Formed after a chance meeting during Australian composer and saxophonist Matt Keagan's 2009 Shantiniketan visit, The Three Seas brings together artists across cultures to create a fusion of Australian Jazz and Rock Reggae with Himalayan and North Indian folk music. During their current Australia tour, SBS Nepali caught up with band member Deo Ashish Mothey to talk about the band’s journey, its cross-cultural roots and how music is helping preserve the Nepali language.
This podcast has been transcribed using AI.
SBS audio is supported by advertising.
Imagine retiring, stopping work but keep earning tax-free with Aware Super's
retirement income account. You can choose how much you are paid each month and when
you get paid. Visit aware.com.au/retirement to find your
retirement rhythm. Retirement income and investment earnings aren't guaranteed.
Payment cease when account balance is depleted. Consider if right for you and
read the PDS and TMD on their website. Issued by Aware Super Proprietary Limited,
trustee of Aware Super.
तपाईँ SBS नेपालीको साथमा हुनुहुन्छ।
[संगीत]
यो सङ्गीत सुनेर तपाईंलाई यो धुन अलि नौलो किसिमको लागेको हुन सक्छ। धुन मात्र होइन,
ब्यान्डको सुरुवात पनि अनौठो र रमाइलो नै छ। यो गीतको बोल हो Kites र प्रस्तुति दिन यो
सप्ताह SBS को स्टुडियोमा केही पुराना साथीहरू फेरि फर्कनुभएको छ। The Three Seas
Band जो हाल आफ्नो अस्ट्रेलिया टुरमा रहेका छन्।
नमस्ते श्रोताबृन्द, SBS नेपाली podcast को यो नयाँ अंकमा तपाईंलाई स्वागत छ। म दिनीता
रिसाल। आजभन्दा करिब सत्र वर्षअघि सन् 2009 मा अस्ट्रेलियन संगीतकार म्याट कीगन
भारतको शान्ति निकेतन पुगेपछि यो ब्यान्ड बनेको थियो र अहिलेसम्म यो cross cultural
collaboration चलिरहेको छ, नेपाली र बेङ्गाली सँगै अस्ट्रेलियान jazz सङ्गीतको
सम्मिश्रणका साथ। यो छोटो जानकारीपछि अब भने फटाफट यो साङ्गीतिक कुराकानी सुन्नतर्फ नै
लागौं होला। ब्यान्डका एक गायक तथा multi instrumentalist र नेपाली भाषाको उत्थानमा
लागि परेका देउ आशिष मोथे सँगको। SBS मा उनको यसपालि ह्याट्रिक भएको छ भन्दा पनि गलत
नहोला। यसभन्दा अघिका कुराकानी र गीत सङ्गीतहरू तपाईंले हाम्रो वेबसाइट र social
media SBS नेपालीमा पाउन सक्नुहुन्छ। यसपालि भने SBS को मेलबर्न स्टुडियोमा सहकर्मी
सुशील चालिसेले देउ आशिष मोथेलाई उनको नामको बारेमा सोध्दै कुराकानी यसरी सुरु गर्नुभएको
छ।
[संगीत]
मलाई
यो नाम चाहिँ मेरो बडाले दिनुभएको। उहाँ चाहिँ हाम्रो basic training school मा
पढाउनु हुन्थ्यो र उहाँसँग चाहिँ एकदमै नेपा--
बेङ्गोली धेरैजना उहाँको colleaguesहरू हुनुहुन्थ्यो र उहाँ एकदमै बेङ्गोली culture
बाट influence
भएर चाहिँ उहाँलाई यो नाम मन परेर चाहिँ मलाई यो नाम दिनुभएको उहाँले।
-उहुम्। -अनि म चाहिँ अलिकति यसलाई नेपा-- नेपालीपन
म्म ल्याउनको लागि चाहिँ म देउ आशिष भन्छु कि।
-उहुम्। -देव आशिष नभनेर चाहिँ देउ आशिष भन्छु।
-देउ आशिष। -हजुर,
-हजुर। -हजुर, अनि अब यो नाम सँगसँगै होइन, तपाईंले
चाहिँ अब अहिले अस्ट्रेलिया यात्रामा हुनुहुन्छ। आफ्नो अब अन्तकर्ण-
-हजुर। -अँ म्युजिकल-
-हजुर। -टुरमा हुनुहुन्छ होइन। अब यो
हुन त तपाईं धेरै पटक अस्ट्रेलिया आइसकेनुभाको छ र SBS मा पनि यो भन्दा अगाडि
-दुई पटक अन्तर्वार्ता दिइ पनि सक्नुभाछ। -हजुर SBS सँग हाम्रो धेरै लामो नाता छ।
अब यो तपाईंको लागि चाहिँ होइन, अस्ट्रेलिया अब पानी पधेरो भनेजस्तै भाछ।
-पानी पधेरो जस्तै छ हजुर। -तपाईंलाई। तर त्यति हुँदाहुँदै पनि अब यो
-पालिको टुरमा आउँदाखेरि है होइन। -हजुर।
अँ अब कस्तो भइराछ तपाईंको? के फरक पाउनुभाछ? कतिको रमाइलो अनुभव गर्नुभाछ कि
-अथवा केही फरकहरू पाउनुभाछ? -यसपालि चाहिँ हामी एउटा हाम्रो यो हामीले 23
मा UK tour गरेको थियौँ। एडिनबुरामा हामीले तपाईंको फ्रिंज
festival भन्ने फेस्टि-- फ्रिंज भन्ने festival मा बजाएको थियौँ।
-उहुम्। -हाम्रो ब्यान्डले त्यो Three Seas ले। र
त्यसपछि चाहिँ हामी एउटा बाथ भन्ने सहरमा आएर चाहिँ त्यहाँनिर चाहिँ हामीले हाम्रो
पिटर ग्याब्रिएलको एकदमै नाम चलेको विश्वप्रख्यात स्टुडियो छ The Real World
भन्ने। त्यो Real World मा चाहिँ हामीले यो अन्तकर्ण यो एल्बम चाहिँ हामीले त्यहाँ
-रेकर्ड गर्यौँ। -हजुर।
र यो
एल्बम चाहिँ online यो release भइसकेको छ है।
-उहुम्। -अनि यो सबै अब audio platform हरूमा यो
available छ। र यसपालि चाहिँ यो नयाँ एल्बम लिएर यहाँ आउनु पाउँदाखेरि है त्यही पनि अब
हामीले त्यस्तो राम्रो एउटा स्टुडियोमा recording गर्यौँ।
-उहुम्। -यो एउटा नयाँ excitement छ यो पालि चाहिँ।
[संगीत]
दर्शक श्रोता जो तपाईंको चाहिँ अब
कार्यक्रमलाई प्रत्यक्ष रूपमा हेर्न आउनुभएको छ नि।
-हजुर। -उहाँहरूको प्रतिक्रिया चाहिँ कस्तो रहेको छ?
अब तपाईंको अब चाहिँ हामीले पनि धेरै गीतहरू सुन्यौ होइन।
-हजुर। -र त्यो musical instrument पनि अब एकदमै
-traditional छ होइन। -हजुर, हजुर।
अब अहिलेको यो नयाँ generation पनि अब होइन उनीहरूको आफ्नै taste छ, आफ्नै स्वाद छ होइन
म्युजिकका अब धेरै विधाहरूमध्ये होइन। तपाईंले चाहिँ कस्तो पाउनुभएको छ? सप्पैतिर
स्वागतै पाउनुभाछ कि अथवा कुनै कुनै बेला चाहिँ होइन यो के गयो, के गाको हो यो अथवा
के बजाको भन्ने चाहिँ त्यस्तो केही प्रतिक्रियाहरू पाउनुभाको छैन?
