भिक्टोरियामा आज रातीबाट लकडाउन

भिक्टोरियामा होटेल होलिडे इन बाट फैलिएको सङ्क्रमण नियन्त्रण भित्रै राख्न आज रातिबाट लागु हुने गरी ५ दिने लकडाउनको घोषणा गरिएको छ ।

Fears some businesses will not survive Victoria's fourth lockdown

Source: SBS/Aaron Wan

शुक्रवार राति १२ बजे देखि लागु हुने गरी राज्य पाँच दिने लकडाउनमा जाने त्यहाँका प्रिमीयर ड्यानिएल एन्ड्रीउजले बताएका छन् ।

“भिक्टोरीयालीहरु यस अघि पनि यो अवस्थाबाट गुज्रिसकेका छन् ,जनतालाई थाहा छ यो रणनीतिले काम गर्दछ ।” उनले भने ।

“मलाई थाहा छ यो समाचार भिक्टोरीयालीहरुले आज सुन्न चाहेका थिएनन्, यो स्थानमा हामी आउन चाहेका थिएनौ,हामीले बनाएको कुरालाई यथावत् राख्न हामीले यो निर्णय गर्नै पर्छ ।” प्रिमीयरले भने ।

लकडाउनका दौरान,विद्यालय र अति आवश्यक बाहेकका  पसलहरू बन्द रहनेछन् । 

मेलर्वन क्षेत्र गत अगस्ट महिनामा भएको लकडाउनको जस्तै अवस्थामा रहने भएको छ ।

रेस्टुरेन्ट लगायतका आतिथ्य क्षेत्रका सेवाहरू टेक–अवे सेवामा मात्र सीमित हुनेछन् ।

घर छाड्नका लागि चार निर्दिष्ट कारणहरू हुनु पर्नेछन् – आवश्यक सामाग्रीको किनमेल, हेरचाह, दिनको दुई घण्टा व्यायामका र घरबाटै काम वा पढाई गर्न नमिल्ने अवस्थामा मात्र घर बाहिर निस्कन पाइनेछ । 

धार्मिक एवम् भेला एवम् सेवाहरू बन्द रहनेछन् भने अन्तिम संस्कारमा १० जना मानिस मात्र भेला हुन पाउनेछन् । 

होलिडे इन होटेल सँग सम्बन्धित सङ्क्रमितको सङ्ख्या १३ पुगेपछि अन्य क्षेत्रमा पनि सङ्क्रमणको जोखिम बढ्ने भन्दै शुक्रवारको मन्त्रीपरिषदबाट उक्त निर्णय भएको हो ।

बेलायती नयाँ भाइरस तीव्र गतिमा बढिरहेकाले पुरै भिक्टोरिया जोखिममा रहेको त्यहाँका प्रिमीयरले बताए । 

“हामीले कुनै एक व्यक्तिमा सङ्क्रमण भएको नतिजा नपाउँदै उसले आफ्ना नजिकका मानिसहरूलाई सारिसकेको हुन्छ ।” प्रिमीयरले भने ।

प्रधानमन्त्री स्कट मोरीसनले सङ्क्रमणलाई मध्यनजर गदै उपयुक्त कदम चाल्न आग्रह गरेपछि राज्यको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

 


Share

2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now

भिक्टोरियामा आज रातीबाट लकडाउन | SBS Nepali