Nepal Update: Nepali Congress dispute reaches Supreme Court and T-20 team flies for Sri Lanka

Bangladesh v Nepal - ICC Men's T20 Cricket World Cup West Indies & USA 2024

FILE PHOTO: Representative photo of the Nepali national men's cricket team the Bangladesh v Nepal - ICC Men's T20 Cricket World Cup West Indies & USA 2024. Credit: Matthew Lewis-ICC/ICC via Getty Images

Listen to the latest weekly update from Nepal, including the Deuba-led faction of the Nepali Congress approaching the Supreme Court following the Election Commission’s recognition of the Gagan Thapa–led central committee, debate over the possibility of the March 5 elections, nearly 200,000 applications for election police personnel, and the national men’s cricket team heading to Sri Lanka for their third T20 World Cup, starting on February 7.


Subscribe to the SBS Nepali podcast here.

... [म्यूजिक]

स्टार्टिङ अ न्यू लाइफ इन अस्ट्रेलिया इज्न्ट इजी।

-अ लोट अफ कम्पनीज हभ रिजेक्टेड मी। -समटाइम्स आई फिल लाइक ओह! आई गन क्विट, आई

गिव अप। वर्क इन प्रोग्रेस इज अ पोडकास्ट टु हेल्प स्किल माइग्रैन्ट्स रिबिल्ड देयर

करियर इन् अ न्यू कन्ट्री। यू विल हियर इन्स्पायरिंग रियल लाइफ स्टोरीज, एक्सपर्ट

एडवाइस एण्ड वैल्युएबल टिप्स टु हेल्प यू फाइन्ड अ जॉब इन् एडभान्स योर करियर। वर्क

इन प्रोग्रेस, लिसन नाउँ, वेभेर यू गेट योर पोडकास्ट।

तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि

sbs.com.au/nepali जानुहोस्।

एसबीएस नेपाली रेडियो, अनलाइन र मोबाइलमा।

[म्यूजिक]

एसबीएस नेपाली पोडकास्टमा अब पालो भएको छ, नेपालमा गए सात दिन यताका प्रमुख घटनाहरू

बारे जान्ने। रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ नेपाल संवाददाता प्रतिक्षा

-दुलाल। -दलहरूले निर्वाचन

आयोगमा बुझाएको समानुपातिक निर्वाचनतर्फको बन्द सूचीले यस साता व्यापक चर्चा पायो।

विशेष गरी नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय

स्वतन्त्र पार्टी रासपाले निर्वाचन आयोगमा बुझाएको सूची बारे टीका टिप्पणी भएको हो।

पहिले नै अवसर पाएका व्यक्तिहरू दोहोराइएका, नेताका नजिकका व्यक्तिहरू सूचीमा परेका र

समानुपातिक निर्वाचन प्रणालीको मर्म अनुसार सूची तयार नभएको भन्ने आलोचना विशेष गरी

नागरिक समाजबाट भयो। महिला अधिकारका लागि दबाव अभियानले यस विषयमा विरोध जनाउँदै

माइतीघरमा विरोध र्याली समेत निकाल्यो। आलोचनापछि रासपा का सभापति रवि लामिछानेले

-सूचीमा त्रुटि भएको भए सच्याइने बताए। -हन्ड्रेड पर्सेन्ट म ग्यारेन्टी गर्दिन, तर

बढीभन्दा बढी यसलाई सच्याउने कुरामा हामी छौँ। यो सच्चिन्छ, किन सच्चिन्छ समय नै

बाँकी छ। जुन समस्या अहिले आम चासोमा सार्वजनिक भएर आइरहेको छ नि, त्योभन्दा ठूलो

समस्या हामीले देखिरहेका छौँ। मैले पार्टीका रूपमा के पनि भनेको छुइनँ

साथीभाइहरूलाई।

नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिले शुक्रबार वैशाखमा नियमित महाधिवेशन गर्ने

कार्यतालिका पेश गरेपछि निर्वाचनअघि दलले नयाँ नेतृत्व चयन गर्नुपर्छ भन्ने माग

राखेका समूह रुष्ट बनेका छन्। विशेष गरी महामंत्रीद्वय विश्वप्रकाश शर्मा र गगन

थापाले यस्तो माग राख्दै आएका छन्। शुक्रबारको निर्णयमा महामंत्री थापाले नोट

अफ डिसेन्ट लेखेका छन्। यस्तै, उनले पुस महिनाभित्र विशेष महाधिवेशन हुनुपर्ने अडान

राखेका छन्। विशेष महाधिवेशन गर्ने बाटो पार्टीको विधान अनुसार नै खोजिएको उनले दाबी