विशेष गरी चाहिँ अब यो जुन चाहिँ sound हरू हामी निकाल्छौँ है हाम्रो विभिन्न
instrument हरुले। यसले चाहिँ धेरै जस्तो audience हरू चाहिँ आश्चर्यचकित हुन्छ क्या
-तपाईंको। -उहुम्।
अनि म धेरै प्रकारको percussion हरू बजाउँछु। मादल, मचुङ्गा है।
-उहुम्, उहुम्। -अनि गिटार, यो दोतारा। यो instrument हरले
चाहिँ एकप्रकारले उनारको त्यस्तो कुनै
अँ त्यस्तो reaction नै हुँदैन। उनीहरूले त्यो experience गर्नुहुन्छ क्या। एउटा नयाँ
instrument देख्दा, नयाँ sound सुन्दाखेरि-
-उहुम्। -है,
हामीले अहिलेसम्मन् त्यस्तो खालको अब negative vibes चाहिँ अहिलेसम्म पाको छैनौँ
भनौं न।
श्रोताबृन्द, SBS नेपाली podcast मा यो कुराकानी जारी रहनेछ एक छोटो break
पछि।
Friday May 8th is Do It For Dolly Day.
Join us and go blue to end bullying.
Start the conversation and help fund life changing anti bullying support.
Find out more at doitfordollyday.org.au In Australia today more than one in five
people speak a language other than English.
SBS In Language can help you to connect with this ever growing market. With our
certified translation and professional multilingual production services you can
be sure that your message is clear, consistent and accurate. Visit
sbs.com.au/inlanguage and be confident working with Australia's leading
multicultural communication experts.
अब यो तपाईंले भन्नुभयो मुर्चुङ्गा होइन, यो जुन
traditional जुन अब instrument हरू तपाईंले प्ले गरेर भाछ, बजाएर भाछ होइन। त्यससँग
तपाईंलाई चाहिँ के कुराले आकर्षित गर्यो त होइन, अब यो यसरी चाहिँ यो traditional
music मतलब instrument use गरेर अगाडि बढ्नु पर्छ आफ्नो संगीत यात्रामा भन्ने के कुराले
चाहिँ तपाईंलाई चाहिँ त्यो प्रभाव पार्यो भनौँ। अब हुनु त आजकल आधुनिकतामा अब
गिटारदेखि लिएर ड्रमदेखि लिएर अनेक साधनहरू छन् होइन musical instrument का। त्यति
हुँदाहुँदै पनि तपाईंले चाहिँ अब त्यो typical एउटा traditional चाहिँ त्यलाई लिएर
अगाडि बढ्नु चाहिँ के छ अब त्यसको रहस्य बताइदिनुहोस् न।
सानैदेखि अंग्रेजी माध्यममा पढेको है। अँ स्कुलिङ सबै अंग्रेजी माध्यममा भयो।
अनि
त्यही अघि हामीले जुन चाहिँ कुरा गर्दै थियौँ वर्णमालाको विषय लिएर पनि हामीलाई
त्यो मनमा सानैमा त्यो अंग्रेजी स्कुलमा अंग्रेजी बोल्यो भने fine तिर्नु पर्छ भन्ने
एउटा जुन चाहिँ मानसिकता लिएर हामी हुर्क्यौँ है। अनि पछि गएर जब म
English Literature पढ्न विश्व भारती शान्तिनिकेतन गएँ त्यतिबेला चाहिँ मलाई त्यो
एकदमै लाज लाग्नु थाल्यो क्या अरू community हरूसँग
अब specially हाम्रो बेङ्गोली community सँग उहाँहरूले जति आफ्नो भाषालाई मान्यता
दिन्छ, अंग्रेजीलाई जति दिन्छ आफ्नो भाषालाइ पनि त्यति नै दिन्छ। र उहाँहरूसँग हेलमेल
गर्दाखेरि चाहिँ बिस्तारी बिस्तारी लाज लाग्नु थाल्यो मलाई। अनि म पनि अब एक
बेसीजस्तो अंग्रेजी गीतहरू मात्रै गाउने है। स्कुलदेखि नै हामीले यो अब Beatles
हरूदेखिको लिएर यो Guns N' Roses हरू, हाम्रो यो band हरू, nineties को band हरू
सुनेर हुर्केको। अनि त्यहाँ पुग्दाखेरि चाहिँ मलाई त्यही लाज लागेर मैले बिस्तारी
बिस्तारी यो अंग्रेजी गीतहरू गाउनु चाहिँ छोडिदिएँ नै तपाईंको। अनि पछि चाहिँ
मलाई आफ्नो
त्यो
भाषाप्रतिको माया चाहिँ कति important रहेछ र आउने generation लाई आउने
भावी पीढीलाई कति
important छ यो भाषा सिक्नु, अक्षर सिक्नु है, अक्षरको
ज्ञान लिनु भनेर चाहिँ यो मैले एउटा त्यो लाजबाट नै मेरो सुरु भयो के। त्यो लाज लागेर
नै मलाई त्यहाँदेखि अब हामी चाहिँ अलिकति भा पनि अब यो
क्षेत्रमा मैले देखिनँ धेरै
artist हरुले काम गरेको है। अनि मलाई त्यो आफ्नो,
मलाई त्यो आफ्नो album गर्ने त्यो एउटा इच्छा पनि हरायो क्या। अनि मलाई विशेष गरी
चाहिँ सायद नानीहरूलाई यो वर्णमालाको गीतहरू compose गरेर त्यहाँदेखि नानीहरूलाई अलिकति
भाषाप्रति आकर्षित गर्ने खालको एउटा project मैले सुरु गरेँ त्यतिबेला वर्णमाला।
र यही
यो समयमा नै यो अनुभवहरूले नै तपाईंको हाम्रो मलाई एकदमै माटो प्रति क्या तपाईंको
-अब। -अब अहिले तपाईंले जुन वर्णमालाको जुन कुरा
सुनाउनुभयो होइन, कसरी चाहिँ
तपाईंले चाहिँ creation गर्नुभयो यलाई भनेर। अब आज आजभोलि त तपाईंलाई वर्णमाला गायक
भनेर पनि चिनिन्छ। तर सुरुका दिनमा चाहिँ यो मैले के गरिरहेको छु जस्तो लागेन। जस्तो अब
धेरै जस्तो गायकहरू, धेरै जस्तो संगीतमा लागेका व्यक्तिहरूले चाहिँ
माया प्रेमका गीतहरू लेख्ने होइन, अब प्रकृतिका गीतहरू लेख्ने, यस्तो खालको हुन्छ
नि। तपाईंले चाहिँ त्यो वर्णमाला होइन अब त्यो आजको यो दिनमा यसरी आउँछ भन्ने
सोचेरै तपाईंले गर्नुभयो कि अथवा के त्यो राज भनौँ न। तपाईंलाई चाहिँ केले छोयो अब?
