Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.
This podcast has been transcribed using AI.

Participants at the Tamu Lhosar event organised by Tamu Samaj Sydney on Tuesday, 30 December 2025. Credit: Facebook/Tamu Samaj Sydney/Amrit Photography Sydney
Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.
This podcast has been transcribed using AI.
... तपाईँ एसबिएस नेपालीको साथमा हुनुहुन्छ।
एसबिएस नेपाली, एसबिएस साउथ एसियनमा।
प्रश्रोता मित्र, अघि भनेजस्तै अब चाहिँ लोसारका बारेमा कुरा गर्ने बेला भएको छ र
इयर अफ हर्स अर्थात् घोडा वर्गलाई स्वागत गर्दै अष्ट्रेलियाका विभिन्न स्थानमा रहेका
गुरुङ समुदायले गत हप्ता लोसार मनाएका छन् र अब हामी तपाईंलाई चाहिँ लिएर जाँदैछौं
सिडनी र मेलबर्नतर्फ। अब सुरुमा चाहिँ सिडनीतर्फ लागौं, जहाँ चाहिँ हर्सपेल स्थित
मराना अडिटोरियममा मंगलबार तीस डिसेम्बरमा चाहिँ अ न्यू साउथ वेल्सका विभिन्न स्थानमा
बसोबास गर्ने गुरुङ, गुरुङ समुदायका सदस्यहरू भेला भएर लोसार मनाएका थिए र
नेपालमा पुस पन्ध्रमा मनाउने लोसार यसपटक सिडनीमा पनि त्यसै दिन पारेर मनाइएको थियो।
परम्परागत खाना, पोसाक र नाचगानसहित समुदायका सदस्यहरूले लोसार मनाएका थिए। अँ,
सुरुमा त अब तमो समाज सिडनीका अध्यक्ष हिउँपति गुरुङसँगको कुराकानी सुन्नतर्फ
लागाउँ जहाँ चाहिँ उनले प्रवासमा रहेका संघ संस्थाहरूको मुख्य चुनौती भनेको चाहिँ यहाँ
जन्मिएका बालबालिकालाई आफ्नो संस्कार र संस्कृति हस्तान्तरण गर्नुभएको बताएका थिए र
कार्यक्रममा अष्ट्रेलियामा हुर्कँदै गरेका बालबालिकालाई समेत मौलिक संस्कृति सिकाउने
-काम संस्थाले गरेको उनले बताएका थिए। -अब यसमा के छ भन्दाखेरि प्रवासमा रहेका जति
पनि नेपाली संस्थाहरू छ, हाम्रो मुख्य चुनौती भनेको नै
यहाँ जन्मिएर हुर्केका बालबच्चाहरूलाई कसरी हाम्रो
अँ धर्म, संस्कार, संस्कृति हस्तान्तन गर्ने, पुस्तान्तरण गर्ने त्यो नि एउटा
मुख्य चुनौती हो। यहाँले देख्नुहुन्छ, आजको सांस्कृतिक कार्यक्रममा नै हाम्रो दुई थरीका
अँ मुख्य समूह छन्। एउटा भनेको हाम्रै यही अष्ट्रेलियामा जन्मिएर हुर्केका बालबच्चाले
पनि आफ्नै
अँ संस्कार, संस्कृति, आफ्नै पहिरन, रीतिरिवाजका साथ
प्रदर्शन गर्नुहुनेछ सांस्कृतिक कार्यक्रममा। त्यस्तै गरेर अँ मुख्य रूपमा
अँ उच्च अध्ययनको सिलसिलामा अँ नेपाल छोडेर आफ्नो परिवार, घर छोडेर
अँ उच्च अध्ययनको लागि आउनुभएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि यहाँ बढी
मात्रामा छ। र एक किसिमले भन्नुहुन्छ भने तमु समाज सिडनी
अँ ती तमाम विद्यार्थीहरूको एउटा सार पनि हो र एक किसिमले भन्नुहुन्छ भने अभिभावकको पनि
