SKIP TO MAIN CONTENT

११७ सिपयुक्त पेसाका लागी नर्दर्न टेरिटोरीमा 'पीआर' को ढोका खुल्यो

३ बर्षसम्म नर्दर्न टेरिटोरीमा बसोबास गर्ने ११७ वटा शिपयुक्त पेशालाई अस्ट्रेलियाको स्थाई भिसा दिइने व्यवस्था लागू भए पछि यस कार्यक्रम अन्तर्गत धेरै नेपालीहरूले भिसा आवेदन हाल्ने अनुमान गरिएको छ। तर अस्ट्रेलियाको स्थाई भिसा प्राप्त गर्ने प्रलोभनमा पारेर रोजगार दाताहरूले आर्थिक लेनदेन गर्न सक्ने जोखिम पनि देखिएको छ।

Massive fall in 189 visa invitations in August
Massive fall in 189 visa invitations in August Source: Supplied

2 min read

Published

Updated

By Sunita Pokharel


Skip to article content

लेखा क्षेत्रका देखि कुक, बृद्ध तथा अपाङ्ग हेरचाह कामदार तथा मोटर मेकानिक सम्मले यो व्यवस्था अन्तर्गत रहेर अस्ट्रेलियाको स्थाई भिसा आवेदन हाल्न सक्नेछन।

सिमित अंग्रेजी भाषा ज्ञान र मध्यम तहका शिप प्राप्त इच्छुक व्यक्तिहरूले सो क्षेत्रमा बसोबास र काम गरेको खण्डमा उनीहरू स्थाई भिसाका लागी योग्य हुनेछन्।

यो कार्यक्रम अन्तर्गत भिसा आवेदन हाल्नेहरूले प्रारम्भिक चरणमा ५ वर्षको वर्किङ्ग भिसा प्राप्त गर्ने र एकै रोजगार दाताको मा ३ वर्ष वा सो भन्दा बढी काम गर्ने व्यक्ति स्थाई बसोबासका लागी आवेदन हाल्न योग्य हुने रजिस्टर्ड माइग्रेशन एजेन्ट योगेन्द्र पौडेल बताउँछन्।

तर उनले यो कार्यक्रममा यस अघि स्पोन्सर भिसामा देखिएको जस्तै आर्थिक लेनदेन हुनसक्ने जोखिम रहेको भन्दै आवेदकहरूलाई सतर्क गराएका छन्।

Yogendra Poudel
Yogendra Poudel (facebook) Source: Facebook

उनका अनुसार डेज़िग्नेटेड एरिया माइग्रेशन एग्रीमेन्ट (डीएएमए ) भिसा कार्यक्रमका बारेमा धेरै नेपालीहरूले जिज्ञासा राख्ने गरेका छन्। तर आफूहरू नर्दर्न टेरिटोरीका स्थानीय सरकारसँगको परामर्श र समन्वय भए पछि मात्र आवेदन हाल्न सुझाउने पक्षमा रहेको बताएका छन्।

धेरै नेपालीहरूले उक्त भिसा कार्यक्रम अन्तर्गत स्थाई भिसाका लागी आवेदन हालिसकेको अनुमान गर्ने पौडेल पीआर को प्रलोभनमा परि ठगिन सकिने प्रति भने सबै सचेत रहनु पर्ने बताउँछन्।

जनसंख्याको अत्याधिक चाप रहेको भनिएका अस्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी र मेलबर्न बाहेकका स्थानमा जनशक्ति वितरण गर्ने सरकारी योजना अनुरुप यो भिसा योजना आएको हो।

यसले देशका ग्रामिण क्षेत्रमा देखिएको जनशक्ति अभावलाई कम गर्ने विश्वास गरिएको छ।

डेस्टीनेशन एरिया माइग्रेशन एग्रीमेन्ट (डीएएमए ) नामक यस योजना जनशक्तिको अभाव भएको भनिएका दुई स्थानका लागी लक्षित रहेको छ।

भिक्टोरिया राज्यको वार्नाम्बूल र नर्दर्न टेरिटोरी लागू हुने यस योजनाले त्यस क्षेत्रको जनसंख्यामा देखिएको कमिलाई पनि सन्तुलित पार्ने लक्ष लिइएको छ।

योगेन्द्र पौडेलसँग गरिएको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now