मेरो बाबा आमा दुईजना
एकदमै संगीत प्रेमी। उहाँहरू कविताहरू लेख्नुहुन्थ्यो, गीत पनि लेख्नुहुन्थ्यो।
अनि म सानैदेखि स्कुलमा नानीहरूलाई पढाउने गर्थे। एकदमै यस्तै दश एघार
वर्षको उमेरदेखि बाबा र आमा मात्रै त्यो प्राथमिक पाठशालामा भएको कारणले म
नानीहरूलाई पढाउने गर्थे। त्यतिबेला चाहिँ मैले
त्यो सिकाउने माध्यम चाहिँ त्यत्रो
तीन सौ चार सौ जना नानीहरूलाई control गर्नुको लागि चाहिँ मैले संगीतको माध्यम
-लिएँ क्या तपाईंको। -हँ, भनेसि शिक्षा
सँगसँगै संगीत माध्यम,
संगीतको माध्यमबाट सिकाउँदाखेरि चाहिँ त्यसले प्रभाव पार्छ भन्ने तपाईंको मनमा
पऱ्यो। एउटा चाहिँ त्यो हिसाबले चाहिँ तपाईंले चाहिँ एउटा
हजुर, अनि त्यसरी नानीहरूलाई सिकाउँदाखेरि नानीहरूले एकदमै
रुचि राख्ने क्या तपाईंको रुचि दिने। अनि त्यसले गर्दाखेरि चाहिँ पछि म विश्व भारती
शान्तिनिकेतनमा पढ्नु जाँदाखेरि चाहिँ मैले एउटा राम्रो अवसर पाएँ त्यहाँनिर
र धेरै साथी सँग साथसङ्गतहरू पनि पाएँ। र यो दुईटालाई शिक्षा र संगीतलाई
-संगीतलाई जोडेर -हजुर, जोड्ने ठाउँ चाहिँ मैले
शान्ति निकेतनमा पाएँ। अनि नानीहरूको विशेष गरी चाहिँ अब हुन त लागेको थियो
मलाई त्यो सुरुवातमा यो एकदमै challenging थियो, एकदमै challenging थियो यो। अनि त्यस
समय चाहिँ मैले तपाईंको
त्यो
मैले future लाई सोचिनँ क्या। मैले यो काम गर्नुपर्छ है र यो एउटा किताब यो
animation नानीहरूलाई cartoon film बनाएर चाहिँ यो schoolमा मैले लानुपर्छ है
पाठशालामा ल्याउनुपर्छ भन्ने चाहिँ मेरो एउटा दृढ विश्वास थियो तपाईँको है। अनि यो
चाहिँ एकदमै हाम्रो अँ
नेपाली समाजलाई एकदमै खाँचो छ भन्ने पनि मलाई त्यो मनमा एकदमै म त्यसमा एकदम धेरै
विश्वास गर्थेँ क्या।
धेरै वर्ष लाग्यो यसलाई तपाईंको schoolमा नानीहरू-
अब त्यो त्यसरी सुरु गर्दा चाहिँ challenge चाहिँ कत्तिको face गर्नुपऱ्यो तपाईंले
भन्नु न। अब चुनौती त धेरै खालको चुनौतीहरू छ नि। जस्तो अब बच्चाहरूलाई अब वर्णमाला
संगीत माध्यमबाट सिकाउनलाई त तपाईं त्यत्तिकै अब प्रविधियुक्त पनि हुनै पऱ्यो
होइन, संगीतका साधनहरू पनि त्यत्तिकै तपाईँसँग हुनुपऱ्यो होइन। अब
एकलै त अब
गर्न गाह्रै पनि छ होइन तपाईंको एउटा team पनि चाहियो होइन। त्यसलाई चाहिँ कसरी
व्यवस्था गर्नु हो तपाईंले?
अँ मैले तपाईँको मैले Bachelor degree
सकेर चाहिँ म घर फर्के। musicमा Bachelor degree सकेर घर फर्के। घर फर्केर चाहिँ म
मेरो वरि गाउँको वरिपरि धेरै नानीहरू थियो जस जो नानीहरू चाहिँ गाउनु खुबै मन पराउँथे
क्या। अनि त्यो नानीहरूकोलाई देखेर अनि उनीहरूको त्यो musicप्रतिको
interest गायनप्रतिको रुचिलाई देखेर चाहिँ मैले त्यो नानीहरू बटुलेँ। अनि त्यो प्रायः,
त्यो प्रायः जस्तो त्यो नानीहरू चाहिँ अब आमाबाउ छुट्टिएको नानीहरू है, एकदम विपन्न
परिवारको नानीहरूलाई लिएर चाहिँ मैले एउटा सानो group
गठन गरेँ, firm गरेँ है। त्यहाँदेखि चाहिँ हामी गाउँकै schoolहरूतिर, गाउँकै
कार्यक्रमहरूतिर हामीले त्यो अ आ क ख को गीतहरू गाउनु थाल्यौँ है। अनि त्यसले
गर्दाखेरि पनि त्यसले एउटा माहौल क्रि-- बनाएर-
बन्दै गयो त्यो माहौल बन्दै गयो। बन्दै गइसकेपछि एउटा हौसला पनि मिल्दै गयो। ए,
-यसरी गर्दा चाहिँ- -त्यहाँपछि हामी एउटा यसमा सिक्किमको धेरै
ठूलो देन छ। अँ म एउटा कार्यक्रममा सिक्किममा गएर यो नानीहरूलाई लगेर यो
वर्णमालाको गीतहरू गाउँदाखेरि चाहिँ त्यहाँनिर हाम्रो एकजना टासी वाङ्गेल भन्ने
एकजना हाम्रो entrepreneurले यो हाम् नानीहरूको गीत एकदमै मन पराएर चाहिँ यो
projectलाई तपाईं अगाडि बढाउनुहोस् भनेर उहाँले यसलाई funding गर्नुभयो। अनि त्यो त
एउटा अब ठूलो कुरो थियो हाम्रो लागि है। अब कसैले अब त्यो अनेपाली एकजनाले यसलाई विस्--
यो projectलाई विश्वास गरेर त्यहाँदेखि हामीले recording पट-प्रत-पट्टि लाग्यौँ।
रेग-recording गर्दा चाहिँ धेरै चुनौतीहरू थियो। अब गाउँको नानीहरूलाई लिएर एउटा
recording studioमा जाँदाखेरि first year त उनीहरूलाई त्यो recording studio देखाउनुमा
नै बित्यो। [दुवै जनाको हास्य] है। त्यहाँदेखि यो अक्षरहरू लिएर धेरै confusion
थियो कि अब हामी यता
इन्डियामा यो छोटा र बडाई बडाको प्रयोग गर्छौँ। अ आ छोटा इ बडा इ भनेर
त्यसरी। whereas अब नेपालमा इ ई भनेर यसरी soundले छुटाउँछ।
-हाम्रो soundबाट छुट्ट्याउँछ। -अनि यसमा मैले धेरै अब शिक्षाविदहरूको है,
अँ त्यसमा विशेष हाम्रो गुप्त प्रधान भन्ने एकजना सर हुनुहुन्छ दार्जिलिङमा। उहाँले
धूमिल पृष्ठ भन्ने एउटा किताब लेख्नुभएको छ। त्यसमा चाहिँ तपाईंको त्यो उहाँले
त्रिभुवन युनिभर्सिटीबाट चाहिँ त्यो एउटा क पुरी क, खरायो ख, गाईगोडे ग, घर जस्तो घ-
नाक थोप्ले।
-ङ भन्ने त्यो एउटा तपाईं- -एउटा चित्र छ।
सानो किताबको एकदम पछिल्लो पन्ना पन्नामा चाहिँ त्यो illustration सँगै-
-हजुर -क कलाई कपुरी क कपुरी जस्तो क, खरायो जस्तो
ख भनेर त्यो, त्यो imageryले चाहिँ एकदमै छुयो क्या मलाई।
-हजुर, हजुर। -अरे मैले सोचेँ हाम्रो पुर्खाहरू कति चाहिँ
ज्ञानी थिएछ त्यतिबेला है। कसरी उहाँहरूले अब त्यो, त्यो जमानामा नै उहाँहरूले त्यो
animation त्यो visual सोचेका रहेछन् भनेर एउटा मनमा लाग्यो क्या मलाई। अनि त्यो
कपुरी कलाई लिएर पनि हामीले
-गीत बनायौँ। -हजुर।
त्यो चाहिँ अलिकति लोरी जस्तो हामीले ब-बनाएको छौँ। ना-राति नानीहरूलाई सुताउनु
हो भने चाहिँ त्यो कपुरी क चलाएर मजाले सुताउन सकिन्छ क्या।
हजुर। भनेसि अहिले चाहिँ अब प्रविधिको प्रयोग गरेर विभिन्न माध्यम-
-माध्यमलाई लिएर -बाढेर चाहिँ जस्तो अब