हामीले भूमिका निभाएका छौँ। गर्दाखेरि यो खाली एउटा सांस्कृतिक अँ पर्व त निश्चित
रूपमा हो
तर पनि एउटा समूहसँग, एउटा समुदायसँग जोड्ने र ती तमाम विद्यार्थीहरूलाई पनि तमु समाज
सिडनी एउटा सार बन्न सक्छ अँ र विद्यार्थीहरूलाई पनि हामीले जोड्नु पर्छ
भन्ने त्यो पनि एउटा मान्यता छ, अँ त्यो हिसाबले। र अर्को भनेको चाहिँ अहिले हामीले
हेर्दै गर्नुभयो भने हामी जातीय संस्था हुँदाहुँदै गर्दा पनि एउटा बृहद् नेपाली
समुदाय र बृहद् अस्ट्रेलिया समुदायसँग पनि हाम्रो सहकार्य हुन्छ। संस्कार, संस्कृतिको
जगेर्ना, अँ संरक्षण, संवर्धनको कुरा गर्दै गर्दाखेरि
हामीले केही पनि बिर्सनु हुँदैन भने हामी पनि एउटा अँ
न्यू साउथ वेल्स भनेको वास्तवमा संसारको नै एउटा
अँ विविधता भएको
अँ राज्य हो। हजारो संख्यामा विभिन्न भाषाभाषीहरू छन्, विभिन्न
विविध अँ संस्कृति यहाँ देख्नुहुन्छ। त्यही हिसाबले पनि हाम्रो तमु समाज सिडनी पनि
त्यो बहु सांस्कृतिक
अँ परिवेशमा हाम्रो पनि छुट्टै किसिमको एउटा पहिचान र छुट्टै किसिमको हाम्रो पनि एउटा
-अँ मूल्य मान्यताहरू छन्। -र हुनुथिए तमु समाज सिडनीका अध्यक्ष हिउँपति
गुरुङ र कार्यक्रममा न्यू साउथ वेल्स लगायतका अन्य राज्य र प्रदेशबाट पनि
समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। त्यसैगरी, नेपालबाट आएका अभिभावकहरू पनि
उपस्थित रहेको कार्यक्रम हामीले सहभागीहरूसँग पनि कुराकानी गरेका थियौँ र यो
कुराकानीको यो भाग, यो अंश यहाँ प्रस्तुत गर्दै छु।
म समिता गुरुङ, हामी हरेक वर्ष जोइन गरिरहन्छौँ र यो पालिको चाहिँ विशेष स्पेसल
भनेको चाहिँ युजुअली हामी सधैँ चाहिँ शनिबारको दिन गर्ने गर्थ्यौँ, होइन। यो पालि
चाहिँ लोसार पुस पन्ध्रकै दिनमा परेको छ। त्यसैले गर्दाखेरि अँ अन टाइम नेपाली टाइममा
नै मना- मनाउँदाखेरि हामी सबैजना
गुरुङहरू मात्र नभइकन हामी सम्पूर्ण नेपालीहरू सँगै बसेर चाहिँ लोसार मनाउनुको
-हामी एकदमै खुशी छौँ। -हजुर, तपाईँले अब पोसाक कति हिसाबले आफ्नो
संस्कृति अनुसारको लाएर आउनुभाछ, आफ्नो बच्चा बच्चालाई सेकेण्ड जेनेरेसनलाई चाहिँ
यो कुरा सिकाउनु कतिको महत्वपूर्ण छ र कसरी सिकाउनुहुने? सिकाउँदै गर्नुभाछ।
अब आफ्नो कल्चर भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा होइन, अब यदि हामीले
रेप्रेजेन्ट गर्ने भनेको नै हाम्रो आइडेन्टिटी, आइडेन्टिटी भनेको नै कल्चर हो।
र मेरो पनि एक छोरी छ, पन्ध्र वर्षको, ऊ पनि एकदमै एक्साइटेड भएर गुरुङ ड्रेस लगाएर
जाने, सि लुक्स फर्वर्ड टु इट, होइन। त्यसले गर्दाखेरी चाहिँ कार्यक्रम, यस्तो
कार्यक्रमले चाहिँ अब हामीले डाइरेक्टली इन्डाइरेक्टली चाहिँ आफ्नो सेकेण्ड
