SKIP TO MAIN CONTENT

पूर्व पार्टनरको अश्लील सामाग्री बाँडेको आरोपमा एडिलेडबाट एक नेपाली विद्यार्थी पक्राउ

आफ्नी पूर्व पार्टनरको आपत्तिजनक अवस्थाका तस्बिर र भिडियो, ती महिलाको परिवारजन तथा नयाँ श्रीमानलाई पठाएको कथित आरोपमा अस्ट्रेलियन फेडेरल पुलिसले एडिलेडबाट बुधवार एक नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीलाई पक्राउ गरेको छ।

Sextortion
Source: AFP

3 min read

Published

Updated


Skip to article content

अस्ट्रेलियन फेडेरल पुलिसको अस्ट्रेलिया बाहिरबाट ती नाम नखुलाइएका विद्यार्थीको उक्त हरकत बारे जानकारी आएको बताइएको छ।

एबीसीका अनुसार उनलाई बुधवार एडिलेडको भित्री शहर स्थित एक घरबाट विद्युतीय उपकरणहरू सहित पक्राउ गरेको हो।

“सेक्सटरसन्” वा “रिभेन्ज पर्न” पनि भनिने अरूको अश्लील तस्बिर एवं भिडियोजन्य सामाग्री फैलाइदिन्छु भनेर डराउने धम्क्याउने कार्यलाई लिएर अस्ट्रेलियाली सङ्घीय प्रहरीद्वारा छानबिन सुरु गरेको मुद्दाहरूमा यो पहिलो मध्येको एक हो।

An upset young girl in front of a personal computer.
File image. Source: AAP

यसै सिलसिलामा, बिहीबार बिहान उनलाई एडिलेड म्याजिसट्रेट्स कोर्ट लागिएको थियो जहाँ उनी माथि सञ्चार सेवाको प्रयोग गर्दै गम्भीर प्रकृतिको धम्की, उत्पीडन वा निजी यौनजन्य सामग्री बाँडेको भन्ने एक आरोप प्रहरीले लगाएको छ।

आरोपित विद्यार्थीले उनी माथि लगाइएको आरोपहरूको विरुद्ध लड्ने मनसाय राखेको अदालतलाई जानकारी दिइएको पनि बताइएको छ।

कमनवेल्थका तर्फबाट मुद्दा चलाउने बोनी रसलले अदालतलाई बताएअनुसार, ती अभियुक्त र उनीबाट पीडित भएकी भनिएकी महिला बिच संयुक्त अधिराज्यमा एक अति नै घनिष्ठ सम्बन्ध थियो।

“प्रतिवादीले संयुक्त अधिराज्यमा रहेकी पीडित व्यक्तिलाई सम्पर्क गरे र उनीहरू दुई बिच घनिष्ठ सम्बन्ध रहेको बखत लिइएका केही भिडियो तथा तस्बिरहरू अपलोड गर्ने धम्की दिएका थिए,” रसलले अगाडी भनिन्।

A generic view of the Adelaide Magistrates Court.
A generic view of the Adelaide Magistrates Court. Source: AAP

र, गत अगस्ट महिनामा, ती प्रतिवादीले पीडित व्यक्तिको श्रीमानलाई सम्पर्क गरे र इन्टरनेटद्वारा उनलाई निकै निजी पलहरू कैद भएका भिडियोहरुका “स्क्रिनशट”हरू पठाएको पनि अदालतलाई बताइएको थियो।

“संयुक्त अधिराज्यमा रहेका केही अधिकारीहरूले ती स्क्रिनशटहरू मध्ये केही हेरेका छन्,” उनले बताइन।

अधिकारीहरूले त्यस पछि अस्ट्रेलियाली सङ्घीय प्रहरीलाई खबर गरेको पनि उनले जानकारी दिइन।

सम्बन्ध विच्छेद भएपछि भने ती व्यक्ती विद्यार्थी भिसामा गत जुन महिना अस्ट्रेलिया आएका थिए, उनले अदालतलाई बताएकी थिइन्।

हाल ती पीडित महिला विवाह बन्धनमा बाँधिएकी पनि उनले बताइन्।

“फ्लाइट रिस्क”

World’s best Airlines Indexes for 2019
Source: AAP

यदि अभियुक्तलाई तारेखमा छाडिए उनी उडेर अस्ट्रेलिया बाहिर जान सक्ने डर भएकालाई थुनामै राख्न पब्लिक प्रोसिक्युसन्सका कमनवेल्थ डाइरेक्टरको जिकिर रहेको पनि रसलको भनाइ थियो।

“उनको समुदायसँग खासै सम्बन्ध छैन, त्यस कारण ‘फ्लाइट रिस्क’ पनि छ,” उनले भनिन्।

तर, ती अभियुक्तलाई प्रतिनिधित्व गर्दै एक महिला वकिलले भने उक्त नेपाली विद्यार्थी एडिलेडमा अध्ययनरत रहेको र उनले आफ्नो समुदायसँग गहिरो मित्रतापूर्ण सम्बन्ध गाँसेको बताएका छन्।

उता, ती अभियुक्तलाई थुनामा नराखे उनले “क्लाउड”को माध्यमबाट पुनः ती चित्रहरूसम्म पहुँच पाएर फेरी इन्टरनेटमा हालिदिन सक्ने डर विद्यमान रहेको पनि बताइँदै गर्दा भने उनका वकिलले ती विद्यार्थीले अदालतद्वारा आदेश जारी गरिए आफूले इन्टरनेट चलाउन छोडी दिने र आफ्नो उबर इट्सको काम पनि त्यसै कारण छोडी दिने अदालतलाई बताएकी थिइन्।

“विश्वभर पहुँच”

Australia's intelligence agency warns a terrorist attack is likely in the next 12 months
Federal police patrol Melbourne Airport in M Source: AAP

अस्ट्रेलियन फेडेरल पुलिसका सुपरिटेन्डेन्ट गेयल मक्क्लुरका अनुसार ती अभियुक्तले उनी अर्कै देशमा भएको र अस्ट्रेलियाली नागरिक पनि नभएको कारण प्रहरीले उनी माथि मुद्दा चलाउन नसक्ने पीडित महिलालाई बताएको र तिनले प्रहरीलाई उक्त कुरा भनेको जानकारी दिए।

“यस मामिलाबाट के प्रस्ट हुन्छ भने तपाईँ जहाँ बसे पनि फरक पर्दैन। एकदमै विशिष्ट स्थितिमा रहेको अस्ट्रेलियाली सङ्घीय प्रहरीका अधिकारीहरू संसारभर छरिएर रहेका छन् र हामीसँग एकदमै बलियो अन्तर्राष्ट्रिय सञ्जाल पनि छ जसले विश्वको कुनै पनि कुनामा गरिएका आपराधिक मामिलाहरू अनुसन्धान गर्नुका साथै मुद्दा चलाउन सक्छ,” उनले भनिन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now