वर्णमाला पनि भयो होइन, अलिकिति कथा, गीत पनि चाहिँ अब बच्चाहरूलाई आकर्षित गर्ने अब
तपाईंले भन्नुभयो सुत्नलाई पनि सजिलो, बच्चाहरूलाई निदाउन पनि सजिलो हुन्छ भन्ने छ
-के? -अनि सुत्दाखेरि चाहिँ नानीहरूलाई त्यो
सुन्दै सुत्दाखेरि चाहिँ उनीहरूको त्यो subconsciousमा गएर बस्दो रहेछ कि।
-हजुर। -अनि पछि उहाँहरूलाई त्यो अक्षर चिन्नु एकदमै
-सजिलो पर्छ। -[शिशुको आवाज] अ ब ग घ अङ च छ ज झ
trente त ठ ड ढ
म त् न थ
ध न ध न प फ ब भ म
य र ल व ता देश म देश त् देश आ अ र
अ
ब अ च त्र ज्ञ
त्र ज्ञ त्र ज्ञ।
एकछिन अगाडिसम्म पनि हामीले तपाईँको studioमा गीतहरू सुन्यौँ होइन।
-हजुर। -त्यो सुन्दाखेरि चाहिँ हामीलाई पनि कस्तो
अनुभव भयो भने ओहो हामी त कतै चाहिँ उडिरहेका छौँ कि होइन। एकदम मस्त
मजा मतलब आनन्दको अनुभूति भइरहेको थियो होइन। त्यति हुँदाहुँदै पनि अँ कतिपयलाई
चाहिँ यो के गरेको होला, कस्तो गरेको होला अलिकति चाहिँ
आजभोलि त अब ज्याज चल्छ होइन, rock, pop चल्छ नि होइन। तपाईंको हुन त तपाईंकोमा
-fusion पनि छ। -हजुर।
fusion
छ तपाईंको musicमा। तर कहिलेकाहीँ चाहिँ तपाईंलाई अब यो भनौँ न अलिकति
फरक गर्दागर्दै पनि के गरिरहेको होला भन्ने जस्तो लाग्दैन तपाईं आफै पनि कहिलेकाहीँ
चाहिँ अलिकति confusionमा पर्नुहुन्छ कि पर्नुहुँदैन अथवा तपाईं यसैमा रमाइरहनुभाछ।
[गीत] ईश्वर तैंले रचेर फेरि किन
बिगारिस्,
बिगारिस्।
सृष्टिको फूल रचेर तैंले कसरी लत्तारिस्,
लत्तारिस्।
त्यो फूल मलाई दिई। म यसैमा नै रमाइरहेको छु।
-हजुर, हजुर। -किनभने मलाई यो world music मैले धेरै
अघिदेखि सुन्न थालेको। म college daysहरूदेखिकै हाम्रो त्रिलोक ग्रुतु भन्ने
एउटा musician छ। उहाँले धेरै collaboration गर्नुभएको छ। तलविन सिंह भन्ने छ।
उहाँहरूको music मलाई एकदमै मन पर्थ्यो क्या। किनभने त्यो music main stream देखि
अलग्गै थियो। सायद उनीहरूलाई पनि त्यो धेरै चुनौतीपूर्ण रहेको होला त्यो खालको music
तयार गर्न। तर
त्यो music को चाहिँ म एकदम big fan भएँ त्यो जमानामा early ninetiesहरूतिर है। अनि
मलाई यस्तो खालको एउटा cross cultural music गर्ने जहाँ चाहिँ म अब म एउटा multi
instrumentalist भएको कारणले है मादल, मचुङ्गा, यो दोतारा, गिटार सबै बजाउने
एउटा artist भएको कारणले गर्दाखेरि मैले
जहिले पनि त्यो खालको माहौलमा म जान खोज्थेँ क्या। अनि
हाम्रो Doctor Matt Keegan
जब २००९ सालमा शान्ति निकेतनमा आउनुभयो,
म cycle चलाएर आफ्नो class बाट फर्किन्दै गर्दा शान्ति निकेतन जस्तो ठाउँमा saxophone
बज्दै गरेको सुनेँ क्या।
यति रमाइलो लाग्यो मलाई कि। अनि उहाँले jazz practice गर्नुहुँदैथ्यो है। अन्त
उहाँसँग हाम्रो, हाम्रो mother of the band भन्छौँ सुतोप्पा परब भन्ने हाम्रो यहाँ
Sydney कै एकजना हुनुहुन्छ। अनि उहाँको घरमा चाहिँ पछि मेरो Matt Keegan, Doctor Matt
Keegan सँग मेरो भेट भयो। भेट भएर चाहिँ हामीले एकदम naturally बजाउन थालेँ
क्या।
त्यही त, त्यो अब एउटा चाहिँ भनौँ न fusion को कुरामा होइन कि। जस्तो अब यहाँबाट Matt
Keegan जानुभयो होइन Australia बाट होइन शान्ति निकेतनमा तपाईँको भेट भयो। जो
saxophone चैँ बजाको भनेर सुन्नुभयो। त्यो अब jazz को एउटा part भो होइन। तपाईं चाहिँ
अब आफ्नो चाहिँ अब traditional instrument प्रयोग गरेर चाहिँ विभिन्न खालको चाहिँ अब
लोक भाकामा चाहिँ अब होइन एउटा चाहिँ typical आफ्नो चाहिँ भाषामा। त्यलाई चाहिँ
कसरी combine एउटा चाहिँ त्यो गर्दाखेरि चाहिँ के सुरुमा अलिकति के कस्तो लाग्यो
भनौँ न।
के होला यो यसलाई मिसाउँदा उपयुक्त हुन्छै हुँदैन भने कस्तो एउटा अनुभव बताइदिनुहोस्
-न। -त्यो Doctor Matt Keegan सँग भेटेर अब यस्तो
हामीले पछि एउटा band form गर्छौँ भन्ने चाहिँ त्यस्तो केही कुरा त भाको थिएन है।
पछि उहाँ आएर उहाँले एउटा त्यो Friedman scholarship पाउनुभएछ। त्यसपछि चाहिँ हामी
जतिजना अब गौरव चटर्जी, राजू दास बाउलहरू, हामीले शान्ति निकेतनमा बसेर पहिला सँगै
बजाको फेरि अनि त्यसपछि चाहिँ Doctor Matt Keegan ले हामीलाई जोगाजोग गर्नुभो। मैले
यस्तो यस्तो graant पाको छु। २०१३ सालको कुरा हो। हामी सबै दिल्लीमा भेट्यौँ।
दिल्लीमा भेटेर चाहिँ त्यहाँदेखि त्यसपछि चाहिँ हामी बगड़ भन्ने राजस्थानको ठाउँमा
गएर यो पहिलो album हवेली हामीले record गरौँ, गऱ्यौँ
है।
प्रथम चाहिँ हाम्रो त्यो दोस्ती क्या मित्रता
music बजाउनु भन्यो अगाडि है। त्यो मित्रता चाहिँ यति गहिरो भयो कि त्यान पछि त्यो
music त हामीको हाम्रो लागि त केही जस्तो लागेन।
-लागेन। एउटा composition गर्ने हो होइन। -त्यो मित्रताले नै एउटा यो हवेली album को
-सृष्टि भयो है। -अनि अब यो हवेलीको कुरा गर्नु र तपाईँको
पहिलो album होइन
एउटा चाहिँ band को रूपमा बनिसकेपछि हाम्रो band को नाम three the three Seas होइन three
Seas को निर्माण भइसकेपछि जुन एउटा हवेली भन्ने album गर्नुभो तपाईँले।
अब यो हवेली अब म चाहिँ अब नेपालमा अब काठमाडौँमा जन्मेको मान्छे होइन। मलाई त अब
हवेली भनेपछि अब चाहिँ यो
मेरो लागि त अब हिन्दी भाषा पनि भयो र अलिकति अब हामीले त फिल्म पनि अब भनौँ न।
विभिन्न हिन्दी सिनेमाहरू हेर्दाखेरि चाहिँ हवेली भन्ने। अनि अब यो
-के हो अब जस्तो यो हवेली तपाईंले चाहिँ अब- -हवेली सँगसँगै बेसी जस्तो चाहिँ मान्छेले
-भूतको picture र- -हजुर, म त्यही त्यही भन्दैथेँ तपाईंलाई।
-त्यही भन्न खोजिराथेँ होइन। -तर यो हवेली चाहिँ-
अब कसरी जन्मियो त्यो album? मैले तपाईंलाई प्रसंग जोड्न खोजेको चाहिँ। यो हवेली भन्ने
album कसरी जन्मियो होइन?
