कदम हो।
उनले आफैँ उत्पादन हुने वा प्राकृतिक तवरबाट गरिने कृषि अभ्यास गरेका छन् र उनी भन्छन् यसले दुवै जलवायु सङ्कट र खडेरीको असरहरूलाई सम्बोधन गर्छ।
आइपीसिसि का उप प्रमुख प्रोफेसर मार्क होड़ेन भन्छन् सम्पूर्ण कृषि उद्योगमा सह- कार्य गराउन जरुरी रहेको छ।





