Laxmi Tiwari, a folk singer from Rampur in Palpa, is known for her knowledge of traditional songs from Nepal’s Gandaki region. She performs a range of culturally significant genres popular within Brahmin and Chhetri communities, including Magal, Uwali, Ratyauli, Balan and Silok. Recently gaining wider recognition as “Tiwari Aama” after her songs garnered engagement on YouTube, she is also known for spontaneously composing and performing her own lyrics. Her songs reflecting the lives of Nepali migrants have also resonated with audiences beyond Nepal. During a Ratyauli workshop in Pokhara last November, Nepal correspondent Sewa Bhattarai spoke with Tiwari about these fading musical traditions.
Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.
This podcast has been transcribed using AI.
[intro music]
Starting a new life in Australia isn't easy. A lot of companies have rejected me.
Sometimes I feel like, oh, I'm gonna quit.
-I give up. -Work in Progress is a podcast to help
skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real
life stories, expert advice and valuable tips to help you find a job and advance
your career. Work in Progress. Listen now wherever you get your podcasts. तपाईँ SBS
नेपालीको साथमा हुनुहुन्छ।
र श्रोताहरू
यो धुन सुनिसकेपछि पक्कै पनि यहाँले थाहा पाइसक्नु भएको होला कि हामी नेपालसँग
सम्बन्धित प्रसङ्गलाई जोड्दैछौँ भनेर
र नेपालको प्रसङ्गमा चाहिँ श्रोताहरू नेपालको कण्डकी क्षेत्रमा पाइने लोकगीतकी
एकजना जानकार तथा ब्राह्मण छेत्री समुदायमा प्रचलित मागल, उवाली, रत्यौली, बालन, सिलोक
लगायतका गीत गायिका पाल्पा रामपुरकी लक्ष्मी तिवारी आजकल निकै व्यस्त छिन्। पछिल्लो
समयमा उनले गाएका गीतहरू YouTube मा आउन थालेपछि उनी तिवारी आमाका नामले पनि चर्चित
हुन थालेकी छन् र तिवारीले एकैछिनमा आफ्नो शब्दमा रचना गरेर गीत गाउने गर्छिन् भने
उनले आप्रवासी नेपालीका बारेमा बनाएका गीतका कारण उनी नेपाल बाहिर पनि लोकप्रिय बनेकी
छन्। गत नोभेम्बर महिनामा पोखरामा आयोजना गरिएको रत्यौलीसम्बन्धी कार्यशालामा
संवाददाता सेवा भट्राइले उनलाई भेटेर यो क्षेत्रका लोपउन्मुख गीतहरूका बारेमा
कुराकानी गरेकी थिइन्। SBS नेपालीको आजको यो कार्यक्रममा आउनुहोस् उक्त कुराकानी
-सुन्नतर्फ लागौं। -यो क्षेत्रमा मागल गीतहरू पुराना गीत भनेर
-प्रख्यात छन्। -हैन।
तर अहिले मागल धेरै लोप भइसके। मागल गीतको बारेमा केही बताइदिनुस् न।
मागलहरू भयो, उवालीहरू भयो, बालनहरू भयो यो चाहिँ गाउँदै गाउँदैनन्।
सबभन्दा पहिले मागलको कुरा गरौँ। मागल कस्तो गीत हो? कसले गाउँछन्? कुन अवसरमा गाउँछन्?