र अब यो सँगसँगै अब भनौँ न अब तपाईं त विभिन्न कार्यक्रमहरू लिएर विभिन्न ठाउँमा
जानुहुन्छ र तपाईंलाई चाहिँ अब दर्शक श्रोताहरूले अथवा कुनै कार्यक्रम organizer
ले चाहिँ आयोजना गरेर बोलाउनुभएको हुन्छ। Organizer ले चाहिँ तपाईंलाई कस्तो ठाउँमा
राख्नुहुन्छ अलिकति अनुभव बताइदिनुहोस् न अब जस्तो यो...
-हवेलीको बारेमा होइन? -हजुर, हजुर, हजुर।
हवेली चाहिँ तपाईँको हामी त्यतिबेला हाम्रो Cameron Dial र उहाँको श्रीमती
Catherine Dial चाहिँ उहाँहरू अब diplomatsहरू दिल्लीमा हुनुहुन्थ्यो। अनि
उहाँ, उहाँहरूले चाहिँ यो राजस्थानको मरुभूमिको बीचमा एउटा हवेली रहेछ क्या।
यो हवेली चाहिँ त्यो पिरामल हवेली भन्दो रहेछ यसलाई। अनि पहिला पहिलाको राजाहरू यसरी
गाउँमा गएर revenue हरू collect गर्दाखेरि चाहिँ उहाँहरू त्यो हवेलीमा बस्दो रहेछ।
त्यो हवेली चाहिँ पछि त्यो एउटा five star hotel मा उहाँहरूले convert गरेको थियो।
तपाईंको दुईजना Francis र Nath भन्ने हाम्रो एकदमै
famous architect हरुले चाहिँ त्यो हवेलीलाई चाहिँ तपाईंको hotel बनाएको रहेछ। अनि त्यो
hotel मा चाहिँ हामी गएर चाहिँ यो album record गऱ्यौँ। उहाँहरूले चाहिँ त्यो
हाम्रो बस्ने ठाउँ चाहिँ हवेलीलाई छानेको रहेछ कि। अनि हामी हवेलीमा पुग्दाखेरि चाहिँ
यस्तो रमाइलो एउटा राजकीय ठाउँ है। अनि
त्यहाँ गएर चाहिँ हामीले त्यो हवेलीको कुनै पनि room छोडिनौँ। Bathroom देखिको लिएर है
[दुवै जनाको हास्य] हरेक ठाउँमा गएर हामीले recording गऱ्यौँ। हाम्रो Richard Blechner
भन्ने हाम्रो free energy device studio Sydney बाट उहाँ आउनुभएको थियो आफ्नो डल्लै
full equipment लिएर। र हामीले हवेलीमा गएर चाहिँ album गऱ्यौँ। अनि यो नाम चाहिँ
तपाईँको हवेली किन भयो भन्दाखेरि त्यो हाम्रो
जुन चाहिँ, जुन चाहिँ रमाइलो गरेको थियौँ नि हामीले त्यो al, त्यो ठाउँमा हवेलीमा है।
अनि यसको लागि चाहिँ हवेली नै यो album चाहिँ हवेली नै हुनुपर्छ भनेर चाहिँ।
चाहन्छौँ भन्ने हिसाबले तपाईंले। अब त्यो हवेलीमा तपाईं अब
आफ्नो पहिलो album हवेली नै भनेर record पनि गर्नुभो तपाईंले भन्नुभयो होइन। बसाई पनि
त्यही हवेलीमै भयो। अब राजाको दरबारमा भएपछि कस्तो अनुभव रह्यो तपाईंलाई? अलिकति के म
राजै हुँ कि जस्तो पनि लाग्यो कि अथवा चाहिँ भनौँ न।
मले,
म संगीत बजाउने राजा हो भन्ने type को एउटा feeling आको थियो। पहिलो रात त म सुत्नु
-सकिनँ किनभने त्यो राजा- -ए, किन होला त्यस्तो यसो?
-[दुवै जनाको हास्य] -त्यो, त्यो हवेलीमा ए माने यति पुरानो
पुरानो त्यो राज राजा रानीहरूले व्यवहार गर्ने चिजबिजहरू यति-
उहाँहरू प्रयोग गर्नुभएको सामानहरू साधनहरू होइन।
एकदम royal थियो। अनि त्यही अब बिहान उठेर breakfast पनि चाँदीको plate मा है। यो
मयूरहरू घुमिराको वरिपरि है। अनि त्यो अनुभव एउटा अब के भन्नु अब सायद सबैले त्यो
अनुभव गर्न पाउँदैन होला जस्तो लाग्यो क्या मलाई। अनि
त्यो
अहिले पनि अब मनमा एकदम छाप बसेको छ त्यो हवेलीको
experience.चल चल
चलना म चलके चलना उछल के चलना संभल के
चलना।
चल चल चलना म चलके चलना उछल के चलना संभल के चलना। चल चल चलना, चल
चल चलना। चल चल चलना म चलके चलना उछल के चलना संभल के चलना। चल चल चलना म चलके चलना
उछल के चलना संभल के चलना। चल चल चलना म चलके चलना उछल के चलना संभल के चलना। चल चल
चलना, चल चल चलना।
मैले एउटा गीत पनि अघि जुन चाहिँ गीत मैले गाएँ Open Door भन्ने त्यो "चल चल चलना म
चलके चलना" भन्ने त्यो हिन्दी गीत पनि मैले त्यहाँनिर एउडा बदामवाला हुनुहुन्थ्यो त्यो
हवेलीको gate मा बस्नुहुन्थ्यो बुढो मान्छे कहिले पनि school नगाएको उहाँ, वहाँ。 उम्ँ,
वहाँको तेस्तो degreeहरू केही नभाको मान्छे तर वाहाले चै कबीरको दोहा चाहिनी तपाईंको
प्रायः जस्तो सबै नै मुखस्त गर्नु भाको रैछ।
-एे。。 -अनि मोचाहिं बिहान गोएर उहाँलाई चिया
किनिदिन्थेँ अनि त्यो बुढो मान्छे हुनुहुन्थ्यो अन्त वहाँसँग बसेर चैँ मो
कवीरको दोहाहरु सुत्थेँ क्या। अनि वहाँले नै मलाई त्यो inspire गर्नुभो motivate गर्नु
-भो यो गीत लेख्नको लागि । -अब यो यति मिठो सम्झना तपाईँले ताजा गरिकिन
हैन हामीलाइ सुन्दाखेरि निकै रमाइलो लाग्यो अब श्रोताहरଲାई नि साह्रै मनपऱ्यो होला
भन्ने हाम्ले आशा गर्छुौँ,
हैन। अब यो जुन अँ
अब हबेलीको कुराहरूको सँगसँगै अब तपाईँ त
अब
देशपरदेश धेरैतिर घुमिसक्नुभा छ, हैन। अब अहिले Australia को यात्राको क्रममा
हुनुहुन्छ। संगीतले घुमाइरहेको छ, हेन। अँ यो अबजस्तो अब
भारतमा जन्मिनुभाको तपाईं हैन, अब भारत र अब Australia
