Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.
First International Wellness Day marked by the UN after adopting Nepal's proposal

Bishow Parajuli is a former UN Resident Coordinator for Myanmar and Zimbabwe. Credit: SBS Nepali/Pratichya Dulal
The inaugural International Wellness Day has been celebrated on April 15, after Nepal's proposal to start the day was officially recognised by the United Nations General Assembly last month. Nepal correspondent Pratichya Dulal spoke with Bishow Parajuli, a former UN Resident Coordinator/Resident Representative for Myanmar and Zimbabwe, about its significance.
SBS live streams and podcasts are supported by advertising.
यो विज्ञापन नाटी द्वारा प्रमाणित दोभाषेले उल्था गरेको हो।
This ad is interpreted by a Naati certified interpreter.
प्रमाणित दोभाषेको माध्यमबाट तपाईंले नेपालीमा भन्न चाहेको कुरा हुबहु व्यक्त हुन
-सक्छ। -With a certified interpreter you can
express exactly what you want to say in Nepali.
साथै तपाईंले भनेको कुरा गोपनीय अनि अपरिवर्तित रहन्छ।
And what you say stays private and unchanged.
-किनकि हामी सबैले बुझिन पाउने हक राख्छौँ। -Because we all deserve to be understood.
नाटी द्वारा प्रमाणित दोभाषे माग्नुहोस्। थप जानकारीका लागि
naati.au/interpreter हेर्नुहोस्। तपाईं SBS नेपालीको साथमा
-हुनुहुन्छ। -नमस्ते, SBS नेपाली podcast मा स्वागत छ म
कृष्ण पोखरेल। अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालद्वारा प्रस्तुत प्रस्ताव
संयुक्त राष्ट्रसङ्घले पारित गरेको छ। हरेक वर्ष एप्रिल पन्ध्रका दिन आरोग्य दिवस
मनाउने भनी नेपालले गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको महासभाले अघिल्लो
महिना पारित गरेको हो। यसरी संयुक्त राष्ट्रसङ्घको महासभाबाट प्रस्ताव पारित
हुनु नेपालका लागि कतिको महत्त्वपूर्ण विषय हो भनी नेपाल संवाददाता प्रतीक्षा दुलालले
संयुक्त राष्ट्रसङ्घ अन्तर्गत जिम्बावे, म्यानमारलगायतका देशमा आवासीय संयोजक भएर
काम गरिसकेका विश्व पराजुलीसँग कुराकानी गरेकी छन्।
एप्रिल पन्ध्रलाई विश्व आरोग्य दिवसको रूपमा मनाउने भनी नेपालले गरेको प्रस्ताव संयुक्त
राष्ट्रसङ्घको महासभाले अनुमोदित गर्यो। यसलाई कसरी हेर्नुभाको छ?
यो
विश्व आरोग्य दिवस भन्नु र यो चाहिँ UN General Assembly ले approve गर्नु
एउटा धेरै राम्रो कुरा हो। किनभने विश्व आरोग्य दिवस भन्नाले नै
यले चाहिँ wholesome रूपमा लिन्छ। जस्तो चाहिँ योगा को दिन
भनिन्छ
twenty first जूनलाई। त्यस्तै अब environmental day भनिन्छ,
polio day भनिन्छ, त्यस्तो भनिन्छ। तर यो आरोग्य भन्नाले
चाहिँ preventative
health care अब चाहिँ wholesome रूपमा अहिले चाहिँ फेरि कस्तो भइराछ भने हाम्रो
यो mental illness नै बढिराछ। यूथहरूमा increasingly
चाहिँ अब work pressure, education pressure,
employment pressure यो सबै overall ले गर्दाखेरि एक किसिमले धेरै राम्रो छ। अब
अर्को किसिमबाट हेर्दा हामीलाई नेपालले
नेपालले गरेको प्रस्ताव चाहिँ
संयुक्त राष्ट्रसङ्घको General Assembly approve गर्नु हामी नेपालीहरूको लागि पनि
एउटा राम्रो गौरवको कुरै हो। जस्तो इंडियाले योगा डे चाहिँ इंडियाले propose
गरेको थियो। अनि त्यो त्यो चाहिँ अहिले propose मात्रै भएन कि त्यो global रूपमा
चाहिँ practice भयो। अब त्यसमा चाहिँ भर पर्छ। अब यो कसरी जान्छ, कसरी चाहिँ हामीले
देशभित्र पनि promote गर्छौँ र संसारमा पनि कसरी अरूहरूलाई
पनि सहयोग गर्न सक्छौँ। त्यो आउने वर्षहरूमा, आउने दिनमा यो आरोग्य दिवस
भन्नाले एक दिन मात्रै
आरोग्यको कुरा गरेर हुँदैन। यो चाहिँ lifestyle देखि लिएर environmental देखि
लिएर यो overall development framework मा पनि यसरी एल्लाई कसरी integrate गर्ने
sustainable development goal अब जस्तो health
को कुरा भयो, जस्तो चाहिँ
food security को कुरा भयो,
food habits को कुरा भयो,
अनि environmental the pollution इत्यादि कुराहरूमा पनि integrate छ। त्यस हुनाले
चाहिँ एउटा राम्रो concept हो यो। अनि
मलाई चाहिँ धेरै राम्रो लागेको छ यो approve भएकोमा।
अब आरोग्य दिवसको प्रस्तावको कुरा गर्दा चाहिँ यसमा के कस्ता कुराहरू पर्दछ?
