SKIP TO MAIN CONTENT

१ करोड ४० लाख अस्ट्रेलियाली कोभिड–१९ को थप बुस्टरका लागि योग्य

विगत ६ महिनामा कोरोना सङ्क्रमित नबनेका वा बुस्टर डोज नलिएका बासिन्दाहरू थप बुस्टरका लागि योग्य हुने भएका छन्।

NSW CORONAVIRUS COVID19
Dr Jamal Rifi administers a Covid vaccine at a pop-up drive through vaccination clinic at Belmore Oval, in Sydney. (file) Source: AAP / DAN HIMBRECHTS/AAPIMAGE

2 min read

Published

Updated

By Sahil Makkar

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

मुख्य बुँदा

  • स्वास्थ्य मन्त्रीद्वारा ओमिक्रनका लागि तयार पारिएको एमआरएनए बुस्टर प्रयोग गर्न आग्रह।
  • बालबालिका र किशोर-किशोरीलाई बुस्टर डोजको आवश्यकता छैन: स्वास्थ्य मन्त्री
  • भविष्यमा कोभिड–१९ का थप लहर आउन सक्ने मुख्य स्वास्थ्य अधिकारीको भनाई।

स्वास्थ्य मन्त्री मार्क बट्लरले अस्ट्रेलियाली वयस्कहरू कोभिड–१९ को थप बुस्टर डोजका लागि योग्य रहेको बताएका छन्।

उक्त थप मात्राको बुस्टर डोज फेब्रुअरी २० तारिखदेखि उपलब्ध हुने बताइएको छ।

विगत ६ महिनाको समयमा कोभिड–१९ सङ्क्रमित नबनेका वा बुस्टर नलगाएका मानिसहरू यसका लागि योग्य हुन सक्नेछन्।

यस अघि बुस्टर डोज लगाएको बाबजुद नयाँ बुस्टर लगाउन सकिनेछ।

बट्लरले विशेष गरी ओमिक्रन भाइरसका लागि तयार पारिएका बुस्टर लगाउनका लागि बासिन्दाहरूलाई आग्रह गरेका छन्।

अस्ट्रेलियामा हालै मात्र फाईजरले ओमिक्रन साधारण र बिए.४/ बिए.५ भेरीएन्टका विरुद्ध तयार पारेको खोपलाई अनुमति दिइएको छ।

मन्त्री बट्लरले १ करोड ४० लाख अस्ट्रेलियाली खोपका लागि योग्य भए पनि पछिल्लो सङ्क्रमण मामलाका कारण खोप लगाउनेहरू कम हुने बताए।

उनले अटागीको सुझावका बारेमा बोल्दै जोखिममा रहेका मानिसहरूले २०२३ बुस्टर लिन आग्रह गरेका छन्।

६५ वर्ष माथिका मानिस, रोग प्रतिरोधी क्षमता कम भएका, आशक्त र जोखिममा रहेकाहरूलाई खोप लगाउनका लागि आग्रह गरिएको छ।

“अटागीले स्वस्थ बालबालिका र किशोर किशोरीमा गम्भीर रोग हुने सम्भावना कम रहेकाले उनीहरूलाई ओप लगाउनु पर्ने सुझाव दिइएको छैन,” बट्लरले भने।

अस्ट्रेलियाली सरकारले पाँच देखि १७ वर्ष उमेर समूहका स्वास्थ्यमा समस्या भएका बालबालिका भने थप बुस्टरका लागि योग्य भएको जानकारी गराएको छ।

यो खोप १८ देखि ३० वर्ष समूहका लागि चौथो बुस्टर हुनेछ भने ३० माथिका अस्ट्रेलियालीका लागि पाँचौ खोप हुनेछ।

अस्ट्रेलियन मेडिकल एसोसिएसनका अध्यक्ष स्टिभ रोब्सनले बुस्टर खोपका बारेमा सरकारी निर्णयको स्वागत गरेका छन्।

“कोभिडले अझै पनि मानिसहरूको ज्यान लिइरहेको छ भने स्वास्थ्य क्षेत्रमा दबाब सिर्जना गरिरहेको छ, अस्ट्रेलियालीहरूले खोपको विकल्प पाउनु निकै महत्त्वपूर्ण छ,” उनले भने।

अस्ट्रेलियाका मुख्य स्वास्थ्य अधिकारी पल केलिले भविष्यमा पनि कोभिड–१९ का लहरहरू आउने सम्भावना रहेको बताएका छन्।

पछिल्लो लहरले यस अघिका कोभिड–१९ लहर भन्दा अस्पताल र आइसियु भर्नालाई भने कम गरेको पनि उनले जानकारी दिए।

मन्त्री बट्लरले पछिल्लो लहरमा १० लाख कोभिडका केसहरू दर्ता भएको भए पनि यो सङ्ख्या तीन गुणाले बढी हुन सक्ने पनि उनले जानकारी दिएका छन्।

एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टलमा हर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now