हैन मागल भन्ने कुरा कसार बटार्उँदाखेरिमा
गाउँछन् आमा बुढा बुढा पुरानाहरूले। [गीत] आकाशै कि
दिदी
मेरी। कहिले हो रा
तिम्रो हाम्रो
भेट।
-यसरी गाइन्छ मागल। -तपाईंले सिलोकको पनि कुरा गर्नुभएको छ।
-हजुर, हजुर। -विशेष गरी विवाहमा सिलोक गाइन्छ। सिलोक
-भनेको के हो? कसरी गाइन्छ? -पहिला पहिला महिनटोल भन्ने हुन्थ्यो। अचेल
अब बिजुली आयो महिनटोलको चाहिँ कहीं पनि देखेको छैन मैले। महिनटोल माझमा राखेर
एकपट्टि घरबेटी एकपट्टि चाहिँ जन्ती बसेर त्यो महिनटोलमा चापी दिँदैछस्। घरबेटी र
जन्ती जम्मा भएर गीत गाउँ, त्यो सिलोक भन्छन् के,
अनि त्यसमा चाहिँ त्यो फुकाउने र बान्ने हुन्छ। दुलहीपट्टिकाले भने,
[गीत] एक थुक सोधनी गर्छु भाइ मैले सबका शरणमा परी। रिस रास नमानि उत्तर होस्
माया मनैमा धरी। जानिसक्नु भयो नि यस वखतमा सब ईश्वरैका कला।
वर्षै दिनभरिका राति दिनका जम्मा कति छन् पोला। यो चाहिँ
त्यो घरबेटीले जन्तीतिर सोधे। एक वर्षमा कति पोला हुन्छ, कति दिन कति त्यो हुन्छ भनेर
सोद्धाखेरिमा उनले भन्न सक्नुपऱ्यो। भन्न सक्दैन भने डाँडतिर आउँछन्। [गीत] हे भाइ
सोधे नि गर्न त गर्यो खुब मर्म पार्यो यहाँ। ईश्वरभन्दा श्रेष्ठ मानिस भए
जानिन्छ कसले कहाँ। सोध्न आको अरू मन सपो पनि भनी मनमा भएको भन।
बाह्रै लाख छया नब्बे पनि हजार जम्मा पोला छन् गुन। उनीहरू भने कि यति लाख यति पोला
हुन्छन्। यो भन्ने चाहिँ यसरी चाहिँ यो फुक्छ।
-भनेपछि यसमा निकै ज्ञान छ, हैन त? -अँ, ज्ञान छ यहाँ। ज्ञान छ तर अचेलकालाई यो
थाहा छैन। [गीत] यी जन्तीहरूले विचार गरी भनुन् म भन्छु दुई चार सिलोक। त्यो भयोपछि
के, त्यो सुरु भयो अब। [गीत] रिस रास कति नहोस् तपाईंहरूमा मो तो दुवैको मिलोस्।
अक्षरबाट उठाई अक्षरमा बस्ने हिसाबले गरी। सिलोक गर्नुपर्छ तपाईं जन्तीहरूले
हाम्रा अगाडि सरी। भनेर यो रमा बस्छु। रमा बसेपछि त जानेछु भनेर मन परे निकाल्न
-पाइँदैन। त्यही रबाट निकाल्न पऱ्यो। -हामीले जुन अन्ताक्षरी भन्छौँ नि आजकल
-त्यस्तै हो? -अँ, भन भन्ने छ नि अचेल। हो त्यस्तै
गऱ्यो। [गीत] राम राम भनेर भन्न सकिन्छ मुखले पल्ट्यो भनी काँदा दिन सकिन्छ कसले?
मोरे नरे मात्तै मोरोछ नाति बाँचे सबैमा हुन जान्छ जाति। तमा बस्छु, हैन। [गीत] तस्मत
कारण भन्छु आज मैले जोडा मिलाइकन। छोरीलाई दिनु ढुँडेर प्रवेश पर्दैन
हेर्नु धन। जोडादेखि बिजोडा गरी जसले छोरी दिने काम गर्यो। त्यसले गहिकन कुन्नि
पाक नरकमा आजन्म बस्ने सरी। यो चाहिँ जोडा बिजोड भनेको के हो भनेदेखि
यो दिन उमेर न
मिलाइकन जस्तै बच्चालाई
अँ बुढापाकालाई दिए। दिएपछि अब बुढो झट्टै नै मोरेर गयो। विधवा पुकार भन्नेमा लेख्या छ
भन्या छन् भन्थे है हाम्रो आमाहरूले भनेको सुनेको।
जस्तो यो सिलोकमा पनि अनमेल विवाह गर्नु हुँदैन।
-अँ, हुँदैन भन्ने। -अनि यो कुरा चाहिँ विधवा पुकार भन्ने एउटा
-गीतमा पनि छ। -छ, छ
है विधवा पुकार किताब खुलेपछि बल्ल चाहिँ यसरी चाहिँ पहिला पहिला छोरी बेचेर खाने चलन
थियो। पैसा दिने भएपछि जस्तो बुढालाई पनि दिने छोरी।
-अनि विधवा पुकारमा चाहिँ यसको विरोध छ। -छ भन्छन्, त्यो मैले देखेको त हैन।
-थोरै सुनाइदिनुस् न। -त्यो छोरीहरूले चाहिँ भन्छ कि, [गीत] म
बेचेर खेत त किनेउ माइली बेचि बारी। कान्छी बहिनी किरिया खर्चो राख पाखा
सारी। बाँचे त खेतबारी खाउला मोरे त कुन बाटो काँ
जाउला। नखाउ बाबा छोरीको धन नरक जाने मूल बाटो
-नखान। -भनेपछि महिलाहरूले धेरै अगाडिदेखि यो
-अन्यायको विरोध गर्दै आएका थिए, हैन त? -अँ
-अहिले यो विधवा पुकार कतिको गाइन्छ? -हैन अहिले त अब गाउँछ, अब मेरो त पढाइलेखाइ
पनि छैन के रे अरू बोलेको सुनेर बोल्ने हो मैले। त्यही सुनेको चैँ, मेचीमा घर हो बराल
थर थर हो दाहालकी छोरी म हुँ। तेह्रै वर्षमा पति मरिगया मेरा विपत् क्या
कहूँ। चालिस वर्षको भनी ढाँटढोट गरी बिहा गरी दिया साह्रै बुढा पो थिया। यस्ता यस्ता
चैँ उनीहरूले लेखेर चैँ त्यो गरेपछि अचेल चैँ यो छोरीको पैसा खाने चलन हराको त्यहाँबाट
हो
-भनेर सुन-- सुनथेँ मैले, अँ। -[विघोष] एसबीएस नेपाली एसबीएस साउथ
-एशियनमा। -श्रोताबृन्द यो कुराकानी जारी रहनेछ podcast
-मा यो छोटो विश्रामपछि। -[विघोष] Why do
people want to be at work?