गरेका छन्। शुक्रबार भएको बैठक लगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने-

यो पुस मसान्तभित्रमा नेपाली काँग्रेसको काठमाडौँमा विशेष महाधिवेशनको आयोजना हुन्छ।

यो केन्द्रीय कार्य समितिले निर्णय गरेर त्यो बाटोबाट हुन्छ कि वा केन्द्रीय कार्य

समितिले निर्णय नगरिकन केन्द्रले आयोजना गरेर हुन्छ, यसका बारेमा चाहिँ एक दुई

-दिनभित्रमा यो कुरा प्रष्ट हुन्छ। -निर्वाचनअगाडि नै महाधिवेशन हुनुपर्ने माग

राख्दै आएका अर्का नेता शेखर कोइरालाले पनि निर्वाचनपछि महाधिवेशन गर्न सहमति जनाएपछि

संस्थापन पक्षलाई उक्त निर्णय लिन सहज भएको पार्टीका एकजना नेताले बताए।

सन् २०२५ मा करिब एघार लाख अन्ठाउन्न हजार पर्यटकले नेपाल भ्रमण गरेको सरकारी आँकडाले

देखाएको छ। सन् २०२४ को तुलनामा पर्यटक आगमन तीन दशमलव नौ प्रतिशतले बढेको

अधिकारीहरूले बताएका छन्। पर्यटक आगमनको सङ्ख्यालाई प्राय सन् २०१९ को सङ्ख्यासँग

तुलना गर्ने गरिन्छ। उक्त वर्ष हालसम्मकै सबैभन्दा धेरै पर्यटक

आगमन भएको बताइन्छ। सन् २०१९ को तुलनामा २०२५ मा तीन प्रतिशत कम पर्यटक भित्रिएको

पर्यटन विभागले जनाएको छ। देशमा भएका विभिन्न घटनाका बावजुद पर्यटकको सङ्ख्यामा

वृद्धि हुनु सकारात्मक रहेको अधिकारीहरूले बताएका छन्। सबैभन्दा धेरै करिब दुई लाख

बयानब्बे हजार पर्यटक भारतबाट आएको तथ्याङ्कले देखाएको छ। अस्ट्रेलियाबाट करिब

उनानपचास हजार पर्यटक नेपाल आएको बताइएको छ।

विशेष अदालतले बुधवार पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्वपक्षका लागि थुनामा पठाउन

आदेश गर्‍यो। तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्तालाई घुस लिएर

मालपोतका एकजना सचिव सरुवा गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले

अक्टोबरमा मुद्दा दायर गरेको थियो। बुधवार बयान दिने क्रममा मन्त्री गुप्ताले आफूमाथि

झुटो आरोप लागेको र कसैसँग घुस नलिएको दाबी गरेका थिए। अदालतले प्राप्त प्रमाणका आधारमा

निर्दोष मान्न नसकिने भन्दै पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। गुप्ताले

गरेको एक टेलिफोन संवाद बाहिर आएपछि उनी विरुद्ध छानबिन सुरु भएको थियो। उक्त

टेलिफोन संवाद पोखराको लिची बगान गैरकानुनी रूपमा लिने बारे केन्द्रित रहेको थियो। सो

अडियो सार्वजनिक भएपछि गुप्ताले राजीनामा दिएका थिए।

राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन र बाहिर लैजान सहज हुने नीति ल्याएको छ।

केन्द्रीय बैंकले जारी गरेको राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन

नियमावली २०७८ को पाँचौँ संशोधन अनुसार अब कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन

र बाहिर लैजान

राष्ट्र बैंकसँग अनुमति नचाहिने भएको छ। यसअघि कालो सूचीमा रहेका कम्पनीले विदेशबाट

लगानी ल्याउन पाउने व्यवस्था थिएन। हालै भएको संशोधन पश्चात नेपालमा कालो सूचीमा

रहेका कम्पनीले पनि विदेशी लगानी भित्र्याउन सक्नेछन्। यसका लागि कम्पनीले आफू कालो

सूचीमा रहेको सो घोषणा गर्नुपर्ने र यसरी कालो सूचीमा रहेका कम्पनीले भित्र्याएको

लगानी लाभांश रकम फिर्ता लैजान चाहिँ कालो सूचीबाट बाहिर निस्केको हुनुपर्ने शर्तहरू