मैले अघि भनेजस्तै आरोग्य दिवस भन्नाले
हामीले चाहिँ
स्वास्थलाई सबै किसिमबाट चाहिँ निरोगी हुने भयो। अब निरोगी के भयो भने
हुन्छ त?
भन्दा चाहिँ हाम्रो चाहिँ अब illness पनि अब infectious disease हुन्छ,
non communicable diseaseहरू भयो,
dietary related disease भयो। अब अहिले चाहिँ increasingly pollution को भइराछ। यी
सबै कुराहरूलाई comprehensive लिएर हाम्रो चाहिँ
food habit देखि लिएर exercise देखि लिएर
work life balance
इत्यादि सबै कुरालाई लिएर
चाहिँ हामीले सम्हाल्यौँ भने हाम्रो चाहिँ health चाहिँ राम्रो हुन्छ। भन्दाखेरि focus
यसको चाहिँ main orientation के छ भने preventive rather than cure मा चाहिँ
stress भाछ यसमा।
यो प्रस्तावको कुरा गरिराख्दाखेरि चाहिँ यो प्रस्ताव पेश गर्ने र पारित गर्ने प्रक्रिया
चाहिँ के कस्तो हुन्छ?
अब
खास यसमा चाहिँ के हुन्छ भने अब General Assembly को process
कति कुराहरूमा चाहिँ धेरै lobby गर्नुपर्छ। अब सबै देशले
एल्लाई चाहिँ यो राम्रै कुरा हो, यसले उनारको देशको लागि पनि फाइदा हुन्छ।
यो चाहिँ
practical कुरा छ। यसमा चाहिँ त्यो एक किसिमको राजनीति अथवा चाहिँ
एक किसिमको
एक दुईटा देशको मात्र संस्कृतिलाई oriented मात्रै होइन,
संसारकै भनौँ न अब billions
जनसङ्ख्याको लागि आरोग्य हुने किसिमको हो भन्ने कुरा चैँ त्यो understanding हुनु
पऱ्यो। अब hundred ninety three member states General Assembly कोले सबैले चैँ
त्यसरी चैँ
perceive गरेर
उहाँहरूले चैँ unanimously यो राम्रो कुरा हो support गरौँ
भनेर चैँ perceive भयो। अब नेपालले एक किसिमले भनौँ न कति देशहरूलाई lobby गऱ्यो
convince गरायो अनि अब यो प्रस्ताव present गऱ्यो convincing argument हिसाबबाट। त्यो
चैँ एक किसिमले हाम्रो सानो देश
-गौरवताको कुरा हो यसमा। -नेपालको प्रस्ताव संयुक्त राष्ट्रसंघको
महासभाले पारित गऱ्यो होइन।
यसले नेपालका लागि के अर्थ राख्छ?
यो नेपालको लागि
मात्रै होइन कि अब हाम्रो संस्कृति कस्तो छ? हाम्रो योगा पनि हाम्रो नेपालकै
हामी हाम्रो संस्कृतिमै पर्छ नि। पुरानो सभ्यताले के भन्छ हामीलाई चैँ कति कुराहरू
खानेकुराको लागि stress गर्छ। mental
चैँ calmness को लागि stress गरिरहन्छ। अब हाम्रो
परापूर्वको संस्कृतिले हामीलाई निरोगी र चैँ स्वास्थ्य
बनाउनलाई हाम्रो अनुभव के छ त देशमा भन्दाखेरि त्यसलाई पनि सम्हालेर
चैँ अनि यो हाम्रो देशले present गऱ्यो। तर यो हाम्रो देशको लागि
मात्रै भन्ने कुरा होइन यो सबै
मानवताको संसारको सबै मानवतालाई भलो हुने कुरालाई लिएर हेर्नु पर्छ यसमा।
तर यो कुरा चैँ हामीले के गर्नुपर्छ भन्दाखेरि अब कति मान्छेले नबुझ्न नि सक्छ।
त्यसलाई चैँ तिनीहरूलाई चैँ advocacy गरेर मैले देखा छु। अब हाम्रो वाशिंगटनको
American Embassy ले १५ मा एउटा event गरिरहेको छ wellness day लाई लिएर। यस्तै
अरू embassy हरले पनि encourage गरेर अहिले India मा के गर्छ योगा day को लागि
capital देखि नै उनेरले guideline दिल्लीले चैँ एक किसिमको resource
knowledge चैँ त्यो guideline
पठाएर
अनि embassy हरूलाई पनि support गर्ने अब resource पठाउने अथवा चैँ knowledge पठाउने
त्यस्तो किसिमबाट mobalize गर्नुपऱ्यो going forward।
यो कुराकानी जारी रहनेछ यो व्यापारिक विश्रामपछि।
Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS
South Asian? We've got you.