जेनेरेसन, थर्ड जेनेरेसनहरूलाई चाहिँ आफ्नो कला, आफ्नो संस्कृति, भेषभूषा भनेको के हो त
भन्ने कुरा चाहिँ हामीले चाहिँ उनाहरूलाई चाहिँ निरन्तर चिनाइरहने चाहिँ यो चाहिँ
एउटा प्ल्याटफर्म हो, होइन। त्यसैले गर्दा एक किसिमले चाहिँ
लोसारको पर्व मनाउने एउटा माहौल पनि हो। यसले सबैजनालाई कनेक्ट गर्ने पनि एउटा माहौल
हो र यसको साथसाथै आउने सेकेण्ड जेनेरेसन, थर्ड जेनेरेसनलाई पनि आफ्नो संस्कृति, कला,
संस्कृति भनेको के हो भन्ने कुरा बुझाउने एउटा चाहिँ अपरच्युनिटी र प्ल्याटफर्म पनि
हो, होइन। त्यसैले गर्दा चाहिँ यसै, इट इज अ भेरी
गुड इभेन्ट र आज चाहिँ हामी एकदमै एक्साइटेड छौँ।
-मेरो बेल बहादुर गुरुङ। -हजुर, कति वर्ष अष्ट्रेलिया आउनुभाको चाहिँ?
म अहिले पहिला
-तीन साल पहिला पनि आको थिएँ हजुर। -हजुर
त्यहाँ पनि यहाँ आउँदा यहाँ हाम्रो लोसारहरूमा आउँदा छोरीलाई लिएर आको, एकदम
राम्रो
लागेको थियो।
र हाम्रो वहाँ हामी स्याङ्जा पनि हाम्रो गुरुङ समाजको लोसारहरू त्यहाँ गर्दाफेरि म र
यहाँ चाहिँ लगभग हाम्रो
भनम् एक दुई, एउटै जस्तो हाम्रो अष्ट्रेलियामा आउँदा नि अँ महसुस भयो,
-राम्रो। -हँ, कस्तो रमाइलो लाग्यो?
-एकदम रमाइलो। -आफ्नो छोराछोरीसँग हुनुहुन्छ, होइन, त्यो
अनि साथीभाइ आफ्नो समुदायको मान्छेहरू भेट्दाखेरि खुशी लाग्यो।
एकदम राम्रो, सप्पै हाम्रो वहाँको नेपाल जस्तै, यहाँ चाहिँ यहाँ भेट्दाखेरि जस्तो म
-राम्रो महसुस... -के सुझाव दिनुहुन्छ, यहाँ बस्ने अब
छोराछोरी,
साना भर्खरका विद्यार्थीहरू आउनुहुन्छ, उहाँहरूलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ?
होइन, अब ठिकै छ। अब आफ्नो चाहिँ यो कल्चर, भेषभूषाहरू छोड्नु भएन। यो चाहिँ अब हामीले
-चाहिँ यस्तो तरिकाले गरिहाल्दा... -... गर्दा राम्रो, राम्रो हुन्छ।
-आउनुभाको कति भयो? -आज हामी एक महिना भयो मेलबर्नबाट फेरि यहाँ
-छोरीको- -मेलबर्नबाट यहाँ आउनुभाएको छ। अनि यहाँ अब
जहिले पनि नेपालमा लोसार मनाइराको, यहाँ चाहिँ आज सिडनीमा लोसार मनाउँदैछ। कस्तो
लागिराछ त यहाँ मान्छेहरू देखेर सप्पैले भनौँ न परम्परागत लुगा लगाएर आउनुभाको छ,
-कस्तो लागिराछ? -अहिले रमाइलो लाग्दैछ।
-हजुर। -मेरो नाम मन बहादुर गुरुङ हो।
हजुर, अनि नेपाल र यहाँ चाहिँ यो लोसार मनाउने तरिका, आज आउनुभाको छ कार्यक्रममा,
-कस्तो नेपालमा चाहिँ कसरी मनाइन्छ लोसार? -नेपालमा प्रायः हामी चाहिँ अब काठमाडौँमै
बस्यौ, काठमाडौँ, तोलीखेलमा मनाउने गर्दथ्यो। यसपालि चाहिँ हाम्रो भाइले चाहिँ
यहाँ सिडनीमा चाहिँ लोसार मनाउन आउँदा एकदमै हामीलाई एकदम रमाइलो लागेको छ आजु।
तपाईंको नाम एकचोटि भन्दिदिनुहोस् न, कहाँ बस्नुहुन्छ अनि?
