Watch FIFA World Cup 2026™ LIVE, FREE and EXCLUSIVE

Nepali national footballer Anjila Subba stars in her own biopic

Anjaola subba photo.jpg

Nepali national goalkeeper Anjila Tumbapo Subba in Sydney on Sunday, 22 February 2026 during her Australia Visit. Credit: SBS Nepali/ Krishna Pokhrel

Nepali national women’s goalkeeper Anjila Tumbapo Subba is currently visiting Australia. She recently starred in her biopic, 'Anjila'. SBS Nepali spoke to Subba at the 27th Gurkha Nepalese Community (GNC) Cup in Sydney about her Australia tour, football career and journey from goalpost to silver screen.


Subscribe to the SBS Nepali podcast here.

Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves

This podcast has been transcribed using AI.

मोमेन्टम एनर्जी इज वन हन्ड्रेट पर्सेंट ओन्ड बाइ हाइड्रो तस्मानिया, हु इन ए सिंगल

आवर मेक इनफ रिन्युएबल एनर्जी टु फिल फोर हन्ड्रेट थाउजन बाथटब विथ फ्रेशली पोप्ड

पॉपकॉर्न, ओर स्पिन टु हन्ड्रेट मिलियन डिस्को बॉल्स अल एट वन्स, ओर पावर अन आर्मी

अफ टेन मिलियन रोबोट वैक्यूम रेडी टु टेक ओवर द वर्ल्ड!

ओर जस्ट हेल्प किप योर लेफ्ट ओभर्स कोल्ड, इदर ओर। फोर अ पावर कम्पनी बैकड बाई समवन हु

कैन डू ऑल दैट, स्विच टु मोमेन्टम एनर्जी वन हन्ड्रेट पर्सेंट।

तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि

sbs.com.au/nepali जानुहोस्।

-एसबीएस नेपाली एसबीएस साउथ एशियनमा। -नमस्ते श्रोताहरू, एसबीएस नेपाली पोडकास्टमा

स्वागत छ। अब कुरा गरौँ नेपाली महिला फुटबलको। राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला

फुटबल प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गरेर चर्चामा आएकी अञ्जिला तुम्बापुसुब्बा

यतिखेर अष्ट्रेलियाको भ्रमणमा छिन्। नेपालको महिला फुटबल टोलीकी गोलकिपर सुब्बाको

जीवनमा आधारित भएर हालै मात्र एक चलचित्र पनि निर्माण भएको छ। अञ्जिला नामक उक्त

चलचित्रमा आफ्नो भूमिकामा उनी आफैले अभिनय पनि गरेकी छिन्। सिड्नी स्थित गोर्खा नेपलिज

कम्युनिटी जिएनसीले आयोजना गरेको सत्ताइसौँ जिएनसी कपको लिगको अन्तिम दिन खेल हेर्न

पुगेकी अञ्जिलासँग उनको खेल जीवन, अष्ट्रेलिया भ्रमण र चलचित्रमा काम गर्दाको

अनुभवका बारेमा गरिएको कुराकानी सुन्नुहोस्। हामी श्रोताहरूलाई जानकारी गराउन चाहन्छौँ

कि यस कुराकानीमा व्यक्त भएका विचार वक्ता स्वयंको हो र यसमा एसबीएसको समर्थन वा विरोध

-भने छैन। -नमस्ते, म अञ्जिला तुम्बापु सुब्बा,

-राष्ट्रिय महिला फुटबल टिमको गोलकिपर। -अब यो आज चैँ नि गेम भइराछ, होइन? यो-

-हजुर। -यो सिजनको

अँ अन्तिम खेल पनि हो, होइन? आज हेर्नुभो, एक दुई घण्टादेखि हेरिरख्नु भाको देखेछु

-मैले। -हजुर।

कस्तो लागिराछ यहाँ अब अष्ट्रेलियामा चैँ नेपालीहरूले गरेको खेलेको फुटबल हेरेर कस्तो

