SKIP TO MAIN CONTENT

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट: सबैभन्दा कम उमेरमा अर्धसतक बनाउन १५ वर्षीय कुशल मल्ल सफल

आफ्नो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमै नेपालका कुशल मल्लले ५० रन बनाउन सफल हुँदै इतिहास रचेका छन्।

Kushal Malla
Kushal Malla became the youngest cricketer ever to score an ODI half century breaking his compatriot Rohit Kumar Paudel's record. Source: ICC/Twitter

2 min read

Published


Skip to article content

आफ्नो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमै नेपालका कुशल मल्लले ५० रन बनाउन सफल हुँदै इतिहास रचेका छन्।

हाल काठमान्डुमा जारी विश्वकप लीग २ अन्तर्गत संयुक्त राज्य अमेरिका विरुद्ध खेलिएको खेलमा मल्लले ५१ बल सामना गर्दै उक्त ऐतिहासिक अर्ध शतक पारी खेलेका हुन्।

१५ वर्ष र ३४० दिनका कुशल मल्लले यस अघि अर्का नेपाली खेलाडी - रोहितकुमार पौडेलले अघिल्लो वर्ष संयुक्त अरब एमीरेट्स विरुद्ध १६ वर्ष एवं १४६ दिनको हुँदा खेलेको ५५ रनको कीर्तिमान तोडेका हुन्।

यससँगै सामाजिक सञ्जालमा मल्लले निकै वाह वाही पाउन सफल देखिएका छन्।

ट्विटरमा प्रतिक्रिया दिँदै एक प्रशंसक हिम्दलले मल्लको क्रिकेट भविष्य उज्ज्वल रहेको लेखेका छन्।

त्यस्तै अर्की एक प्रशंसक प्रबिशा पन्तले त “प्रस्ताव राख” भन्दै रमाइलो गरेकी छिन्!

अर्जुन पौडेल (दाह्री)ले पनि आफ्नो पहिलो खेलमै गजबको प्रदर्शन गरेको भन्दै तारिफ गरेका छन्।

अस्मिता केसीले पनि ट्विटर मार्फत नै आफ्नो बिचार व्यक्त गर्ने क्रममा मल्ललाई सम्भावना युक्त खेलाडी भनेकी छिन्।

यस अघि उक्त कीर्तिमान लामो समयसम्म विश्व प्रसिद्ध भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा रहेको थियो। 

पाँच वर्ष पछिको अन्तराल पछि आइतबार तेन्दुलकर मैदानमा देखा परेका थिए।

बुश फायर अपिल क्रिकेट अन्तर्गत रिक्की पन्टिंगको टोलीका प्रशिक्षक रहेका उनले विश्रामको समयमा अस्ट्रेलियाली महिला खेलाडी एलिस पेरीले गरेको एक ओभर बलिङ सामना गरेर पहिलो बलमै चौका हान्न सफल भएका थिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now