‘Passing traditions to the next generation’: Brisbane's Nepali community celebrates Sonam Lhosar
Participants at the Sonam Lhosar event organised by Tamang Society of Queensland on Friday, 16 January 2026. Credit: SBS Nepali / Dinita Rishal
The Tamang Community of Queensland celebrated its first Sonam Lhosar event on Friday, January 16, marking the end of the Year of the Snake and welcoming the Year of the Horse. SBS Nepali spoke with organisers and participants about celebrating the new year away from home, strengthening cultural connections, and passing traditions on to the next generation.
[म्यूजिक] क्रन्ची वाफल
कोन्स फिलिद् विथ क्रिमी रियल आइसक्रिम, गुई सोसेस एण्ड जेनेरस टोपिङ्स, द ऑल न्यू
बुलेवर क्रिमी क्लासिक सन्डे रेन्ज इज डेफिनेटली वर्थ स्क्रिनिंग अबाउट आइसक्रिम!
-तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ। -एसबीएस नेपाली, एसबीएस
साउथ एशियनमा।
[म्यूजिक] र श्रोताबृन्द, अब सोनाम लोसार यहाँहरूमध्ये कतिले मनाउनु भयो या
मनाउने योजना गर्दै हुनुहुन्छ होला, मनाइसक्नु पनि भयो होला। अँ, यही विषयमा
चाहिँ ब्रिस्बेनको, अ, क्वीन्सल्यान्डको राजधानी ब्रिस्बेन स्थित तामाङ सोसाइटी
अफ क्वीन्सल्यान्डले आफ्नो पहिलो सोनाम लोसार कार्यक्रम, अँ, गत सप्तान्त, गत
सप्तान्तभन्दा अगाडि भनौं न, अँ, गत शुक्रबार, अँ, जनवरी सोह्रमा मनाएका थिए र
एसबीएस मिडिया पार्टनर रहेको उक्त कार्यक्रमका आयोजक तथा सहभागीहरूसँगको
कुराकानी हामी सुन्न गइरहेका छौं र यसपालि चै, अँ, यसपालिको अ, सोनाम लोसार कार्यक्रम
कस्तो रह्यो? पहिलो कार्यक्रम भन्ने विषयमा सुरुमा चाहिँ तामाङ सोसाइटी अफ
क्वीन्सल्यान्डका संस्थापक तथा अध्यक्ष रहेका विजय तामाङ सन्सँगको कुराकानीको यो
छोटो अंश अब कार्यक्रममा सुनाउन गइरहेका छौं।
अ, हाम्रो यो ट्वेन्टी ट्वेन्टी फाइभमा स्थापना भएको तामाङ सोसाइटी, अ, विथ फोर्टीन
बोर्ड मेम्बरबड स्टार्ट भएको नाउँ वी ह्याब सिक्सटिन बोर्ड मेम्बर अन आवर तामाङ
सोसाइटी क्वीन्सल्यान्ड, सो अहिले वी ह्याब अलमोस्ट लाइक थ्री हन्ड्रेड फोर हन्ड्रेड
जेनेरल मेम्बर्स एन्ड मोर अन काउन्टिङ, अ, सो, अ, आज यो ठूलो पर्व हाम्रो
तामाङको पहिचान गर्ने एउटा, उम्म, ठूलो चाडपर्व, हामीले लोसारको लागि मानेर
अट्ठाइसौँ बैसट्ठौँ, अँ, सालको सोनाम लोसार आज मनाउन जाँदैछौं र सबैजना जति
पनि आइदिनुभयो र सपोर्ट गर्दिनुभयो, उहाँलाई
-हृदयदेखि नमन गर्दछौं हामी। -अनि कार्यक्रममा के के हुँदैछ भनौं न, अब
-नाचगानदेखि लिएर होइन, परम्परागत- -हजुर, अब हाम्रो कार्यक्रममा हाम्रो धेरै
विशिष्ट
व्यक्ति, वरिष्ठ व्यक्तिहरू आउनुभएको छ। न्यु साउथ वेल्सदेखि तपाईँको हाम्रो स्पेसल
गेस्ट छ सात जना हुनुहुन्छ, अँ, हाम्रो भिआइपी गेस्ट हुनुहुन्छ। हाम्रो
चिफ गेस्टहरूमा दुईजना हुनुहुन्छ, नाफाबाट। अँ, विथ अल दि कम्युनिटी लिडर्स, अँ, वी
इन्भाइटेड अल दि कम्युनिटी लिडर्स फ्रम
डिफ्रेन्ट कम्युनिटी, गुरुङ, मगर, राई, शेर्पा, अँ, लगायत अरू कम्युनिटी लिडर फ्रम
डिफ्रेन्ट सबब, उहाँहरूलाई पनि इन्भाइट गरी आज हामीले, उम्म, एक
भएर यो सोनाम लोसार पहिलो चोटि हो भन्ने अनुभवै नहोस् भन्ने
हेतुले हामीले यस्तरी, अँ, गर्दैछौं र भई पनि राछ।
हजुर, हजुर, अनि यस्तो कार्यक्रमहरू चै अब भनौं न, अँ, एक हिसाबले अब नेपाली दोस्रो
पुस्ताहरू पनि बिस्तारै बढ्दै जाँदा कतिको जरुरी छ उनीहरूलाई चै त्यो?
