‘I just have to give my best!’: Shivali Gurung to make Australian Grand Slam ‘debut’ for Nepal

Shivali Gurung Melbourne 1

Shivali Gurung is representing Nepal in the under-14 category of the Asia Pacific Elite Trophy at the Australian Open. Credit: SBS Nepali/Dinita Rishal

Shivali Gurung is representing Nepal in the Asia-Pacific Elite 14 and Under Trophy 2026 in the Australian Grand Slam. Initially interested in soccer, she says her father introduced her to tennis when she was six, and she has not looked back since. Gurung is currently ranked fourth in Asia in the U-14 category. Our Nepal correspondent, Pratichya Dulal, spoke with Gurung about her preparations for the tournament down under from January 28 to 30, before she left to train at Malaysia's Mouratoglou Academy.


Subscribe to the SBS Nepali podcast here.

Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.

एसबीएस लाइफ स्ट्रीम्स एण्ड पोडकास्ट्स आर सपोर्टेड बाइ एडभर्टाइजिङ।

मोमेन्टम एनर्जी इज वन हन्ड्रेड पर्सेन्ट ओन्ड बाइ हाइड्रो तस्मानिया, हु इन ए सिंगल

आवर मेक इनफ रिन्युएबल एनर्जी टु फिल फोर हन्ड्रेड थाउजन बाथटब्स विथ फ्रेशली पोप्ड

पॉपकॉर्न, ओर स्पिन टु हन्ड्रेड मिलियन डिस्को बॉल्स अल एट वन्स, ओर पावर एन आर्मी

अफ टेन मिलियन रोबोट भ्याक्यूम्स रेडी टु टेक ओवर द वर्ल्ड!!

ओर जस्ट हेल्प कीप योर लेफ्ट ओवर्स कोल्ड, इदर ओर। फोर अ पावर कम्पनी बैकड बाई समवन हु

कैन डू आल दैट, स्विच टु मोमेन्टम एनर्जी वन हन्ड्रेड पर्सेन्ट।

तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ। एसबीएस नेपाली, एसबीएस

साउथ एशियनमा।

र यो धुनसँगै अब भने पालो भएको छ, अवश्य पनि नेपालतिर लाग्ने र नेपाल संवाददाता

प्रतीक्षा दुलालबाट यो हप्ताको कुराकानी सुन्ने। शिबाली गुरुङले अस्ट्रेलियान ओपन

अन्तर्गत हुने एशिया प्यासिफिक एलिट ट्रफीमा नेपालको प्रतिनिधित्व गर्दैछिन्। उनी चौध

वर्ष मुनिको विधामा खेल्दैछिन् र फुटबलमा रुचि राख्ने गुरुङलाई छ वर्षको उमेरदेखि

बुवाले टेनिस खेल्न लगिएता उनी निरन्तर टेनिस खेल्दै आएको र खेल्दै जाँदा पाएको

सफलताले अझ राम्रो गर्न हौसला मिलेको उनले बताएकी छिन्। र गुरुङ चैँ शिबाली, शिबाली

गुरुङ हाल एशियाको अन्डर फोरटिनतर्फ चौथो पर्याताकी खेलाडी हुन्। र अस्ट्रेलियान

ओपनको कुरा गर्नुपर्दाखेरि चैँ यो प्रतियोगिता अँ यही जनवरी १२ मा सुरु हुँदैछ

र समग्र प्रतियोगिता चाहिँ फेब्रुवरी एकमा सम्पन्न हुने बताइएको छ र खेल यहीँ एसबीएसको

कार्यालय नजिकै मेल्बर्नमै हुँदैछ। कतिपय तपाईंहरू पनि हेर्न जानुहुन्छ होला सायद। र

