Watch FIFA World Cup 2026™ LIVE, FREE and EXCLUSIVE

Diabetes awareness for Nepalis in Australia: 'We eat more for our taste than for our health'

Participants from the Nepali-speaking community at a diabetes awareness program.

Participants from the Nepali-speaking community at a diabetes awareness program. Source: SBS / Sunita Pokharel

Visiting Nepali parents say they were encouraged to learn that diabetes can be effectively managed through regular physical activity and healthy eating. A diabetes awareness program for the Nepali-speaking community was held in Sydney on Friday, 20 March, organised by Diabetes Australia and the NSW Federation of Community Language Schools Inc, with support from Multicultural New South Wales. SBS Nepali spoke with participants and organisers about the program and its outcomes.


Subscribe to the SBS Nepali podcast here.

Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves. The information provided in this segment is of a general nature. Please contact your doctor or related health personnel for advice suitable to your circumstances.

This podcast has been transcribed using AI.

SBS live streams and podcasts are supported by advertising.

यो विज्ञापन नाटी द्वारा प्रमाणित दोभाषेले उल्था गरेको हो।

This ad is interpreted by a Naati certified interpreter.

प्रमाणित दोभाषेको माध्यमबाट तपाईंले नेपालीमा भन्न चाहेको कुरा हुबहु व्यक्त हुन

-सक्छ। -With a certified interpreter, you can

express exactly what you want to say in Nepali.

साथै तपाईंले भनेको कुरा गोपनीय अनि अपरिवर्तित रहन्छ।

And what you say stays private and unchanged.

-किनकि हामी सबैले बुझिन पाउने हक राख्छौँ। -Because we all deserve to be understood.

नाटी द्वारा प्रमाणित दोभाषे माग्नुहोस्। थप जानकारीका लागि

naati.eu/interpreter हेर्नुहोस्।

-SBS नेपाली SBS South Asian मा। -नमस्कार, तपाईं सुन्दै हुनुहुन्छ SBS नेपाली

podcast र म सुनिता पोखरेल। अब कुरा गरौँ स्वास्थ्यका बारेमा।

दक्षिणी सिड्नीको हस्टभिलमा गत शुक्रबार बीस मार्चमा अस्ट्रेलियामा रहेका नेपाली समुदाय

लक्षित मधुमेह बारे एक जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। Multicultural

New South Wales को सहयोग र Diabetes Australia र NSW Federation of Community

Language Schools Inc को आयोजनामा भएको सो कार्यक्रममा धेरैजस्तो सहभागीमा नेपालबाट

आएका अभिभावकहरू थिए। र उनीहरूले उक्त कार्यक्रमले मधुमेह रोग बारे आफूहरूले केही

नयाँ कुरा सिक्न पाएको बताएका छन्। उनीहरूको कुराकानी सुन्नुपूर्व हामी तपाईंलाई

जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्

जसमा SBS नेपालीको समर्थन वा विमति रहेको छैन। साथै स्वास्थ्यसम्बन्धी जानकारी पनि

साधारण प्रकारका रहेका छन्। तपाईंको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छन्। आफ्नो

स्वास्थ्य बारे स्पष्ट सल्लाहको लागि डक्टरलाई सम्पर्क गर्नुहोस्। अब भने

सहभागीहरूको विचार सुन्नतर्फ लागौं। र सुरुवातमा सात महिनाअघि दोस्रो पटक

अस्ट्रेलिया आएकी हजुरआमा कल्पना पौडेल नातिनातिनाको हेरचाहलाई पनि कसरतमा बदल्न

सकिदो रहेछ भन्ने कुरा थाहा पाउँदा खुशी लागेको भनाइ राख्छिन्।

याँ चैँ नयाँ कुरा चैँ जतिसक्दो हाम्रो चैँ ज्यान चल्नै पर्दो रहेछ। हामी जस्तै कि अब

बिस मिनेट बस्यो बसेपछि त

दुई त्याँभन्दा बढी बस्यो भने दुईटा चुरोट खाए बराबर, एउटा चुरोट खाए बराबर हुनु। तर