मेरो नाम सोनिशा गुरुङ, म स्ट्र्याकफिल्ड बस्छु अहिले चाहिँ।
अनि यो तपाईंको यो लोसार मनाको कतिौँ वर्ष अस्ट्रेलियामा चाहिँ?
मेरो यो फर्स्ट इयर हो, म आथिएन त्योभन्दा अगाडि।
आउनुभाको थिएन। तर अस्ट्रेलिया आको चाहिँ कति भयो?
-थ्री इयर्स। -थ्री इयर्स, नेपालमा त अब तीन वर्ष अगाडि त
अस्ट्रेलिया, नेपालमा लोसार मनाउनु हुन्थ्यो होला, हैन? अहिले अब यहाँ आउनुभाएको छ,
-कस्तो फिल भइराछ त? -रमाइलो भइराछ अहिलेसम्म, सो फार सो गुड, अब
भित्र गएसी थाह हुन्छ, यो फर्स्ट टाइम हो, सो लेट्स सि।
ओके, आज अब भनौं न गुरुङ लुगा पनि लगाएर ड्रेस पनि लगाएर आउनुभाको छ, हैन? अब यहाँ
कतिको लोग्नु हुनुहुन्छ, याद छ नि यो हाम्रो जेनेरेसनको कल्चर हो, हैन? यहाँ भखर भखर
जन्मेको अथवा नयाँ आउने जेनेरेसनलाई पनि त्यो हस्तान्तरण गर्नको लागि सिकाइ राख्नको
-लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ? -अँ, आफ्नो लाइक कल्चरहरू चाहिँ हुन्छ नि,
वर्षमा एकचोटि आउँछ, सो आफ्नो कल्चरमा चाहिँ पार्टिसिपेट हुने, हैन? अनि अब आफ्नो ड्रेस
आफ्नो रूट चाहिँ बिर्सिनु भएन। अब त्यही हामी फलो गर्दै गयो भने हाम्रो पछिको
जेनेरेसनले पनि फलो गर्छ, एनिवे।
र सु श्रोता मित्र, सिडनीमा भएको कार्यक्रममा सहभागी समुदायका सदस्यहरू र
केही अभिभावकहरूसँग गरिएको यो कुराकानी सुन्नुभयो यहाँहरूले। अब चाहिँ अब मेलबर्न
तर्फ लागाउँ जहाँ चाहिँ अब शनिबार तीन जनवरीमा तमू लोसार मनाइएको छ र कार्यक्रम
चाहिँ ब्रान्चविक वेस्ट स्थित इस्टोनियन हाउसमा भएको थियो र त्यसबारे तमू समाज
भिक्टोरियाका सचिव अरुण कुमार गुरुङसँग सहकर्मी दिनिता रिसालले गर्नुभएको यो
-कुराकानी सुन्न तफ लागाउँ। -पुस पन्ध्रमा हो, हामी गुरुङहरूले मनाउने,
पुस पन्ध्र चाहिँ अस्ति मङ्गलबार थियो तर हामी चाहिँ यहाँ नर्मल्ली चाहिँ विकेन्ड
शनिबार मनाउँदैछौँ आज। अनि कार्यक्रममा चाहिँ आज
मेन अलिकति एट्रेक्सन चाहिँ कल्चरल, कल्चरल हेरिटेज र सम्बन्धी हाम्रो पर्फमेन्सहरू छ,
गुरुङ डान्सहरू, नेपाली डान्सहरू
अनि त्यसबाहेक चाहिँ हाम्रो चाहिँ यहाँ लामा गुरु हुन्छ, यो पूजाहरू अनि आशीर्वाद दिने।
अनि त्यसपछि अरू कति
अलिकिति भिन्न चाहिँ हाम्रो यो
म्यागजिन लन्च छ। अनि यो एकेडेमिक एचिभमेन्ट भनेर यो बाह्र क्लासदेखि माथि ब्याचलर,