To feel heard,
appreciated,
part of something
and to know there's a career path for everyone.
Inclusive workplaces are linked to increased innovation, productivity and
employee satisfaction. Make your organization a place where people want to
be. For inclusion and diversity training visit inclusion-program.com.au
Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS
South Asian? We've got you.
Watch SBS South Asian on SBS On Demand. It's your favourite radio channel in your
language with great music from all over South Asia. But now it's accompanied by
stunning drone shots. Think mountain peaks, city streets, beaches and bazaars.
It's radio with a view.
SBS South Asian. Stream it on SBS On Demand.
मैले सुनेको चैँ तपाईंले आफ्नो समुदायमा लोप हुन लागेका बालन जस्ता गीतको जागरणमा पनि
-काम गर्नुभएको थियो, होइन त? -खास हामीहरू महिला जातिले बालन र सोरथी त
गाउँदैनन्। पुरुषहरूले गाउने हो। तर मैले पनि यै यसरी गाउने हो स बालनमा भगवानका
अवतारका अरू चैँ हुँदो रहेछ भन्छन्। त्यसको चैँ मैले जानेछु के त्यसमा चैँ गाउँछु पनि
मैले बेला बेलामा। कसरी सोध्नुभो भने, ऊ
हो अयोध्याका राजा दशरथका छोरा,
रामको चल्यो वनवास।
अयोध्याका राजा दशरथका छोरा,
रामको चल्यो वनवास। त चैँ बिहान पख आसीका दिने बेला
भयो नि त्यो बालनीहरू घरबेटीसित आसीका माग्ने बेलामा त चैँ तो सीताको चैँ आउँछ के।
बिहान प्रहरारगी सुन पङ्खी बास्यो,
सीता भाउजू पानी जाने बेला नि हाय।
ऊ
सुनको मृगले बाटो छेक्दै आयो।
सुनको मृगले बाटो छेक्दै आयो।
छल गर्यो रावणले मानिरूप देखायो
हाय। यसरी चैँ भनेर त्यो आसीका माग्ने बेलामा त्यो चैँ भन्छन् सीताको चैँ आउँछ। अब
उठ,
उज्यालो भयो। सुन पङ्खी बास्यो भनेको चैँ
कुखुरा बास्यो। घरका झारबेटी अब हाम्रा दान देऊ।
बालन चैँ कुन बेलामा गाइने गीत हो? अनि अहिले कतिको गाइन्छ तपाईंको समुदायमा?