हामी चैँ

ए अब सकिँदैन भनेर बसिरहनु भन्दा त्यही भित्र बाहिरै ती नातिनातिनासँग भित्र बाहिर

गर्दा पनि पुग्दो रहेछ। अझ थप extra चैँ अलिकता हिँड्न सकेँ।

आयोजक NSW Federation of Community Language Schools Inc का नेपाली community worker

लिजन कुमार मास्केले यस कार्यक्रमको लक्ष्य बारे बताएका छन्।

अँ विशेष गरेर चैँ कुनै पनि कार्यक्रम हामीले सञ्चालन गरेपछि त्यसको चैँ आउटपुट

result नतिजा के आउँछ भनेर हामीले मूल्यांकन गर्छौँ। त्यही अनुरूप चैँ यसको अनु-नतिजा

चैँ हामीले के सोचेका छौँ अब अथवा आज कार्यक्रममा भाग लिनेहरूले के सोचेका छौँ

भने जस्तो लाग्छ भने मलाई diabetes भनेको के हो एउटा छर्लङ्ग हुने किसिमको तस्वीर

देख्नुहुन्छ भन्ने आशा राखेको छु। र diabetes हुँदा के गर्न सकिन्छ, के गर्न

सकिँदैन, अँ कति कुराहरू चैँ आफ्नो बसमा हुँदैन। त्यसलाई चैँ कसरी गर्नु के हो के हो

त त्यो? जस्तै आब वंशाणुगत हुन्छ त्यसलाई तपाईंको नियन्त्रणमा हुँदैन। त्यस्ता

कुराहरू चैँ थाहा पाइराख्नुपर्छ। diabetes भयो भन्दैमा आत्ति हाल्नु पर्ने कुरा छैन।

त्यो विषयमा चैँ अलि उहाँहरूले चैँ जन सचेतना जागरूक हुन्छ भन्ने आशा गरेको छु।

कार्यक्रमका अर्का सहभागी र नेपाली Community 𝗣𝗲𝗻𝘀𝗵𝘂𝗿𝘀𝘁 का अध्यक्ष लक्ष्मण

श्रेष्ठले कार्यक्रमको औचित्य र महत्त्व बारे यस्तो बताए।

सामान्य यसको pre diabetes symptoms हरू देखियो भने त्यसलाई कसरी प्रिकरसन लिनै। अनि

अब यो सामान्यतया diabetes चैँ अब information अनुसार हाम्रो जीवनशैली,

आहारविहार अनि त्यस पछाडि खानपिनबाट हुने रोग रछ। र यसलाई हामीले समयमै

ध्यान दियौँ भने अब यसबाट prevention गर्न सकिन्छ। रोगै नलाग्ने गरी आफू बच्न सकिने

रछ। एउटा त्यो जानकारी हामीले लियौँ। र अर्को चैँ अब लागेपछि पनि अब diabetes

भइसकेपछि पनि कसरी हाम्रो जीवनशैलीमा परिवर्तन गऱ्यौँ भने लागेको diabetes बाट

further complication हुन नदिकन जीवनलाई सजिलोसँग अगाडि बढाउन सकिन्छ। त्यो भको

लागीसकेपछि त्यसलाई management गर्ने कुरामा दुईटा कुरामा विशेष गरेर हामीले जानकारी

-पायौँ। -अस्ट्रेलिया तेस्रो पटक आएको बताउने दीपक

बहादुर पाण्डेले तत्काल गर्न सकिने सामान्य जाँचको व्यवस्था गरेको भए कार्यक्रम थप

-प्रभावकारी हुने थियो भनेका छन्। -इमीडिएट टेस्ट गर्ने मात्रै सुविधा गरेको भए

पनि हुन्थ्यो। awareness मात्रैले त केही अर्थ राख्दैन नि त। होइन तपाईंले जति

जान्नुहुन्छ तपाईंले अहिले तपाईंको टेस्ट गर्दाखेरि के निस्किन्छ भनेको कुरा त

तपाईंलाई थाहा छैन। त्यो पनि तपाईंहरूको जुन संस्था यो संस्थाले जुन आयोजना गरेको छ

यो आयोजकले कम्तीमा त्यति कुरा चैँ निःशुल्क

जति बेला चैँ गर्नुहुन्छ त्यो पनि गर्दिएदेखि चैँ अलि अलि fruitful हुन्थ्यो।

अर्का अभिभावक तीर्थ मास्केले रोग लागिसकेपछि जीवनको गुणस्तरमा धेरै कमी

ल्याउने भनेको आत्मविश्वासको कमीले हो भन्ने आफ्नो बुझाइ सुनाए।

बिरामी भएँ भनेर अँ हरेस खानुहुँदैन। आत्मबल बलियो बनाउनुपर्छ। सेल्फ

कन्फिडेन्स नै सबैभन्दा पहिलो दबाई हो। हामी नेपालीहरूले खाना धेरै खान्छौँ। तर हाम्रो