-लाग्यो तपाईँलाई? -अँ, एकदमै रमाइलो पनि लागिराछ, अलिकति

नरमाइलो पनि लागिराछ। जे होस्, आज चैँ उहाँहरू सबै प्लेयरहरूसँग, प्लेयरसहरूसँग

चैँ एउटा भेट्ने मौका भयो। अनि, अब हामीसँगै खेलिराको अब कतिजना अब क्लबमा देखिराको

प्लेयरहरू आज देख्न पाएँ, होइन! एक-एकदमै नरमाइलो फिल चैँ भयो। अब हाम्रो देशको

अवस्था पनि त्यस्तो छ नि त, त्यो कारणले गर्दाखेरि पनि उहाँहरू पनि बाध्यताले नै

आउनु पर्यो। तर, जे होस्, अलिक धेरै नै नरमाइलो चैँ लाग्यो उहाँहरूलाई देख्दाखेरि

चैँ यो खेलिराको देख्दाखेरि। अब जुन अब त्यहाँ मैदानमा अब खेलिराको होइन, उहाँहरूको

अब क्रेज नै छुट्टै छ नि त नेपालमा त। तर अब यहाँ आएर अब यो अवस्थामा देख्दाखेरि चैँ

अलिकति कतै न कतै मन चैँ खिन्न भयो।

तपाईँ स्टार खेलाडी, होइन, राम्रो गोलकिपरको हिसाबले पनि-

-हजुर -... धेरै अन्तर्राष्ट्रिय खेल पनि खेलिसक्नु

-भाछ, होइन? -हजुर।

अँ, पछिल्लो समय चैँ नेपालको फुटबल त्यस्तै पनि महिला फुटबल को विकास भनौं, पहिलाभन्दा

-त धेरै राम्रो भाको भनिन्छ। -हजुर

-तर पनि च्यालेन्जेसहरू धेरै छ- -हजुर

भनिन्छ। तपाईं एज अ

सक्रिय खेलाडी, होइन, पहिचान प्राप्त गरिसकेको खेलाडीको हिसाबले चैँ नेपालले

फुटबलको विकासको लागि गर्नुपर्ने कुराहरू के हुन्छ जस्तो लाग्छ?

अँ, पहिला हेरी चैँ अहिले अब महिला टिम चैँ एकदमै राम्रो नै भइराछ, एकदमै ग्रोथहरू नै

भइराको छ, होइन? जुन अहिले अब पहिला मुफसल गेमहरू हुँदैन थियो भने अहिले गेमहरू भइराको

छ। अब जस्तै, अस्ति हिजो भर्खरै पनि अब उदयपुरमा वुमेन्स

टुर्नामेन्ट भको थियो। अनि जे होस्, त्यहाँ पनि अब राम्रै भयो। अहिले चैँ डोमेस्टिक

लिगहरू, डोमेस्टिक गेमहरू एकदमै धेरै नै भइराको छ। अहिले चैँ अब जे होस् भई नै राको

छ, एक्सपोजरहरू पनि पाइ नै राको छ पहिला हेरी चैँ। अझै अब

जे होस्, गेमहरू चैँ अझै धेरै गराइराउनु भयो भने अझै धेरै प्लेयरसहरू चैँ निस्किन्छ

-जस्तो लाग्छ मलाई चैँ। -जस्तो इन्टरनेसनल लेभलमा खेल्दाखेरि चैँ-

-हजुर -हुन्छ नि अरू

टिमहरूको प्रस्तुति हेर्दाखेरि चैँ आफूमा मिसिङ चैँ के छ जस्तो लाग्छ?