अबियसली नम्बर वन प्राइरिटी फर तामाङ सोसाइटी ओपनिङ भनेको यो हामीले जेनेरेशनलाई
पास गर्ने हो। हामीले यो जेनेरेशन, हाम्रो जुन जेनेरेशन छ र त्यो जेनेरेशनबाट नेक्स्ट
जेनेरेशनले सेकेण्ड जेनेरेशनले उनारूहरूले ताकि हाम्रो कल्चर नबिर्सोस्, हाम्रो
भेषभूषा के हो, हाम्रो भाषा, संस्कृति, हाम्रो परम्परा के हो? लामा गुरु भनेको के
हो, हाम्रो कल्चर कस्तो हुन्छ, हाम्रो फुडहरू के हो, ताकि उनीहरूले नबिर्सोस् र
हाम्रो तामाङ समुदाय, हाम्रो कल्चरहरू चै, अँ,
ताकि लोप नहोस्। सो वी आर ट्राइङ टु प्रिजर्व, अँ,
फर दि सेकेण्ड जेनेरेशन स्पेशली।
र श्रोताबृन्द, हुनुथिए तामाङ सोसाइटी अफ क्वीन्सल्यान्डका एक संस्थापक तथा तथा
वर्तमान अध्यक्ष रहेका विजय तामाङ। र अब भने केही सहभागीहरूसँगको कुराकानी पनि सुन्न
तर्फ लागाउँ। कोहीको लागि यो पहिलो सोनाम लोसार थियो अस्ट्रेलियामा, र कोहीले चै
पहिलो पटक नै तामाङ समुदायको कला संस्कृतिहरू देख्न पाउँदा रमाइलो लागेको
भनेर एसबीएस नेपालीलाई बताएका थिए। सोही कुराकानी अबको प्रस्तुतिमा।
-लसो फ्याफुल्ला जमन्दा! -सो अट्ठाइस सय बैसट्ठी ताल होरी जनासिउ
जमन्, तामाङ जोगु
र गएर तामाङ देदा लानन लानन थु, थुजेसि मुला।
-लोसार ला जाबा दाम मुला लसो फ्याफुल्जी। -यो अट्ठाइस सय बैसट्ठौँ तालको अवसरमा
पाल्नुभएको सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ।
ल, लोसार, सोनाम लोसारको सप्पैलाई शुभकामना छ, लसो फ्याफुल्जी।
मेरो नाम चैँ अभिषेक तामाङ। यो तामाङ सोसाइटी अफ क्वीन्सल्यान्डको बोर्ड मेम्बर
पनि हुँ। सुरुवातदेखि नै र आजको दिनसम्म आउँदाखेरि
धेरै हिसाबले कम्युनिटीलाई चै नि एकबद्ध, अँ,
गरिराखेको छौं र
जुन कम्युनिटीमा चै नि हामी तामाङ सोसाइटीहरू, अब नेपालमा हेऱ्यौं भनेदेखि
एकदम एक हिसाबले पिछाडिएको, अँ, जातिहरूको रूपमा हामीलाई, अँ, थियो भन्देखिन अब चै नि
धेरै हिसाबले हामी, अँ, चै नि कम्युनिटीहरू चै नि राम्रो भइराखेको छ अहिले।
मेरो नाम चैँ सुरेश लोन, मेरो नेपालको घर चैँ हेटौडा हो र म यहाँ चैँ सनसाइन कोस्ट
बस्छु। म पनि एउटा, अँ, यो सनसाइन, अ, क्वीन्सल्यान्ड, अँ, तामाङ सोसाइटीको चैँ
सदस्य बोर्ड मेम्बर छु। हाम्रो यो अट्ठाइसौँ बैसट्ठी तालो, अब यो हर्स, अँ, इयर
भयो। स्पेशली अब यो चैँ चाइनिज न्यू इयरहरूसँगै मिल्छ। यो त चाइनिज र तामाङहरू
अथवा कोरियनहरूको चैँ यो, अँ, यो बाह्रवटा वर्गहरू हुन्छ, त्यो वर्ग चैँ हाम्रो सेम नै
हुन्छन्। र
यस्तै अब हाम्रो यो कम्युनिटीको लागि, अँ, जुन, अँ, यो लोसार
पर्व, यो रिमठिम भन्छम् हामी, यो रिमठिमलाई बचाउनको लागि हामीले विदेशमा आएर पनि
यतिसम्म गर्न पाउँदाखेरि चैँ एकदम खुशी लागेको छ।
-अ, मेरो नाम श्रीजना तामाङ, म चैँ वाइवा हो। -मेरो चैँ प्रेना जोशी।
-मेरो चैँ सृष्टि ढकाल। -... साजना मिस्र।
अनि भनेपछि तपाईंले आज सबै आफ्नो साथीहरूलाई सोनाम लोसार मनाउन लिएर आउनु-
अँ, सबैजनालाई मेरो टिम हामी सँगै काम गर्छौँ अनि सबैजनालाई सोनाम लोसार मनाउन
-ल्याएको। [हसाउँदै] -ओके, अनि तपाईंहरूलाई चैँ कस्तो लाग्यो?