-रहेका छन्। -[म्यूजिक]

... शिक्षण संस्थामा डिसिप्लिन इन्चार्ज नराख्न शिक्षा मन्त्रालयले निर्देशन दिएको

छ। विद्यार्थीलाई अनुशासनमा राख्न केही शिक्षण संस्थाहरूले डिसिप्लिन इन्चार्ज

राख्ने गरेका छन्। मन्त्रालयले यस साता शिक्षण संस्थालाई जारी गरेको दस बुँदे

निर्देशनमा शिक्षण संस्थाभित्र विद्यार्थीलाई अनुशासनमा राख्न भने

डिसिप्लिन इन्चार्ज राख्ने गरेको र त्यसबाट विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको

गुनासो प्राप्त भएको भनिएको छ। त्यस्तो व्यवस्था गरेको भए शिक्षण संस्थाले तत्काल

हटाइ विद्यार्थीलाई सहयोग र सल्लाह प्रदान गर्नका लागि विद्यार्थी परामर्श कक्ष

स्थापना गरी उचित परामर्श दिन पनि मन्त्रालयले निर्देशन दिएको

छ।

जेनजी आन्दोलनमा भएको दमन र विधोन्स बारे सत्य तथ्य बुझ्न गठन भएको जाँचबुझ

आयोगले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग बयान लिएको छ।

बयानका लागि पत्र लिएर आइतबार ओली निवास पुगेको आयोगको टोलीको पत्र ओलीले बुझेको र

लिखित वक्तव्य दिएको आयोगका एकजना अधिकारीले बताए। सोही दिन ओलीले मानव अधिकार आयोगमा

पनि यस विषयमा आफ्नो भनाइ राखेका थिए। जाँचबुझ आयोगले गत साता तत्कालीन गृहमन्त्री

रमेश लेखकको पनि बयान लिएको थियो।

न्यायधीशहरूको चरित्र हत्या गर्ने र विभिन्न किसिमका धाकधम्की दिने क्रम बढेको भन्दै

सर्वोच्च अदालतले यस विषयमा सरोकारवालाहरूको ध्यान आकर्षण गराएको छ। विशेषगरी सामाजिक

सञ्जालमार्फत यस्तो कार्य भइरहेको बताइएको छ।

यस्ता कार्यका कारण न्याय सम्पादन गर्न कठिन भएको भन्दै सर्वोच्चले गृहमन्त्री,

कानुनमन्त्री लगायतलाई आफ्नो गुनासो राख्यो। सर्वोच्च अदालतले बिहीबार यस विषयमा पूर्व

न्यायधीशहरू र नेपाल बार एसोसिएसनका प्रतिनिधिहरूसँग छलफल गर्‍यो। न्याय

सम्पादनको विषयमा न्यायधीशहरू बारे विभिन्न टीकाटिप्पणी र आलोचना भएको भन्दै न्यायधीश

समाज नेपालले केही साताअघि एक विज्ञप्ति जारी गरेको थियो।

सरकारसँग छ बुँदे सहमति गरेपछि निकोलस पुसाल र हरिश बेष्टले एघारौँ दिनमा अनसन तोडेका

छन्। जेनजी आन्दोलनमा गोली चलाउनेलाई कारबाही, आन्दोलनमा परेकाको रिहाई, विदेशमा

रहेका नेपालीलाई मताधिकार लगायत माग राख्दै उनीहरू अनसनमा बसेका थिए। अनसन तोड्दै

प्रधानमन्त्री कार्कीले उनीहरूलाई जुस खुवाएकी थिइन्। उठाइएका मागहरू चरणबद्ध

रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले गरेको छ। सरकारको पक्षबाट

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले सहमति पत्रमा शुक्रबार हस्ताक्षर

गरेका हुन्।

नेपाल क्रिकेट संघ क्यानले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। सन् २०२६ मा