हाम्रो मेन कमजोरि भनेको चैँ अब टेक्निकल नै हो। अब जुन अब

बाहिरको जस्तो इन्टरनेसनल प्लेयरहरूको त बेसिक लेभलबडै हुन्छ नि त, बच्चैबाट

उनीहरूको, जस्तै अब एउटा एकेडेमी नै हुन्छ वुमेन्सको लागि छुट्टै। अब प्रत्येक ठाउँमा

ग्राउन्ड ग्राउन्ड हुन्छ। अब जस्तै अब यहाँनिर अहिले हेरिराछु मैले, यहाँ पनि

ग्राउन्ड छ, त्यहाँ पनि ग्राउन्ड छ, ग्राउन्ड नै ग्राउन्ड छन्। तर हाम्रो

-नेपालमा ग्राउन्ड छैन। -अँ।

त्यो कारणले गर्दाखेरि पनि हाम्रो चैँ कस्तो छ भने जति पनि अहिलेको नेसनल प्लेयरहरू छ,

हामी सबैजना चैँ

बेसिक लेभलबाट आको होइन कि एकैचोटि ठुलो भएर हामीले चैँ फुटबल खेलेको हो, त्यसरी खेलेर

आको हो। त्यो कारणले गर्दाखेरि चैँ हामी टेक्निकल कुराहरूमा चैँ कतै न कतै चैँ मिस

नै छौँ हामी चैँ। अहिले हेर्ने भने चैँ वुमेन्स टिममा चैँ राम्रै छ भनौं। अब जस्तै,

अब हामी पनि अब खेलेरै अब आको, हामी पनि अब जुन अब पहिलाको जुन अवस्था थियो, अब त्यो

अवस्थाहरू बिस्तारै बिस्तारै तेल्लाई स्ट्रगलहरू गर्दै गर्दै आको छौँ, होइन।

त्योले गर्दाखेरि चैँ अइ अहिलेको आउने प्लेयरहरूलाई चैँ एकदमै सहज भाको छ भनौं न।

अनि पहिला त अब हामीलाई एउटा टिम बनाउन अब टेन इयर्स जति नै लाग्छ भनौं। टेन इयर्स पछि

चैँ हामीले एउटा सफलता पाइराको छौँ। अनि धेरै जस्तोले एक्सपोजरहरू पाइराको छ के

पहिलाको हेरी। एउटा प्रोफेशनल खेल्ने एउटा वातावरण पाको छ। अब प्रितीले खेल्न पायो,

अस्ति भर्खरै जोर्डन गएर खेल्यो। अब हाम्रो रेखाले खेल्यो, होइन, दीपा साहिँहरूले, अब

बिमलाहरूले खेलिराछ। अहिले चैँ जे होस्, एक्सपोजरहरू पाइ पनि राको छ, अब इन्टरनेसनल

क्लबहरूमा खेल्नलाई चैँ। त्यही भएर चैँ राम्रै हुन्छ जस्तो लाग्छ अब आउने

-प्लेयरसहरूलाई चैँ। -अबको भविष्य नेपालको कस्तो देख्नुभाछ, महिला

-फुटबलको चैँ? -महिला फुटबलमा चैँ म एकदमै राम्रो नै

देख्छु। मैले अघि पनि भनिसकेको, एउटा हामीले चैँ एउटा क्रियेट चैँ गरिसकेको छौँ। तर,

अबको जेनेरेसनले चैँ सोच्नु पर्यो कि......हामीले चैँ केही न केही चैँ

गर्नुपर्छ भने चैँ एउटा स्ट्रगल चैँ गर्नै पर्छ, नभए चैँ गाह्रै हुन्छ। अब त्यसको लागि

चैँ अब हाम्रो गभर्मेन्टदेखि लिएर अब एन्फाले अझै धेरै चैँ एउटा एकेडेमी नै

बनाइदिएर चैँ प्लेयरहरू एज, अब सानो एजदेखि नै राखेर चैँ त्यसरी अगाडि बढाउनु भयो भने

