SKIP TO MAIN CONTENT

KIMFF providing opportunities to excellent film makers - Basanta Thapa

Basanta Thapa from KIMFF
Basanta Thapa from KIMFF Source: Smriti Dhungana

As the 15th annual Kathmandu Mountain Film Festival gets underway in Nepal, festival's director Basanta Thapa spoke to SBS Nepali about some of their highlights.


Published

Updated

Source: SBS



Skip to podcast episode content

As the 15th annual Kathmandu Mountain Film Festival gets underway in Nepal, festival's director Basanta Thapa spoke to SBS Nepali about some of their highlights.


काठमाडौं – हरेक वर्ष आयोजना हुने काठमाडौं अन्तर्रा्ष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) बिहीबारदेखि राजधानीको कुमारी हलमा सुरु हुँदैछ। यसै सेरोफेरोमा रहेर काठमाडौं अन्तर्रा्ष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलका अध्यक्ष बसन्त थापासँग गरेको कुराकानी :

१. हरेक वर्ष आयोजना हुने काठमाडौं अन्तर्रा्ष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) कहिलेबाट सुरु हुँदैछ ? कुन फिल्मबाट यसपटकको किम्फको औपचारिक रुपमा सुरुवात हुँदैछ ?

काठमाडौं अन्तर्रा्ष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १५ औं संस्करण बिहीबार मंसिर २८ गतेबाट सुरु हुँदैछ। पाँच दिने महोत्सवमा यसपटक ३७ देशका डकुमेन्ट्री र सर्ट लगायत विधाका फिल्महरु देखाइने छन् । अन्तराष्ट्रिय प्रतिस्पर्धातर्फ १५ र गैर प्रतिस्पर्धामा ४८ फिल्म प्रदर्शन हुनेछन् भने नेपाल पानोरोमा अन्तर्गत यसपटक १५ फिल्महरु प्रदर्शन गरिनेछन् । किम्फ प्रिमियर ३५ मिनेटको ‘द लास्ट हनी हन्टर’ नामक फिल्मबाट हुनेछ। भोजपूरमा खिचिएको यस फिल्मलाई नेसनल जेयोग्राफीको सहकार्यमा बेन नाइट्लीले निर्देशन गरेका हुन्। त्यस्तै महोत्सवको समापन भने आगामी ३ गते भुटानका जोङसार जामयाङ खेन्चे रिम्पोचले निर्देशन गरेको ‘हेमा हेमास् सिङ मि अ सङ ह्वाइल आइ वेट’ देखाएर हुनेछ। 

२.किम्फको विभिन्न विधामा उत्कृष्ट हुने विजेताहरुलाई के कस्तो पुरस्कारको व्यवस्था गरिएको छ ?

अन्तराष्ट्रिय प्रतियोगितातर्फ प्रथम हुनेले १५ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई एक हजार डलर र तेस्रो हुनेलाई पाँच सय डलर प्राप्त गर्नेछन् । नेपाल पानोरोमामा भने फिक्सन र नन फिक्सन दुई विधाका विजेताहरुलाई भने क्रमशः ७५ हजार र ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यसबाहेक दर्शकले मनपराएको एक फिल्मलाई अडियन्स अवार्ड दिनेछ । इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले एक हजार अमेरिकी डलर पाउनेछ  ।

३.यसपटकको किम्फको जुरीहरु को को हुनुहुनेछ ?

यस पटक भारतीय फिल्ममेकर रीना मोहन, बान्फ माउन्टेन फिल्म फेस्टिभलका जोआना क्रोस्टन र नेपाली डकुमेन्ट्री फिल्म निर्देशक केसाङ छेतेनको जुरीले उत्कृष्ट फिल्महरु छनोट गर्नेछन् ।

४.हिमाल एसोसिएसनले किम्फको सुरुवातचाँहि कसरी गरेको थियो ? १५ औं संस्करणसम्म आइपुग्दाका के के कठिनाईहरु भोग्नुपर्यो ?

किम्फको सुरुवात सन् २००० देखि भएको हो । सुरुवातमा दुई वर्षको अन्तरातमा महोत्सवको आयोजना हुन्थ्यो । सुरुमा अनुभवविना काम गरेका थियौं । यसले निरन्तरता पाएकोमा हामीनै आश्चर्यमा छौं । अहिलेसम्म महोत्सव आर्थिक अभावमै गरिरहेका छौं । हामीले वार्षिक रुपमा कुनै किसिमको प्रायोजक भेटाएका छैनौं । युवा दर्शकहरुको साथले गर्दा हरेक वर्ष महोत्सव गर्न प्रोत्साहन गरिरहेको छ ।

५.अहिलेसम्म किम्फको उपलब्धीचाँहि के के रहे ?

हामीले युवा दर्शकको जमात भेटाएका छौं । किम्फमा देखाएने फिल्महरु हलमा नदेखाइने भएकाले दर्शकहरुले हरेक वर्ष दशैंझैं किम्फको प्रतिक्षा गरेर बस्छन् । त्यसबाहेक नयाँ फिल्महरु देखाएर युवाहरुलाई फिल्म क्षेत्रमा आउन प्रोत्साहित गरिरहेका छौं।

६.काठमाडौं अन्तर्रा्ष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल सकिएलगत्तै सुरु हुने ‘घुम्ती किम्फ’ चाँहि के हो ?

महोत्सव सकिएपछि देशभरका विभिन्न स्थानमा उत्कृष्ट फिल्महरु देखाउने गरेका छौं । अहिलेसम्म देशभरका ५० वटा जिल्लामा 'घुम्ती किम्फ’पुगिसकेको छ । त्यसबाहेक नेपाली समुदायहरु बस्ने हङ्कङ , मकाऊ र न्यूयोर्क लगायत देशमा एकदिने फिल्म महोत्सवको आयोजना गरिरहेका छौं ।

७.यसपटकको किम्फमा फिल्म प्रदर्शनबाहेक अन्य के कस्ता गतिविधिहरु हुनेछन् ?

फिल्म प्रदर्शनबाहेक छलफल र प्रवचनका विभिन्न सेसन हुनेछन् । युवा फिल्ममेकरहरुलाई प्रोत्साहन गर्दै सुरु गरिएको किम्फ डक ल्यावले निरन्तरता पाएको छ । यसले युवालाई फिल्म बनाउन सहयोग गर्नेछ । त्यस्तै स्टोरी पिचिङ आइडियाको लागि लाइभ डक पिच नामक कार्यक्रमको सुरुवात गरेका छौं । नयाँ काम सुरु गर्न चाहने एक जनालाई विभिन्न पाँच जनाको जुरी टोलीले छनोट गर्नेछन् । उत्कृष्ट भएकालाई भने २ लाख प्रदान गरिनेछ । 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now