को चाहिँ अब हैन भारत पनि एउटा ठूलो राष्ट्र हो, ठूलो देश हो क्षेत्रफल भयो,ठूलो
क्षेत्रफल भएको। अब Australia पनि त्यस्तै ठूło क्षेत्रफल भएको देश हो यो हैन। अब यहाँ
अब एक एउटा state बाट अर्को state मा चाहिँ समय पनि फरक छ। कुनै ठाउँमा3 ४ घण्टा फरक
छ, कुनै ठाउँ आधा घन्टा फरक हुन्छ हैन। र यहाँ विविधता पनि धेरै छन् हैन। अब तपाईं
धेरै ठाउँमा घुमि सक्नुभो। Australiaका विभिन्न भूभागहरूमा घुमीसक्नुभो। तपाईंलाई
यहाँको कुराले चाहिँ अब कस्तो लाग्यौँ हैन यहाँ अब प्रकृतिका कुराहरू लान अब जसतो
यहाँका
मानिसका व्यवहारका कुराहरू होलान्। के पाउनुभयो तपाईंले अब जस्तो भनौ न आफ्नो
Australia भ्रमणको अब त धेरै पटकआइसक्नुभा भएर मैले तपाईंलाई सोधेँ। अगि पनि मैले
तपाईंलाई कोट्याएको थिएँ कि तपाईंलाई त Australia पानी पधेरो जस्तै भाछ हैन। त्यसले
गर्दा खै धेरैकुरा जानकारीमा होला तपाईंलाई। के पाउनुभयो तपाईंले
-अँ एसो बताइदिनुहोस्। -जब प्रथम पल्ट म Australia आएको थिएँ
त्यत्ति बेला मलाई लागेको थियो जब आबो Sydney जस्तो शहरमा आको है malai चाहिँ
अंग्रेजी film को set मा पसेको जस्तो लाग्यो क्या तपाईंको। [दुवै जनाको हास्या) त्यस्तो
खालको एउटा feeling भाको थियो।तर हामीले recording हरू गर जब जब मो सिडनीदेखि बाहिर
निकलेर हामी एउटा कुने ठाउँमा गएर perform गरेको थियौं। त्यति बेला चाहिँ मलाई यो जब
मैले यूकेलिप्टसको
रूखहरू देखेँ है त्यो जंगलहरू देखेँ त्यानपछि त्यो एकदम rugged खाल्को ऊ
यो ढुङ्गाहरूको mountain अनि मलाई चाहिँ लाग्यो यहाँको ई यो देश चाहिँ प्रवासीहरूको
देश हो भने एउटा यहाँको प्रवासी,यहाँको Aboriginal..
-तपाईंलाई त्यो छाप पर्यो त्यसरी। -हजुर मलाइ मैले त्यो, त्यो
जंगलहरू तीยูकेलिप्टसहरूको रुखहरू देखेर मेरो कानमा त्यो didgeridoo बज्नुथाले क्या।
[दुबैजनाको हास्य] अनि त्यहाँदेखि म अब
यो जनजाति music मा जनजाति भाषाहरूमा धेरै रुचि राखेको कारणले गर्दा चाहिँ म यहाँनिर
धेरै अब aboriginal communityहरूसंग
मलाई भेट्ने इच्छा भयो। वहाँसो पनि music सुने इच्छा भयौँ है। अनि त्यो चाहिँ एउटा
अद्भुत एउटा अनुभव थियो, है Australiaमा। अनि यहाँको आबो
अहिलेको यहाँको जो Australiansहरू छ अनि वहाँहरूको पनि जुन प्रकारले आबो न
यो आबो aborigine music लाई culture लाई वहाँहरुले ऐले विभिन्न festivalहरूद्वारा
promote गर्नु हुँदैछ है अनि तेल्ले पनि राम्रो motivation दियो मलाइ कि हाम्रो
ठाउँमा पनि जनजाति music हरूलाइ यसरी प्राथमिकता दिनुपर्छ, आगाडि ल्याउनु पर्छ
भनेर चाहिँ हामीले
म पछि वहॉ गएर चाहिँ हाम्रो वर्णमाला संस्थाबाट हामीले यही Himalayan Ethnic
Singing Competition पनि हामीले Pan Himalayan ethnic singing competition
राख्यौँ। त्यो एकदमै राम्रो successful भएको छ, है। यसको यसलाई निरन्तरता दिनको लागि
चाहिँ हामी आबो यो
agust देखी चाहिँ august fifthteenth August देखि चाहिँ फेरि यो competition सुरु
-गर्दैछौँ वहाँनिर। -यो चाहिँ तपाईंको आगामी योजनामा चाहिँ...
अँ हजूर आगामी योजनामा चाहिँ यो हिमालयन Ethnics Singing competion हो।
क्रम
भले
सीताटे सदायी।
पेले तारे....
त्यस सँगसँगै अब अब यो आफ्नो चाहिँ सांगीतिक प्रस्तुति गर्ने क्रममा अब अँ हामीले
देखेकै छौँ कि तपाईं अब गाउने पनि हैन विविन्न खालका चाहिँ अब traditional music
बजाउने पनि हैन
र अब विभिन्न भाषामा गाउने अब यो एउटा मात्र भाषामा नगएर अब हिन्दीमा पनि सुन्यौँ
हामीले, बांग्लामा पनि सुन्यौँ हामीले नेपालीमा पनि सुन्यौँ हामीले। अब
यहाँ त अब धेरै देशहरूका मानिसहरूको बसोबास रहेको Australiaमा हैन अब नेपालीहरूको चाहिँ
प्रतिक्रिया कस्तो पाउनुभयाछ तपाईंले एउटा बनाऊ न
कार्यक्रमहरूको दौरानमा।
धेरै कम्ती नेपालीहरू हाम्रो कार्यक्रममा आउने गर्छन्।
-यसको कारण चाहिँ के होला त यसको? -यो अलिकति ब्यान्ड बेङ्गोली सेन्ट्रिक पनि
छ। बाउल गीत त्यसमा एकदम main अब बाउल गीत त्यसमा हाम्रो
Three Seas Band मा छ है। अनि
अब सायद अब दार्जिलिङ कालिम्पोङको नेपालीहरूको संख्या पनि अलिकति कम्ती छ होला
जस्तो लाग्छ मलाई यहाँनिर है। अनि
सायद त्यो प्रकारको प्रचार प्रसार नभएर नआएको हो कि जस्तो पनि लाग्छ है। अनि
ज्याल--
बेसी जस्तो चैँ अब हामी आफ्ना आफ्नु अब हाम्रो बेङ्गोली communityहरू बेसी छन्
यहाँनिर जस्तो लाग्यो मलाई। अनि उहाँहरूको बेसी बेसी बेसी जस्तो अब बेङ्गोली community
कै आउँछन्। अलिकति दुःख त लाग्छ मलाई है। अब नेपाली community को त्यति सहभागिता
नभएको कारणले गर्दा। त्यही भनेर चाहिँ यो पालि हामीले अलिकति
