Watch FIFA World Cup 2026™ LIVE, FREE and EXCLUSIVE

'We couldn't sleep': Why these overseas Nepalis returned home to vote

Many Nepalis living abroad travelled to Nepal to cast their votes in the recently held election.

Many Nepalis living abroad travelled to Nepal to cast their votes in the recently held election. Source: Supplied / Utpal Mishra (L), Astha Kattel (C), Janak Singh Rawal (R)

Following Nepal's March 5 elections, preparations are underway to form a new government. Many voters travelled back to Nepal from abroad specifically to cast their ballots. Our Nepal correspondent Pratichya Dulal spoke with Utpal Mishra, who returned from the United States, Astha Kattel, a student in Germany, and Janak Singh Rawal, who travelled from Dubai. They say they made the journey home to vote in the hope of promoting good governance and a corruption-free society.


Subscribe to the SBS Nepali podcast here.

Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.

This podcast has been transcribed using AI.

यो विज्ञापन नाठी द्वारा प्रमाणित दोभाषेले उल्था गरेको हो।

This ad is interpreted by a Naati certified interpreter.

प्रमाणित दोभाषेको माध्यमबाट तपाईंले नेपालीमा भन्न चाहेको कुरा हुबहु व्यक्त हुन

-सक्छ। -With a certified interpreter, you can

express exactly what you want to say in Nepali.

साथै तपाईंले भनेको कुरा गोपनीय अनि अपरिवर्तित रहन्छ।

And what you say stays private and unchanged.

-किनकि हामी सबैले बुझिन पाउने हक राख्छौँ। -Because we all deserve to be understood.

नाठी द्वारा प्रमाणित दोभाषे माग्नुहोस्। थप जानकारीका लागि

naati.au/interpreter हेर्नुहोस्।

तपाईँ SBS नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि

sbs.com.au/nepali जानुहोस्।

र श्रोताहरू यो धुनसँगै पक्कै पनि थाहा पाउनु नै भयो होला अब आजको कार्यक्रममा पालो

भएको छ नेपालतर्फ लाग्ने। अनि नेपालमा Gen Z प्रदर्शनपछि घोषणा भएको प्रतिनिधि सभा

सदस्य निर्वाचन सम्पन्न भएर नयाँ सरकार अँ बन्ने सुर्सार हुँदैछ र उक्त चुनावमा भाग

लिन अस्ट्रेलिया लगायत देशविदेशबाट नेपाली मतदाताहरू घर फर्किएका अँ छन्। अँ केहीले अब

हुन्छ नि नि भोट हाल्नकै लागि भनेर पनि घर फर्किएको पनि तपाईंले सुन्नु भएकै होला ती

घटनाहरूको बारेमा। र आज भने हामी अस्ट्रेलिया बाहेक अन्य देशहरूबाट उक्त

चुनावमा भाग लिन पुगेका केही मतदाताहरूसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले

गर्नुभएका अँ गर्नुभएको केही कुराकानीहरू तपाईंहरूलाई सुनाउँदैछौँ।

सोही क्रममा सन् २००५ देखि अमेरिकामा governance सम्बन्धी एक परामर्शदाताको रूपमा

काम गर्दै आए अँ आएका एकजनासँगको हामी कुराकानी अँ सुनाउन गइरहेका छौँ, सरतालीस

-वर्षीय उत्पल मिश्र। -म अमेरिकाबाट आको, Washington DC areaमा

-बस्छु। -अनि कतिको गाह्रो साह्रो हुन्छ यस्तो

निर्वाचनको लागि नै भनेर विशेष गरी विदेशबाट चाजोपाजो मिलाएर आउन?

