Watch FIFA World Cup 2026™ LIVE, FREE and EXCLUSIVE

PM Oli's address, Dhangadi wins DPL and Shrinkhala wins Miss Nepal - Last 7 days in Nepal

Miss Nepal 2018, Nepal PM KP Oli and Dhangadi Premier League champion- Dhangai's image collage

Source: RSS

Prime Minister KP Sharma Oli promises to tackle corrpution, social justice and equality during his new years address with Pokhara's Rara lake as the backdrop, Dhangadi wins Dhangadi Premier league cricket - second year in a row and Shrinkhala Khatiwada becomes Miss Nepal - these are some of the news that made headlines in the last 7 days in Nepal.


प्रधानमन्त्री ओलीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, समृद्धि र भ्रष्टाचारको अन्त्य सरकारको संकल्प भएको बताएका छन्। नयाँ वर्ष २०७५ को अवसरमा शनिबार मुगुको राराबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको आरम्भसँगै समृद्धि नेपाल बनाउन एकजुट हुन आग्रह समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले २०७४ साल राजनीतिक उपलब्धीको वर्ष रहेको स्पष्ट पारेका थिए । तीन तहको निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनको बाटोमा अघि बढेलगत्तै देशमा स्थायीत्वको नयाँ चरण आरम्भ भएको उनले बताए ।

उनले सरकारको लक्ष्य सामाजिक न्याय, लोकतन्त्र, समान अवसर, सुशासन, समृद्धि, र जनताको जीवन सुखी पार्नु रहेको बताएका थिए ।

पोखराको रारा ताल अगाडी बाट प्रधानमन्त्री ओलीले आफ्नो योजना राखेका थिए।

..

सर्वेन्द्र खनाल नेपाल प्रहरी, शैलेन्द्र खनाल सशस्त्र प्रहरी प्रमुख

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनालाई बढुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले चैत २९ गतेबाट लागू हुने गरी प्रहरीमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले दिएका थिए।

त्यस्तै प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाअवधि पूरा गरेर बुधबारदेखि अवकाश पाएका थिए । २०४६ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका सर्वेन्द्र महानगरीय ट्राफिक प्रहरी प्रमुखमा कार्यरत थिए। त्यस्तै नेपाल प्रहरीको निरीक्षकबाट सेवा सुरु गरेका शैलेन्द्र खनाल २०५७ सालमा गठन भएको सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए ।

..

स्पोर्ट्स अवार्ड जेठमा हुने

स्पोर्ट्स अवार्ड २०७४ को १५ औं संस्करणको आयोजना आगामी जेठ ४ मा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुन जानकारी नेपाल खेलकुद पत्रकार मञ्चले गराएको छ । मंगलबार आयोजित कार्यक्रममा २०७४ सालमा खेलको माध्यमले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, खेल अधिकारी र संस्था लगायत गरेर विभिन्न आठ विधामा अवार्ड वितरण गरिने जानकारी मञ्चका अध्यक्ष महेश आचार्यले दिएको थिए ।

यसवर्षको स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्टको सम्मान प्रदान गरिनेछ ।

उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपुल्स च्वाइस तथा उत्कृष्ट प्रशिक्षकलाई एनएस १६० मोटरसाइकल प्रदान गर्नेछ ।

..

धनगढी दोस्रो पटक डीपीएलको च्याम्पियन

काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टीम चौराह धनगढीले दोसो पटक धनगढी प्रिमियर लिग(डीपीएल) को उपाधि उचालेको छ । शुक्रबार धनगढीस्थित संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा भएको धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो संस्करणको फाइनलमा धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रनमात्र बनाएको थियो।

प्रतियोगितामा धनगढीका ललितसिंह भण्डारीले तीन, रोहन मुस्तफा २ तथा योगेन्द्रसिंह कार्की र साम्सद शेखले समान १ विकेट लिए। टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो।

..

श्रृखंलालाई मिस नेपालको उपाधि

यस वर्षको मिस नेपालको उपाधि श्रृखंला खतिवडाले जितेकी छिन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा मिस नेपालको उपाधि हेटौंडाकी २२ वर्षीया श्रृंखलाले जितेकी थिइन् । द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको २३ औं संस्करणको विजेता श्रृंखलाले मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

उनले प्रतियोगितामा ब्यूटीफूल हेयर र मिस फ्याशिनोको उपाधि समेत जितेकी थिइन् ।

त्यस्तै मिस नेपाल यूनिभर्सको उपाधि भने मनिता देवकोटाले जितेकी थिइन् । प्रतियोगितामा उनले मिस ग्ल्यामरको उपाधि जितेकी थिइन् । उनले मिस यूनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस नेपाल अर्थ प्रिया सिग्देल र मिस नेपाल इन्टरनेशनल रोनाली अमात्य घोषित भएका थिए । उनीहरुले क्रमश मिस अर्थ र मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व समेत गर्नेछन् ।

प्रतियोगितामा मिस फ्रेन्डसिप साहारा लामा, फोटोजेनिक महिमा सिंह, पक्चुअल लक्ष्मी पौडेल, इन्टेलेक्चुअल आश्मा ढुंगाना, बेष्ट ऐथ्लिट मेघा श्रेष्ठ, कन्फिडेन्ट आस्था साख, पपुलर च्वाइस सन्ध्या अधिकारी, ट्यालेन्ट रोनाली अमात्य र ब्यूटी विथ द प्रपोज प्रिया सिग्देल घोषित भएका थिए।

..

 

 


Share

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now