-चैँ राम्रो हुन्छ जस्तो लाग्छ। -अब त्यही व्यक्तिगत जीवनमा जाउँ। तपाईंले

चैँ फुटबल खेल्न कति वर्षको उमेरदेखि सुरुवात गर्नुभएको हो, होइन? अनि के कुराले

-इन्ट्रेस्ट देखायो यो गेमप्रति चैँ? -मैले त बाह्र वर्षदेखि खेलेको अनि फोर्टीन

इयर्समा चैँ म एपीएफमा जोइन भएँ। अनि एपीएफमा आएर चैँ कन्ट्रयाक्टबड चैँ खेल्ने

एउटा मौका चैँ पाएँ। मलाई त अब दाइ दिदीहरूले खेलेको देखेर नै अब एउटा

इन्टरटेन्मेन्टको रूपमा खेलेको मैले खेल्दाखेरि हो। अब बिस्तारै बुझ्दै गएपछि

चैँ यो यो ठाउँमा पुगिन्छ, यस्तो यस्तो हुन्छ भने चैँ धेरै पछि नै बुझेको अनि

त्यसपछि चैँ

यस् राम्रो हुने रैछ भनेर अगाडि गएँ। लाग्छ नि, धेरै नै लाग्छ, किनभने अब फुटबलले

गर्दाखेरि नै हरेक कुराहरू मलाई मिल्यो। सबैभन्दा ठुलो कुरा चैँ अब प्रेस्टिज, एउटा

प्रेस्टिज मिल्दो रैछ, होइन। अनि जेहोस् खुसी लाग्छ। अब अहिले यसरी

अस्ट्रेलियामा आएँ, अब यो पनि फुटबलको थ्रुबाट नै त आउनु पाएँ नि, होइन। चिन्जान

गर्नु पायो सबैजनासँग। फुटबलले गर्दाखेरी चैँ धेरै नै कुराहरू सिक्न पनि पाएँ, धेरै

-नै कुराहरू पनि पाएँ। -अहँ, अब तपाईँकै जीवन कथामा, होइन, सिनेमा

पनि बनेको छ। अहिले अस्ट्रेलियामा पनि चलिरहेको छ। तपाईं त्यसको लागि पनि आउनुभयो,

होइन। धेरैको जीवनमा त्यस्तो कम अवसर मिल्छ कि आफ्नो जीवनको बारेमा चलचित्र बन्छ अथवा

पुस्तकहरू लेखिन्छन्, होइन। तपाईंलाई आफ्नै जीवनको बारेमा ब... फिल्म बन्दाखेरिको अनुभव

-चैँ कस्तो छ? -अँ, एकदमै जेहोस् राम्रो लाग्यो। मलाई चैँ खुसी

पनि लाग्यो। किनभने अरू पनि हुनुहुन्छ, अब

थुप्रैजना, होइन, एचिभमेन्टहरू पाएर बस्नुभएको धेरै नै छ। तर अब सबैको

छुट्टाछुट्टै एउटा स्टोरी हुन्छ, होइन। सबैलाई आफ्नो आफ्नो स्टोरी ठूलो नै लाग्ने

हुन्छ। मेरो चैँ अलिकति डिफ्रेन्ट भएको कारणले गर्दाखेरि चैँ अब हाम्रो प्रेम कुमार

श्रेष्ठ हुनुहुन्छ, उहाँलाई चैँ मैले एज अ गडफादर मान्ने गरेको छु, होइन। उहाँहरूले नै

अब यो मुभी चैँ जस् मेरो स्टोरी सबै थाहा पाउनुभयो। पछि चैँ बनाउने भनेर उहाँहरूले

कुरा गर्नुभयो। पछि चैँ जस् आज राम्रो पनि भयो। एउटा

मान्छेहरूलाई एउटा मेसेज पनि राम्रो भयो र कति प्रायलाई चैँ अब इन्स्पायर पनि भको छ,

होइन, यो मुवीले गर्दाखेरि चैँ अनि जस् एकदमै खुसी चैँ लाग्छ।

कतिको न्याय गरेको छ चलचित्रमा तपाईंको आफ्नो वास्तविक जीवनसँग कतिको मेल खान्छ,

कतिको न्याय गरेको जस्तो लाग्यो चलचित्र आफैले हेर्दाखेरि?