नेपाली गीतहरू पनि अहिले मैले एउटा लक्ष्मीप्रसाद देवकोटाको एउटा गीत पनि
तपाईंलाई सुनाएँ धेरै अगाडि यो कम ले-लेखेको। अलिकति यसलाई चाहिँ मैले नयाँ
-ढङ्गमा- -हजुर
अलिकति jazz को एउटा एउटा background राखेर मैले यो गीत compose गरेँ है। अनि सायद
अब गर्दै जाँदा म मान्छेले मनपराउनु मनपराउँछन् होला सुन्दै जाँदाखेरि है-
-हजुर हजुर -भन्ने चाहिँ एउटा आशा चाहिँ छ।
हजुर हजुर
[गीत] ला ला
ला ला
ला ला ला ला।
हे दिदी मैले
तिमुना देख्दा मुनाको मुहार।
तिमुना पनि
मर्दछिन् भन्ने थिएन विचार।
-हे दिदी मैले... -अनि अब यो तपाईं होइन अब गाउने सँगसँगै
विभिन्न अब
जो सब
-गाउने छँदैछ। -हजुर
सङ्गीत भर्ने छँदैछ होइन ब्यान्डसँग सम्बन्धित रहेर काम गरिरहनुभाछ। विभिन्न देश
विदेश घुमिरहनुभाछ होइन। त्यो सँगसँगै अब वर्णमाला जस्तो अब चाहिँ होइन बच्चाहरूको
लागि एउटा भाषालाई अब होइन वर्णमाला अब चाहिँ सबैलाई अब सजिलो तरिकाले चाहिँ अब
तपाईंले विभिन्न अब सङ्गीत मिसाएर शिक्षामा सङ्गीत मिसाएर चाहिँ अब
बच्चाहरूको लागि पनि विद्यार्थीहरूको लागि पनि धेरै गरिरहनुभाछ। त्यो सँगसँगै तपाईंले
प्रकृतिलाई सुरक्षित राख्नको लागि पनि अब होइन अब कसरी सफा राख्ने भनेर चाहिँ अब
एउटा गीत पनि सुनाएथ्यो मैले टिस्टा सम्बन्धी होइन तपाईंले त्यहाँ फोहोर
-भएको। -[गीत]
बाँधले बाँध्यो
निरन्तर टिस्टा टिस्टालाई।
बाँधले बाँध्यो
त्यो निरन्तर टिस्टालाई। हत्या गर्यो है
त्यो ईश्वरको रचनालाई।
कस्तो खेल हो यो
प्रकृतिसँग।
-बुझ्दैन बुझ्ने बुझ्दैन... -यो विभिन्न कामहरू गरिरहनुभाछ होइन। यी अब
-धेरै काम गर्नेहरूको समय पनि उही नै हो। -हजुर हजुर
होइन अब थोरै काम गर्नेको समय पनि उही हो। तपाईंले यो समयको यो
पावन्दीलाई चाहिँ कसरी भनौँ न। समय सबैको एउटै हो होइन। सबैको चौबिस घन्टाै हुन्छ। अब
धेरै खट्नेको लागि पच्चिस घण्टा हुँदैन, छब्बिस घण्टा हुँदैन, चौबिसै घण्टा हुन्छ।
-चौबिसै घण्टा हुन्छ। -त यो यो समयलाई चाहिँ कसरी व्यवस्थित
गर्नुभाछ तपाईंले? कसरी manage गरिरहनुभाछ त?
अँ
म जब Three Seas सँग बजाउँ Three Seas Band मा आएँ है मैले आफ्नो चाहेको सबै
instrument हरू सिकेको सबै instrument हरू मैले बजाउनु पाउँछु यो ब्यान्डमा Three
Seas Band मा है। तर म
जब फर्किन्छु,
फर्किँदाखेरि चाहिँ एउटा artist ले गर्नुपर्ने काम चाहिँ के हो भनेर चाहिँ मलाई
यो धेरै अगाडि नै यो प्रश्नले छुएको थियो कि। अनि त्यतिबेला चाहिँ मैले देखेँ म
आफैलाई एउटा choice थियो मेरो जीवनमा choice आको थियो कि आफ्नो यो romantic गीतहरू गाएर
है एकदम main stream music गरेर एकदम आफूलाई popular बनाएर
main stream music गर्ने जो सबैले गर्दछन् त्यो गर्ने हो कि,
कि चाहिँ real जुन चाहिँ अँ कुराहरू छ आफ्नो समाजमा घटिरहेको है। विशेष गरी अब
यो
अब
प्रकृतिलाई जुन चाहिँ प्रकारले हामी
-चलाउँदैछौँ है। -हजुर हजुर
उम् त्यो देखेर चाहिँ मलाई मेरै घरको छेउको
सानैदेखि देखेको त्यो बगिरहने टिस्टा है टिस्टा नदी त्यो देखेँ है। अनि मान्छेहरूले
कसरी चाहिँ त्यो टिस्टा नदीमा यत्ति साह्रो मैला फ्याँकिरहेका छन् है। अनि अब त्यो
नदीसँगै म पनि सँगसँगै हुर्केँ है। अनि त्यहाँको प्राणीहरू भयो,
माछाहरू भयो त्योहरू सबैको अब बिस्तारै बिस्तारै ज्ञान पाएँ।
-उम्हम् -अनि पछि लाग्यो मलाई मैले केही न केही चाहिँ
लेख्नुपर्ने हो
भनेर त्यहाँनिर विशेष गरी चाहिँ आजुभन्दा द पन्ध्र वर्ष
अगाडि चाहिँ त्यहाँनिर त्यो टिस्टा नदीमा ड्याम बनाइयो।
-उम्हम् -त्यो ड्याम बनाउँदाखेरि चाहिँ हाम्रो त्यो
-भेगको मान्छेहरू चाहिँ सबै धेरै खुसी थिए। -उम्हम्
है अनि
-मलाई चाहिँ खुबै दुःख लागेको थियो। -उम्हम्
कि यसको यो ड्यामले चाहिँ पछि केही न केही चाहिँ एउटा प्राकृतिक प्रकोप ल्याउँछ भन्ने
-जस्तो चाहिँ मलाई लागेको थियो। -उम्हम्
अनि मैले सुनेको थिएँ त्यो नदीमा त्यहाँ बुढापाखाहरूले dolphin आ dolphin आएर त्यो
टिस्टा नदीमा आफ्नो बच्चा ब्याएर समुद्रमा लाने शिशु भन्ने भन्छ तपाईंको यो
-ब्रह्मपुत्रदेखि bottleneck dolphinsहरू। -उम्हम्
त्यो कुराहरू सुनेँ त्यहाँन् हाम्रो यो माछाहरू असला, बुधुना है चेप्टी होइन यो
गूँछ भन्ने एकदमै
golden mahseer भन्छ। यो एकदमै majestic creatureहरू हो क्या त्यो जुन चाहिँ नदीमा
थियो। अहिले धेरै जस्तो यो
माछाहरू लुप्त पनि भयो है। अनि त्यो एउटा कालो हाँस थियो तपाईंको त्यो अचम्म लाग्छ
तपाईंले त्यो कालो हाँस देख्नुभयो भने नि। त्यो कालो हाँस डुबेर
उम्पानी भित्र भित्र झण्डै पन्ध्र बिस मिनेट हराएर कहाँ निस्किन्छ तपाईँको?