Watch SBS South Asian on SBS on demand. It's your favourite radio channel in your
language with great music from all over South Asia. But now it's accompanied by
stunning drone shots. Think mountain peaks, city streets, beaches and bazaars.
It's radio with a view.
SBS South Asian. Stream it on SBS on demand.
Why do people want to be at work?
To feel heard,
appreciated,
part of something
and to know there's a career path for everyone. Inclusive workplaces are linked
to increased innovation, productivity and employee satisfaction. Make your
organisation a place where people want to be. For inclusion and diversity training
visit inclusion-program.com.au
के यसले चैँ यो पारित हुनुले चैँ संयुक्त राष्ट्रसंघमा नेपालको presence चैँ अलि
राम्रोसँग देखिने त्यस तर पनि हेर्न सकिन्छ?
अँ एक किसिमले जरूर किनभने यो चैँ एउटा leadership को quality हो। अँ एउटा चैँ
अरू देशकोले पनि
respect गरेको भन्ने एउटा signal गर्छ। नेपाल overall किसिमकाबाट
हेर्दाखेरि पनि एउटा peace promoting देश हो। हाम्रो चैँ अहिले
संयुक्त राष्ट्रको blue helmet को लागि सबभन्दा बढी जनशक्ति दिने देश हो।
त्यसकारण हाम्रो एउटा देशलाई चिनाउने
पनि मौका हुन्छ। किनभने कति कुराहरू संयुक्त राष्ट्रसंघमा यो General
Assembly मा चैँ
पास गर्नको लागि त्यति सजिलो कुरा छैन त्यो। त्यसकारण एउटा चैँ
अरू देशले पनि convince हुनुपऱ्यो,
हामीले पनि convince गर्न सक्नुपऱ्यो,
negotiate गर्न सक्नुपऱ्यो
र त्यो majority ले चैँ अब भनौँ न १५ एप्रिललाई यसरी चैँ wellness day भनेर
recognize गरिनु भन्दाखेरि यसो साधारण हिसाबबाट सुन्दाखेरि यो कल्ले propose गऱ्यो
त भन्दाखेरि नेपालको नाम पहिला आउँछ। त्यसकारण चैँ एक किसिमको हाम्रो लागि
पनि
-सुन्दरता नै हो भनी ठान्नुपर्छ। -यस्तो प्रस्तावहरू लान चैँ सबै राष्ट्रहरू
चैँ योग्य हुन्छन् कि त्यसको लागि पनि केही मापदण्ड हुन्छ के कस्तो हुन्छ?
होइन त्यो पक्का मापदण्ड त भइहाल्छ कुराहरूमा। के कुरालाई राख्ने किनभने त्यहाँ
त यो
UN को विभिन्न कुरालाई लिएर चैँ dedicated day हरू छन्। अब त्यसमा चैँ criteria
certain criteria हरू meet गर्नुपऱ्यो। अनिखेरि त्यो विभिन्न level बाट त्यल्लाई
चैँ
approval process मा चैँ जानुपऱ्यो
र चैँ overall assembly ले त्यल्लाई चैँ agree गर्नुपऱ्यो। त्यसकारण त्यो process त
छ नै छ। त्यो procedure चैँ requirement त meet गर्नुपऱ्यो नै। कति कुरा पास
गर्दाखेरि General Assembly को UN day भन्दाखेरि चैँ संसारको सबै
जनतालाई
चैँ
relevant हुने
र देशहरूलाई पनि relevant हुने र देशहरूले पनि convinced हुने किसिमको
कुरा मात्रै अगाडि राख्यो भने चैँ सम्भव त हुन्छ।
अब यो पारित त भइसक्यो, होइन नेपालले प्रस्ताव गरेको। अब योलाई सार्थक बनाउन
जस्तै नेपालले पनि हरेक हप्ता जस्तो एउटा एउटा दिवसहरू परिराको हुन्छ। अब यो आरोग्य
दिवसलाई चैँ एप्रिल पन्ध्रमा हरेक वर्ष राम्रोसँग मनाउने मनाउनको लागि चैँ नेपालले,
अ राष्ट्रले
अँ के कुरामा ध्यान दिनुपर्छ अथवा कसरी गर्न सक्छ?