अँ धेरै खाले हुन्छ, किनभने अब सबैजनाको काम हुन्छ होइन, कामबाट एउटा

अँ certain amount of time तपाईंले निकाल्नुपर्ने भयो। अँ त्यसमाथि अब

परिवारहरूको अरू responsibilities हुन्छ मान्छेहरूको होइन, बच्चा होला अनि कसै अरू,

अरू responsibility होला। अनि फेरि यो बच्चाहरूको school को season मिल्दैन, time

मिल्दैन, होइन। अब त्यसले गर्दाखेरि अब धेरै नै अब कुरा चैँ hold मा राखेर

अँ र अलिकति push गर्नै पर्छ। त्यति सजिलोसँग चैँ अब भोट दिन जान्छु भनेर जान

सजिलो छैन। फेरि खर्चको पनि कुरा आउँछ होइन, अब सस्तो छैन टिकट लिएर नेपाल आउनलाई चैँ।

अर्को कुरा चैँ फेरि लामो समय, जाँ मो छु त्यहाँबाट लामो समय लाग्छ। कमसेकम तपाईंको

अँ बीस, बाइस, पच्चिस घण्टा अँ flight को अब यो transit time हेरेर होइन, लाग्छ। अँ

त्यसले गर्दाखेरि सजिलो त पक्कै छैन

अँ तर अब अरू उपाय पनि अहिले छैन। त्यस कारणले अब आउनै पऱ्यो।

अनि के कुराले प्रेरित गर्‍यो यहाँलाई आउन चैँ विशेष गरी?

होइन, अहिले चैँ मलाई कस्तो लाग्छ भने यो हाम्रो generation है अब हाम्रो generation

भन्नाले यो अहिलेको अँ last thirty years होइन, तीस वर्षमा अँ बालिग

भएको होइन, adult भएको generation चैँ नि हामी अलिकति

राजनीतिबाट अलिक परै रह्यौँ कि होइन। त्यसले गर्दाखेरि जुन political quagmire भन्छ नि

होइन, मा चैँ नेपालको राजनीति फसेको थियो, त्यो हामीले अलिकति actively participate

नगरेर हो कि। किनभने सबैजनाले एक किसिमले परिस्थिति अथवा choice ले गर्दाखेरि हामी

देशबाट बाहिर छौँ। school, college पढ्दाखेरि अठार उन्नाइस वर्षमै हामी अलिकति

politically active हुन सकेको भए सायद अलिकति फरक पर्थ्यो कि भन्ने त्यो

अँ kind of enlightenment होइन, त्यो पछि आएको, अलिकति उमेर पुगेपछि आएको। र अब यो

opportunity अहिलेको opportunityलाई चैँ हामीले हाम्रो जुन अँ

यो

voting rights होइन, त्यसलाई exercise गरेनौँ भने त हामी त अझै dis या

disenfranchised हुँदै जान्छौँ भन्ने एउटा realization ले पनि प्रेरित गरेको हो।

उनी थिए उत्पल मिश्र जो अमेरिकाबाट भोट हाल्न नेपाल पुगेका थिए। र अब भने Gen Z

मतदाता तेइस वर्षीय आस्था कटेलसँगको कुराकानी सुनौँ। जर्मनीमा Masters in

International Business गर्दैगरिकी कटेल आफ्नी बहिनीसँगै आएर पूर्वी नेपालस्थित इलाम

पुगेर भोट हालेकी थिइन्। भोलिका दिनमा नेपाल फर्कने वातावरण बनाउन सकिन्छ कि भन्ने

आशा लिएर मतदान गर्न आएको उनले नेपाल संवाददाता प्रतिक्षा दुलाललाई बताएकै

छिन्।

फस्टमा चैँ म अलिकति politically aware नै हुनुपर्छ मान्छेले। आफ्नै आफ्नो voting

rights चैँ सप्पैसम्मै आफूले सक्दाखेरि नै मतदान गर्नु नै पर्छ भन्ने पहिल्यैदेखिको

त्यो

त्यही

माने म vote गरिनँ भन्ने खालके मान्छे थिएँ। अनि जब यो चैँ अलिकति अगाडि

eighth र ninth September को जुन घटना भयो नि, त्यसले हामी बाहिर बस्ने नेपालीहरू पनि

सुतेनम् क्या सात दिन जाती। अनि त्यसको लागि अब केही change गर्न सकिन्छ भने यही voting

को through change गर्न सकिन्छ भनेपछि छ महिना जस्तो time भएपछि हामीले त्यही अनुसार

October, November मा त त्यो decision चैँ लिएर टिकटै काटिसकेका थिम्।

हामी भन्दाभए तपाईँसँगै अरू पनि आउनुभाको छ?