स्वास्थ्यको लागि

धेरै खानु नै पर्दैन। हामी

स्वास्थ्यको लागि भन्दा पनि जिब्रोको लागि धेरै खाना खान्छौँ। त्यो चैँ हाम्रो गलत

-प्रक्रिया हो। -त्यस्तै registered नर्स रहेकी राधा केसी र

वित्तीय क्षेत्रमा कार्यरत राजू शिल्पकारले कार्यक्रमको सोच राम्रो भए पनि सहभागिता

-सोचैअनुरूप नदेखिएको भनाइ राखे। -मैले चैँ आजको प्रोग्राम चैँ एकदमै राम्रो

लाग्यो मलाई होइन informative पनि थियो। प्लस अब

टर्न आउट पनि राम्रै थियो पेरेन्ट्सहरूको। अब उहाँसँग मैले बुझ्दाखेरि चैँ एकदम

इम्पोर्टेन्स नै देखियो। तर कति कुराहरू चैँ उहाँलाई थाहा थिएन। कति कुरा आजबाट सिकेर

जानुभयो उहाँहरूले होइन। यस्तो प्रोग्रामहरू चैँ भइराख्नुपर्छ जस्तो लाग्छ मलाई चैँ।

धेरै हेल्प हुने रहेछ।

अनि उहाँले इन्जोय पनि गर्नुभएको थियो। एकदम knowledgeful त्यो प्रोग्राम चैँ।

मैले जुन किसिमको यो expect गरेको थिएँ होइन त्यो अनुसार नै भयो। तर मलाई एउटा

अझ पनि यसमा कस्तो लाग्यो भन्दाखेरि कोही यो कोगरा हर्स भी भनेको नेपालीहरू बस्ने

ठाउँको एउटा मूल भनौँ न नेपाली बस्ने ठाउँमा होइन धेरै नेपालीहरू बस्ने ठाउँमा भन्दै

-एउटा चिनिन्छ। -उम्।

होइन त्यो अनुसारले मैले आजको भन्दा अलि अहिले जति participation भयो नि त्यो भन्दा

अलिकति बढी मैले expect गरेको थिएँ। अँ हामीले प्यारेन्ट्स त्यो भन्दा बढी

प्यारेन्ट्स हामीले होइन invite गर्न पाको भए अथवा त्यस्तो भए झन् अझ effective

हुन्थ्यो कि।

श्रोताबृन्द शुक्रबार बीस मार्चमा सिड्नीमा आयोजित मधुमेहसम्बन्धी नेपाली समुदाय लक्षित

जानकारीमूलक कार्यक्रम र सहभागीहरूको प्रतिक्रिया सुनिहाल्नुभयो। यो लगायत SBS

नेपालीका podcast हरू सुन्न हाम्रो website sbs.com.au/nepali मा जानुहोस् वा आफ्नै

मोबाइलमा SBS audio app डाउनलोड गरी नेपाली कार्यक्रमलाई follow गर्नुहोस्। हामी social

media platform हरू Facebook, X र Instagram मा पनि @SBSnepali को नाममा रहेका

छौँ। साथै YouTube मा SBS नेपालीका podcast सुन्न र अन्य रोचक र जानकारीमूलक भिडियोहरू

हेर्न SBS South Asian channel मा जानुहोस्।

पछिल्ला कार्यक्रमहरूलाई आफ्नो समयमा सुन्नुहोस् SBS audio app वा website मा। यो

हो SBS नेपाली SBS South Asian मा।

[Outro jingle]

Inside now has a dedicated live channel on SBS on demand. That means episodes of

Inside play back to back nonstop. Go to SBS on demand, scroll down to the featured

live channels and then select Inside. It's that easy.

END OF TRANSCRIPT

Share

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now