Watch FIFA World Cup 2026™ LIVE, FREE and EXCLUSIVE

PM Oli's India visit and 82 thousand apply to work in Korea - Last 7 days in Nepal

Nepal's Prime Minister KP Sharma Oli and his wife Radhika Shakya welcomed in New Delhi by Indian Prime Minister Narendra Modi in April 2018.

Nepal's Prime Minister KP Sharma Oli and his wife Radhika Shakya welcomed in New Delhi by Indian Prime Minister Narendra Modi in April 2018. Source: RSS

Nepali Prime Minister KP Sharma Oli's three day trip to India and more than 82 thousand Nepali worker apply to work in South Korea - twelve times more than the number advertised for . These are some of the stories that made headlines in Nepal in the last seven days.


प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई शनिबार ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । राष्ट्रपति भवनमा शनिबार आयोजित कार्यक्रममा ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए । तीन दिने औपचारिक भारत भ्रमणको पहिलो दिन प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टू वान’ वार्ता भएको थियो। नेपाल वायु सेवा निगमको विमानबाट शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली र मोदीबीच मोदी निवास सेभेन रेसकोर्समा साँझ ‘वान टू वान’ वार्ता भएको थियो ।

ओलीसँगको भेटपछि हर्षित भएको भारतीय प्रधानमन्त्रीले ट्वीटरमार्फत उल्लेख गरेका थिए । त्यसअघि तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी र पूर्व भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए ।

५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, उद्योग र वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव लगायत सहभागी भएका थिए । प्रधानमन्त्री ओली भारत प्रस्थान गर्नुअघि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र रक्षा मन्त्री ईश्वर पोखरेल लगायतले विमानस्थलमा विदाइ गरेका थिए । दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओली र मोदीले भने ।

..

जनप्रतिनिधि र कर्मचारीलाई स्वीकृतिबिना विदेश भ्रमण नगर्न निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृतिबिना विदेश भ्रमण नगर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर बुधबार जनप्रतिनिधि र कर्मचारीलाई पत्राचार गरेको थियो ।

विदेश भ्रमण गर्ने जनप्रतिनिधि र कर्मचारीहरुले ७ दिनभित्र यसअघि गरेका भ्रमणको विवरण मन्त्रालयमा बुझाउनु पर्ने लिखित रुपमा जनाएको थियो ।

नेपाल सरकारको कार्य विभाजन नियमावली २०७४ अन्तर्गत भ्रमणसम्बन्धी मापदण्ड स्वीकृत भएर कार्यान्वयनमा नआएसम्म तीन तहका सरकारका प्रतिनिधि र कर्मचारीले भ्रमणको निर्णय गराएरमात्र मन्त्रालयमा स्वीकृतिका लागि पठाउनु पर्नेछ ।

मन्त्रालयको स्वीकृति पाएका जनप्रतिनिधि र कर्मचारीहरुलेमात्र विदेश भ्रमण गर्न पाउनेछन् ।

..

कोरियाका लागि मागभन्दा १२ गुना बढीको आवेदन

यसपटक कोरिया जानका लागि लिइने भाषा परीक्षामा सहभागी हुन मागभन्दा १२ गुना बढीको आवेदन दिएका छन् । कोरियामा थ्रि डी अर्थात डर्टी, डेन्जरस र डिफिकल्ट मानिँदै आएको काममा जान यसपटक अहिलेसम्मको बढी ८२ हजार दुई सय ६४ ले आवेदन दिएका थिए । जसमध्ये १२ हजार आठ सय ७७ महिला छन्।

सन् २००७ देखि कोरियाले सुरु गरेको रोजगार अनुमति प्रणाली अन्तर्गत भाषा परीक्षामा सहभागी हुन अघिल्लो वर्षको तुलनामा यसपटक १४ हजार बढी आवेदन परेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको थियो ।

कोरियाले यसवर्ष पाँच हजारभन्दा बढी नेपाली कामदारको संंख्या तोकेको थियो।

भाषा परीक्षा आगामी जेठ २६ र २७ मा काठमाडौं र पोखराका केन्द्रमा हुनेछन् भने नतिजा असार १६ सम्म प्रकाशन गरिनेछ । कोरिया जानका लागि आवेदन शुल्क मात्र २४ अमेरिकी डलर बुझाउनु पर्ने व्यवस्था मिलाइएको थियो ।

सन् २०१९ का लागि आवेदन भरेका युवायुवतीबाट मात्र साढे २० करोड रुपैयाँ संकलन भएको थियो । 

सत्यमोहन जोशीलाई गाडी र इन्टरनेट सुविधासहितका सम्मान

ललितपुर महानगरपालिकाले संस्कृतिविद् सत्यमोहन जोशीलाई गाडी र इन्टरनेट सुविधासहितको मोबाइल उपहार प्रदान गरेको छ। सोमबार ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जोशीलाई उपहार प्रदान गरेका थिए ।

महानगरले संस्कृतिविद् जोशीलाई चालक र एक गार्डसहित बा ४ च ५२१२ नम्बरको कार र सामसोङ ग्यालेग्सी अन सेभेन प्रो स्मार्टफोन प्रदान गरेको थियो।

गाडीमा लाग्ने सम्पूर्ण खर्चसमेत नगरपालिकाले व्यहोर्ने मेयर महर्जनले जानकारी गराएका थिए । उनका अनुसार नेपालको इतिहासमा आदरणीय संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान स्वरुप उपहार प्रदान गर्न पाउँदा खुसी भएको बताएका थिए ।

..

नयाँ वर्षदेखि रारामा फ्री वाईफाई

नयाँ वर्षदेखि कर्णाली प्रदेश सरकारले नेपालको सबैभन्दा ठूलो ताल रारामा फ्रि वाईफाई सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५ सँगै रारा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाईफाई सेवा जडानको तयार पुरा भएको जानकारी कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी गराएका थिए ।

उनका अनुसार पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्याउन रारा ताल वरिपरि निःशुल्क वाईफाईको व्यवस्था गर्न लागिएको हो।

रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको छ ।

..

पशुपति क्षेत्र मगन्तेरहित घोषणा

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई मंगलबारदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ । कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिएका थिए ।

धार्मिकस्थललाई मानवीय संवेदनाप्रति ‘ब्ल्याक मेलिङ’ गरेर पेशाका रुपमा माग्नेको संख्या बढेपछि कोषले १ सय ८२ जना माग्नेको तथ्यांक निक्लिएको थियो ।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले पशुपति क्षेत्रका मगन्तेहरुमध्ये ८० जनालाई गोँगबु र बूढानीलकण्ठ आश्रममा पुनःस्थापना गरिने जानकारी गराएका थिए । त्यस्तै पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाइ डा. प्रदीप ढकालले भने ।

 

 


Share

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now