अस्ट्रेलिया आउनुअघि चैँ शिबाली गुरुङले मलेसिया स्थित मोराटोग्लू एकाडेमीमा

अभ्यासका लागि केही समय बिताएकी थिइन् र उक्त एकाडेमीमा उनले एक वर्षको छात्रवृत्ति

पाएकी हुन्। र अब भने सुन्नतर्फ लागौं। गुरुङ मलेसिया हिँड्नुअघि हाम्रा नेपाल

संवाददाता प्रतीक्षा दुलालले उनीसँग गरेको यो कुराकानी।

ग्राण्ड स्लैम टेनिस, त्यो पनि अस्ट्रेलियान ओपनको क्रममा हुने एशिया पेसिफिक एलिट

ट्रफीको अन्डर फोरटिन स्पर्धामा पहिलो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो महसुस

-गरिरहनुभएको छ? -अँ, म एकदमै भेरी एक्साइटेड छु, होइन।

स्पेशली फर्स्ट टाइम

नेपाली प्लेयर पार्टिसिपेट

गरिराकोमा म भेरी लुकिङ फोरवर्ड टु द टुर्नामेन्ट।

एकदम उत्साहित छु भन्नुभयो, तर यत्रो ठूलो प्रतियोगिता हो, अलिकति दबाव, तनाव त्यस्तो

-पनि केही महसुस गर्नुभएको छ? -अ... ओबियस्ली अलिअलि अब यत्रो ठूलो

टुर्नामेन्ट खेल्न जाँदाखेरि अलिअलि नर्भस त हुन्छ। मोस्टली एक्साइटेड नै छु।

एक वर्षअघि तपाईंले सोच्नुभाथ्यो यस्तो ठूलो प्रतियोगितामा चैँ तपाईं

-प्रतिस्पर्धा गरिराको हुन्छु भनेर? -अब त्यो लास्ट इयर पनि यो टुर्नामेन्ट

भाथ्यो अनि त्यसमा पनि अब आई न्यु, इट वाज अ गोल चैँ थियो, होइन। तर आई वाजन् नट स्योर

-इफ आई मेक इट ओर नट। -यो विम्बलडनको कुरा गर्नुभएको हो?

अब भन्नुपर्दाखेरि मैले त्यो अस्ति एप्रिलमा दिल्लीमा डेभलपमेन्ट खेल्दाखेरि चैँ आई

ह्याड अ चान्स विम्बलडन पनि खेल्न अन्डर फोरटिन। तर म चैँ सेमिफाइनल मात्र पुगे। म

फाइनल पुगेको भए पनि आई वुड ह्याभ चान्स चैँ हुन्थ्यो म विम्बलडन खेल्न। तर त्योभन्दा

अगाडि पनि मलाई थाहा थियो कि अस्ट्रेलिया ओपनमा पनि एउटा, त्यसपछि पनि म त्यो आई

डिडन'ट मेक दट, होइन। त्यस पनि थाहा थियो मलाई अस्ट्रेलिया ओपन पनि छ भनेर। सो त्यसको

-लागि आई वर्क टुवर्ड्स दट। -अब यत्रो ठूलो प्रतियोगिताको लागि जाँदै

हुनुहुन्छ, होइन, तयारी कस्तो भएको छ, यहाँको?

तयारी राम्रै भइराको छ। अहिले तर अहिले चैँ यो डिसेम्बर भएपछि मैले अहिले धेरै

टुर्नामेन्टहरू खेलिरहेको छु। अस्ति पनि डिसेम्बरको सुरुवातमा मैले

आइटीएफ जे थर्टी

पोखरामा भएको थियो। मैले त्यो दुवै सर्किट

जित हासिल पारेको थिएँ। अनि त्यसपछि अस्ति भर्खरै फ्यु डेज अर्ली पनि माछा पुछ्रे

बैंकको टुर्नामेन्ट भएको थियो, पोखरामै। त्यो पनि मैले जित्न

-जिते, हजुर। -यस्तो प्रतिष्ठित प्रतियोगितामा पहिलो पटक

खेल्दै हुनुहुन्छ अनि यो नै नेपाली टेनिसको लागि एक किसिमको सफलता हो भनेर पनि भनिरहेको

छ, होइन? विभिन्न संसार माध्यमहरूमा त्यसरी आइराको छ। र यो प्रतियोगितामा चैँ आफ्नो

प्रदर्शन कस्तो हुन्छ भन्ने अपेक्षा गर्नुभएको छ?