हजुर, मैले चैँ न्याय गरेको जस्तै नै लाग्छ। किनभने अब आफ्नै

रियल स्टोरी पनि भयो, फेरि अब आफूले पनि खेल्न सकियो। अब अरूले अरू कोही स्टोरीमा

खेल्ने भको भए चैँ मलाई गाह्रो हुन्थ्यो होला। अब म सक्दिनँ पनि थिएँ, म त्यो

फिल्डको पनि होइन, म चैँ फुटबल प्लेयर हो। अब मैले चैँ आफ्नै क्यारेक्टरमा खेलेको भएर

एउटा

जस् मलाई थाहा छ नि त, मैले विगतमा के गरेको थिएँ भन्ने कुरा होइन, त्यो, त्यो कुरालाई

चैँ स्वयं लिएर चैँ आफूले गर्न

चैँ सक्दो रहेछ। जस् आफ्नै क्यारेक्टर चैँ त्यसो हो।

मैदानमा जहिले पनि फुटबल कताबाट आउँछ भनेर फुटबल फेस गरिराको मान्छेले लाइट्स क्यामेरा

-फेस गर्दाखेरि चैँ कस्तो भयो अनुभव? -त्यो बेला त एकदमै सुरु सुरुमा त गाह्रै

भयो, मैले। तर

जेहोस्

दाइहरूको, दया दाइहरूको, अब सृजना दिदीहरूको हेर्ने मौका पाएँ मैले। उहाँहरूबाट हेरेर

सिकेँ पनि मैले। उहाँहरूले पनि धेरै इन्करेज गर्नुभयो मलाई। अरू डाइरेक्टर मिलन श्याम्स

दाइले पनि एकदमै धेरै मलाई चैँ, "तिमीले सक्छौ, गर्न सक्छौ" भनेर जुन एउटा मलाई

इन्करेजमेन्ट दिनुभयो, त्यो एकदमै जस् त्यो कुराहरूले गर्दाखेरि पनि मैले चैँ अलिक सहज

नै भयो। तर सुरु सुरुमा चैँ अब एकैचोटि क्यामेराहरू ठुलठुलो देख्दाखेरि चैँ कता के

गर्ने चैँ एकदम अनियोजमा चैँ थिएँ, सुरुमा चैँ।

अब यो भनौँ न, एक हिसाबले चलचित्रले राम्रो प... प्रशंसा पनि पाइरहेको छ, होइन? भोलिको

दिनमा चलचित्रमा मा अरू पनि चलचित्रमा अफर आयो भने चैँ के गर्नुहुन्छ?

अरू पनि आयो भने चैँ म जाँदिनँ। किनभने मेरो अब जिन्दगी भनेको फुटबल हो नि त। फुटबलबाटै

सुरुवात गरेको, त्यही भएर फुटबलबाटै अब खतम गर्ने पनि चाहना छ। त्यो तेतापट्टि चैँ

मैले सोचेको छैन।

अब अस्ट्रेलियाको फेरि अस्ट्रेलिया फर्केर हेरौं, होइन। अब अहिले फुटबल हेर्दाखेरि

तपाईंहरूले चैँ, तपाईंले आफूलाई लागेको कुरा चैँ, अँ धेरैजना त नेपालमा खेलेको फुटबल

खेलाडीहरू पनि आउनुभएको छ, कति नयाँ विद्यार्थीहरू पनि हुनुहुन्छ, कति सिक्दै

पनि हुनुहुन्छ, होइन। ओभरअल रूपमा चैँ आजको पर्फमेन्स हेर्दाखेरि चैँ खेलाडीहरू कुन

स्तरमा भाको जस्तो लाग्यो? उहाँले गर्नुपर्ने इम्प्रुभमेन्ट्सहरू अनि भनौँ न

इन्टरनेसनलले पनि अस्ट्रेलियाकै फुटबल टिममा जान सक्ने सम्भावना कतिको

देख्नुभयो यहाँ?