हैन हाम्रो गाउँतिर त छ बालनको छ छैन त आज बालनमा झ्याँकी धेरै गर्ने। बालन त कसैले
पूजा गर्यो भने मैले आज बालन नचाउँछु, कसैले छोरो पायो भने मैले आज बालन नचाउँछु। त्यो
त्यो घरकाले चैँ बोलाएर त्यो बालनीहरू आर गाउने हो।
तपाईंका यी गीतहरू YouTube मा अरूले राख्न थालेपछि तपाईंको लाखौँ लाख views आएका छन्।
हजुर, म यस्तो अनपढ मैले यो जमानामा mobile चलाउन जान्दैन। अब म यतिकै सुनेका भरै गीत
गाउँछु। म गीत जस्तो पनि गाउँछु। छोरीले त पढ्ने हुन्न भनेर भन्थे हाम्रा पालामा कति।
यस्ता यस्ता अशिक्षाको अभियान चलाउँथे बुढा पुराना जति।
पढ्ने लेख्ने बेलामा पढ्न पाइएन कुटो कोरालो भयो। न पढ्न पायो न लेख्न पायो व्यर्थ
जिन्दगी गयो। पढे लेखेका विद्वानहरूसित सोधेर बनाएँ सिलोकहरू। अनपढ छु
-जान्दिन गल्ती भएमा क्षमा दिनुस् है बरू। -प्रसिद्ध हुँदा चैँ कस्तो लागेको छ धेरै
-मान्छेले चिन्दा? -हैन अहिले त मैले त्यो पहिलाको दुःख देख्दा
सम्झँदा र अहिले चाहिँ सबैले हाय हाय गर्दाखेरि म त मैले एकपटक मरेर फेरि अर्को
जुनी लिएजस्तो लाग्छ मलाई। तर चैँ मैले विदेशमा बसेको पहिला धेरै सम्मान छुकिन् भने
उनीहरूले मलाई भाइरल बनाइदिए। विदेशमा गएँ, देखें। पर्दैन नकल पार्न,
पर्दैन रमाउन। विदेशमा झन् दुःख रहेछ पैसा कमाउन।
मरुभूमि खारी मुलुक छैन पानी खानलाई। दुःखमाथि कष्ट रहेछ
विदेश जानलाई।
उही उही मैले दुबईमा पनि गीत गाएँ के मैले। पानीझार्मा जाँदाखेरि म चाहिँ जम्मै हाम्रा
नेपालका कलाकारहरूका चाहिँ क्यासेट लाएर नेपालीहरू नाच्नेको देखेँ। देखेपछि मैले
सोधेँ के यहाँ हामीहरू पनि गीत गाउन पाइन्छ के के के कुरा भन्दाखेरिमा पाइन्छ आमा
गाउनुस्। यहाँ त नजानेहरू मात्रै यो क्यासेट लगेर जाने त गाउँछ के के भनेर भन्नु भयो।
त्यसपछि मैले चाहिँ गीत गाएँ
कि। महिनाभरि काम गर्यो एक दिन पैसा दिन्छ। खाजा लाउँदा कोठा भाडा सबै
ठिक्क हुन्छ। जानेले त जानेकै छ विदेशका बेथा। पैसा
मात्रै पठाइदे भन्छन् घरकालाई के थाह। घरमा जाम् त पैसा नि छैन।
विदेश बस्न मनैले मान्दैन। म यति बनाएँ।तर ती नेपालीले मलाई कति
सम्झेँ, कति चाहिँ त्यहाँ स्वागत गरे हेर्नुस्। त्यसमा चाहिँ मलाई चाहिँ के भो
भने ए मलाई आज यति गीत गाउन त यति गरे पनि म घरमा गएर अब तिज आउन लाग्छ। तिजको मौका
गीत गाउँछु, नेपालीको सम्झनामा म गाइदिन्छु। केही न केही आमा आइरहेछ भन्ने हौ सबैलाई
भन्ने सुरले त्यसरी चाहिँ तिजमा चाहिँ गीत गाएँ। तिजका गीतले चाहिँ त्यो विदेशीहरूले
मलाई सम्झेर
उनीहरू चाहिँ मलाई चाहिँ चिनाइदिएका हुन्।
र सुन्दै हुनुहुन्छ श्रोतागण, एसबीएस नेपालीमा तिवारी आमाका नामले ख्याति कमाउँदै
गरेकी पाल्पा रामपुरकी लक्ष्मी तिवारीसँग संवाददाता सेवा भट्टराईले गरेको गएको
नोभेम्बरमा पोखरामा आयोजित रत्यौली सम्बन्धी कार्यशालाका बेला ब्राह्मण क्षेत्री
समुदायमा प्रचलित मागल, उबाली, रत्यौली, बालन, सिलोक लगायतका गीत बारेमा गर्नुभएको
कुराकानी है। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी
विचारप्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप प्रस्तुतिहरू एसबीएस audio app मार्फत पनि सुन्न सकिन्छ। तपाईंले app store
वा Google Playबाट यो app निःशुल्क डाउनलोड गर्न सक्नुहुन्छ। YouTube मा भने हामी @SBS
South Asian का नाममा उपलब्ध छौँ। subscribe गरेर साथ दिनुहोला। साथै हामी
Facebook, X र Instagram मा पनि उपस्थित छौँ। SBS नेपाली भनेर खोज्नुहोस्।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ?
Apple Podcast, Google Podcast, Spotify मा हामीलाई खोज्नुहोस् वा तपाईंले podcast
सुन्ने अन्य सेवामा।
Hi, I'm Adam Liaw and I'm excited to share with you my new cookbook, Seven Days of
Dinner. Featuring more than 80 recipes from my SBS series, The Cook Up, this
collection has the answers for your dinner every night of the week.
From meat-free Mondays and Taco Tuesdays
to Thursday night pastas and Sunday roasts.
Full of simple, affordable and achievable recipes, this book is the perfect
companion for every Australian kitchen.
Seven Days of Dinner from Hardie Grant Books. On sale now.





