SKIP TO MAIN CONTENT

१ सय १६ जनाको टोलि लिदै भारत जाने

Nepali Prime Minister Puspa Kamal Dahal
Nepali Prime Minister Puspa Kamal Dahal Source: BBC

1 min read

Published

Presented by SBS Nepali

Source: Agencies


Skip to article content

प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीमा ५० जना सरकारी प्रतिनिधिहरु, ३३ जना उद्योगी/व्यापारी र ३३ जना संचारकर्मीको नाम स्विकृत भएको छ। सरकारी प्रतिनिधिमण्डलमा रहेका ५० जनामध्ये ८ जना नयाँदिल्ली स्थित नेपाली दूतावासका कर्मचारी रहेका छन् भने बाँकी ४२ जना काठमाडौंबाट प्रधानमन्त्रीसँगै जानेछन्।

प्रधानमन्त्री दाहालको भदौ ३० देखि असोज २ गतेसम्म हुने भारत भ्रमणमा उनीसँगै दुई जना मन्त्री र ५ जना सचिव पनि जानेछन् । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने मन्त्रीहरुमा परराष्ट्र मन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक छन् ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now