नेपालमा दुई टेस्ट राष्ट्र आएर खेल्ने क्यानले जानकारी दियो। तर, कोसँग खेल्ने भने

अहिले नै तय नभइसकेको क्यानका सचिव पारस खड्काले बताए। नेपालले यस वर्ष ओमान र

युएईसँग आफ्नै मैदानमा लिग टु खेल्ने छ। लिग टु खेल्न अगाडि नेपालले टेस्ट राष्ट्रसँग

खेल्ने बताइएको छ। वार्षिक क्यालेन्डर सार्वजनिक गर्न आयोजित कार्यक्रममा सचिव

-खड्काले भने। -... पछिको अँ ट्वेन्टी ट्वेन्टी को ट्याम्न

सिरिज हामी प्रपोज गरेको छौ नेपाल युएसएस कतार प्लस मे बी एउटा अर्को पूर्ण

राष्ट्रलाई बोलाएर जसले गर्दा त्यो प्रोग्राममा ट्वेन्टी ट्वेन्टी सिरिजलाई

हामीले निरन्तर दिन सक्छौँ। एटलिस्ट सिडब्लुसीको प्लस अरू टिनट्याप भरेको सिरिज

आयोजना हुँदाखेरि चैँ त्यो ए टिमको प्लेयरहरू चैँ त्यो राष्ट्रिय टिमहरूसँग

बेसी हुँदाखेरि त्यो म्याच टिमहरूसँग खेलेपछि सम्वन्धन बनाउँदामा आफ्नो जति गर्दा

-त्यो प्लेयरहरूलाई पनि मनिटरिङमा आउँछ। -यस्तै महिला टोलीका हकमा राष्ट्रिय र उमेर

समूह दुवैका लागि विदेशी प्रशिक्षक राखिने पनि क्यानले जनाएको छ।

नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिकमा प्रतिस्पर्धा गरेका बक्सर नाम सिंह थापाको

शनिबार निधन भएको छ। सन् १९ सय चौसट्ठीमा भएको टोकियो ओलम्पिकमा नेपाली खेलाडीले पहिलो पटक

सहभागिता जनाएका थिए। नाम सिंहले पनि उक्त ओलम्पिकमा नेपालका लागि एक्काउन्न केजी

फ्लाइट वेट स्पर्धामा सहभागिता जनाएका थिए। उनको उनासी वर्षको उमेरमा हङकङमा निधन भएको

हो। गोर्खा सिमेट्री ट्रस्ट हङकङका सचिव अमोद राईका अनुसार तीन महिनाअघि नाम सिंह

घरमा लडेका थिए र उनलाई प्यारालाइसिस भएको थियो। टोकियो ओलम्पिक्समा धावकहरू भूपेन्द्र

सिल्वाल र गंगाबहादुर थापासहित बक्सर नाम सिंह, भीमबहादुर गुरुङ, रामप्रसाद गुरुङ र

ओमप्रसाद पुनले सहभागिता जनाएका थिए। जसमा बक्सरहरू हङकङबाट सिधै जापान गएका थिए। नाम

सिंहले सत्ताइस वर्ष गोर्खा आर्मीमा काम गरेर गोर्खा क्याप्टेनको रूपमा अवकाश पाएका

थिए। एसबिएस नेपालीका लागि प्रतीक्षा कुलाल, काठमाडौँ।

यो एसबिएस नेपाली पोडकास्ट हो र तपाईं सुन्दै हुनुहुन्छ साप्ताहिक नेपाल अपडेट।

हाम्रा थप पोडकास्ट सुन्न आफूलाई मनपर्ने कुनै पनि पोडकास्ट प्लाटफर्ममा एसबिएस

नेपाली भनेर खोज्नुहोस् वा हाम्रो वेबसाइट एसबिएस डट कम डट एयू स्ल्यास नेपाली

जानुहोस्। हामी सोसल मिडिया अन्तर्गत फेसबुक, एक्स र इन्स्टाग्राममा एट एसबिएस

नेपालीको नाममा उपलब्ध छौँ भने युट्युबमा पनि हाम्रो पोडकास्ट सुन्न र केही विशेष

भिडियोहरू हेर्न सक्नुहुनेछ एट एसबिएस साउथ एशियनको

नाममा।

एसबिएस

साउथ

एशियन!

...

END OF TRANSCRIPT

Share

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now