मैले ओभरअल गेम हेर्दाखेरि चैँ अब पहिलादेखि नै चिनिराको अब दाइहरू हुन्छ, कतिजना

भाइहरू हुनुहुन्छ, होइन। उहाँहरूको गेम चैँ अब पहिला

जुन मैले अब रङ्गशालामा देखेको, एन्फाको ग्राउन्डमा देखेको गेमहरू थियो नि,

त्यो गेम र यहाँको गेम चैँ अलिकति डिफ्रेन्स नै पाएँ। उता अब त्यस्तो उहाँहरू राम्रो नै

हो प्लेयर, होइन। यहाँ चैँ अलिकति कतै न कतै मिस भाको हो कि जस्तो त्यो टाइपको चैँ

देखेको छु। तर कति प्लेयरहरू त अब राम्रो हुनुहुन्छ। अझै यहाँबाट उहाँहरूले अब यहाँको

बी डिभिजन, सी डिभिजनहरूतिर जानु चैँ सक्नुहुन्छ जस्तो लाग्छ, उहाँहरूको कतिजनाको

-गेम हेर्दाखेरि चैँ। -हजुर, अब अन्तिम प्रश्न चैँ, जस्तो यहाँ

धेरै अँ महिलाहरू पनि फुटबल हेर्नलाई आको हामीले देख्यौँ, होइन?

-हजुर -... फुटबल पुरुषहरूको फुटबल भाको कारणले का

भए पनि यहाँ पनि महिला फुटबलहरू, होइन, वुमनस टोलीहरू छ, नेपालीहरूले पनि

खोल्नुभाएको छ, होइन। उहाँहरूलाई के सजेस्ट गर्नुहुन्छ तपाईं, होइन, आफूले बाह्र वर्षको

उमेरदेखि फुटबलमा इन्ट्रेस्ट भएर खेलेर आको, यहाँ अस्ट्रेलियामा

ससाना भाइ बहिनीदेखि लिएर ठुलो व्यक्तिलाई पनि फुटबलमा धेरै इन्ट्रेस्ट हुन सक्छ।

-हजुर -त्यसमा चैँ आफ्नो करियर नभए पनि इन्ट्रेस्ट

हबीको रूपमा अगाडि बढाएर लिएर जाउँ भन्ने हुन सक्छ। कतिलाई कति कुराहरूले रोकिरा पनि

हुन्छ, होइन। उहाँहरूलाई चैँ तपाईंको आफ्नो एक्सपिरियन्समा चैँ कसरी, के सजेस्ट

गर्नुहुन्छ उहाँलाई जोलाई चैँ इन्ट्रेस्ट छ?

अँ, म चैँ के भन्न चाहन्छु अब भने, उहाँहरूलाई चैँ अब इन्ट्रेस्ट छ भने चैँ

उहाँहरूले अब खेल्न सुरु गर्नु पऱ्यो, होइन। अब उहाँहरूलाई यतिकै रमाइलोको लागि हो भने

चैँ हल्का रमाइलोको लागि खेल्दा पनि भयो। अब त्यसमा चैँ कस्तो हुन्छ भने एउटा फिजिकल

चैँ एक्सरसाइजले गर्दाखेरि हामीहरू चैँ राम्रो भएर आको हुन्छ नि त, अब फिजिकलले नै।

अनि अब खेल्नु इच्छा हुनेहरूले चैँ अब यहीँबाट करियर बन्छ भने भने चैँ अब......