मेरो अब,

अब

रिजल्ट्स त अब

ओबियस्ली अब राम्रै गर्छु, होइन, किनकि ट्रेनिङहरू राम्रै गरिराको छु। राम्रै गर्छु

भनेर होप छ, धेरै हाई होप छ। अनि

त्यही अब त्यहाँ गएर आई जस्ट ह्याभ टु गिभ माई बेस्ट, होइन, फाइट टिल द एन्ड, हजुर।

अब यो ठूलो प्रतियोगिता छ, आफ्नो गृहकार्य पनि गर्नुभएको छ होला, होइन? त्यहाँ चैँ

कतिको कठिनाइ हुन्छ, कस्ता कस्ता खेलाडीहरू आउँछन् अनि उनीहरूसँग प्रतिस्पर्धा गर्न

चैँ, होइन, अब कतिको सजिलो अप्ठ्यारो हुने चैँ यहाँले आकलन गर्नुभएको छ?

मोस्ट अफ द प्लेयर्स त्यहाँ जो जो आउँछ नि उहाँहरू चैँ अब एशियाकै हो। सो मैले

अरू बेलामा पनि अरू टुर्नामेन्टहरूमा पनि खेलेको छु, होइन। तर अब कुनै कुनै नयाँ

प्लेयर्स पनि आउँछ होला। अब अस्ट्रेलियाहरूबाट, न्युजिल्यान्डहरूबाट,

त्यहाँ ओशियाना पेसिफिकहरूबाट धेरै अरू आउँछ होला। सो अब, अब ग्राण्ड स्लैम हो, होइन,

अलि गाह्रै हुन्छ, टफ हुन्छ, टफ टफ प्लेयर आको हुन्छ। सो

-तयारै छु म। -अब यो सानो उमेरमा विभिन्न प्रतियोगिताहरू

खेल्दै यहाँसम्म आउनुभएको छ र पहिलो चोटि एउटा नेपाली खेलाडी यत्रो ठूलो

प्रतियोगितामा जाने उपाधि पनि पाउनुभएको छ, होइन। यहाँसम्म अघि पनि हाम्रो चुनौती के

कुरा गर्यो, यहाँसम्म आउँदा यहाँले चैँ अब यो अवसर पाउँदा चैँ कस्ता कस्ता चुनौतीहरू

-सामना गरिरहनुभयो? -अ... मैले ओबियस्ली अब यहाँसम्म आउनु नै

धेरै च्यालेन्जेस फेस गरेको छु, होइन। अब भन्नुपर्दा पढाइ भनौं न, मैले अब

ग्रेड सेभेनदेखि चैँ अब अनलाइन क्लासहरू सुरु गर्नुपऱ्यो, किनकि

ट्र्याभलिङ धेरै हुन्छ अनि हाफ द इयर त मैले अब स्कुलै मिस गर्थेँ। सो त्यसको लागि चैँ

मैले अनलाइन क्लासहरू पनि धेरै अनलाइन क्लासहरू पनि जोइन गरेँ। अनि मैले धेरै अब

भनौं न, फ्यामिली फङ्सन्सहरू, लाइक दिस इयर मैले तिहार पनि मिस भयो, होइन, ट्रेनिङ

ट्र्याभलिङहरूले गर्दा। सो च्यालेन्जेसहरू चैँ मैले अहिलेसम्म धेरै फेस गरेको छु।

... अब सानै उमेरमा तपाईंले धेरै सफलता पाउनु भएको छ, होइन? अब घरेलु

प्रतियोगिताहरूमा त धेरै नै

अवार्डहरू पनि जितिसक्नुभएको छ।

यहाँको लक्ष्य चैँ के हो? खेलमै लाग्ने हो कि, होइन, अथवा अन्य रुचिहरू पनि छन् कि?