मास्टर, पिएचडी गर्नेवाला चाहिँ खाता लगाइदिने। अँ, अनि अन्तिममा चाहिँ हाम्रो यो
डान्स, अँ, हाम्रो ग्रुप डान्सहरू रहेको छ।
अनि त्यही अब हरेक वर्ष चाहिँ अब साना साना भाइ बहिनीहरू पनि रेडी हुँदै हुनुहुन्छ,
हैन, डान्सहरूको लागि। अब तपाईंहरूले चाहिँ विशेष गरी दोस्रो पुस्ताहरूलाई चाहिँ कस्तो
रूपमा समावेश गरिरहनुभएको छ, त्यो पनि अलिकति बताइदिनु।
अँ, एकदमै राम्रो छ, है।
हामी चाहिँ सायद तीन महिना हुन लाग्यो यो तयारी गर्न लागेको। अनि विशेष गरी चाहिँ यो
नृत्य, नृत्य गानहरू प्रस्तुति, त्यसको तयारी चाहिँ विशेष गरी चाहिँ यो साना बाबु
नानी, अब सेकेण्ड जेनेरेसन, सायद थर्ड जेनेरेसन पनि अहिले चाहिँ अलि सहभागी भाको
छन्। एकदमै राम्रो छ। एउटा हाम्रो प्रयास पनि यो तमू समाज भिक्टोरियाको प्रयास पनि
हाम्रो यो तमू समाजको यो
पहिचान र संस्कृतिलाई चाहिँ
आउने भावी पिढीहरू, दोस्रो, तेस्रो पुस्ताहरूलाई पनि समावेश गर्दै लानी भन्ने
जुन छ, त्यसमा चाहिँ एकदमै राम्रो छ, सहभागिता एकदम राम्रो छ। अनि आज पनि
यहाँहरूले देख्न सक्नुहुनेछ।
र सुन्नुहोस्, यो सँगै अन्य सहभागीहरूसँगको कुराकानी चाहिँ तपाईंले हाम्रो वेबसाइटमा
सुन्न सक्नुहुनेछ। अँ, ठेगाना चाहिँ एसबिएस डट कम डट एयू स्ल्याश नेपाली रहेको छ र सँगै
एसबिएसको अडियो एप डाउनलोड गरेर पनि यहाँहरूले
यो र यो जस्तै अन्य प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ। र अब भिडियो हेर्नको लागि चाहिँ
अब हाम्रो सोसल मिडिया यहाँ-यहाँ जान सक्नुहुनेछ, फेसबुक, एक्स र इन्स्टाग्राममा,
त्यहाँ चाहिँ हामी एसबिएस नेपालीका नाममा रहेका छौँ। र युट्युबमा चाहिँ एसबिएस साउथ
एशियनका नाममा हामी रहेका छौँ। त्यस्तैगरी, अस्ट्रेलिया र अन्य राज्य तथा प्रदेशमा पनि
तमू लोसारका कार्यक्रमहरू सम्पन्न भएका छन्। त्यसबारे जानकारी पनि वेबसाइटमा यहाँले
पाउन सक्नुहुनेछ। हामी तपाईंलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त
गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारप्रति एसबिएसको समर्थन वा विरोध छैन।
अनलाइन र सोसलमा थप सामग्रीहरू पाउनुहोस्, एसबिएस डट कम डट एयू स्ल्याश नेपालीमा
जानुहोस् वा फेसबुकमा एसबिएस नेपालीलाई फलो गर्नुहोस्।
लाइक, सेयर र कमेन्ट गर्नुहोस्। एसबिएस नेपालीलाई फेसबुकमा साथ
दिनुहोस्।