-पहिला पनि आउनु भाको थियो कि पहिला? -हैन, हाम्रो चैँ आज फर्स्ट टाइम हो अनि
हामीलाई चैँ यो तामाङहरूको कल्चरल ड्रेस लाउँदा चैँ एकदमै खुशी लाग्यो अनि एकचोटि ल
लगौँ, जाम् भनेर फर्स्ट टाइम आको, एकदमै धेरै रमाइलो भयो।
-सबसे मन परेको तामाङनी। [हसाउँदै] -तामाङनी र तामाङनीको डान्स। [समेत हसाउँदै]
अनि अब यसरी भन्नु न, एउटा कल्चरल एक्सचेन्ज भइराछ नि, हैन? नेपालमा नि यस्तो हुन्थ्यो
कि अस्ट्रेलियामा चैँ झन् धेरै हुन्छ कि के छ त्यो चैँ?
अब यहाँ चैँ साथी साथीभन्दा त्यसरी अब अहिले हिन्यो, हैन, त्यहाँभन्दा पहिला हिँड्ने
थिएन। नेपालमा चैँ खासै अब
पहिला हिनिन्थ्योन, अब अहिले के छ थाहा छैन। पहिला हुँदा चैँ अब लाइक त्यसरी
हिनिन्थ्योन, ल तामाङको प्रोग्राम छ, ल जाम् भनेर त्यो चैँ अहिलेसम्म एक्सपिरियन्स
-लिएथेन हामीले। -तपाईंलाई चैँ कस्तो लाग्यो आफ्नो कल्चर
-देखाउँदा आफ्नो साथीहरूलाई? -अँ, मलाई त एकदमै राम्रो लाग्यो नि आफ्नो
कल्चरलाई यस्तो ठूलो पर्दामा देख्न पाउँदा, हैन, आफ्नो संस्कृतिलाई, एकदमै खुशी लाग्यो
अनि अब मेरो साथीहरूलाई थाहा थिएन, उनीहरूलाई चिनाउन पाउँदा आफ्नो संस्कृति,
आफ्नो भेषभूषा, हैन? अनि नेपाल जस्तै नै छ।
-अनि यो सबै तपाईंले लगाइएको हो? -हो, सबै मैले लगाइदिएको हो उनीहरूलाई।
-[हसाउँदै] -र श्रोताबृन्द, केहीको लागि पहिलो लोसार्कै
अनुभव रहेको थियो, हैन, यो रमाइलो कुराकानी सुनिहाल्यौँ। तामाङ सोसाइटी अफ
क्विन्सल्यान्डले आयोजना गरेको सोनाम लोसारको कार्यक्रमका सन्दर्भमा सङ्कलित केही
कुराकानीहरू थिए। र यससँगै हामी तपाईंहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस
कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको
समर्थन वा विरोध छैन। र यससँगै अन्य सहभागीहरूसँगको कुराकानी चैँ पुरा कुराकानी
तपाईंले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ, ठेगाना हो एसबीएस डट कम डट एयू स्लॅश
नेपाली। वा आफ्नो फोनमा एसबीएस अडियो एपलाई निःशुल्क डाउनलोड गरेर पनि सुन्न
सक्नुहुन्छ। र अहिलेको लागि भने श्रोताबृन्द पालो भएको छ। दोस्रो ब्रेकको ब्रेकपछि फेरि
पनि अँ यही सन्दर्भको कुराकानीलाई जारी नै राख्ने छौँ। सुन्दै गर्नुहोस् एसबीएस साउथ
एशियनमा नेपाली कार्यक्रम।
...