मेरो अब

अरूहरू पनि म सानोदेखि चैँ एक्चुअली मैले फुटसलमा एकदम लभ गरेको थिएँ, होइन। तर मेरो

अब ड्याडले मलाई एकदिन टेनिसमा ल्याउनुभयो, होइन, कस्तो हुँदा रैछ भनेर। अनि मैले

सानैमा मैले रिजल्टहरू पनि राम्रो लिएको थिएँ, अनि मलाई कोचेसहरूले पनि राम्रो छ,

अझै खेल भन भन्नुभएको थियो। अनि त्यही हो, त्यो मैले तर आई लाइक फुटबल, फुटसलहरू

-मलाई धेरै मनपर्छ। -तर अब

चैँ अगाडि चैँ केलाई बढाउनुहुन्छ? पढाइ, खेलकुदमा पनि टेनिस कि अरू नै खेल, भर्खरै

-भन्नुभयो फुटबल, फुटसल। -अहिले अगाडि चैँ म टेनिसै मेनली मेरो फोकस

चैँ टेनिस छ। म यो स्कुलको लागि पनि अब सेकेन्ड प्रायोरिटीमा राखेको छु, होइन, म

टेनिसको लागि नै अहिले एकदमै

-मेन फोकस चैँ टेनिस भएको छ। -याले भन्नुभयो नि, होइन, अघि फुटसलको कुरा

पनि आयो, त्यो त टेनिस खेल्नु अघिको, अब अहिले टेनिस खेल्न थालिसकेपछि चैँ यो सबै

-रुचिहरू छन् नि- -हजुर।

तपाईंको विभिन्न रुचिहरू, त्यसको लागि समय पुग्छ?

त्यसको लागि भन्नुपर्दाखेरि चैँ अब

समय चैँ, अब ट्रेनिङ गर्दाको टुर्नामेन्टलाई गर्दाखेरि चैँ मेरो समय चैँ पुग्दैन। तर अब

कहिले कहिले चैँ

ट्रेनिङ पनि मिस गरेर इट्स अलसो इम्पोर्टेन्ट टु इन्जोय नि त, होइन, लाइफ

पनि इन्जोय गर्नुपर्छ। सो

कहिले कहिले चैँ मैले ट्रेनिङहरू नै छुट्टाएर पनि, कहिले कहिले चैँ गरिराको

हुन्छु। तर मोस्टली चैँ भ्याउँदैन त्यस्तो अरू

-फङ्सन्सहरूमा। -अब तपाईंको परिवारमा दिदीभाइहरूले चैँ अघि

पछि फिल्म हेर्न जानुहुन्छ, के के गर्नुहुन्छ, होइन, अब तपाईंले टेनिस खेल्न

थालेपछिको चैँ तपाईंको, अघि तपाईंको बुबासँग कुरा गर्दा भन्नुहुन्थ्यो, हुनुहुन्छ,

एकदमै स्ट्रिक्ट

-अनुशासित जीवन छ भनेर। -हजुर।

कसरि मेन्टेन गरिरहनुभएको छ, अलिकति भन्दिओस् न।

अब मेन्टेन त अब

इट्स्, इट्स् हार्ड, तर बट् इट्स् अलसो अब यू क्यान डू इट, प्लेयर भएपछि आई मीन यु

ह्याभ टु स्याक्रिफाइस मेनी थिङ्स, होइन, लाइफमा अब भनौं न अब यू क्यान्ट गो आउट विथ