हामी मतलब मेरो, म र मेरो बहिनी। मेरो बहिनीले चैँ उसको voting rights first time

-exercise गरेको। -हजुर।

अँ पहिला उ minor हुँदै, भनौं न minor उम् भको, minor बाट major भको, सात दस दिनमा

विदेश गाको मान्छे हो। आएर उल्ले first time मतदान गरेको। त्यो पनि हाम्रो लागि एउटा

-important नै कुरा थियो। -अनि कतिको गाह्रो साह्रो भयो अँ यो सबै

चाजोपाजो मिलाएर विदेशबाट आउनलाई चैँ?

अँ हाम्रोमा चैँ ठ्याक्क हामीलाई चैँ luck ले साथ दियो भनौं। हाम्रो चैँ जनवरीमा exams

हुन्छ student को life मा exams सबैभन्दा बेसी important कुरा भयो

अनि exam सकिएपछि चैँ हामी फेब्रुअरी two मार्च चैँ यो point मा चैँ यस्तो calendar

हेर्दाखेरि calendar already published थियो। त्यहाँ निर हामीले चैँ छुट्टी नैदेखि

semester break देखिसकेको थियो। semester break मा normally हामी यस्तो अलिअलि

कमाउनतिर लागिन्छं कहिले कहिँ। योपालि चैँ होइन। देशमै केही voting हुन्छ नै भने

त्यतिबेला त sure पनि थिएन। हुन्छ भने हामी यता नै prioritize गरौँ न भन्यौँ।

विद्यार्थीको हैसियतमा चैँ हामीलाई त्यो सजिलो भयो। अब अरू पनि हुनुहुन्थ्यो त्यहाँ

हामीसँगै। हामीले job गरेको देखेको। उहाँहरूलाई त long term देखि लामो कुरा

मिलाउनु पर्थ्यो। उहाँहरूको मिलेन, हाम्रो मिल्यो, हामी आयौं।

अनि अब विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनु पर्छ भन्ने आवाज चैँ त्यो

आन्दोलन लगभग त्यही होइन निर्वाचन हुने भनेपछि पनि उठेको थियो। अब सर्वोच्च अदालतले

पनि सरकारलाई यो निर्देशन दिएको त थुप्रै वर्ष भइसक्यो होइन?

-हजुर -यसमा चैँ के भन्नुहुन्छ?

मलाई पनि त्यो चैँ एउटा धेरै important aspect हो हाम्रो democracy को पनि जस्तो

लाग्छ। अब हामी भनेता choice ले भनेर पनि हामी choice ले धेरैजना गर्दछौं। मतलब हामी

युरोपियन अमेरिकन कन्ट्रीस जानेहरूको त बरू अलिअलि choice पनि मिसिएको होला। हाम्रो धेरै

दाजुभाइ दिदीबहिनी खाडीमा हुनुहुन्छ। बाध्यताले जानुभको हो होइन? Remittance ले

देश बनेको छ। अनि उहाँहरूको note चल्ने vote नचल्ने भन्ने कुरामा चैँ मेरो पनि strong

opinion ले उहाँहरूको पनि voting rights चैँ सुनिश्चित गर्नुपर्छ भन्ने नै छ। हामी

जस्तो जो बाहिर बस्छौं सात आठ वर्ष बाहिर बसेर केही गरेर भने एउटा थोरै capital पहिले

पनि ल्याइराखेका थियौं, पछि पनि लिएरै आउँथ्यौं। त्यसको लागि पनि कसै न कसैले चैँ

यसको मजाले नै आवाज उठाउनुपर्छ भनेको जस्तो लाग्छ मलाई।

[संगीत]