म चैँ यसो भन्छु कि यो आरोग्य भन्ने कुरा
अँ अब
एक दिन
अँ यो चैँ Wellnes Day मनाएर मात्र हुँदैन। अँ हामीले त यसलाई अँ हाम्रो
चैँ
नेपालमै हिसाब गर्ने हो भने अब विद्यार्थीहरूको लागि curriculum मा
integrate गर्ने, जस्तो चैँ यो अँ काठमाडौँको Mayor ले बालनले अँ
त्यतिबेला उहाँ Mayor भएको बेलामा चैँ एक दिन चैँ Friday
अँ चैँ no book day भनी अनि physical fitness exercise त्यसरी आउनु भनी। त्यस्तो
किसिम गरेर हामीले चैँ अँ विभिन्न mechanism द्वारा हाम्रो चैँ
activity मा हामीले integrate गर्नुपऱ्यो। अँ अनि अब ओ के के चैँ अँ
best fit हुन्छ त हामी wellness गर्दाखेरि। अँ खानेकुरामादेखि लिएर
अनि चैँ physical exerciseदेखि ले-लिएर अनि अब environmental protectionदेखि
लिएर
अँ अथवा चैँ अँ हाम्रो health policy हरूमा अँ अनि चैँ government को
अरू development policy हरूमा integrate गरेर अँ त्यसरी गर्यो भने मात्रै यसको चैँ
सार्थक हुन्छ। अँ र त्यही साथसाथै अँ अब हाम्लै propose गरेका छौँ। अब
हुन्छ हाम्रो हाम्रै मात्र कर्तव्य त होइन नेपालको मात्रै। यो सबै देशहरूलाई अरूहरूलाई
पनि अँ अँ यही कुराहरू चैँ अँ हामीले गरौँ भन्नु सकिँदैन, हाम्रो
resource पनि छैन। अँ तर चैँ पछि गएर अँ हाम्रो अनुभव कस्तो रह्यो, हामीले कसरी चैँ
यसको फाइदा लिऊँ भनी ती कुराहरू share गर्न सकिन्छ अरू अरू देशलाई। जस्तो अहिले चैँ अँ
जस्तो India ले चैँ अघि मैले भनेँ yoga day propose गरेका थियो। उनारूले yoga related
हरू
अँ India ले अँ
त्यो चैँ video promote गर्ने, अँ material हरू education material हरू promote गर्ने,
अँ अनुभवहरू के के छ त्यो share गर्ने,
अँ गरेर अनि practice
अँ पनि गरेर
देखाएर प्रत्येक उनरको embassy मार्फत अँ
UN organization हरूसँग अँ मिलेर, जस्तो म जिम्बाब्वेमा resident coordinator हो भने
त्याँ चैँ Indian Ambassador सँग मिलेर हामी चैँ diplomatic committee हरू, अरू अरू
अँ त्यो national level मा अँ विभिन्न media तर्फबाट त्यसरी गर्थ्यौँ, अँ सहयोग
गर्थ्यौँ। किनभने यो त सबैको लागि फाइदा हुने कुरा हो। अँ त्यसरी चैँ हामीले गर्न
सक्यौँ भने चैँ यसको चैँ सार्थक हुन्छ। अँ तर चैँ अब एक दिन एप्रिल fifteen मा मात्रै
awareness गरेर
एक घन्टा मत्रै एकचोटि त्यो काम गरेर चैँ अलि अलि त्यसको चैँ जुन हामी value लिन
खोज्नुको लागि हामीले यो propose गरेका छौँ त्यो चैँ maximum त आउन सक्दैन।
Thank you.
यो थियो संयुक्त राष्ट्रसङ्घ अन्तर्गत जिम्बाब्वे, म्यानमारलगायतका देशमा आवश्यक
संयोजक भएर काम गरिसकेका विश्व पराजुलीसँगको कुराकानी। हामी श्रोताहरूलाई जानकारी गराउन
चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचार वक्ता स्वयंको हो। यसमा SBS नेपालीको
समर्थन र विरोध छैन। यी जस्तै अन्य सामग्रीहरूका लागि हाम्रो website
sbs.com.au/nepali मा जानुहोस्।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ?
Apple Podcast, Google Podcast, Spotify मा हामीलाई खोज्नुहोस् वा तपाईँले podcast
सुन्ने अन्य सेवामा।