योर फ्रेन्ड्स, होइन, फ्यामिलीहरूसँग धेरै टाइम स्पेन्ड गर्न पाउँदैन।

तर अब

प्लेयर भएपछि आई मीन आई ओबियस्ली लभ द स्पोर्ट, होइन, सो अब आई इन्जोय डिइङ दिस,

आई इन्जोय प्लेइङ टेनिस सो... भन्नुपर्दाखेरि कहिले कहिले चैँ गाह्रो त

हुन्छ तर आई मोस्टली इन्जोय टेनिसै इन्जोय गर्छु।

-सबैभन्दा धेरै के मिस गर्नुहुन्छ? -सबैभन्दा धेरै, अब ओबियस्ली गोइङ आउट

फ्यामिलीहरूसँग, अनि

-त्यही हो। -मनपर्ने खानाहरू छोड्नु परेको छ?

मनपर्ने खानाहरू, हजुर, कहिले कहिले अब स्पेशली टुर्नामेन्टहरू खेल्ने बेला

धेरै जङ्क फुडहरू खानु हुँदैन त, त्यसरी त्योहरू पनि धेरै मिस गरिरहन्छु।

अब तपाईं अहिले अभ्यास गर्न आउँदा पनि सँगै तपाईंको परिवारको सदस्य आउनुभएको छ, होइन?

-हजुर। -तपाईंले यहाँसम्म पा, जे जति सफलता

पाउनुभएको छ, त्यो एक्लैले त होइन, तपाईंलाई धेरैले साथ सहयोग दिनुभएको छ। को कोसको

-कस्तो कस्तो किसिमको सहयोग पाउनुभएको छ? -मैले अब सानोदेखि भन्नुपर्दाखेरि चैँ

स्पेशली मेरो फ्यामिली त देयर माइ मेन सपोर्ट भनौं न, मेरो

मेरो फ्यामिली, रिलेटिभ्स, कजनहरूले पनि अब युकेबाट अरू बाहिरबाट पनि धेरै सपोर्ट

गर्नुभएको छ। अनि टेनिस खेल्ने अङ्कलहरूले पनि-

-आर्थिक रूपमा सहयोग? -हजुर, अनि टेनिस खेल्ने अङ्कलहरूले पनि धेरै

सपोर्ट गर्नुहुन्छ मलाई, अ... धेरै सपोर्ट गर्नुहुन्छ। अनि लास्ट इयरहरूदेखि चैँ मलाई

कोर्पोरेट हाउसहरूले धेरै सपोर्ट गर्नुभएको छ। सो आई एम रियली ग्रेटफुल।

अब लास्टमा अस्ट्रेलियान ओपनकै कुरा गरौं, होइन?

-हजुर। -त्यो प्रतियोगितामा पहिलो चोटि जाँदै

-हुनुहुन्छ। -हजुर।

त्यहाँ के अपेक्षा गर्नुभएको छ? के जित्ने, के गर्ने, होइन, त्यसमा चैँ के अपेक्षा

-राख्नुभएको छ? -मैले चैँ अब ओबियस्ली मेरो बेस्ट दिने अनि

होपफुली अब जित हासिल गर्ने ट्राई गर्छु। अनि आई अलसो वाना से अब अस्ट्रेलियामा पनि

धेरै नेपालीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि मेरो, मेरो म्याचहरू हेर्नु ल आउनु भनेर

धेरै म आशा राखेको छु, हेर्न आउँस भनेर। हजुर, त्यही

हो।

[म्युजिक]

अनलाइन

र सोसलमा थप सामग्रीहरू पाउनुहोस्, sbs.com.au/nepali मा जानुहोस् वा

-फेसबुकमा एसबीएस नेपालीलाई फलो गर्नुहोस्। -लाइक, सेयर र

कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ

दिनुहोस्।

[म्युजिक]

END OF TRANSCRIPT

Share

Recommended for you

Follow SBS Nepali

Download our apps

Listen to our podcasts

Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now