उनी

थिइन्

Gen Z मतदाता तेइस वर्षीया आस्था कटेल जो युरोपबाट यसपालिको चुनावमा भोट हाल्न नेपाल

पुगेकी थिइन्। र अब पालो हाल इरान द्वन्द्वले प्रभावित खाडी क्षेत्रस्थित

दुबईमा कार्यरत धनगढीका जनक सिंह रावलसँगको कुराकानी सुन्ने। करीब सात वर्षअघि दुबई गएर

IT क्षेत्रमा काम गर्न थालेका बयालिस वर्षीय रावल भन्छन् कि चुनावमा भोट हाल्ने

भनेर उनले आफू कार्यरत कम्पनीबाट बिदा लिएर घर फर्किए। र यस्तै विदेशबाट नेपालमा

मत खसाल्नका लागि पुगेका नेपालीहरूसँगको कुराकानी सुन्ने क्रममा अब भने पालो भएको छ

-जनक सिंह रावलको। म कुन देशबाट आउनुभएको? -म UAE दुबईबाट।

कसरी मिलाउनुभयो चाजोपाजो आउनलाई निर्वाचनकै लागि भनेर?

चुनावको लागि भनेर पहिले मैले कम्पनीमा inform गरिरथें फागुन एक कात्तिक त्यही

-हुन्छ भनेर। -कति अघि छुट्टी लिनुभएको थियो?

म apply त मैले दुई तीन महिना पहिले ए दुई महिना पहिले गरिरथें। अनि फागुन करिब एक

-हप्ता अगाडि यहाँ आइपुग्याथें म। -अनि के कुराले प्रेरित गर्‍यो यहाँलाई नेपाल

-आउन निर्वाचनको लागि भनेर? -अब त्यत्रो Gen Z आन्दोलन भयो है त्यसपछि अब

नयाँ दलहरूले पनि के गर्ला कि तिनीहरूलाई support गर्ने गरेर भविष्यमा future मा अब

भ्रष्टाचारमुक्त हामीलाई सुशासन त्यही त चाहियो हो। के गर्ला नयाँ दलले भनेर त्यसको

-लागि यसो support हुन्छ कि भनेर आको। -अनि यो बीचमा चैँ विदेशमा रहेका

नेपालीहरूलाई पनि मतदान गर्न पाउने होइन भन्ने कुराहरू चैँ आइराथ्यो तर यो यसपालि

-हुन सकेन। यसबारे के भन्नुहुन्छ? -यो विदेशमा रहेका नेपालीहरूलाई पनि मतदान

गर्ने अवसर प्रदान गर्नुपर्थ्यो सरकारले। उनीहरू पनि नेपाली नागरिक होइन, उनीहरूले

पनि मतदान गर्ने उनीहरूको महत्त्वपूर्ण अधिकार हो। त्यो सदुपयोग गर्न पाएन। त्यो

गर्नुपर्थ्यो सरकारले। अब गर्न सकेन। अब के गर्नु?

अब यसपछि बन्ने सरकारले चैँ यसमा केही पहल गर्ला भन्ने छ तपाईंलाई?

-छ हजुर, आशावादी छौं एकदम। -अब बन्ने सरकारबाट चैँ के आशा राख्नुहुन्छ?

सुशासन, main भनेको भ्रष्टाचारमुक्त। अरू त्यही विकास गर्नुपऱ्यो। main त

भ्रष्टाचारले खाको छ नेपाललाई। विशेष यसमा focus गर्नुपर्छ।

तपाईं त अब मध्यपूर्वबाट निर्वाचनको लागि भनेर आउनुभएको हो होइन?