हजुर
-त्यो नदीसँगै बगेर क्या। -त्यसलाई चै अब बिस्तारै त्यो ड्याम बने
-सँगसँगै अब बिस्तारै त्यसको चै अब- -हजुर अनि मैले यो गीतहरू यो कुराहरू सबै
त्यो गीतमा हालेँ क्या। अनि यो बाँधले बाँध्यो यो निरन्तर टिस्टालाई, थुनिदियो यो
सललो बग्ने खोलालाई, हैन? टिस्टा नदीमा डुब्दै निस्किने त्यो कालो हाँस त्यसको पनि
भयो अब सास नबास। यो कुराहरू मैले त्यो
कि गीतमा राखेको छु है। पछि दार्जिलिङको नर्थ पोइन्टको नानीहरूले एउटा राम्रो
animation गरेर यो गीत हामीले अहिले YouTube मा पनि राखेका छौँ।
[गीत] टिस्टा नदीमा डुब्दै निस्किने त्यो कालो हाँस।
त्यसकै पनि भयो अब ना सास ना बास, ना सास ना बास। है अनि पछि त्यो टिस्टा
टिस्टा त हुँदैछ है प्लास्टिकको ढेर, नपत्याए गाउँको खोलानालालाई हेर। बगाएर लाने
नै हो समुद्रतिर, जीवजन्तुलाई भयो जित जिउँनै पिर। कोट्टाएर भत्काएर खोद खोदालेर
सक्यो यो संसार, है
भनेर चै
यस्तो खालको गीतहरू मैले अलिकति यो गीतहरू कति public हरूमा गाउँदाखेरि कति
-कति मन्त्रीहरू त उठेर हिंडेका पनि छन्। -उम्हम्
-क्या उहाँहरूले पचाउन नसकेर। -हजुर
अनि अन्त मलाई चै यो कुराहरू झन् अझै जोडले गर्नु मन लाग्यो क्या।
-उम्हम् -अनि हामीले राष्ट्रिय राजमार्ग सफाइ अभियान
गर्यौँ त्यो National Highway 10 मा। यस्तो खालको तपाईंको social activities हरले यो
cleaning campaign हरले चै अनि म school हरूतिर गएर पनि नानीहरूलाई यो गीतहरू
सुनाएर, हेर यो टिस्टामा dolphin आउँथ्यो एक समयमा, है। यै नै हो हाम्रो भगवान् हो।
-हजुर -है अनि नानीहरूलाई चै त्यो realization दिनु
कि अँ
कि कहाँबाट तिम्रो खाना आउँदैछ, कहाँबाट हावा पाउँदैछौ तिमीले, यो सास फेर्ने हावा
कहाँ पाउँदैछौ। यी नै हुन् हाम्रा भगवानहरु।
-भनेर एउटा- -यो practical तिमीले जहाँ पाइरहेको छौ
एल्लाई worship गर्नुपर्छ, एल्लाई care गर्नुपर्छ भन्ने एउटा जनचेतना
-जनचेतना -जनचेतनामा चै मैले अहिले अहिले पनि काम
गरिरहेको छु। अब गएर पनि हामी अब यो यो टिस्टालाई लिएर कतिवटा हाम्रो project छ है।
र अहिले चै अब यो गीतहरू गाएर यो वर्णमालाको activities हरू देखेर अहिले चै
अब मैले गत वर्ष हाम्रो सिक्किमको governor ला पनि भेटेर यो कुरा राखेँ।
-हजुर -किनभने tourism हाम्रो छाउमा छ है। तर
tourism एकदमै overwhelming छ,
है। अब हाम्रोतिर हेर्नुभयो भने त्यो NJP station अँ त्यो बागडोगरा airport देखि नै
केही नसोचिकन तपाईंको त्यो प्लास्टिकको बोतलको पानी फ्यारे, खाएर फ्याँकिदिन्छ।
त्यो सबै बर्खाले
समेटेर तपाईंको त्यही नदीमै लान्छ। है एकजना साथीले documentary बनाएको रहेछ टिस्टामा।
उहाँले एकदम समुद्रदेखिको टिस्टाको स्रोतसम्मन document गरेको रहेछ।
अनि अब हामी अब कार्यक्रमको अन्त्यतिर पनि आइहालेका छौँ।
-हजुर हजुर -तपाईँको अब अन्त्यमा चै होइन अब हाम्रो
हामीलाई सुनिरहनुभएको श्रोताहरूलाई अब भन्नुहोस् संगीतका पारखीहरूको लागि चै के
-सन्देश छ त? -अँ अब वर्णमाला परिवारले विशेष गरी चै अब
अहिले जनजाति music मा एकदमै focus गरेका छौँ हामीले। है गत वर्ष Himalayan Ethnic
Singing Competition पनि राख्यौँ। सिलगुडीमा एउटा भव्य का हाम्रो तीन दिने festival
भयो। अँ Himalayan Folk Festival है। अनि हाम्रो जति पनि अब
हाम्रो हिमाली भेगमा बस्ने जति पनि हाम्रो श्रोताहरूले सुन्नुहुँदैछ है यो एउटा
competition हामीले राखेका छौँ Himalayan Ethnic Singing Competition त्यो चै पन्ध्र
August देखि सुरु हुँदैछ। यो वर्णमालाको social media को platform मा गएर तपाईंहरूले
हेर्न सक्नुहुन्छ। र हामी अझै बेसी entriesहरू अँ
चाहेका छौँ है। र
जोले जित्छ उहाँहरूले चै Three Seas Band सँग एउटा collaboration गर्न पाउने एउटा
मौका पनि छ है। अनि हामी यहाँ कोबारको festival सँग पनि कुरा गर्दैछौँ। सायद अर्को
वर्ष म धेरै जनजाति musician हरूलाई लिएर यहाँनिर आउने मेरो ठुलो इच्छा छ है। र
श्रोताहरूलाई चै यो Himalayan Ethnic Singing Competition को अलिकति प्रचार
प्रसार गर्दिनुहोस् है। जो जो आफ्नो भाषामा गाउने इच्छा राख्नुभाको छ उहाँहरूले एउटा
सानो दुई तीन मिनेटको video
बनाएर चै हामी वर्णमाला परिवारलाई पठाउन सक्नुहुन्छ। यो एउटा मेरो निवेदन छ
तपाईंहरूको SBS मार्फत है। अनि विशेष गरी तपाईंलाई अनि SBS लाई धेरै धेरै धन्यवाद दिन
चाहन्छु। यो तेस्रो पल्ट हाम्रो यो धेरै रमाइलो लागिरहेको छ।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद तपाईंको समयको लागि।
[गीत] SBS नेपाली podcast मा The Three Seas का देउ आशिष मोथेसँग कुराकानी गर्दै
हुनुहुन्थ्यो सहकर्मी सुशील चालिसे। म हुँ दिनीता रिसाल र यो podcast का निर्माता
सहकर्मी आभास पराजुली हुनुहुन्छ। यो सँगै हामी तपाईंलाई जानकारी गराउन चाहन्छौँ कि यस
कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति SBS को
समर्थन वा विरोध छैन। र श्रोताबृन्द हाल आफ्नो अस्ट्रेलिया tour मा रहेका The Three
Seas का केही show हरू New South Wales का केही सहरहरू भिक्टोरियाको मेलबर्न र
क्वीन्सल्याण्डको ब्रिसबेनमा भइसकेको छ भने आउँदा show हरू NSW का यी सहरहरूमा
हुँदैछन्। बेलिन्जेनमा एप्रिल पच्चीस, Port Macquarie मा एप्रिल छब्बिस, Marrickville
एप्रिल तीस, Wollongong मा May एक, Milton मा May दुई र Braidwood मा May तीन। यो
कुराकानी जस्तै हाम्रा अन्य podcast हरू सुन्नका लागि online मा SBS नेपाली podcast
भनी search गर्नुहोस् र हामीलाई तपाईंले podcast सुन रुचाउने Apple podcast, Spotify
लगायतका platform हरूमा follow गर्न नछुटउनु होला। कुराकानी र गीतसङ्गीतका video
हरू तपाईंले हाम्रो social media मा पाउन सक्नुहुन्छ। Facebook, X र Instagram मा
हाम्रो handle हो SBS Nepali र YouTube मा भने हामी अन्य दक्षिण एसियाली भाषाहरूका साथ
SBS South Asian channel मा रहेका छौँ। थप जानकारीका लागि हाम्रो website को ठेगाना हो
sbs.com.au/nepali। र हामीलाई केही प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हामीलाई
social media वा email मा सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो email ठेगाना हो
nepali.program@sbs.com.au। थप जानकारीका लागि हाम्रो website को ठेगाना हो
sbs.com.au/nepali।
[गीत] SBS South Asian।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ?
Apple podcast, Google podcast, Spotify मा हामीलाई खोज्नुहोस् वा तपाईंले podcast
सुन्ने अन्य सेवामा।
[विदेशि संगीत] Why do people want to be at work?
To feel heard,
appreciated,
part of something
and to know there's a career path for everyone.
Inclusive workplaces are linked to increased innovation, productivity and
employee satisfaction. Make your organization a place where people want to
be. For inclusion and diversity training visit inclusion-program.com.au.



