SKIP TO MAIN CONTENT

Nepal's Judo champion Phupu Lhamu Khatri almost gave up the sport!

Nepali Judo champion Phupu Lhamu Khatri speaking to SBS Nepali.
Nepali Judo champion Phupu Lhamu Khatri speaking to SBS Nepali. Source: Smriti Dhungana

Nepali Judo champion won gold medal at the 2016 South Asian Games and then represented Nepal at the 2016 summer Olympics. But the 22 year old almost gave up the sport after an incident. Phupu Lhamu Khatri spoke to SBS Nepali.


Published

Updated

By Smriti Dhungana

Source: SBS



Skip to podcast episode content

Nepali Judo champion won gold medal at the 2016 South Asian Games and then represented Nepal at the 2016 summer Olympics. But the 22 year old almost gave up the sport after an incident. Phupu Lhamu Khatri spoke to SBS Nepali.


१. जुडोको सफल खेलाडीको रुपमा स्थापित भइराख्नु भएको तपाईको करियर कसरी सुरु भएको थियो ?

म १२ वर्षको हुँदा मार्सल आर्टको खेलहरु हेर्न गरिरहेको हुन्थें । २०६४ सालतिर मार्सल आर्टको हल नजिकै आमा बुबाले लोकल होटलमा खेलाडी र प्रशिक्षकहरु नास्ता र खाजा खान आउने गरेका थिए । त्यसैबेला चन्द्र डंगोल गुरुले मेरो बुबालाई मार्सल आर्ट सिकाउन प्रोत्साहित गर्नुभएको रहेछ । बुबाले मार्सल आर्टको प्रशिक्षण लिन भर्ना गरिदिनु भएको थियो ।

२. एकपटक झण्डै जुडो नखेल्ने निर्णय गर्नुभएको थियो। किन ?

हिमाल आरोहणको दौरान बुबाको निधन भएपछि निराश भएको थिए । सधैं खेल्नको लागि प्रोत्साहन गर्ने बुबानै नभएपछि कसरी खेल्न सक्छु भन्ने लागेको थियो । पछि मेरो दिदी डोमाले खेल्नको लागि प्रोत्साहित गर्नुभएको थियो

३.प्रशिक्षणको दौरान पुरुषहरुसँग बढी प्रतिस्पर्धा गनुको कारण के होला ?

शारीरिक रुपमा केटाहरु बलियो हुन्छन् जस्तो लाग्छ । त्यसैले उनीहरुसँग प्रशिक्षणको दौरान खेलियो भने आफू फिट हुनसक्छु । त्यो भनेर केटीहरुसँगचाँहि खेल्दै नखेल्ने भन्ने होइन् । खेलको दौरान उनीहरुसँग खेल्नुपर्ने हुन्छ ।

४.जुडो खेल्दा तपाई अन्तराष्ट्रिय गायिका सकिराको जस्तो हिप हल्लाउन माहिर हुनुहुन्छ भन्छन् । यो खेल खेल्ने टेक्निक्स हो कि डान्समा पनि रुचि राख्नुहुन्छ ?

मैले खेलेको खेल राम्रो लागेर साफ खेलको दौरान भारतीय टोलीका प्रशिक्षक फुर्काएका थिए ।

५. करिव पाँच महिनाको प्रशिक्षणको लागि हंगेरी पुग्दा धेरै दुःख पाउनु भएको रहेछ । खासमा के भएको थियो ?

सुरुको दुई हप्ता देव गुरुपनि हुनुहुन्थ्यो । उहाँ नेपाल फर्किएलगत्तै मलाई खुट्टा दुख्ने समस्या भएको थियो । फेरि विदेशमा नयाँ साथीहरु बनिसकेका थिएनन् । एक्लो भएको महशुस गरेकी थिए । त्यसबेला होम सिकजस्तो भएको थियो।

६.सागमा गोल्ड मेडल जित्दाको क्षण कस्तो थियो ?

त्यो मेरो जिन्दगीको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता थियो । खेलको सुरुवातदेखि मैले जित्न सक्छु भन्ने लागेको थियो । त्यसबेला बुबालाई सबैभन्दा बढी सम्झिएर चिच्याएको थिए ।

७. जुडो खेलाडी नहुनुभएको भए के बन्नुहुन्थ्यो होला ?

सम्भवतः पत्रकार हुन्थे होला । कारण अरुलाई प्रश्न सोध्न मलाई एकदम मनपर्छ । अहिलेपनि माइक लिएर हिड्न मनपर्छ ।

८.अहिलेको स्थितिमा महिला खेलाडी भएर खेलकुदमा लाग्न कत्तिको सहज छ ?

खेलकुदमात्र नभएर जुनैपनि क्षेत्रमा लाग्न इच्छा हुनुपर्छ । पहिलाको तुलनामा नेपाली खेलाडीहरुले राम्रै सुविधाहरु पाइरहेका छन् । आफ्नो इच्छा परिवारलाई भन्न सक्नुपर्छ ।

९. आगामी योजना ?

जुडोलाई निरन्तरता दिनेछु । त्यसबाहेक टोकियो ओलम्पिकमा छनोट भएर खेल्नतर्फ तयारी गरिरहेको छु ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now