त्यो एमलाई चैँ पुरा गर्नलाई एकदमै हार्ड वर्क नै गर्नुपर्छ हैन? अब यो ठाउँमा त अब

जे होनिछ जताततै ग्राउन्ड नै ग्राउन्ड छ। उहाँहरू आएर

एक घण्टा दुई घण्टा दिनुभयो भने पनि राम्रै हुन्छ। फुटबलमा करियर चैँ एकदमै छ। अब

-उहाँहरूलाई जस्ट खेल्नु नै भन्छु म चैँ। -यो थियो नेपाली महिला फुटबल टोलीकी गोलकिपर

अञ्जिला तुम्बा पो सुब्बासँगको कुराकानी। यी जस्तै अन्य सामग्रीहरूका लागि हाम्रो

वेबसाइट एसबिएस डट कम डट एयू स्ल्यास नेपालीमा जानुहोस्।

... मोमेन्टम एनर्जी इज वन हन्ड्रेड पर्सेन्ट ओन्ड बाइ हाइड्रो टास्मेनिया हुइन

ए सिंगल आवर मेक इनफ रिन्युएबल एनर्जी टु फिल फोर हन्ड्रेड थाउजेन्ड बाथ टब्स विथ

फ्रेशली पोप्ड पॉपकॉर्न, ओर स्पिन टु हन्ड्रेड मिलियन डिस्को बॉल्स अल एट वन्स,

ओर पावर एन् आर्मी अफ टेन मिलियन रोबोट भ्याक्यूम्स रेडी टु टेक ओवर द वर्ल्ड!

ओर जस्ट हेल्प कीप योर लेफ्ट ओवर्स कोल्ड, इदर ओर फोर ए पावर कम्पनी बैकड बाई समवन हु

कैन डू अल दट स्विच टु मोमेन्टम एनर्जी वन हन्ड्रेड पर्सेन्ट।

वाइ डू पीपल वान्ट टु बी एट वर्क? टु फील हर्ड, अप्रिशिएटेड,

पार्ट अफ समथिंग

एन्ड टु नो देयर इज ए करियर पाथ फोर एव्रीवन। इन्क्लुसिभ वर्क प्लेसेस आर

लिङ्क्ड टु इन्क्रिस्ड इन्नोभेसन, प्रोडक्टिविटी एन्ड एम्प्लोयी सेटिस्फैक्शन।

मेक योर आर्गनाइजेसन ए प्लेस वेर पीपल वान्ट टु बी। फोर इन्क्लुजन एन्ड डिवर्सिटी

ट्रेनिङ, विजिट इन्क्लुजन ड्याश प्रोग्राम डट कम डट एयू।

समाचार, विचार र अस्ट्रेलियामा तपाईंको समुदायका लागि महत्त्व राख्ने विषयमा

जानकारी दिने। यो हो एसबिएस नेपाली, एसबिएस साउथ एशियनमा।

लाइक, सेयर र कमेन्ट गर्नुहोस्। एसबिएस नेपालीलाई फेसबुकमा साथ

दिनुहोस्।

सिक्रेट एजेन्ट, क्रिमिनल मास्टरमाइंड

ओर अस्ट्रेलियास आन्सर

-टु रोबिन हूड। -हि वाज क्वाइट ब्रिलियन्ट, हि वाज अ क्रुक।

मार्क फोर नाउ प्रजेन्ट्स अ बजार ट्रु क्राइम मिस्ट्री।

वन अफ द वाइल्डस्ट स्टोरीज इन अस्ट्रेलियान मोडर्न हिस्ट्री।

-इट वाज लाइक ए डे इन जेम्स बन्ड रियली। -द मैन हु फोल्ड ए नेसन।

-डिड ही एवर टेल यू हि वाज अ स्पाइ? -ओह! दट गोट माई एटेन्सन।

अस्ट्रेलियास ग्रेटेस्ट कन मैन, स्ट्रीम फ्री ऑन एसबिएस ऑन डिमाण्ड।

END OF TRANSCRIPT

Share

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now