-हजुर -अब तपाईं यता आएपछि चैँ त्यता समस्या भयो।

अब तपाईंलाई फर्किन चैँ

-अँ कस्तो छ माहौल? -माहोल अहिले अप्ठ्यारै भइराछ। अब

airlinesहरू उडिराखेको छैनन्, timeमा उडिराखेको छैनन्। अझैसम्म उडाएका छैनन्

-जस्तो लाग्छ मलाई। -तपाईंको कहिले हो फर्किने मिति? अनि के छ

-स्थिति जान मिल्ने? -स्थिति अब उता पनि अलि अप्ठ्यारै छ भन्छन्

भन्न त। यता airlines पनि बन्दैछ हेरौं अब कस्तो हुन्छ।

-तर तपाईं जाने, जाने मनस्थितिमा हुनुहुन्छ? -अब जान त यहाँ त अब केही छैन, के गर्नु,

-त्यही जान त पऱ्यो। -[संगीत]

र श्रोताबृन्द अँ सुन्नुभयो यो कुराकानी नेपाल संवाददाता प्रतीक्षा दुलाल अँबाट। अँ

भर्खरको आवाज भने थियो हाल द्वन्द्व प्रभावित मध्यपूर्वस्थित दुबईमा काम गर्दै

गरेका र अघिल्लो हप्ता नेपालमा सम्पन्न आम निर्वाचनमा भोट हाल्ने भनेर बिदा लिएर

फर्किएका एकजना नेपाली बयालिस वर्षीय जनक सिंह रावलको। र श्रोताबृन्द उत्पल मिश्र,

आस्था कटेल र जनक सिंह रावलसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको

कुराकानी अँ चाहिँ सदाझैँ हाम्रो podcast feed मा उपलब्ध हुने नै छ। त्यो feed के हो

र कसरी सुन्ने भन्ने बारेमा पनि जानकारी अँ दिने नै छु। अवश्य पनि तपाईंले हामीलाई अँ

हाम्रो website sbs.com.au/nepali मा पाउन सक्नुहुन्छ। सबै podcast हरू त्यहाँ उपलब्ध

छन् र यदि तपाईंको अब Apple Podcast, Spotify हरूमा podcast सुन्ने बानी छ भने

चैँ अँ ती online platform हरूमा पनि उपलब्ध छौँ। online मा SBS नेपाली podcast भनेर

खोजेर follow गर्नुहोस्। र सबैभन्दा सजिलो तरिका भने आजै आफ्नो फोनमा SBS audio app

लाई तपाईंले निःशुल्क download गरेर app भित्र चैँ SBS नेपाली podcast लाई follow

गरी notification on पनि गर्न सक्नुहुन्छ।

र YouTube मा पनि हामी छौँ। YouTube मा भने @SBSsouthasian हाम्रो channel को नाम हो

जसमा तपाईंले नेपाली लगायत विभिन्न South Asian अँ भाषाका सामग्री पाउन सक्नुहुन्छ।

त्यसमा हाम्रो playlist छ podcast को र भिडियोको। SBS नेपाली playlist मा तपाईंले

podcast हरू प्रकाशित भए सँगै पाउन सक्नुहुन्छ अवश्य पनि। र social media मा

भने Facebook, X र Instagram मा हामी छौँ। हाम्रो handle हो SBS नेपाली। र यो सँगै

श्रोताबृन्द कुराकानी कस्तो लाग्यो अवश्य पनि हामीलाई message गर्नुहोस्। नम्बर नोट

गर्नुभएको छैन भने फेरि भन्न गइरहेकी छु

0439799767।

यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? Apple Podcast, Google Podcast, Spotify मा

हामीलाई खोज्नुहोस् वा तपाईँले podcast सुन्ने अन्य

-सेवामा। -[संगीत]

You could fight traffic, hunt for a trolley, search three aisles and still not

find your pet's food. Or you could be here.

With petcircle.com.au, Australia's largest vet-approved range is delivered to your

door with our next day delivery guarantee to most metro areas. And while you're at

the park, our price beat hustlers are checking prices so you don't have to. Find

it cheaper? We'll beat it by 5%. petcircle.com.au. More park time, less

parking lots. Conditions apply, see website.

END OF TRANSCRIPT

Share

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now